कविता : ​आँठो

~हिरामणि दुःखी~Hiramani Dukhi

फेरि आँठो लाग्यो
मार्क्सको बारीमा ।
… …

थुम्काथुम्की बनाउनु
थुम्कोमाथि सानो कटेरो हाल्नु
कटेरोको मालिक बन्नु
रैतीहरु जम्मा पारेर
नयाँ श्रीपेचधारीको घोषणामा
सहिछाप लगाउनु
नियति बनेको छ
मार्क्सको बारीमा । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कसलाई?

~बिबेक पौडेल~Bibek Poudel

सुन्दर मेरो देशमा
राक्षसको भेषमा
बलि खोज्छ दानब
रक्तकुण्ड ढेसमा।

शोकाकुल देशसंगै
टाउकेहरुको बेगसंगे
कुद्यो हेर दानब
कालरात्रि मेघसंगे।

उग्रचंदी बाहन
मस्तिस्कमा रावण
दानबको सहरमा
पिचासे छ पवन। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Story : The One

~Paramendra Bhagat~Paramendra Bhagat

She looked like the one. He met her on a boring Saturday afternoon after having been online a few hours. The crowd had dispersed. She asked a few questions, and he answered best he could. That had happened before to him. He would talk to someone, and have a nice time talking, and nothing would come out of it. He had Continue reading →

Posted in Story | Tagged | Leave a comment

गजल : कैले काँही जिन्दगी यो दुखाएर हाँस्नु पर्छ

~स्वप्निल नीरव~swpanil nirav_1

कैले काँही जिन्दगी यो दुखाएर हाँस्नु पर्छ
फेरि कैले स्वाभिमान यो झुकाएर हाँस्नु पर्छ

आँसुले त पिरोल्छ रे तिमी हामी सबैलाई
अनमोल आँसु परेलीमै सुकाएर हाँस्नु पर्छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : साला काठमाडौंमा केही पनि छैन

~रुद्र ज्ञवाली~Rudra Gyawali

छन त छन् काठमाडौंमा
हवेली र आलिसान महलहरू
दरबार र सुपर मार्केटहरू
पाँचतारे होटेल र रेस्टुरेन्टहरू
पाँचतारे अस्पताल र नर्सिङहोमहरू
पाँचतारे स्कुल र कलेजहरू
डिस्कोथेक र क्यासिनोहरू
रात्रिक्लब-सिनेमाहलहरू
पार्लरमा रि-कन्डिसन अनुहारहरू
भाडाका व्यावसायिक मुस्कानहरू
तँलाई लाग्ला साइँला
जे छ सबै काठमाडौंमा छ
तर वास्ताविकतामा
जस्तो देखिन्छ त्यस्तो छैन काठमाडौं
जस्तो सोचिन्छ त्यस्तो छैन काठमाडौं
अकर्मण्य घरज्वाइँ जस्तो छ काठमाडौं
जसको दायित्व कुनै जिम्मेवारी छैन
गरुङ्गो छैन भने साइ“ला खल्ती तेरो
साला काठमाडौंमा केही पनि छैन । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नफुलेको कोपिला

~कृष्ण श्रेष्ठ~Krishna Shrestha

कल्पना,
सपना
अनि
भावनामा गुजुल्टिएका
मनोभावका लहरो,
मनको ढुक-ढुकीले
तान्यो,
तानिरह्यो…..
अनि
गर्ज्यो बज्रपातका पहरोहरु
हाम्रा मायाका कोपिलाहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सुसाइड नोटमाथिको जीवनबोध

~रामप्रसाद प्रसाईं~Ram Prasad Prasain

To philosophize is to learn how to die.*
को
प्रस्तावनाले
समग्र जीवनको लक्ष्य मृत्यु#
अनि फेरि अमृत्यु किन त?!
हो, त्यसैले
दार्शनिकीकरण गर्नु
बराबर मर्न जान्नु*

भएकाले होला
हिँड्दा हिँड्दा
भिन्न समय र स्थानमा
भिन्न भिन्न आयतनका
शिल्करोडहरू
चियाउँछन्—
चिच्याउछन्—
हम्मुराबी१का आचार सँहिताहरू
आचार सँहिताभित्रका हम्मुराबीहरू
समयका गर्भमा
रोपिइएका कोत र भण्डारखाल पर्वहरूमाथि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : क्यथारिनाको जीवान गाथा

~यासिन राई~

(दराजको पुस्तक मिलाउदै सम्पूर्ण जीवन कहानी-क्यथारिना सँग)

जीन्दगी त्यहि निलो नदि जस्तै छ जो फेरी हर्जेर आउदैन ……

के हो त जीवनको प्राप्ति ? मान्छेले जब त्यो अन्तिम अबस्था बाट फर्केर हेर्छ त्यतिखेर के महशुस गर्छ ? जीवन कस्तो हुनु पर्छ ? Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अनिदो म

~प्रशान्त खरेल~Prashant Kharel

रातको निस्तब्धतामा
एकोहोरो
जलिरहेछ दियो
झलमल झलमल ।

ओभाएको तिम्रो शरिरमा
पसिना लतपतिएको चिन्ह
मधुर उज्यालोमा
प्रस्टै देखिन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सरकारी योजना

~प्रेम राना मगर~Prem Rana

ए गाउलेहरु ! सुन्यौ यो साल त हाम्रो गाउमा पनि गाडी , बिजुलीबत्ति , पानीका धाराहरु ल्याउने रे नि हो र .. ? एउटी महिला अर्थात् मन कुमारी अचम्मित हुदै आश्चर्यमा परिन् अनि शंकाको जालो फिजाएर बोली हालिन .. “खै मलाई त विश्वासै लाग्दैन” .. पोहोर पनि यस्तै भनेका थिए अझ जिल्ला बाट पनि कति पैसा आएका थिए रे गा.बि.स मा मैले त सुनेको मात्र ..। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : बोल्नुपर्छ नि

~बादल सुरेश~Suresh Badal

हस्तक्षेपले थिचिँदा त बोल्नुपर्छ नि
अतिक्रमणले किचिँदा त बोल्नुपर्छ नि

आँगन काट्दा पराईले चित्त दुख्छ भने
देशकै सिमा मिचिँदा त बोल्नुपर्छ नि Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : अधेरो जून

~सौरभ कार्की~Saurav Karki

आजको रात
मेरो जून अधेरो उदाउनेछ
सम्भवतः
त्यसबेला तिमी
जूनभन्दा नि’ उजेली हुनेछ्यौ !

भाँच्चिएका सपनाहरु
तप्प तप्प चुहिनेछन् आँखाबाट
र आफ्नो बाटो खोज्दै
टाढा भाग्नेछन् पर………
(उफ्, किन मैले क्षितिजभन्दा पर कहिल्यै देखिन ?)
क्षितिजभन्दा पर
र म एकनाशले हेर्दै हुनेछु
मलाई छाडी भागेका सपनाहरु
चिसा आँखाले । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : ऊ

~भिम प्रसाद घिमिरे~Bhim Prasad Ghimire

– ओहो ! धेरै वर्षपछि पनि भेट हुँदो रहेछ है !
– हो नि । यो फेसबुक पनि अचम्म ।
– मलाइ त छक्क लागेको छ । म काठमाडौंमा हो अहिले । मलाई फेसबुकमा भेट्यौ है ! के छ तिम्रो खबर ?
– ठीकै छ । चलेकै छ ।
– अनि कता हो अहिले ?
– म पोखरामा छु । तिम्रो के छ नि ?
– राम्रो छ । इण्डियन कम्पनीमा मार्केटिङ गर्छु । फ्ल्याट र गाडी दिएको छ । मेरो पनि चलेकै छ ।
– बिहे गर्‍यौ त ? Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : नबिर्सिनु है मलाई

~अनु शाह~Anu Shaha

जुनेलि सँगै रहर पठाएको छु, नबिर्सिनु है मलाई।
पवन संगै खबर पठाएको छु, नबिर्सिनु है मलाई।

कहिले बिवस्ताले रोक्छ,कहिले परिस्थितीले छेक्छ।
मौसम त बदलिन्छ नै तर, नबिर्सिनु है मलाई। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : बोझ

~शुषमा मानन्धर~Shushma Manandhar

फुटबलको साह्रै क्रेजी ऊ । पहिले पहिले त उमेरमा अलि खेल्थ्यो पनि तर अव शरीर र समयले नदिएर अचेल फुटबल खेलवाट सन्यास लिइसकेको छु भन्दै आफूलाई चित्त बुझाउन थालेको छ । वल्र्डकपको बेला उसलाई अरु के चाहियो र ऊ जति बेला पनि टिभी कै अगाडि आंखा तानी रहेको हुन्छ । उसको चियाचमेना र खाना खाने काम पनि कोठा मै टिभी हेर्दाहेदै हुन्छ । गएको रात पनि फुटबल म्याच हेरी अनिँदो बसेको उसले Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : उज्यालोको प्रतिक्षामा

~गिरिराज बाँस्कोटा~Giriraj Banskota

आगो ओच्छ्याएर छातिमा
तिम्रो आगन समम पुगे
दुर्भाग्य तिमि मेरो हुन सकेनौ
सच्चै तिमि जुन रहेछौ
न मैले छुने अवसर पाँएन
मैले चुम्ने अवसर पाँए
फगत टोलाएर हेरीरहे हेरीरहे
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : फेरि या टारेर गयो

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

कि भै`हाल्छ भेट फेरि या टारेर गयो
रिस हो कि खेद मुख बिगारेर गयो

छ कि मनमा कोही ? सोधें कौतुहल मेट्न
मैले चाहे जस्तै गरी नकारेर गयो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : व्यर्थको काममा पो जुटियो हजुर

~भक्ति प्रसाद पौडेल~Bhakti Prasad Paudyal_1

व्यर्थको काममा पो जुटियो हजुर !
सर्वस्व लुटुन्जेल सुतियो हजुर !

आन्दोलन गरियो ज्यान माया मारेर
अधिकार बिचैमा लुटियो हजुर ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : समय कती बलबान छ

~राज थापा~Raj Thapa

मैले झुकेर दुईहात जोडें
तर
तिम्ले जवाफ फर्काएनौ
हिजो त श्री ५ थियौ र पो
आज दुइ हात जोड्दै छौ
श्रीपेच छैन र पो बदलियौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई यस्तो लाग्छ……..

~रिता राई~Rita Yamphu Rai

न्यानो मातृभूमी छोडी
परदेशिनु पर्दा
आफ्नो भएभरको सम्पत्ती
सौतेनी आमाको छोरीलाई
दाइजो दिएर
कान्छो बाउको घरमा
हली बस्न आए जस्तो लाग्छ ।

प्राकृतिक रुपमै धनी
हामी नेपालीलाई हेर्दा,
थाङ्नेको घरको करेशामा गई
मात्र पेट भर्नको लागि
एक टुक्रा रोटीको खोजिमा
आफ्नो नाक जोते जस्तो लाग्छ। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मौनतामा ज़िन्दगी

~स्वामी सुभाष चन्द्र~Swami Subash Chandra

मैले जिन्दगीलाई सोधें
जिन्दगी तँ . .
जिउन को लागि हो कि
भोग्न को लागि हो कि
बाच्न को लागि हो कि
साच्न को लागि हो कि Continue reading →

Posted in कविता | Tagged | 1 Comment

कविता : अमुक तिमि र म ………!!

~शिशिर परियार~Shishir Pariyar

नेपथ्यबाट कसैले आदेश दियो,
अमुक यन्त्र मानब झैँ
तिमि निर्देसित भयौ !!!
मुट्ठी हरु कसिए
र छाति माथि उचालिए
बसीभूत तिम्रा आखा हरु
अझ चहकिला बने
अल्जाइमर पिडित
तिम्रो मस्तिस्कको डाटा बेसबाट
एउटा गित छानियो
“उठ जाग ऐ भोका नांगा …..!!!” Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : दु:खको झटारो

~लक्ष्मी गाइजु~Laxmi Gaiju

“हेर बूढी, म पनि अहिले चल्दै गरेको मधेस आन्दोलनमा जाँदै छु”– लखनले गम्भीर हुँदै भन्यो ।

अचानक आफ्नो लोग्नेको कुरा सुनेर धनु झस्किन् ।

“तपाईं किन जानुप¥यो आन्दोलनमा ? हामीजस्ता गरिबहरुका लागि कसैले केही गर्ने छैनन्”– एकै सासमा उनले आफ्नो पतिलाई सम्झाउने चेष्टा गरिन् । लखनले तराईमा चल्दै गरेको आन्दोलनमा जाने नै निश्चय गरिसकेको थियो । त्यसैले, धनुको चेष्टा निरर्थक भयो । उनले आत्तिदै फेरि भनिन्– “आजभोलि पुलिसलाई त सुरक्षा छैन, तपाईं हामीजस्ताको सुरक्षा कसरी हुन्छ ? त्यसैले नजानुस् तपाईं,मलाई डर लाग्छ ।” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : गान्धी, भारत र सत्य

~लिलाराज खतिवडा~Lilaraj Khatiwada

कुनै व्यस्त सडक किनारको
गुल्मोहरको रुखमुनि
यो मुम्बई सहरमा
उभिएर कविता लेखिरहँदा
भुस्याहा कुकुरहरुले लघारीहालेका त छैनन्
गिद्दहरुले अहिलेसम्म लुछीहालेका पनि छैनन्
जस्तो कि चौध वर्षअघि
कस्तरी सताइएको थिएँ म यहाँ
शैतानहरुले मलाई एउटा घना अन्धकारमा हुत्याएर
कस्तरी मेरा अवयवहरु झिकेर खाएका थिए
स्वाद मानीमानी,
सियो, किल्लाहरुले मेरो छाती रोपेका थिए
कोर्रा हानीहानी,

मलाई के थाहा शैतानहरुले
निहत्था र गरिव मलाई
त्यसरी यातना दिने छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : काख खोसिँदाको पीडा

~वैकुण्ठ ढकाल~Baikuntha Dhakal

‘मामु म एक दिन स्कुल नगई तपाईँको काखमा बसेर दिनभर तपाँईँसँग कुरा गर्छु नि ल?’

‘किन छोरी?’

‘तपाईँसँग धेरै कुरा गर्नु छ। तर तपाईँ एक्लै भएको बेलामा।’ Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : पराई ठान्छौ त के गरु

~घनश्याम शर्मा पौड्याल~ GHanashyam Sharma Paudel

आफ्नै भन्छु तिमी पराई ठान्छौ त के गरु
नजिक छोडी टाढाटाढा जान्छौ त के गरु ।।

मैले त सबै मान्छे असल नै ठानेको छु
मलाई छोडी अर्कैको साथ छान्छौ त के गरु ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

सिसम पाण्डेको हाइकु

~सिसम पाण्डे~

आएको भेट्न
चौपारीमा बसेर Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

गजल : हुनु पर्छ

~केवी मल्ल “डेनी”~K B Malla 'Dany'

कि वार कि पार हुनु पर्छ,
सर्बहाराकै संसार हुनु पर्छ ।

यथास्थितिमा चल्दैन दुनिया,
अब स्पष्ट विचार हुनु पर्छ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : ताराहरूसँग

~लक्ष्मीप्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

नरले पार्यो नर,
कस्तो बरबर बा ! कस्तो बरबर !

गोल आँशू ढिका सरी,
डोल, जली, पर !
हम्रो यही घर बा, हाम्रो आँशू घर !

बेहोशमा सुन्छ मानिस,
आज दिनभर !
बिग्रिएका सपना छन्, हेर ! नभचर बा ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आऊ है बलिहांग “फोपो”फर्केर आऊ

~उमेश राई~Umesh Rai

अझै पनि चर्चा चल्छन्

मान्छे हरु कुरा गर्छन्

तिम्रो बाजेको सुरताको,

तिम्रो बाउको बिरताको

गोर्खा पल्टन छोडेर नेपालीको मुक्तिको खातिर

सात साल को क्रान्तिमा निर्भिकताका साथ लडेको रे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

केस्रा : लिलाम

~मौलश्री लिम्बुु~Maulasree Limbu

न रोग छ न चोट देखिन्छ
जे मिल्छ मन दुुख्ने भेटिन्छ
नियति या नियत जिन्दगी Continue reading →

Posted in केस्रा | Tagged | Leave a comment

कविता : प्रवासी मुुटुुभित्रको व्यथा

~जनक विके लुुहार~

उन्नतिका विचार आरतिले ब्यूुँझाउदा
साँझका बत्ती बल्दैनन् रे त्यहाँ
वसन्तका पालुुवाले पाहुुना डाकिदिँदा
पानसमा बत्ती जल्दैनन् रे त्यहाँ ,

भ्रमित प्रतिस्पर्धीहरु अट्टहास भिँडको
सांसरिक मोहमा गल्दैनन् रे त्यहाँ
युुद्वपोतका निम्ति लडाँइका सिपाहीहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment