कथा : निःशब्द प्रश्नहरु

~इल्या भट्टराई~Illya Bhattarai_1

त्यो भन्दा पहिला म कहिले पनि कुनै कारागारमा पसेकी थिइनँ । कुनै बन्दीगृहमा गएर मलाई त्यहाँका बन्दीहरुको जीवन तथा तिनीहरुको मनोेविज्ञान बुुझ्ने साह्रै ठूलो इच्छा थियो । एक दिन एउटा संयोग मिल्यो । एउटा गैससले मलाई उनीहरुसँगै राजधानीको एउटा कारागार निरीक्षण गर्न जान उपलब्ध गराएको मौका छोपेर म पनि उनीहरुसँगै त्यो दिन महिलाकारागार भित्र पुुगेकी थिएँ ।

नारी स्वभावैले कोमल हुुन्छन् । तर परिआएको खण्डमा तिनीहरु उग्रचण्डी हुन पनि बेर लाउदैनन् । त्यसैले त त्यो दिन कारागारमा भेटिएका ती बन्दी महिलाहरुका श्लीलतालाई नाघेका बचन ,ठट्टा तथा उन्मुुक्त हाँसोले मलाई त्यतिसारो अचम्मिल तुुल्याएन । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

तीज गीत : सिन्दूर पुछेका

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

सिन्दूर पुछेका ए दिदी बहिनी
गाउदैछु तिजमा पाप नलागोस्
टुहुरा ससाना ए भाई बहिनी
नाच्दैछु तिजमा पाप नलागोस्

सम्झना धमिलो आँखामा साँचेका
मुटुको टुकुरो गुमाइ बाँचेका
पिरमा डुबेका ए आमाहरु हो Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : धोकादिनु हुन्न भन्थ्यौ

~सुवास श्रेष्ठ~Subash Shrestha

हिजो सम्म तिमी आफै धोकादिनु हुन्न भन्थ्यौ
धोकेवाज मान्छेको त हात पनि छुन्न भन्थ्यौ।

त्यति ज्ञानी मान्छे तिमी सबैलाई सम्झाउँदै
मुटु साट्ने टुट्न हैन माया जाल बुन्न भन्थ्यौ। Continue reading

Posted in गजल | Tagged | Leave a comment

एकाङ्की : वादविवाद

~नन्दलाल आचार्य~Nandalal Acharya_1

पात्रहरू–

(१) श्रीमान्
(२) श्रीमती
(३) बहिनी
(४) छोरी

(सुनसान रङ्गमञ्चमा घरको कोठाको झलक दिने वस्तुहरू यत्रतत्र छन् । सर्वप्रथम बहिनी रङ्गमञ्चमा आउँछे । ऊ बोल्न सुरु गर्दा नगर्दै क्षणभरमै अरू तीन जना पात्रहरू रङ्गमञ्चमा आउँछन् । एक कुनामा पाँच वर्षे छोरी खेल्न थाल्छे । श्रीमान्, श्रीमतीको ठाकठाकठुकठुक परेको आभाष मिल्ने कुराहरू मनग्यै छन् । रङ्गमञ्चको भित्ता रत्ताम्मे छ कतै, कालाम्मे छ कतै । कतै रङ्गमञ्च सुख्खा छ, कतै पानीले हिलाम्मे छ । ऊ बोल्दै जान्छे, रङ्गमञ्चको रौनकता थपिँदै जान्छ । रङ्गमञ्चमा एक प्रकारको जिज्ञासा सर्वत्र छाउँछ ।) Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

मैथिली गीत : सहिदक आत्मा जरए

~गजेन्द्र गजुर~Gajendra Gajur

ननकिरबो मरए ,बुढबो मरए लइल अधिकार।।
सहिदक आत्मा जरए,टसँमसाइ नहि जाली
सरकार।।

लहुमाला छिरियाल माएँ के आचरमे
बोदम बोद नोर कऽ डिढीर फारल पाथरमे
मिटौने नइ मिटत माँए मधेशक ललकार ।। Continue reading

Posted in मैथिली गीत | Tagged | Leave a comment

कविता : भोग चेतनाहरु

~गिरिराज बाँस्कोटा~Giriraj Banskota

एउटा प्रेमीले जुन विरुद्ध अदालतमा मुद्दा हाल्यो
मुर्ख न्याधिसले खैनी माड्दै घुस मागेछ
त्यहि पेरीफेरीमा
मौका मिलाएर
विदा मिलाएर
सन्दर्भ जुराएर
प्रेमलयभित्र मुन्टो जोडेका जोडिहरुलाई
प्रहरीले जरिमाना तिरायो
लज्जित अनुहारहरु
संवेदनहिनतामा फोटो खिचेर
पत्रपत्रिका र टेलिभिजनमा पठायो
यहि मौकामा अदालतले मुद्दा खारेजीको घोषणा गर्यो Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : चोर औंला

~कृष्ण बजगाईं~Krishna Bajgai

उनको एक हातको पाँचवटा औंला संयुक्तरुपमा सक्रिय थिए । तिनैले मागेर ल्याउँथे र सम्पूर्ण शरिरलाई मात्र होईन उनीसंग आश्रित परिवारलाई पनि भरणपोषण गर्दथ्यो ।

केही समयपछि उनका दुवै हातका दशवटै औंला संयुक्तरुपमा सक्रिय भए । दुई हात जोडेर दशैवटा औलाको सहयोगमा मागे । दयालु दाताहरुले उनलाई चुनावमा मत दिए । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

Story : Going By The Clock

~Paramendra Bhagat~Paramendra Bhagat

When I saw her for the first time, she had her papers strewn all over the dining table: recent mail, news clippings, newsletters, papers in progress, handwritten notes, opened and sealed envelopes, pamphlets to pass around, her appointments book. Her bag rested against her chair, and she kept dipping into it every few minutes, to take things out, and put back others. She had not yet begun eating, and her tray had been pushed to the side. She was too busy Continue reading

Posted in Story | Tagged | Leave a comment

कविता : छालहरु

~भूपिन ब्याकुल~Bhipin Byakul

छालहरु
नदि बगिरेहेका संकेतहरू हुन्
नदि बग्छ
र छालहरु निस्कन्छ

छालहरु
नदीले गाएका मौन गीतहरु हुन्
नदीले भरेका प्रिय संगीतहरु हुन्
अक्षरहरु हुन् छालहरु
नदीले उत्कर्षमा रचेका
जो बुझ्दैनन नदीले लेखेका शब्दहरु
जो सुन्दैनन नदीले गाएका धूनहर
मलाई शंका छैन
ती मेरो देशका शासकहरु हुन् Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित लघुकथा : गमला र भाँडो

~जेंग ओसेन~

नयाँ घरमा सरिसकेको एकजना मान्छेले नयाँ धरमा कुन कुन सामान लाने भनी राम्रा देखिने भाँडाकुँडाहरु छान्न थाल्यो । यसैक्रममा उसले एउटा गमला उठायो। त्यसलाई उसले रङ्ग–रोगन ग¥यो, राम्रा फुलहरु राख्यो र वर्काइफर्काइ गरेर हेरेपछि प्रसन्न भयो ।
“यसले मेरो नयाँ घरको सोभा बढाउँछ”– सोच्दै मुण्टो हल्लायो। त्यति नै बेला उसको आँखा कुनामा राखिछाडेको एउटा पुरानो भाँडोमा प¥यो, जसमा जडिबुटीहरु पकाउने गरिन्थ्यो । Continue reading

Posted in अनूदित लघुकथा | Tagged | Leave a comment

मुक्तक : एउटा दियो बनाउनु छ

~मिश्र नरहरी~

घन घोटेर सियो बनाउनु छ
त्यही सियो लक्ष्य मियो बनाउनु छ
जिन्दगीका अँध्यारा पाटा हटाएरै छोड्छु अब Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : अकल्पनीय देशको यात्रा

~सरुभक्त~Sarubhakta

‘के इतिहास
चक्रीय सिद्धान्तनिष्ठ छ ?’
पुनरावृत्तिमा लिगलिगकोटे युगहरु
प्रतिश्पर्धा दौडमा छन्
छुमन्तर ! गोर्खाली जिनका रसायनिक भाषाहरु
खोई हुस्सुले छेकेको घाम
कहाँ ‘ब्रेनड्रेन’ भई हिडेको छ ?
युग वदलियोः हामी एक अकल्पनीय Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ध्यानस्थ रूख र मालश्री धुन

~शशि लुमुम्बू~Shashi Lumumbu

जोरसल्लाको छेवैमा ध्यानस्थसखुवाको बूढो रूख देखेपछि
मैले बाबालाई सम्झे …।
बाबा
पहाडजस्तै खँदिलो
र, पूर्णेको जूनजस्तै हँसिलो हुनुहुन्थ्यो
पवन झै वेगवान
र, नदी झै गतिशील हुनुहुन्थ्यो। Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : राजनीतिमा राजनीति

~खगेन्द्र पन्धक लिम्बू~Khagendra Prandhak Limbu

आम निर्वाचनको घोषणा लगत्तै उम्मेदवारको पोस्टर आफ्नै घरको भित्तामा देख्नासाथ मैले स्पष्ट चिनिहालें l पार्टी कार्यकर्ताको हिसाबले आफ्नै पार्टीमा नयाँ अनुहारलाई उम्मेदवार बनाईएको मलाई स्पष्ट थाहा थियो l

पार्टीको नियमानुसार कम्तिमा पाँच बर्ष पार्टीमा काम गरेको प्रमाण नहुनेहरुलाई पार्टीले उम्मेदवारीको टिकट दिन मिल्दैन भन्ने पनि थाहा थियो l एघारबर्ष अघि Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : माछा–माछा भ्यागुतो !

~कृष्ण सेन ‘इच्छुक’ ~Krishna Sen 'Ikchchuk'

मेच उही हो पर्दा फेरिएको छ
नाटक उही हो दृश्य फेरिएको छ
नायक उही हो अभिनय फेरिएको छ
गीत उही हो भाका फेरिएको छ
‘डमडम’ बाचाहरुको विषालु धुनमा
ताण्डव नृत्यको एकछिन ताल फेरियो भन्दैमा
तिमी ठान्छौ पुरानो नौटङ्की पटाक्षेप भयो । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिकाश र सम्पन्नता देखी

~राज थापा~Raj Thapa

बिकाश र सम्पन्नता देखी
छिमेकी सबैमा लोभ बडोस
एउटै साझा फुलबारीमा
अनेक थरी पुल फूलुन
अब राजनिती हैन देशमा
राज्यको निती बलियो होस
मेची काली हिमाल पहाड
तराई Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : अफलाइनमा कमरेड

~नवीन विभास~

फेसबुक लग इन गरेँ ।

हत्त न पत्त खोजेँ, अनलाइनमा छन् कि भनेर ।

रहेनछन् । अफलाइन म्यासेज आएको छ कि भनेर इनबक्स खोलेँ । थिएन ।
उनको फ्रेन्डलिस्टमा भएजतिलाई मेसेज गरेँ । कतैबाट रिप्लाई आएन । जहाँ भए पनि सन्चै होऊन् भन्ने कामना गरेँ ।

अर्धसहिद कमरेड इन्कार अर्थात् मस्तबहादुर जहाँ भए पनि सकुशल रहून् भनेर कामना गरेँरगरिरहेछऽ ।
सम्झिएँ, उनीसित भएको अन्तिम च्याट ! मस्तबहादुर ! बड्डा, पैसा नभए’नि अरबको मरुभूमिमा कामचाहिँ कर्रो छ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिम्रो अभागी प्रेमीको कथा

~हेमन्त परदेशी~Hemant Pardeshi

यता तिमी बैंशालु गुराँश बनेर
लेकाली पाखाभरि ढकमक्क फूलिरहँदा
उता रेगिस्तानको बन्जरभूमिमा ‘नोष्टाल्जिया’का हाँगाभरि
मरुभूमिको ‘क्याक्टस’ फूल्न विवश तिम्रो अभागी प्रेमी
कति फिक्का र निरस जीवन बाँचिरहेको होला l

हुन त पैतलामा काँडा बिझ्दा मष्तिष्क दुख्छ मान्छेको Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उमराव जान

~चन्द्र घिमिरे~Chandra Ghimire

मान्छे बेच्ने पहाडबाटउर्मिला, कल्पनासितै
जँड्याहा लोग्नेबाट आजित सुनितालाई
काखे छोरी सहित सूर्ती झै खरिदेर
चढाएको फर्जी सपना थियो
भेलपुरी खुवाउँदै रेलबाट ओराले
र मिसियो बगिरहेको मान्छेको समुद्रमा
प्वाल परेर डुबिरहेको नौका
यो धारिलो महानगरमा।

सम्पादक रहेछ कपाल कुर्लुङ्ग परेको महानगर
सम्पादन गरेर
कमनीय नाम दिलायो
― उमराव जान
उसमा दोष थियो Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : वास्तविकता-२

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

‘हाइ डियर !’
‘हाइ !’
‘तिमीसँग च्याट नगर्नु नै ठीक होला ।’
‘किन ?’
‘एकाएक हराउँछौ ।’
‘हेर न अफिसको कामले रिपोटिङ्ग गर्न दुर्गम जिल्लामा आउनु पर्यो । तिमीसँग च्याट गर्न नै पाइन ।’
‘फोन गर्न सक्थ्यौ नि !’
‘मोबाइलको नेर्टवर्क नै थिएन ।’
‘भैगो भैगो बहाना बनाउँदै छौ ।’
‘प्रमिस यार !’
‘तिमीले प्रेमको सानो मर्यादा नै बुझेका रहेनछौ ।’
‘कस्तो मर्यादा ?’
‘प्रेमीले त प्रेमिकालाई प्रत्येक दिन फोन गरेर प्रिये तिम्रो दिलको धडकन हाजिर छ पो भन्नुपर्छ ।’
‘सरी यार नरिसाउन मेरो माया गर्छ्यौ हैन ?’
‘तिमीलाई कति माया गर्छु गर्छु तिमी कल्पना पनि गर्न सक्दैनौ ।’
‘थैङ्गस गड !’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एउटा प्रेमनगर

~बादल सुरेश~Suresh Badal

अस्ताउनेछु म कुनैदिन
विलिन हुनेछु त्यो आकाशमा
सुनिने छैनन् मेरा पदचापहरु
गोरेटाहरुमा,
पक्कै मेटिनेछ मेरो छायाँ
धर्तीका नगरहरुबाट अनि
भेटिनेछु म यमनगरका चोकहरुमा। Continue reading

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : आकाशको अँध्यारो गुफाभित्र

~बिजय चालिसे~Vijay Chalise

ईशान बाबासँगै मङ्गल ग्रहको यात्रा गर्दै थियो । उनीहरू पृथ्वीबाट उडेको आज छैटौं दिन थियो । यानको कम्प्युटरबाट अरु यात्रुजस्तै ऊ पनि आफ्नो यान उडिरहेको अन्तरिक्षका दृश्य हेरिरहेको थियो । यानका चारैतिर आँखाले नभ्याउने आकाश फैलिएको थियो । टाढा टाढा ग्रह ताराहरू टिम्टिमाइरहेका देखिन्थे । कहिले कहिले क्षुद्रग्रहहरू आगोको लप्कासहित आकाशमा झिलिल्ल गर्दै खसिरहेका देखिन्थे । ईशान ती दृश्य हेरेर रमाइरहेको थियो । Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : बेसारको खेती

~भूपिन ब्याकुल~Bhipin Byakul

विचार रोपेका थियौं फाटहरूमा
पहेलिएर गए
सौंन्र्दय फलाउन चाहेका थियौं बारीहरूमा
बिरामी भए
त्यहीं नजिकै गाज हालेर फस्टाइरहेको छ
बेसारको खेती Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : साइनोको ब्यापार

~सीता बराल~Sita Baral

‘बाबु बुहारीलाई धोका नदिनु, यसको आँसु लाग्छ । अहिले सबै घर धान्ने यहि छे । तिमीलाई पठाउने कागजपत्रमा सहि लगाएर आउदा डाडाको चौतारीमा बसेर छोरालाई दुध खुवाउदै निकै बेर रोई ।’ रुपेशले उनका बा ले फोनमा भनेका कुराहरु सम्झे । उनले यति समयसम्म धेरै जना संग धेरै कुराहरु सुनेका थिए ।

कसैले यो काम राम्रै हो भनेका थिए भने कसैले यस्तो गर्नु भनेको आफु झन बन्धनमा परिन सकिने शंका पनि गरेका थिए । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : नेपाल उस्तै छ

~आयुष चौधरी ‘सम्मोहन’~Ayush Chaudhari 'Sammohan'_1

हिजो अस्ति र आज चाल उस्तै छ
अझैपनि हेर हाम्रो बेहाल उस्तै छ ।

लोकतन्त्र ल्यायौ रे आभाष छैन हामीलाई त
परिवर्तन भयौं भन्यौ ताल उस्तै छ । Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : स्वास्नी र रिमोट

~गोबिन्दसिंह रावत~Gobinda Singh Rawat

स्वास्नी यदी रिमोटबाट चल्ने भईदिएको भए
आफुले चाहेको बेला अन गर्थे
नचाहेको बेलामा अफ गरिदिन्थे
मनपरेको कुरागर्दा सुनी दिन्थे
डुल्ने र किन्ने कुरा गर्दा बन्द गरी दिन्थे
स्वास्नी यदी रिमोटबाट चल्ने भईदिएको भए

आधा रातमा साथीभाइ र पार्टीबाट फर्किदा
रिसले मुर्मुराएर उनी झर्किदा
मिउट थिची दिन्थे अनि कचकच नसुनी सुति दिन्थे
घरमा पनि कहिले काँही हुस्की वियरको चुस्की लगाउँदा Continue reading

Posted in कविता | Tagged | Leave a comment

नेपाली भजन : नटराज

~बिक्रम श्रेष्ठ “सागर”~Bikram Shrestha 'Sagar'

नाच न नाच हे नटराज,
भस्मभूषण नाटेश्वर नटराज ।
प्रलयङकरा अभयङ्करा,
दहन त्रिपुरा तिमी शङ्करा ।।

अन्तरयामी त्रिलोक स्वामी,
तिमी त्रिपुरा त्रिनेत्रधारा ।
नाच न नाच हे नटराज,
भस्मभूषण नाटेश्वर नटराज ।। Continue reading

Posted in नेपाली भजन | Tagged | Leave a comment

कथा : लाइकको ज्वरो

~अञ्जली सुवेदी~

भख्खरसम्म मन चंगा थियो, भख्खरै भित्रभित्रै आगो सल्किन थाल्यो। फेसबुकमा जतिजति त्यो फोटो हेर्दै गएँ, त्यति नै आँखीभौं तन्किन थाल्यो। तुरुन्त अरू फोटो सर्च गरेँ। भटाभट उसैको लाइकले मेरो आँखा तिरमिरायो। समय लाएर गनेँ। जम्मा चार वटा लाइक रहेछ, पछिल्लो तीन महिनामा। त्योभन्दा धेरै भेटिनँ, तर मन पटक्कै शान्त भएन।

आजसम्म जिन्दगीमा त्यत्ति नियालेर सायदै कसैलाई हेरेँ होला, जति आज म सागरिकाको फोटो हेर्दैछु। उसको चिउँडोको कोठी, आँखा, नाक, निधारको बनावट, हेयरस्टाइल हेर्दाहेर्दै मन एकाएक शिथिल, व्याकुल भएर आउँछ। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पशू गर्जनहरू !

~अशोक पार्थिव तामाङ~Ashok Parthiv Tamang

ए मान्छे भनाउँदा मान्छेहरू !
म त खाँटी पशू हो ,
म पशूको सवतन्त्रता बाँच्न चाहन्छु
तिम्रो कंक्रिटको शहरमा
मेरो लागी गोठ नबनाउ
त्यो मेरो आवश्यक्ता पनि होइन

तिम्रो सूनबुट्टे सपनाहरूको पछि लाग्दा
थुप्रै मेरा वंसजहरू !
त्यहि शहर पुगेर राहदानी विहिन भएर हराएका छन् Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : गल्छ मानिस

~ज्ञानेन्द्र गदाल~Gyanendra Gadal

यति मेरो उति मेरो, भन्दा भन्दै गल्छ मानिस
आखिरीमा हात खोली, चितामाथि बल्छ मानिस ।

जिन्दगीलाई नबुझेर, बेहोशिमै जिउंदा जिउंदै
कर्तव्यको पथ छोडी, आफुखुशी चल्छ मानिस । Continue reading

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य-कविता : मेच

~नरेन्द्रकुमार नगरकोटी~Narendra Kumar Nagarkoti

भएरै पनि चार खुट्टा
हिँड्न सक्तिनँ म

मानिसहरूले अंकमाल गरेर
नापेदेखिन् मेरा पुर्खाको छाती
निस्प्राण भएँ म
र फेरियो जात पनि

थाहा छैन–
कोको आए र गए
कोको बसे र छुट्टिए
मलाई थाहा छ–
मच्चिँदा–मच्चिँदै कलिलो बालकले Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : कस्तो हुन्थ्यो होला !

~मीरा मन थापा~Mira Thapa Man

आफ्नै लास देख्न पाए कस्तो हुन्थ्यो होला !
मेरो वरिपरी बसी को को रून्थ्यो होला !!

मेरो लासमा चढाउन फूलको थुङ्गाबाट !
केस्रा केस्रा च्यातिन्थ्यो कि कोही उन्थ्यो होला !! Continue reading

Posted in गजल | Tagged | Leave a comment