कथा : डिजिटलको क्यानभासमा

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

कथाकार दिवाकर नेपालीज्यू, समय कति बलवान हुँदोरहेछ भन्ने कुरा कसैले कल्पना गर्न नसक्दोरहेछ । हिजोका ती दिनहरू सपनाजस्तो हुँदो रहेछ । हाम्रा आदिकवि, महाकवि, युगकविहरूले कयौँ दिन लगाएर पुस्तक प्रेसबाट निकाल्ने कुरा आज एकादेशको कथा भएको छ । आजको डिजिटल प्रविधिले मानिसलाई कहाँबाट कहाँसम्म पुर्याइसकेको छ । लेखकले कैयौँ दिन लगाएर प्रकाशित गरिने लेख रचना केही मिनेटमा नै प्रकाशित हुन थालेको छ । यस प्रविधिले कतिपय कुरालाई बढावा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गोविन्द भावुकका ७ रुपक गेडीहरु

~गोविन्द भावुक~Gobinda Bhabuk

१.
तिमी लाग्यौ विदेश शून्य भयो चौतारी
साने ठुले सबैले संझिन्दै’थे दौतारी
कहाँ छौ ?
खुसी हुनु जता जहाँ छौ |

२. Continue reading →

Posted in गेडी | Tagged | Leave a comment

नाटक : युग उचाल्ने अक्षरकर्मीको दुःखद अवसान

~नन्दलाल आचार्य~Nandalal Acharya_1

पात्रहरूः-
बर्दिधारी-१ – उच्च तहका प्रहरी कर्मचारी
बर्दिधारी-२ – मध्यम तहका प्रहरी कर्मचारी
बर्दिधारी-३ – निम्न तहका प्रहरी कर्मचारी
बन्दी-१ -४६ वर्षे तेजिलो आकृतिका सिकुटे व्यक्ति
बन्दी-२ -२६ वर्षे तेजिलो आकृति भएकी बहुलाहीजस्ती देखिने केटी । हाउभाउ पत्रकारकोजस्तो गर्ने गर्छिन् । मन परेको बेला बर्दिधारीहरू उनलाई संगीता भनेर बोलाउँछन् । अधिकांस समय उनलाई पागल्नी भनेर बोलाइन्छ ।तेश्रो दृश्यमा बेलाबेलामा नेपथ्यबाट आवाज आउँछ ।

दृश्यः-१

पुलिस क्लवको भीआइपी कोठा । डोरीले पछाडि दुबै हात बाँधेर बन्दी-१ लाई लडाइएको छ तर पनि उनी आत्तिएजस्ता देखिदैनन् । उनमा ढुक्क भएजस्तो मानसिकता देखिन्छ । उनी वरपर चार जना बर्दिधारीहरू उभिएका छन् ।

बन्दी-२ नजिकै उभिएर यताउती हेर्छिन् । कलम यताउती घुमाउँछिन् । केही लेख्न खोज्छिन् तर उनीसँग कागज हुन्न । Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

कथा : शहीदपत्नीको आत्मगन्थन

~पुण्य कार्की~Punya Karki

मनका कुरा यसरी कापीमा लेखेपछि, मन साँच्चै हलुड्डो हुन्छ । दुई महिना जति भो यसरी मैले लेख्न थालेको । भित्री मनका छटपटीहरू, उकुसमुकुसहरू, उहापोहहरू जति उतार्दै जान्छु, उति मेरो मन फूलको थुड्डोजस्तो हलुड्डो बन्छ । दुइटा कापी ठ्याप्पै भरिइसकेछन्– यसरी मनका वेदनाहरू कापीका पानाभरि छर्नु पनि आनन्दकै विषय हुँदो रहेछ । लेखिसकेपछि आफूलाई टाउकोमाथि थिच्ने एमानको जाँतो चकनाचुर भएर धुलिएजस्तो लाग्छ । कुनै अज्ञात सनासोले क-याप्प चेपेको मुटुलाई सर्लक्क छोडिदिए जस्तो लाग्छ । अझ भनूँ अजीर्ण भएको भित्री देह कुनै अचूक औषधिको प्रभावले छिनभरमा खलास भएजस्तो हुन्छ, अनि त्यसै त्यसै त्यो दिव्य शीतलताको बोध हृदयको भित्ता भित्तामा झंकृत हुन्छ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : बक्बक् नगरे हुन्थ्यो

~विजय सुब्बा~

अति नै भयो अब त बक्बक् नगरे हुन्थ्यो
सीमा यो नाघ्नै थ्यो भने चक्चक् नगरे हुन्थ्यो

मान्छेको वेश्यावृत्तिले पर्खाल् भत्काइसक्यो
कोठामा पस्नुछ भने ढक्ढक् नगरे हुन्थ्यो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : प्रभु माइला

~उपेन्द्र सुब्बा~Upendra Subba_1

चुरे पहाड पेरिफेरी चुलाचुली । एउटा अजङ्ग गोहिको दाँत जस्ता तिखा होचा अग्ला पहाडहरु । त्यही पहाडको चेपबाट बग्दै आउने मौवा खोला । बर्खा मासमा मै हुँ भन्ने लाठेहरु पनि कति चीत पर्छन् तर, हिउँदमा भने तरुनीको घुँडा सम्म भिजाउन नसकेर भाग्छ उँदै उँदै मधेसतिर ।

मौंवा खोलाको सातौँ जँघार तरेर ढाकरमा तोक्मा लाउँदै पुर्नेले एक थकान खुइया मा¥यो, ‘उइस् ! एति बिहानै यो घाम नि के विधि चर्केको हाओ । मंगलसिं, डबले र कोक्मा ठूलेले पनि तोक्मामा भारी थमाउँदै उसै गरि खुइया मारे । यति बेला मधेस त झन् कस्तो होला गाँठे ! डबलेले निधारको पसिना चिम्सिले खुक्र्याउँदै भन्यो । ‘मान्छे त उसिन्या आलु जस्तै होइन्छ होला ।’ मंगलसिंले Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : आफ्नो भाग्य आफैं कोरौं

~चट्याङ मास्टर~Chatyang Master

स्कुलले परीक्षाफल प्रकाशित गर्‍यो
महान विद्यार्थीको सिङ्गै समूहलाई फेल गर्‍यो
बाध्य भएर महान विद्यार्थीको सशक्त समूहले
खबरदारी शभाको आयोजना गर्‍यो
स्कुल चौरमा शक्ति प्रदर्शन गर्‍यो

सबै जाति, जनजाति, लिङ्ग, बर्ग र समुदायका विद्यार्थी
जांच नदिएका, दिन नसकेका र दिन नपाएका विद्यार्थी
बर्षौदेखि परीक्षामा फेल गराईएका र भएका विद्यार्थी
कयैन आन्दोलनका घाईते र सहिद विद्यार्थी
सम्पूर्ण विद्यार्थीको त्यत्रो त्याग तपस्या र बलिदानको अपमान गर्दै Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गीत : तिम्रो मनमा बस्ने

~साधना शर्मा~sadhana sharma

तिम्रो मनमा बस्ने मान्छे बन्नु कसो गरी
माया गर्छु तिमीलाई भन्नु कसो गरी

तिमी सामु आउँछौ जब गला सुके जस्तो हुन्छ
केही भन्न खोज्छु शब्द रुके रुके जस्तो हुन्छ
गला सुक्दा, शब्द रुक्दा बोल्नु कसो गरी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मैले युद्ध जितेको छैनँ

~नन्दलाल आचार्य~Nandalal Acharya_1

(१)
शान्ति र सुव्यवस्थालाई अस्त्र बनाइस्
गरिस्, थुप्रै गरिस्
मन मनमा ढ्याङ्ग्रो ठोकिस्
जीवनमा पटक पटक भूकम्प ल्याइस्
सडक तताइस्, निद्रा खोसिस्
सपना बाँडिस्, अस्थिर भविष्य दिइस्
थोरै चेतना दिएर ललिपप चटाउँदै
तन, मन, धन लिइस्,
कुना कन्दराबाट समर्थन भेटिस्
मुर्दा शान्तिको रट लगाइस्
र, पो अहिले थाङ्नामै सुताइस् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : The Song of Birds

~Krisu Chhetri~Krishu Chhetri_1

A bird always sings the song of light

the song of dawn

against the dark, deep and desolate night

The moon fights against the darkness

the glowworm fights too

While fighting against the night Continue reading →

Posted in Poem | Tagged | 1 Comment

कविता : ऊ वेग लिएर आउँछ

~शैलेश आचार्य~Shailesh Acharya

ऊ वेग लिएर आउँछ,
हामी पर्खाल भएर उभौं।
ऊ विध्वंश छाडेर जान्छ,
हामी त्यहीं निर्माण थालौं।
एक हातमा मल्हम,
अर्को हातमा ज्यावल,
हामी हाम्रै खातिर
एकजुट भएर उठौं ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अधरो कहानी

~तिब्वत दर्लामी~Tibbat Darlami

म
चुपचाप फिर्ता भएँ
तिम्रो जिन्दगीबाट
तिम्रो बस्तिबाट
सुख र सम्पन्नताले सजिएको
तिम्रो सुन्दर दुनियाँबाट
हो,
म चुपचाप फिर्किएँ ।

तिमीले,
धेरै अपमानहरु सह्यौ
धेरै चोटहरु सह्यौ
कैंयौ घाउहरु लुकायौ
आँशु लुकायौ
दुःखेर पनि
नदुःखे झैं गर्यौ
सबै
मेरो कारणले
मात्र मेरै कारणले । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

चाम्लिङ कविता : लिउमा सिखालामा

~विपल बोयुङ~Bipal Boyung 'Basanta'

लापाको सिमी
बुसीको हसुङदा
वाइ-वाइ चोमोलुङ्मा
खैमो बुसीको ङालुङ
आसो लिउमा तिरे खैनीवा
दुङवा ङालुङ लिउमा सिखालामा ।

खैमो खुइचुङदा
झारा खैपाची
पाम्मा छिमा ङालेङासे
झारा युङ्खादाका
म्हैपामो लिम धिम्मे Continue reading →

Posted in चाम्लिङ कविता | Tagged | Leave a comment

कविता : नांगो छ !

~विक्रम सुब्बा~Bikram Subba

मुलुकका अनेक दलमा मेरा साथीहरू थिए
एउटा दलको साथीले
मेरो शिरको टोपी माग्यो
मैले दिइनँ
उसले अरु दलसँग मिलेर
मेरो विरुद्ध जुलुस गर्‍यो
मेरो टोपी खोस्यो र लगायो

दोस्रो दलको साथीले कोट माग्यो
तेस्रो दलको साथीले सर्ट माग्यो
चौथो दलको साथीले पैण्ट्स माग्यो
पाँचौँले जुत्ता, छैठौँले मोजा माग्यो Continue reading →

Posted in कविता | Tagged | 1 Comment

कविता : झरी – १

~उमेश लुइटेल~Umesh Luitel

छाना चुहाओस् चुटाइले
भित्ता गलाओस् बाछिटाले
चाहे रुझाओस् पानीले
या त कँपाओस् आर्द्रताले
मेनियाग्रस्त लाग्छ यो झरी । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मान्छे जागेको दिन

~लेनिन बन्जाडे~Lenin Banjade

दराजबाट खुत्रुके खसेर एकैसासमा भुइँमा बजारिएर फुटेपछि छोरोलाई च्याप्प समातेर घोप्टो परेँ। ऊ दुइटा हातले आँखा छोपेर मेरो छातीमा लपक्कै टाँसियो। घर यसरी हल्लिएको थियो मानौं ऊ र म फनपार्कको रोटेपिङमा डराईडराई मच्चिरहेछौं। संसारमा सबैभन्दा बलवान र शक्तिशाली मान्ने बाउ मुख सुकाउँदै अँगालो मारेको उसले सायद पहिलोपटक महसुस गर्दै थियो। पाँच वर्षको पुन्टे छोरोमा बिस्तारै उमि्रँदै गएको जीजिविषाको मुना मैले निमेषमै छामेँ। र, जबर्जस्त छामेँ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आशा

~राजेश्वर देवकोटा ~Rajeshwor Devkota

आज म पचासी लागेँ
उकालो चढ्दै छु
पहिरो चलिरहेको छ
त्यसको पाखोमा म उक्लिरहेको छु
जति हिँड्दैछु
उद्देश्यको शिखर टाढा हुँदैछ ।

म हिँडिरहन्छु
अनि के हुन्छ ?
मेरो वजनले पहिरो थामिन्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भित्तो

~सरुभक्त~Sarubhakta

सम्प्रति यातनालय
खुम्बू हिमनदीका खरपसजाल
हुडिनीजात्राहरुमा हामीले पाएका छौ
आखेटोपहार – मुक्त कमैयाका
वन्धनहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : दु:ख भोली फेर भन्यो

~मीरा मन थापा~Mira Thapa Man

हिँजो दु:ख आजै दु:ख भोली फेर भन्यो!
यो गाउँका संगिनीको टोली फेर भन्यो!

सिन्दुरले सजाएर लान्छु मोटरमा!
बेरङ्गी यो अभावको डोली फेर भन्यो! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : कम्मर भाँच्न सिकाईदेउन

~तिब्बत दर्लामी~ Tibbat Darlami

कस्तो हुन्छ मारुनीमा कम्मर भाँच्न सिकाईदेउन ।
लौन लाफा मलाई पनि हुर्रा नाँच्न सिकाईदेउन।

रातैभरी रोधीघरमा सालैजोको भाका टिपी
दोहोरीमा पिरतीको नाता गाँस्न सिकाईदेउन । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

मैथिली गजल : आजादी

~गजेन्द्र गजुर~Gajendra Gajur

आजादीके ज्वाला दनकैत रहतै,
ओसब ओहिना फनकैत रहतै,

जुलुम कले चिच्यानञि रति भरि,
चाहे बिरुद्धमे सनकैत रहतै, Continue reading →

Posted in मैथिली गजल | Tagged | 2 Comments

सोनू गुरुङ (राना)का ३ हाइकु

~सोनू गुरुङ (राना)~

पहाडी दशैं
हँसिलो अनुहार
स्वाद भातको

पेरुङ्गो भरी Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

निबन्ध : फेरीरहने अनुभुति, फेरीरहेका लेखाईहरु

~गिरिराज बाँस्कोटा~Giriraj Banskota

छेउमा केटि साथि परेको परिक्षाको दिन मैले राम्रो लेख्न सकिन ।गाला रातै भएका थिए सायद ।त्यो वर्ष कक्षा छ मा पढ्दाको हो ।पहिल्लो पल्ट ति केटि साथि परिक्षामा सँगै परेकी थिईन ।साथिहरुले के भने भन्ने कुरा दोश्रो वनाईयो ,प्रथम सन्दर्भमा म आफै अतालिएको थिए ,अलमलिएको थिए ।जसले मेरो हात चल्न दिएन ।गालामा रातो रङ्गले Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : समर्पणमा सधैं चुके झैँ प्रिय

~भगवती कंडेल~Bhagawati Kadel

समर्पणमा सधैं चुके झैँ प्रिय
देख्ने हजारौं छन् लुके झैँ प्रिय!!

बचनले त सधैं उचाइमै थियौ
बेबहारमा भने झुके झैँ प्रिय!! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : ‘बा’लाई उत्तर

~डा. टीकाराम पोखरेल~

गाउँगाउँमा मोबाइल पुगेपछि मेरा बाले पनि एउटा मोबाइल टेलिफोन भिरेछन् । मेरा बा न परे, मोबाइल टेलिफोन भेटेपछि किन चुप लागि बस्थे । शहरमा बस्ने छोरालाई फोन गर्छु भन्दै कनि कुथी मेरो नम्बर थिचिहालेछन् । मैले “हल्लो !” भन्न भ्याउँदा नभ्याउँदै बाले ममाथि प्रश्नका पर्रा बर्साउन थालिहाले । “होइन ए साइँला ! शहरतिरको हालखबर के छ, हँ ?”

“शहरतिरको हालखबर त ठीकै छ बा” भन्न मात्र के भ्याएको थिएँ, Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : अस्मिता

~शिव प्रकाश~SHiva Prakash

जीवनको सरल रेखालाई समयले एकाएक बङ्ग्याइदियो ! आज म मेरा मनका भित्ताहरुलाई चिर्छु र उदाङ्गो बनाउँछु आफूलाई । एउटा वसन्त मरिसक्यो ! थाह छैन, अर्को आउँछ कि आउँदैन ? बरु अब मेरो जीवनमा कुनै वसन्तहरु नआउन् !
सोचेँ, सोचेँ, धेरै सोचेँ ! फेरि सोचेँ– आज म किन यसरी सोचिरहेकी छु, आवश्यकता भन्दा बाहिर ? आजको यो रात निद्राको रात भएन, छट्पटीको रात भयो । मेरा लागि कुनै रातहरु यस्ता भएका थिएनन् । कि यो रात आफै छट्पटाएको हो ? नत्र यसरी म कहिल्यै छट्पटाएकी थिइन । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Story : Home Comes The Bullock Cart

~Paramendra Bhagat~Paramendra Bhagat

It was past sunset. The village was veiled in the growing dark. Lanterns burned kerosene to throw the meager light in the little courtyards in front of the mud houses that sometimes made its way onto the narrow mud road, their glass covers collecting soot at the bottom. Little kerosene lamps made out of empty bottles, Continue reading →

Posted in Story | Tagged | Leave a comment

गीत : याद

~सर्वजित थापा मगर~Sarwajit Thapa Magar

गैरी बजार घुम्दै जाँदा फेरी तिम्रो याद आयो
शहिद भयौ जिवन भर दुखी रहने चोट लायो ।

हरेक वस्ति जहाँ पुग्छ तिम्रै गाथा लेख्छु
हरेक पाइला जहाँ टेक्छु तिमै छाँया देख्छु Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आगोको भावुक यात्रा

~नविन लोचन मगर~Nabin Lochan Magar

कुनै क्षण
उत्साहले उर्लिएको ज्वाला
सल्काउँदै एक–एक राँको
छर्दै, छरिँदै निर्वस्त्र खण्डहरहरुमा
कोही कान्लापारि/कोही साउने झरी
कोही तारेभीरको पखेरामा/कोही बिलासिताको माधुर्यमा
लाग्थ्यो– उनीहरु सत्यको विस्तारमा छन् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : परिवर्तन

~सुरेन उप्रेती~Suren Upreti

राधाले मन्त्री क्वाटरको वरण्डाबाट तल हेरीन् । मन्द गतिमा आएको हावाले क्वाटरको अगाडि गेट छेउमा झुण्डिएको झण्डा हल्लिदा ख्याट ख्याट आवाज आउंदै थियो । गेटकै छेउमा राइफल लिएर उभिएको पुलिस टिलिक्क टल्किएका बुट हेर्दै सोचाइमा मग्न भए झैँ देखिन्थ्यो । घरी बुटको एडी टेक्दै परेड खेले झैँ दायाँ बायाँ फर्कन्थ्यो । सायद Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : कृष्णभूषण बल

~डा. ध्रुवचन्द्र गौतम~Dhruba Chandra Gautam

२०२९ साल हुनुपर्दछ। हामी विराटनगर गएका थियौं। जहाँ गए पनि, साहित्यकारसँग भेटघाट गर्न खोजिन्छ। त्यहाँ पनि एक दिन केही कविहरुसँगको भेट भयो, थोरै मात्र परिचित, धेरै अपरिचित। कवि भएपछि कविता पाठ होस् यो त हामी पनि चाहन्थ्यौं। यस्तो पनि हो क्यार त्यो कार्यक्रम नयाँ कविहरुको कविता सुन्ने भनेर आयोजना गरिएको थियो। तर वृहद होइन, संक्षिप्त। थोरै कवि/नयाँ कवि धेरै। Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

आचार्य प्रभाका ४ रुबाईहरु

~आचार्य प्रभा~acharya Prabha

(श्री कृष्णप्रती समर्पित भाव)

जन्मियो ऊ प्रतिभा बनी नेपाली यो माटोमा
सकिन्जेल हिँड्यो कलाकार बनी कलाकै बाटोमा
निष्ठुरी कालले चुँडेर लग्यो अल्पायुमा नै उस्लाइे
दुष्टलाई बरु लग्या भए हुन्थ्यो श्रीकृष्णको साटोमा ।
———————————————
सबैको आँखामा आसुँ दियौ श्रीकृष्ण तिमीले
नौलो चोला चाँडै नै लियौ श्रीकृष्ण तिमीले Continue reading →

Posted in रुबाई | Tagged | Leave a comment