व्यङ्ग्य निबन्ध : कविताको कमाल

~रामकुमार पाँडे~Ram Kumar Pande

हेर्नोस्, सबै रोगको अचूक औषधि भनेजस्तै हो कविता ! क्रान्ति गर्नेदेखि शान्ति भर्ने काम कविताले गर्छ । नपत्याए हेर्नोस् कविताको कमाल ।

कहाँको बहुलट्ठी कुरो गर्छ भन्नु होला ! बहुदलमा एकलठ्ठी भए त अधिनायक भइहाल्यो नि ! बहुलठ्ठी भए पो एउटाले लठ्ठी चलायो कि अरू लठ्ठी लठ्ठक बन्दैनन् र उस्तै परे लठ्ठीको झट्टी वर्षन बेर हुन्न । यही लठ्ठी अर्थात् पौरुष्यमा पट्टी पठ्ठासँग लठ्ठी कट्टी प्रदर्शनमा पछि पर्दैनन् । नपत्याए डान्सका डनसँग सोध्नोस् । पठ्ठा पनि ठट्टै ठट्टामा चट्टीको झट्टीको भय नआउने भए पठ्ठीसँग लठ्ठी लट्टपिट्ट िपार्न बेर हुन्न । Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : उठ्नुस् न बा

~बादल सुरेश~Suresh Badal

तपाईं किन यसरी
सुतिरहनु भएको बा?
उ हेर्नुस त
तपाईंभन्दा ढिलो उठ्ने घाम
अघिनै उठिसक्यो
तपाईंको हातगोडा किन चिसो बा,
किन दर्हो भएको यो शरीर?
यी मानिसहरु किन
आँसु झार्दै उभिएका बा,
उठ्नुस् न। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : प्रमुख अतिथी

~शेखर ढुंगेल~Shekhar Dhungel

नयाँ दलका नेता बर्सौ देखीको आफ्नो बिदेस भ्रमणको सपना पुरा हुन लागेकोमा मख्ख परि खुशी सुनाउदै थिए श्रीमती लाई । एउटा भब्य सम्मेलनको प्रमुख अतिथी बन्न बोलाउने बचन पाएका थिए उन्ले । श्रीमतीको ब्यस्तता पनि त्यस्तै छ । सचिब बनी संगै जानेहरुको सुची बन्दै बिग्रने क्रमले तिब्रता पएको छ । भ्रमण टोलीमा सम्मिलित हुन चाहनेहरु आफ्नो खुल्ला टेन्डर Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : पाइन घर बिदा

~प्रेम निशानी मगर~Prem Rana

परदेशीलाई हुदो रैछ खाली चोट र पीडा
चाडपर्ब आउदा पनि पाइन घर बिदा

दसैँ र तिहार आउदा याद आउने घरको
भागी आउने कुरा भईन देश पर्यो अर्को Continue reading →

Posted in नेपाली गीत | Tagged | 1 Comment

कविता : माला लगाउँदैछु

~जे पि दाहाल~J P Dahal

तिम्रा पैसाले माला लगाउँदैछु
क्यामराको लेन्समा
चमत्कार छाँउदैछु
भोलि हेर जनता
तिम्रै छाती माथि
टेकेर
आकाश छाम्ने छु
अनि
अविर र मालाले ढाकिएर
गड्गडाहट तालिमा Continue reading →

Posted in कविता | Tagged | 1 Comment

बाल कथा : मुस्ताङका मीतज्यू

~बिजय चालिसे~Vijay Chalise

“आमा,बाबा, म सोमुसँग पुरानो मुस्ताङ हेर्न जाउँ है ।” मुक्तिनाथको थकाइ मेटिएपछि अभिनवले बाबासँग मायालाग्दो पारामा भनेको थियो ।

“पख् मेरो फुर्सत छैन । भरपर्दो मानिस फेला परेमा पठाइ दिउँला । यहाँबाट धेरै टाढा पर्छ,पुरानो मुस्ताङ”बाबाको कुरा सुनेर अभिनव खिस्रिक्क परेको थियो ।
Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : छोडेर जानेहरू

~सीमा आभास~seema avas

बग्ने पानीमुनिको ढुङ्गोझैँ
लेउ लागेर छोडिएपछि पिँधमा
कहाँ चिसो भन्न पाए र ?
इन्द्रेणी ओराल्ने गरेका
उपत्यका कहाँ बिलाए ?
माझीले चलाउन छोडेको
डुङ्गा किनारमा छोडी
जलकुम्भीझैँ तैरदै
कुन बाटो रोजे
सेता हाँस बनेर, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : बैंश अझै बाँकी छ

~नगेन्द्रराज शर्मा~Nagendra Raj Sharma

जब यौवन यौवन यहाँ आँखी छ
आँखा आँखामा आमन्त्रणको झाँकी छ
किन चासो कि, कहाँ बिताएँ रात मैले ? Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : फाटेको अस्तित्व हेरी,कर्णाली र डोटी रोयो

~बसन्त श्रेष्ठ ‘क्षितिज’~Basanta Kumar Shrestha 'Kshitij'

फाटेको अस्तित्व हेरी,कर्णाली र डोटी रोयो
बग्यो कोशी हतासमा,सयौ सयौ चोटि रोयो ।।

भोका माग्छन् बाहिर,भरिन्छ मन्दिर पैसाले
कुल्चदै पाउमा परेर पवित्र त्यो भेटि रोयो ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मैच्याङहरुको वस्तीमा

~तिब्वत दर्लामी~Tibbat Darlami

गुराँशे सपनाका गोरेटो हुँदै
धुपी सल्लाका पाखाहरुमा
सुसेली हाल्दै
एक दिन
तिमी फर्केर आउनेछौ
मैच्याङहरुको वस्तीमा
यही ग्रामिण थुम्कीहरुमा ।

मनको खुल्ला आकाशमा
लुकामारी खेल्दैछन् विश्वासको घाम–जून
टल्किदैछन् चम्किदैछन् आस्थाका ताराहरु
विछ्याएको छु यि नजरहरु पारी क्षितिजमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : परिवेश

~जे पि दाहाल~J P Dahal

पाउलो बनी फक्रिने
शित बनी लत्रिने, बैंश हो मेरो
खाली पेट फल लाउने
शिशिरमा कोपिला बन्ने
वशन्त हो, बैश मेरो

लालुपाते फूल छ भने
सरद मैं आउछु
खेतबारीमा सुन फल छ भने
हलो बनी जोत्छु Continue reading →

Posted in कविता | Tagged | 1 Comment

विनीत ठाकुरका मैथिली मुक्तक

~विनीत ठाकुर~Binit Thakur

————- मेंहदीकेँ रंग ——————–
खनकेँ कंगना गमकेँ हाथमे मेंहदीकेँ रंग
साओनकेँ फुन्ही संग मोनमे नवीण तरंग
एहनमे तरसे श्रृंगार पिया दुलारक लेल
घर आउ परदेशी रहु किछु दिन संग ।। १ Continue reading →

Posted in मैथिली मुक्तक | Tagged | Leave a comment

कथा : आत्मग्लानि

~आयुष्मान रेग्मी~

डाॅ भीमलाललाई नचिन्ने शायद नै कोहि होला । सभ्य समाजका बहुप्रतिष्ठित व्यक्तित्व…साइन्स पढेका भए तापनि धर्म र संस्कारमा निकै विश्वास थियो । उनका बुबा पंडित लक्ष्मीनारायणले उनको सानै उमेरमा व्रतबन्ध गरिदिएका थिए । उनका बुबालाई ‘काँचो माटोलाई यथेच्छा आकार दिन सकिन्छ तर पाकेको माटोलाई फेरि नया आकार दिनु असम्भव हुन्छ’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बहिर्गमन

~कुमुद अधिकारी~kumud Adhikari_1

टङ्कप्रसादलाई आज पश्चिमतिरको साइकलको यात्रा औधि रमाइलो लागिरहेको थियो। साइकलको क्यारियरमा आफ्नी धर्मपत्‍नी कोमल बसेकी थिइन्। साइकलका पेडलमा खुट्टाहरू घुमाउँदा टङ्कप्रसादलाई दन्त्यकथाहरूमा सुनेको वायुपङ्खी घोडाका पखेटाहरू फटफटाइरहेको भान भइरहेको थियो। खुसीहरू छचल्किएर पोखिइरहेका थिए। उसलाई Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : आश्रय..

~सर्वजित थापा मगर~Sarwajit Thapa Magar

आश्रय दियो कसैलाई उल्टो टाउको टेक्छ
अर्ति दियो कसैलाई झनै मुन्टो बेर्टाछ ।

यो दुनिया यस्तै खोज्छ मनपरी रजाई
आदर ग¥यो कसैलाई उल्टो नोकर सम्झन्छ । Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लोक कथा : कपूर्नीघाट

~दिपक खनाल~

नारानथान भन्ने गाउ“मा एउटी दुष्ट आइमाई बस्थी । उसको नाम कपूर्नी थियो । उछिट्टिएका दा“त, भित्र पसेका गाला र भक्कासिएको स्वरका कारण ऊ अजीव देखिन्थी । गाउ“घरका सबै मानिसहरु कपूर्नीदेखि पर–पर हुन्थे किनभने ऊ अघोरी थिई ।
मुर्दाघाटमा गएर मुर्दाको टाउको फोरी गिदी खाने सोख थियो उसको । गाउघ“रमै पनि कोही आफुलाई Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

गजल : मनका धनि हुन्छन यहाँ

~कल्पना भाबुक~Kalpana Giri 'Bhawuk

मनका धनि हुन्छन यहाँ साहित्यमा लाग्ने मान्छे ,
सफलताको सिंढी चड्छन् बिहानीमा जाग्ने मान्छे|
~
जस्तो जस्तो कर्म गर्‍यो उस्तै फल मिल्छ यहाँ ,
जिन्दगी भर दु:ख पाउँछन सत्य सँग भाग्ने मान्छे| Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : बाहुन बस्ती

~बिक्रम ज्ञवाली~Bikram Gyawali

आज बिहानै पात्रिका पढिरहेको थिए । टक्क आखाँ एउटा समाचारमा पुगेर अड्कियो । “ चुलो छोएको निहुमा एक जना दलितको हत्या । “ समाचारको मुल बिषय यहि नै थियो । दुःख लाग्यो । मन पनि रोयो । अनि समाज सम्झेर कता कता घिन लाग्दै आयो । मन चिसो बनाउदै सोचे “ यो धर्म , जात अनि पुराण कस्ले बनायो होला ? मलाई लाग्छ धर्म भनेको एउटा बिष हो । यहि बिषले संसार खत्तम गर्दै छ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : म लाहुरेको लाहोर यात्रा !

~विजय चालिसे~Vijay Chalise

“विजय सर, यसपालि साफ्मा सम्मेलनमा तपाईं पनि जानुपर्छ है, मैले नाम पठाएको छु ।” साफ्मा नेपाल च्याप्टरका अध्यक्ष वरिष्ठ पत्रकार गोपाल थपलियाको फोन सुनेपिछि नै म लाहोर भ्रमणको मीठो कल्पनामा हराउन थालिसकेको थिएँ ।

मेरो वीरता र यायावरी जीवनवृत्तिसँग गाँसिएको नाउँ थियो लाहोर ! त्यसैले यो मेरालागि अपरिचित थिएन । म नेपालीको यायावरी लाहुरे वृत्तिसँग धेरै लामो समयदेखि जोडिँदै आएको लाहोरप्रतिको मेरो आकर्षण नितान्त स्वाभाविक थियो । त्यसैले त्यही लाहोर पुग्ने प्रस्तावले मेरा अगाडि अप्रत्याशित खुसी र सुन्दर अवसर ल्याएको थियो । Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : गणित, मन अनि तथ्य

~बिबश बिप्र~Bi pra

संघर्षको लालकिल्ला भत्किएर
छरिएका
बन्दुकका नाल र कुन्दाहरु
स्यालको भाका कुर्लिएर
अन्धकारको खेति गर्छन l
**
”मानिसका आँखाहरु बल्न सक्दैनन्” Continue reading →

Posted in कविता | Tagged , | Leave a comment

लघुकथा : सभ्यता

~हरी घिमिरे~

म चढेको बस अगाडि बढ्दै गयो। बसभित्र थुप्रै मानिसहरु थिए। सबै आ-आफ्ना गफमा मस्त देखिन्थे। झुत्रा-झाम्रा कपडा लगाएका गाउँले मान्छेहरु कोही सूर्ति खाँदै थिए भने कोही बिडी तान्दै थिए। वातावरण एकदमै उकुसमुकुस थियो। म शिक्षक भएका नाताले कपडाका दृष्टिले अलिक सुकिलो-मुकिलो देखिन्थें। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : ऊ मेरी जीवन

~उमेश चापागाईं~Umesh Chapagain

तिमी जन्मेकै रहिनछ्यौ
तर सर्बत्र थियौ
मन,मुटु र मस्तिष्कमा
एक रोशनी
अनेक चाँदनी
धड्कन, हेराइ र आवाजहरुमा

तिम्रो अटल बिश्वास, साहस र स्वाभिमान्
शिखर तर्फ लाग्दै गर्दा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : नेताहरू खोई आजभोलि

~राजेश नेपाली~

जनताका कुरा गर्ने नेताहरू खोई आजभोलि
के गर्‍यौ त आजसम्म मात्र बाँड्यौं मीठो बोली

नयाँ बिहान ल्याउन भन्दै अघि बढे जनताहरू
सयौं मरे त्यही लडाईमा रगतले माटो मोली

अझै पनि उही बानी जनतालाई झुक्याइरहने
सहमति गर्छौं भन्दै कुम्ल्यायौं आफ्नो झोली Continue reading →

Posted in गजल | Tagged | Leave a comment

सरु आस्थाका २ मुक्तकहरु

~सरु आस्था~Saru Aashtha

(एक)
ज्वारभाटा जिन्दगीको फुटाएर बाँच्नु पर्छ
सुख दुःख ऐचो पैंचौ मिलाएर साँच्नु पर्छ
दुःख मात्र हैन साथी सुख पनि आउनेछ-
मनको दीप जगाएर जीवनलाई जाँच्नु पर्छ ! Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : हामी व्युँझेको बिहान

~कला अनुरगी~Kala Anuragi

हामी ब्युँझेपछि
लाग्नेछ पारिलो घाम
ओभाउनेछ शीत
र सुनिनेछ चराहरूको गीत ।

रमाउँदै बालकहरू
पोल्न थाल्नेछन् बारीमा जिलौटा
आकाशतिर उडिरहेको
जिलौटाको धुवाँ हेर्दै हजुरआमाले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : भिनाजु

~विजय वजिमय~Bijay Bajimaya

– उठ्नुस ! पिइस्सिन्न ?

– ओहो ! कति बज्यो हँ ?

– आठ बजिसक्यो त !

– चिया लिइस्योस्। हजुरले आज भिनाजुसँग के तरकारी खाइसिन्छ ? तराईमा भनेजस्तो तरकारी यहाँ पाइँदैन। पाइए पनि महङ्गो। मासु रुचाइसिन्छ ? तरकारी भने पछि हामी त खाए पनि मासु नखाए पनि मासु। मासु नै सस्तो र मीठो लाग्छ। हजुर यसपाली अचानक आइस्यो। सुकुटी बनाउन पनि पाइएन। अलिक दिन पहिला खबर पाएको भए सुकुटी बनाएर राख्‍नु हुन्थ्यो। मासु, साग, कालो दाल र करेलाको अचार भए ‘भूजा’ रुच्ला नि ? हुन्न हजुर ? Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : यो समय हाम्रो निम्ति घातक छ

~पूर्ण विराम~Purna Biram

धूवाँका मुस्लाहरूले छोपेका छन् आगोलाई
र बजाउन सकेको छैन आगोले नगरा
यदाकदा बज्ने आगोको सुसेलीलाई
बहिरहेको हावाले उडाएर लग्छ
यो समय हाम्रो निम्ति घातक छ
अहिले पोलियोको थोपा चाटिरहेछ शिशु मुसोलोनीले
भोलि मस्तिष्कमा नित्से र जेन्टाइल च्याप्छ
फासीवादको कुलो बन्छ र तन्क्याँदै आफूलाई नदीको आकारमा समावेश गर्छ
सूर्य खोज्दाखोज्दै मृत्युले अँगालोमा लिन्छ हामीलाई
यो समय हाम्रो निम्ति घातक छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : गरौ नयाँ थालनी

~बिक्रम श्रेष्ठ “सागर”~Bikram Shrestha 'Sagar'

लोक छन्द : बालोरी / बालौरी

आऊ आऊ भाई हो।
आऊ आऊ बहिनी।।
साथी भाई मिलेर ।
गरौ नयाँ थालनी।।

जात पात भनेर।
छुवा छुट गरेर।।
हित हुन्न देशको ।
आमा लाई रुवाई ।।

Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : आँधीखोलाको किनारै-किनार

~सन्तोष स्पन्दन~Santosh Kafle 'Spandan'

आँधीखोलाको किनारै -किनार
अनि बालुवाको कण-कणसंग मितेरी गास्दै
कहिले गहिराईमा कहिले समतलमा
अनि कहिले खोंच र कन्दराहरुमा
अन्धा-अन्धिको आँशुको प्रवाहित बनेर
त्यो बहावले
घिसार्दै-घिसार्दै एक अनेकौ जीबात्माहरु
खोलाको बाडबनेर , बाडखोलाबाट त कतै
सिरुबारिका मुहान अर्घौदिको छहरा बनेर
अर्जुन चौतारीका धानका लहरहरु ढाकेर
हेलुको फाँटबाट भर्खर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बिथोलिएका दिनचर्या

~भिम प्रसाद घिमिरे~Bhim Prasad Ghimire

घर-अफिस
अफिस अनि घर
साँघुरा दिनचर्याभित्र
यन्त्रवत मान्छे
अनपेक्षित पुनरागमन
अनपेक्षित अभिलाषा
दसकपछि फर्किएको खोलो
निर्मल , कञ्चन, शान्त, शीतल
अर्थहीन नाता
भयावह परिणाम
लापरवाह मन
बाटो विराएरै हिड्न खोज्छ
उनलाई सुनिरहुँ झै लागिरहन्छ
दिउँ दिउँ नै लागिरहन्छ ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : म गरिब हैन

~उमेश लुइटेल~Umesh Luitel

जीर्ण ति वदनबाट
स्नेहका रहस्यमय आभा चम्काउँदै
हातका भूवाजस्ता स्पर्शले कपाल चलाएर
आफ्नै मुटुमा स्पन्दित गराउँदै मलाई
तृणजडित हाम्रो प्यारो घरमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मूक्तिका सपनाहरू

~कृष्ण धराबासी~Krishna dharabasi

मूक्तिका सपनाहरू सब बेकार हुन
मानिसहरू एक–एकवटा आस्थाको किलोमा कैद छन्
एउटै रामलाई म¥यादा पुरुष बनाउनका निम्ति
भक्तहरू राम भित्रको हरामा देख्न असमर्थ छन् ।

ओ ! सिद्धार्थ गौतम !
ओ ! एडोलफ हिटलर
ओ ! जड भरत
कहाँ छ मानिसको मुक्तिफल ?
कहाँ हो यो आस्थाको धरातल ?
जसमा टेकेर मानिसहरू–विश्वासको फल फल्दछन् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment