(एक)
ज्वारभाटा जिन्दगीको फुटाएर बाँच्नु पर्छ
सुख दुःख ऐचो पैंचौ मिलाएर साँच्नु पर्छ
दुःख मात्र हैन साथी सुख पनि आउनेछ-
मनको दीप जगाएर जीवनलाई जाँच्नु पर्छ !
(दुई)
अन्तै नाता जोडि तिम्रो साथ छोडेकी छैन
मित्रताको अमर अमर हात छोडेकी छैन
हर बाटोमा आउने गर्छन विवशता र बाधाहरु-
तर पनि मनमा छौ विश्वास छोडेकी छैन !
(स्रोत : Muktak Manch )

