माग्दैछ एक अठोट,आफ्नै जगतले आज
भन्दैछ देश बचाऊ, हाम्रै रगतले आज
राष्ट्रको चिन्ह खुकुरी,आफ्नै गर्दनमा हेर !
थामेर राख्न सकेनौं,अन्धो मगजले आज Continue reading
माग्दैछ एक अठोट,आफ्नै जगतले आज
भन्दैछ देश बचाऊ, हाम्रै रगतले आज
राष्ट्रको चिन्ह खुकुरी,आफ्नै गर्दनमा हेर !
थामेर राख्न सकेनौं,अन्धो मगजले आज Continue reading
कथा एकदमै सानो घटनाबाट सुरु हुन्छ, मानौँ यो कुनै घटनानै होइन ।
मैतिदेवीको विश्रान्ती चियापसलअगाडि ऊ दुई वटै हात पैन्टको गोजीमा घुसारेर उभिएको थियो । एक हुल कलेजका विद्यार्थीजस्ता देखिने केटीहरू उसको अगाडिबाट गए र जाँदाजाँदै एक जना सुन्दर अनुहार उसलाई हेरेर मुस्कायो । ऊ मुस्काऊँ कि यसै बसिरहूँको दोमनको स्थितिमा थियो तर ओठहरू अलिअलि खुम्चिसकेका थिए । त्यसबेला अझ ऊ द्धिविधाग्रस्त भयो जब पर पुगेर पनि सबैजनाले फर्केर हेरे ।
‘कोही चिनेकै केटी हुनुपर्छ’ उसले मनमनै भन्यो र सम्झिन थाल्यो । कतै सँगै कलेज पढेको साथीको साथी हो कि परिचय भएर पनि बिर्सेको ? अथवा ऊ पहिलेपहिले ससाना लेखहरू पनि लेख्ने गर्दथ्यो गोरखापत्रमा, कतै त्यसको प्रभाव हो कि ? गोरखापत्रमा ऊसँगै पढ्ने एक जना साथी थियो उसैले सिकाएर दुईचार लेख छापिएका थिए ।
“नेपालमा गरिबी र त्यसको निवारणका उपाय” भन्ने उसको लेखमा त पाठक प्रतिक्रिया पनि आएको थियो ।
Continue reading
~अनुषा न्यौपाने~
मलार्इ माफ गर आमा
आउन सकिन म
तिम्रो आँसु पुछ्न
भत्किएको घर बनाउन
हो आमा
यहाँ कैयौं तिमिजस्तै आमाहरु
छोरा को पर्खाइमा छन्
म उनीहरुको आशा बन्दै छु
उठाउँदै छु भत्केका संचनाहरु
जोड्दैछु टुक्रीएका खुशीहरु
तर मलार्इ माफ गर आमा
आउन सकिन म
तिम्रो आँसु पुछ्न
भत्किएको घर बनाउन
थाह छ आमा Continue reading
~दीपज्योति थापा~
हामीलाई नसोध्नुहोस
आफन्त गुमाउँदाको पीडा कस्तो हुन्छ ?
आँखाबाट चस्मा उतार्नुहोस ।
यतिबेला–
हामी मरे–मरेजस्तो देखिन्छौं
हजुरको एसएलआर क्यामेराले कैद गर्नुहोस
हाम्रा मोटा मोटा आँसुहरू
सुन्नुहोस… !
रुँदारुँदै थाकेका आँखाले के भन्छन ?
तपाईंहरू– Continue reading
~राजेन्द्र तारकिणी~
कहाँ आयो र भुइँचालो ?
तिमी भन्छौ– आयो, आयो
भुइँचालो आयो !
खाटमा/निद्रामा
बाथरुममा/भान्सामा
अफिसमा/क्यान्टिनमा
तिमी निकै ठूलो भ्रम चिच्याइरहेछौ–
भुइँचालो आयो, भुइँचालो… !
ए ! बेवकुफ हल्लाहरू
कहाँ आयो र ! खोइ भुइँचालो ? Continue reading
’’ बाबा , भगवानको घरबाट आमा कहिले फर्किन्छ ?’’ आफ्नी चार वर्षीया अबोध छोरीको प्रश्न सुनेर पहिले त मलाई कुनै जवाफ् सुझेन….हुन त गत पाँच महीनादेखि मैले आफ्नी छोरीलाई ढाँट्दै आएको छु। उसको आमाको मृत्यु भइसकेको कठोर सत्य म कमलो नानीलाई सुनाउन नसक्ने स्थितिमा छु र जतिपल्ट उसले मलाई ’ आमा कता गयो ?’ भनेर सोधी त्यतिपल्ट नै मैले उसलाई ’ आमा भगवानको घरमा गएकी छ ’ भनेर फुस्लाएँ। भगवानको घरको अर्थ अबोध छोरीलाई थाहा छैन। यो पल्ट भने उसकी आमा भगवानको घरमा गएकी छ भन्ने कुरा उसलाई स्मरण भइसकेकोरहेछ…..तर भगवानको घरबाट कहिले कोही फर्केर आउँदैन भन्ने तथ्यबाट भने अबोध नानी अझ अनभिज्ञ छे।
वन्दनाको इच्छा थियो आफ्नी छोरीलाई ठूलो बनाउने…ठूलो मान्छे…खुब पढ़ाउने….अनि Continue reading
~सुमन रौरभ~
निस्पष्ट अँध्यारो बगैंचामा फुलेका दुर्घन्धित काला फूलहरू, फूलहरूमा झुम्मिरहेका घीनलाग्दा पुतलीहरू । बगैंचाको बीचमा उभिएको हतास, एक्लो ऊ । भित्र डरले उसको रगत बरफजस्तै चीसो हुँदै थियो, बाहिर ऊ पसिनाले निथ्रुक्क भिजेको थियो ।
दुःस्वप्नको बीचमा ऊ झल्याँस्स ब्यूँझियो । उसको असहज ब्यूँझाईले श्रीमती पनि ब्यूँझिई, बत्ती बाली र उसको टाउको सुम्सुम्याउँदै मायालु आवाजमा सोधी-‘के भयो ?’
‘डरलाग्दो सपनामा एक्लै थिएँ…. आत्तिएँ र ब्युझिएँ । सपनामा तिमी पनि आउन .. एउटा आड हुन्छ मलाई ‘ ऊ आँखा चिम्लेको चिम्ल्यै मन्द स्वरमा बड्बडायो ।
Continue reading
~प्रोल्लास सिन्धुलीय~
नाकै थेप्चिने गरी
कसैले चोरऔँलाले ठेलेदेखिन्
दिमाग रन्थन्याएर सोचिरहेछु–
एउटै ब्रेन्चमा राखेर मास्टरले
मलाईमात्र बाठो बनाउने गरी
कुन पुस्तक पढाए होलान् त्यतिबेला ?
मैले पुख्र्यौली छाला बेचेर हालेको होइन यो चुच्चो नाक
कसैले जन्मदिनको उपहारस्वरूप
दिएका होइनन् यी बल्ढ्याङ्ग्रे आँखा
टेलिभिजनको घटिया विज्ञापनको स्याम्पु घसेर
उम्रिएका होइनन् यी दारीजुँगा
उसैको थप्र्याङमा पलेटी मारेर Continue reading
गोधूलि पर्दा
आकृति तिम्रै हो
साँझमा देखें | Continue reading
तातो हावाको झोक्काले
फर्फराउँछ
पराजित मुलुकको झन्डा जस्तो
दशनीको लेहंगा ।
धेरै चोट सहिसक्यो
धेरै रगत बगाइसक्यो
धेरै बलात्कार खपिसक्यो
जमिनदारको बाँझो खेतमा Continue reading
आज फेरि सरुले एक महान् साहित्यकारकी श्रीमतीले आत्महत्या गरेको खबर अखवारमा पढी । लेखिएको थियो – “बर्षौदेखि मानसिक अस्थिरताको व्यथाले च्याप्दै ल्याएको थियो ।” दुइ हप्ता पनि बितेको थिएन छिमेकी अतिशोधकी श्रीमती अर्चनाले आफ्नै भान्सा कोठामा झुण्डिएर देहत्याग गरेको । अतिशोध पनि एक सरकारी उच्च ओहदामा कार्यरत व्यक्ति थिए । दुइ महिना अगाडि मात्र हो सरुकै मामाकी बुहारीले झुण्डिन पासो लगाउँदै गर्दा भेट्टाएर बचाएको । अझैपनि उनलाई एक्लै घरमा छोड्नु हुन्न मामा-माईजुले ।
कुमारी सरुका घरमा विवाहको कुरा चलिरहेका बेलामा यसरी एक पछि अर्को गर्दै सभ्य र शिक्षित परिवारका महिलाहरूका आत्महत्याका बीभत्स दृश्य अनि अखबारमा छापिएका आत्महत्याका खबरले उसलाई कता -कता शंका पैदा गरायो । शायद बबिता दिदीको घटनाले पनि उसलाई अझैसम्म झस्काइरहेको होस् ।
Continue reading
हटियाको बीचमा..
एउटा बृद्ध मालिंगोको चोया काडेर
डोको बुन्ने तर्खरमा छ ,
छरपष्टिएका चोया बटुल्दै
पत्रैपत्र उक्किएका हत्केलाले
कुशलता पूर्वक आकार दिँदैछ ,
कमजोर पाखुरा ,
धमिला आँखा ,
तर मुहारमा गज्जबको तेज छ ,
खुम्चिएका निधार बाट बग्दै,
नाकको टुप्पोमा बसेर टल्किएको पसिना , Continue reading
~शरत् चन्द्र चट्टोपाध्याय~
अनुवाद : कुमुद अधिकारी
यो धेरै दिन पहिलेको कुरा हो । प्रायः दश-बाह्र वर्षघिको कुरा । त्यतिबेला दुर्गादास बाबू वकील हुनुभएको थिएन । दुर्गादास बन्धोपाध्यायलाई सायद तिमी राम्ररी चिन्दिनौ होला, म राम्ररी चिन्छु । आऊ, आज उनको परिचय गराउँछु ।
बाल्यकालमा कहीँबाट एउटा अनाथ पितृमातृविहीन कायस्थ बालकले रामदास बाबूको घरमा आश्रय लिएको थियो । सबैजनाले भन्थे बालक असाध्यै राम्रो छ । राम्रो, सुन्दर र बुद्धिमान् सेवक, दुर्गादास बाबूको स्नेहको पात्र । Continue reading
कन्टोमैन्टमा उदास धुन बजिरहेको थियो, कुनै पुरानो रसियन गीतजस्तो लाग्ने त्यो धुनको पछिल्लो आलापमा एघार वर्षभित्र मारिएका ती मृतकहरूको आवाज समाहित थियो । सानो अन्तरालपछि कन्टोमैन्टमा विश्रामजस्तो छायो ।
नजिकै रहेका एकजना पर्यवेक्षकसित म यो कन्टोमैन्टसम्म कतिजना महिला छन् भनेर सोध्दै थिएँ । त्यतिबेला अचानक मसँग आएका फोरेन्सिक आन्थ्रोपोलोजिष्टले मलाई सानो चिट देखाउँदै भने— “यो नाम हुनसक्छ भने तिमीलाई अझै अर्को कन्टोमैन्टसम्म हामी लानेछौँ ।” Continue reading
~सल्मा पौडेल~
तिम्लाई सम्झी बेहोसिमा,झस्किएर रोएं ।
तिम्रो यादले यो मुटु ,चस्किएर रोएं ।
कस्लाई सुनाउनु छ र मर्म मैले यहाँ
कसैले यहाँ नसुने’सि,कस्सिएर रोएं । Continue reading
आधी जून मन पराउने अहुनार सम्झिन्छु
कर्कलाको पातबाट चिप्लिएको पानीको थोपाजस्तै
पुरै रात चिप्लिएर जान्छ
र नयाँ बिहान
गहिरो निद्राबाट ब्युँझन्छ
मा बिर्सन्छु समय ! Continue reading
काँडाघारी सहज लाग्थ्यो उनी साथ हुँदा
फूलबारी शुन्यै भयो आज एक्लै हुँदा ।।
बगर् बिच तृप्त थिएँ उनी साथै हुँदा
सागर बिच प्यासी भएँ आज एक्लै हुँदा
मरुभूमी राम्रो लाग्थ्यो उनी सामु हुँदा Continue reading
~कुमार के.सी.~
मिर्मिरे बिहानी, पधेरीमा रुदै छौ की आमा।
गाईबस्तु हेर्दै, कटेरीमा रुदै छौ की आमा।
प्रदेशमा छोरो खायोकी भोकभोकै छ भनी
अगेनीको त्यो, मझेरीमा रुदै छौ की आमा। Continue reading
One day, everybody was talking about it. It had even been printed in the newspapers. A great and learned sadhu had prophesized a conflagration, a natural disaster of such proportions that more than half of the world’s population would be killed. Dil was on his way to work at the construction when site he stopped briefly to listen to a man propounding the benefits of a herb against impotence. Then he noticed, out of the corner of his eye, long lines of goats converging onto the green. “What’s going on?” Continue reading
क्षणमा कहीं कतै अँध्यारो भान भयो ।
पलक्षण बन्द परेलीमा प्रभुको ध्यान आयो ।।
केही पल तिमीसँग म बिछोड भएँ ।
त्यसै त्यहाँ गोरेटो मोडिएको पाएँ ।।
तिमीबाट म कतै हराएँदै थिएँ ।
बिछोडको भान मलाई भएको पाएँ ।।
क्षणमा कहीँ कतै अँध्यारो भान भयो ।
पलक्षण बन्द परेलीमा प्रभुको ध्यान आयो ।। Continue reading
एउटा प्रतीक्षालय छ मनभित्र निरास निरास र अर्को छ आँखासामु केही आशप्रद ।
फराकिलो भित्तामा साइबाबाको सकरुण तस्वीर छ आशीर्वादात्मक शैलीमा ।
रेणुलाई डाक्टरको अन्तिम वाक्यले झस्काइरहन्छ बारम्बार- “तपाईंहरुको सहयोगले हामी पूरा कोसिस गरिरहेका छौँ बाँकी भगवानमा विश्वास गर्नुहोस् ।” अकस्मात् Continue reading
खप्पडहरुको पहाड चढेर
साइवरेश्वर इन्टरनेटका दानवहरु खेलाउँछ
शालिग्रामछाप
चिसो मरुभूमिका ताता सपनाहरु
गलैचाका फुलहरु फुलेर
आह ! म जिन्दगीका हिउँदहरुद्वारा लखेटिन्छु
चिप्लेकिरो ब्रह्माण्डभरि
लाजवन्ती झारका सम्वेदनाहरु कहाँ छन् ?
अक्सीजन खोसाखोस
लामकाने वाँदरहरु छक्क छन् किन हावा Continue reading
घटाउ अनि जोडमा, रुमलियो जिन्दगी
हरेक मोड–मोडमा, रुमलियो जिन्दगी ।
चल्दै थियो सफर एक साथ रमाउदै
अनायासै बिछोडमा, रुमलियो जिन्दगी । Continue reading
As I pass by that corner
My eyes are struck on him !
A lonely man under that lamp post
On a torn wheel-chair
He laments every day
He lost his both legs long ago
struggling as a freedom fighter Continue reading
~बम बानिया प्रभात~
घिन लाग्दा समाचारहरु
नछाप ए पत्रकारहरु,
सवैका हिलो हाल्ने खाडी
हामी नै भयौ हगि ?
हाम्रो चै समस्या खै छापेको ?
पार्टीले आधा लेवी कटाएर लान्छ
कार्यकर्ताले गोजिवाटै थुतेर लान्छन्
सहयोग रसिद विहानै पिच्छे आउछन्
परिवार पाल्नै परो
वच्चा पढाउनै परो Continue reading
नहुँदा तिमी बतास आएन
जूनेली फिका प्रकाश आएन
बनेर बादल हराएँ तिमीमा,
नयनको तिम्रो आकाश आएन |
नारा यो सडकमा जारी भएछ
भोक र पहाड हाराहारी भएछ
भँगालोसरी फाटेर मनोभाव,
मुटुबाट देश पारी भएछ |
म आदर्श जिएर बदनाम
मदिरालयमा नपिएर बदनाम
थाकेर पलपल अभावका दौडमा,
भोकका नशाले खिएर बदनाम | Continue reading
दउँसोको समय थियो । प्रचण्ड गर्मी थियो । खेतको आलीमा बकुलाहरुको ताँती थियो । फरूवा खेलाउँदाखेलाउँदै थाकेका जुगरा र उसको छोरा फगुना रूखको छहारीमा सुस्ताउँदै थिए । कसैको आगमनले आत्तिएका बकुलाहरु तर्सिएर एकाएक पखेटा फट्फटाउँदै उड्न थाले । त्यो आगमन अरु कसैको नभएर तिनीहरुकै जमिनदार भक्तबहादुरको थियो । ऊ कमैयाहरु खेतमा काम गर्दै छन् कि छैनन् भनी हेर्न आएको थियो । ऊ एक हातले कालो छाता समातेर बडो सतर्कतापूर्वक आलीमा पाइला चाल्दै थियो ता कि उसको टलक्क टल्किएको जुत्ता र सुकिलो कमिजमा हिलो नलागोस् । ऊ जुगरा र फगुनालाई आराम गरेको देख्नासाथ कराउन थाल्यो, ‘ए अल्छी मोराहरु हो, Continue reading
“नितु दि ! फोटो दामी लाग्यो । भिनाजु हो ?”
“हैन मेरो बोय फ्रेन !” रिसाएर, चिम्से आखाका गेडा बाहिरै निक्लेला झैँ गरि मतिर हेर्दै उतरको झटारो बर्साईन । उनलाई पनि मेरो प्रस्न झटारो भन्दा कम थिएन रहेछ । मेरो सोच पनि कति निच ! भिनाजु नभए को हुन्थ्यो ? अरु हुदो हो त तेस्तो फोटो तेसरी सबैलाई देखाउनु हुन्थ्यो त ? दोस्रो बिबाह गर्ने महिलाहरु चरित्र हिन्न नै हुदैनन् नि । यत्रो देश डुलेर, सेस भैसकेर पनि उही संकुचित बिचारमा आफुलाई बाधी राख्ने कस्ती म । मैले गलत नै भनेकी रहेछु, मैले अनुमान गरे । अब त्यो भिडमा बस्न उचित लागेन मलाई । लुसुक्क, अर्को भिड तिर लागे । आजसम्म पनि बाँचेको संकीर्ण सामाजको एक प्रतिनिधि पात्र म । Continue reading
हिजो
भित्री हिर्दयमा दुखेपनि कतै हाँसेर सन्चै थिएँ ।
छातीभित्र म रोकिएपनि कतै बोलेर ज्यूँदै थिएँ ।।
आफैंभित्र झरी सुकेपनि यहाँ फक्रें सँधै बाहिर ।
सोची खिन्न रह्यो सँधै हृदय यो मान्छे बिरानो छ र ।।
आज Continue reading
पहिलो दिन : ब्लड बैंकको गेट छिरिनसक्दै ऊ अत्तालियो। छपक्कै छरिएका बाइक देखेर अन्दाज लगायो– कम्तीमा २ घन्टा उसको पालो आउँदैन। कीर्तिपुरबाट बाइक चढेदेखि अहिलेसम्म लगभग १० पटक घन्टी बजिसकेको थियो मोबाइलमा। हतारोले गोजीसम्म हात पुर्याटउन पाएन।
पार्किङको कुनामा बाइक ठड्याएर मोबाइल हेर्योे। दिदीले गरेकी रहिछन्। कल ब्याक गर्योथ।
‘भएन अझै? ओटी छिराइसके।’ उताबाट दिदी बोली– अजिता।
‘ठूलो लाइन छ। २ घन्टा त लाग्छ के हो,’ उत्रिएको आवाजमा बोल्यो– रमेश। Continue reading
साथी
तिमी हल्लीयौ
म हल्लीएं
जनता हल्लीए
देश हल्लीयो
दरबारले हल्लायो
पार्टर्ीी नेताले हल्लाए
पेट आन्द्रा हल्लिए
बांच्ने सास हल्लिए Continue reading
एक दिन कुनै एक मित्रको घरबाट साँझको भोजनको निम्तो आयो। समयमै घर पुगेँ। मित्रका बाबु-छोरा बैठक कक्षमा बसेर टिभी हेर्दै रहेछन्। खाना तयार हुँदै थियो त्यसैले केही बेर म पनि टिभीमै व्यस्त भएँ। अचानक भान्छा कोठाबाट केही खन्द्र्याङ्ग झरेको आवाज आयो र साथै आयो गालीहरूको वर्षा – “अलिकति ढङ्ग पनि छैन। धन्न स्टिलको भाँडो थियो र फुटेन।” अझ अरू गाली त कति हो कति।
गालीको वर्षा रोकिएपछि मित्रको छोरोले बाबुसँग भन्यो – Continue reading