हेर्नोस्, सबै रोगको अचूक औषधि भनेजस्तै हो कविता ! क्रान्ति गर्नेदेखि शान्ति भर्ने काम कविताले गर्छ । नपत्याए हेर्नोस् कविताको कमाल ।
कहाँको बहुलट्ठी कुरो गर्छ भन्नु होला ! बहुदलमा एकलठ्ठी भए त अधिनायक भइहाल्यो नि ! बहुलठ्ठी भए पो एउटाले लठ्ठी चलायो कि अरू लठ्ठी लठ्ठक बन्दैनन् र उस्तै परे लठ्ठीको झट्टी वर्षन बेर हुन्न । यही लठ्ठी अर्थात् पौरुष्यमा पट्टी पठ्ठासँग लठ्ठी कट्टी प्रदर्शनमा पछि पर्दैनन् । नपत्याए डान्सका डनसँग सोध्नोस् । पठ्ठा पनि ठट्टै ठट्टामा चट्टीको झट्टीको भय नआउने भए पठ्ठीसँग लठ्ठी लट्टपिट्ट िपार्न बेर हुन्न । Continue reading