माया मात्र सधैं कहाँ धोकामा नि बाँची हेर
आफ्नै मात्र दु:ख देख्छौ अरुको नि जाँची हेर
रितिथिति संस्कार नै कुल्चिएर हिड्यौ भन्छौ
आधुनिक समयको चक्रसंगै नाची हेर Continue reading
माया मात्र सधैं कहाँ धोकामा नि बाँची हेर
आफ्नै मात्र दु:ख देख्छौ अरुको नि जाँची हेर
रितिथिति संस्कार नै कुल्चिएर हिड्यौ भन्छौ
आधुनिक समयको चक्रसंगै नाची हेर Continue reading
एकै वेतमा जन्मेका ती विरालाका बच्चाहरु फरक फरक रंगका थिए । त्यसमध्ये एउटा सेतो, एउटा छिर्बिरे अनि अर्को चैं पूरै कालो थियो । माउको दुध खाउन्जेल त तिनीहरुलाई खासै कुनै समस्या परेन । माउले Continue reading
~K. Anish Pokharel~
It was one of those cold, windy mornings of January of the year 2001; seismic waves got manifested in their worst possible form in the Indian state of Gujarat. It was the movement of the Indian sub-continental plate against the rigid Tibetan plateau that resulted in the jolts. Continue reading
~दिपा एवाई राई~
न्यायधीस (प्रवेश) !
ठक ! ठक ! ठक !
सम्पुर्ण महानुभावलाई
यस अन्तराष्ट्रिय अदालतमा
बैठक ग्रहणसँगै
‘आदर्श पुरुष राम’ को सुनवाइ
अगाडि बढाउन अनुरोध छ
वादी-
‘श्रीमान् !’
आज युग बदलिएर
आकाश उज्यालो भएको बेला
म ‘सीता’ Continue reading
‘क्यान यू मल्टिप्लाई थर्टी नाईन वाई थर्टी नाईन ?’ ईन्टरभ्यू लिने त्यो विदेशी वैंकको कुईरे जिएमले अनिकेतलाई सोझै प्रश्न दाग्यो । प्रश्न सुनेर उ एकछिन त अक्मक्कियो र मनमनै सोच्यो ‘ यो जिएम खुस्केको छ कि क्या हो, कहाँ आफुले बैंक समबन्धि कुरा घोकेर आएको, यो कुईरे त अरु केही प्रश्न नभेटाएर स्कुलमा पढाइने जस्तो म्याथको साधारण पश्न पो सोध्छ बा ’। Continue reading
मेरै प्रबृत्ति आखीर थामेरै छाड्यौ !
सिर्फ म, म, म, भनेर बाचेरै छाड्यौ !
अरु नै केहि निस्कियौ आखीर तिमी
लामौ अबधि धोकामा राखेरै छाड्यौ ! Continue reading
~प्रनिता शर्मा~
“खोई म त नया छु यो क्षेत्रमा सर के हुन्छ हुन्छ मलाई थाहा पनि छैन । प्लीज सर मलाई हेल्प गर्नु ल !” रेस्टुरेन्टको मेरो बगलको सिटमा बसेका दुईजना मध्ये सानी पातली सत्र अठार वर्षकी जस्ती देखिने केटीले साठी वर्ष पनि काटेको जस्तो बुढो तिर फर्केर भन्दै थिइ । Continue reading
अनिकालमा,
काम लाग्ला भनेर
कसैले ल्याइदिएको
एकथैलो अन्न साँचेका थियौ ।
स्यानोतिनो पिडा
त्यसैलाई हेरेर बाँचेका थियौ ।
पिढिको डिलनेर ।
भोकले ,
अचाक्ली अत्याएपछि
कुटेर खाने रहर गर्यौ ।
उचाल्दा मेसो पाईएन। Continue reading
हामीले,
नदेखेको पनि देख्नेगरी
जब आँखा खोल्यौँ
हाम्रो विरान परिवारको साथी
उनै थिइन् ।
आफ्ना लागि कहिल्यै दुख्न नभ्याएकी उनी
हाम्रा शिशिर र हाम्रा बर्खाहरूमा
निरन्त हाम्रा लागि दुखिरहिन् Continue reading
ढुङ्गा भएर पूजिने
म मानव कस्तो ?
पत्थर माथि पलाएको
पिपलको बोट जस्तो ।
रङ्गि विरङ्गी अत्तरले सजाइने
म मानव कस्तो
दोबाटोमा उभ्याएको
शहिदको मुर्ति जस्तो ।। Continue reading
‘उँधोलाई हे-यो त्यो कोसी बगर उँभोलाई तारेभीर, मरने सबै बैकुन्ठै पुगे बाँच्नेलाई पर्यो पीर’ घरैछेउको बाटो भएर उँधै–उँभै गर्ने घाँसे–दाउरेले यो विरही ताना अलापेर जाँदा वीरमानको छातीमा सोला हान्छ । हृदयमा तुफान उठ्छ, बिर्सन खोजेका वियोगका बादलहरू भित्रभित्रै मडारिन्छन् अनि अन्तस्थ शरीरका भागहरू छोप्दै–छोप्दै माथि उठेर झरीका रूपमा आँखाबाट खस्न थाल्छ त्यो । लाग्छ– यो क्रम त्यस बेलासम्म जारी रहनेछ, जुन बेलासम्म चन्द्रकलाको चिहानले आकार ग्रहण गरिरहनेछ । Continue reading
ओहो ! जुन युद्धलाई टार्न मैले त्यति कोसीस गरेको थिएँ, त्यो युद्ध शुरू भयो १८ दिनपछि समाप्त पनि भयो । तर, म अहिले युद्धपछि खुसी कुनै पनि पाण्डवपुत्रको अनुहारमा देखिरहेको छैन । देखुँ पनि कसरी ! महाभारतको युद्ध सकिएपछि पाण्डवपुत्रले आफ्ना पाँच पुत्रको हत्या खबर सुन्नुपर्यो । कौरव पक्षका जीवित रहेका केही व्यक्तिहरूले (जसमा द्रोणपुत्र अश्वस्थामा पन थिए) रातको Continue reading
लाम्टा चुस्दा चुस्दैको
दूधे बालक
मोहि पार्दा पार्दैको
मदानी
रोप्दा रोप्दैको
पाखो बारी
अनि बग्दा बग्दैको
एक ढिको आँशु
फ्ल्यासब्याकमा राखेर
मैच्याङले
दक्षिण बेग मारेको
एक दशक वितेछ Continue reading
घाम अस्ताइसकेको थियो । साँझले सहर ढाक्न लागेको थियो । दीपमालाले आफ्नो टेम्पू कोटेश्रमा रोकेकी थिई । टेम्पू भरिएको थिएन । ऊ भन्दै थिई, ‘लगनखेल, लगनखेल । सिट खाली । अब हिँड्नै लाग्यो ।’
ट्राफिकप्रहरीले कर्कश सिट्ठी बजायो । दीपमालाले संकेत बुझीे । दशमिटर जति टेम्पू अगाडि बढाई र रोकी । फेरि बोली, ‘लगनखेल, लगनखेल । छिटो आउनुस् सिट खाली छ ।’
तीनचारजना ठिटा कुद्दै आए । ती टेम्पूमा चढे । अझै दुईतीन सिट खाली थिए । केहीबेर रोकी । टेम्पूभित्रबाट एउटा यात्रु बोल्यो, ‘छिटो लग बहिनी, छिटो । रात पर्न लाग्यो ।’ Continue reading
हरेकदिन बिहान जब देश शौचालय जान्छ
र घण्टौंसम्म कन्दै बस्न बिवश हुन्छ
देश छट्पटाउंदछ,
उसलाई नेताहरुले
कति पीडा दिएकाछन्………..
कमोडमा निक्कै बेर थचारिएपछि
देश निखारिन्छ र सिंहदरवार पुग्दछ
देश झस्किदै आएको छ जबदेखि
उसले थाहा पाएको छ नेताहरु जनतालाई ठगेर Continue reading
नीति सिद्धान्त हेरेर, जहाँ जीवन अर्पिएँ,
भद्दा आचार देखेर झल्यास्स भर्इ तर्सिएँ ।
भुनेको मही छाडेर, बजारे स्वादमा भुली,
बुकुरा बासका साथी, छाडी पल्क्यो कतै मुली । Continue reading
‘‘भोलि म घर जाँदैछु– अति प्रिय विराटनगर…!’’ साथीभाइसित भनेँ । अफिसमा त बिदा मिलाइसकेको थिएँ । दुई वर्ष भइसकेको थियो विराटनगर नगएको – आफ्नो जन्म ठाउँसित टाढिएको । यो चौबीस महिनादेखिको ‘ग्याप’ ले मलाई चिमोटिरहेको थियो । विराटनगर जाने अर्थात् घर जाने चाँजो मिलेकोमा दङ्ग थिएँ । नभए त जति मन गरे पनि उही– अर्थात् कहिले बिदा नमिल्ने, कहिले ‘धन’ नमिल्ने Continue reading
जसलाई चाहेँ, उसलाई पाएँ, गरेँ मनोमानी ।
को होला र, यो दुनियामा, म झैँ भाग्यमानी।।
उसको आँखाबाट मैले संसार हेरेकोछु अचेल
उसको फोक्सोले मैले श्वास फेरेको छु अचेल Continue reading
~मेदिनी पाइअस्~
कुङ्वा
हजुर र म बीच
धेरै पटकको चोरी दाउ
हानथाप र छिर्के लगाई
मुछिवुङेको ख्यावा र म्यङ्वा जस्तै भो ।
मैले बिझाएका कांडाहरु
हजुरले प्रहार गरेका बाँणहरु
चटक्कै भुलेर
जन्मभूमीको माटो समाई
हाम्रो नातामा
सौहार्दता कायम रहनुपर्छ आवो
त्यो कुरो घरगाउ“मा
उल्का बन्दैन हौ कुङ्वा ! Continue reading
रातदिन काम खोजिदेउ भनेर हैरान पारेपछि नेता महोदयले आफ्नो चुनाव क्षेत्रको एउटा चुनावकालिन कार्यकर्तालाई रोजगारीको सिफारिस नगरी रहन सकेनन । नेता महोदयको बारम्बारको ताकेता पछि र नेताको आफ्नै पार्टीको विश्वासिलो कार्यकर्ता भनेपछि हाकिमले हुँन्न भन्न सकेनन । उसलाई नियक्ति दिईयो । बडो फुर्तीसाथ उ कार्यस्थलमा प्रवेश गर्यो । सबैले उसमा कामप्रति जोस जागर भएको अनुमान लगाए । काममा लागेको पहिलो दिन उसले Continue reading
एक घण्टाको यात्रा
दुई पाङ्ग्रेका सीट
रीसै उठेर आउँछ
पोल्न थाल्छन् जब पिँध
टक्क अडिन्छु चिया घुम्तीमा
आराम दिन्छु टायरलाई
सम्झन्छु,
पसले कति संयमित
विहानदेखि बेलुकी
उभिएकै छन् उभिनुपर्ने
बसेकै छन् बस्नुपर्ने
संसार झेलेका छन्
खै कसरी चलेका छन्
चुपचाप छ सडक
मान्छेजस्ताको दोहोरीलत्त
छन् हतारको गन्तव्य खोजीमा Continue reading
हरेक साल निस्कन्छ
एउटा मान्छे
मेरो विश्वासको ढोकाबाट
र, हल्लाउँछ आफै बसेको घर
म भरिरहेको हुन्छु
जिन्दगीको रङ
त्यही घरको झ्यालमा उभिएर ।
जव काँप्छन् मेरा कुची र ब्रसहरु
छताछुल्ला पोखिन्छन् रङ
छरिएर समगर सागरसरी
मेरो आगानमा जिन्दगीको रङ । Continue reading
~कुमार के.सी.~
तिम्रोलागी धडकिने,धडकन उस्तै छ सानु!
जीन्दगीमा बाधा, र अडचन उस्तै छ सानु!
छाडी जादा तिमीले हरपल रुदै बाचेकोछु
मेरो दुखी सँसार अनी,गगन उस्तै छ सानु! Continue reading
“यसपालि त गज्जबले नै दशैं मनाउनु पर्छ” ऊ सवैसंग भन्दै थियो । “किन र सरकारले तलब बढाइ दिएको झोंकमा हो कि क्या हो ?” दुइचार जनाले उसलाई व्यंग्य गर्दै सोधेका पनि थिए । “बढ्न त बढेकै हो नि चाहे जति बढोस् ।” तलब बढ्नुको यथार्थसंग संगसंगै हान्निएर चुलिने महंगी अर्को कटु यथार्थ हो । यता तलब बढ्छ उता भाउ हिसाब किताब बराबर । Continue reading
तिमिलाई अङ्गालोमा कसाउनुमै मज्जा हुन्छ
ओठमाथि ओठलाई टसाउनुमै मज्जा हुन्छ
आखिर मन मिलाउनु छ मिले पछि जेजे हुन्छ
उन्मादका जोशहरु खसाउनुमै मज्जा हुन्छ Continue reading
दसकौं भयो किरण बेखबर भएको । इष्टमित्र, गाउ , शहर , स्कुल , कलेज का साथी सबै बाट …. अरु त अरु, आफ्नै जोडी बच्चाकी आमा जीवन संगीनी , जन्म दिने आमा सित बिछोडको पिडाले समेत छोयो कि छोएन उस्लाई ? कसैले अनुभुती गर्ने मौका पाएका छैनन । फर्कने नफर्कने ? जिउदो छ कि मरिसक्यो कसैले अनुमान लगाएको छैन । किरणको छाया Continue reading
“हेलो ग्रायण्ड मदर”
“के रे ग्रायण्ड मदर रे ? हिजो हाई स्वीटी भनेको होइन ?”
“कहिलेकाहीँ टेस्ट फेर्न मन लाग्छ नि ।”
“ए तरकारीको स्वाद फेरेजस्तो ।”
“हो यु आर फ्लावर”
“थैक यु ।”
“नो नो काउलीफ्लावर ।”
“ए ..म काउलीफ्लावर भए तिमी सनफ्लावर ।”
“कसरी ?”
“सनफ्लावरजस्तै जता केटी देख्छौ उतै फर्कन्छौ ।” Continue reading
मायाँमा नै हारें मैले जितको बयान नगर भो
ज्यानै खायो पिरतीले प्रीतको बयान नगर भो
सबै टाढा हुँदा रैछन् दु:खै दु:ख पर्दाखेरि
सुख हुँदा नजिक आउने मीतको बयान नगर भो Continue reading
शहरले अपहरण गरेको छ, तिम्रो आत्मा
र अचानो माथि राखेको छ, तिम्रो ढुकढुकी
देश, म त्यही आस्था र ढुकढुकी खोज्दै
यस्तो गाउंमा आईपुगेको छुं
जहां मान्छेहरु भन्दा बढी घरहरु छन्
जहां सुरक्षाहरु भन्दा बढी डरहरु छन् Continue reading
लेख्नु, मेट्नु, चकको धुलोले पुरिनु । ब्लाकबोर्डमा लेख्दालेख्दै औलाहरू चक भइसक्छ । हिउँ परेझैँ चकको धुलो कपालमा खस्तै जान्छ । चैतको हुरीले उडाएको धुलोझैँ चेहरामा चक टाँसिदै जान्छ । चकको धुलोले पुरिएको चेहराभित्र एक जोर आँखा श्रेणीको चारैतिर घुम्छन्, फेरि ब्लाकबोर्डमा रोकिन्छन् । लेखिएका अक्षरहरू मेटिन्छन्, एक हातमा डस्टर अर्को हातमा चक, ऊ कराइरहेको हुन्छ, अझ ठूलो स्वरमा, ठूलो स्वरमा कराइरहेको हुन्छ ।
यो संसार हो, सानो संसार प्रत्येक हरेकको हुन्छ । यो संसारलमई मधुर, रमणीय र भव्य बनाउने प्रत्येकको कल्पना हुन्छ । हिउँ पग्लिदै जान्छ तर हिमालमा हिउँ खाली नभएझैँ जीवन कल्पनाशून्य हुन सक्दैन । हिउँले पग्लेर पानी हुनै पर्छ । जीवनको सुन्दरता सम्झना हो, सम्झना सधैं बाँचिरहेको हुन्छ । त्यो मानिस सबैभन्दा ठूलो मानिस हो, जसलाई धेरै मानिसहरू सम्झन्छन् । Continue reading