गजल : पृथ्वी गोलो छ

~राकेश कार्की~Rakesh Karki

लोडसेडिङ के भो त हामीसंग खोलो छ
अरु भू-भाग उज्यालो पृथ्वी गोलो छ

धनि राष्ट्रहरुको शान इज्जत के के छ
बर! नेपाल आमाको फाटेको चोलो छ Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : आउँदा जाँदा मुस्कुराउथी

~दिलिप योन्जन~Dilip Yonjan

आउँदा जाँदा मुस्कुराउथी, हिजो आज छोड्यौ किन
चोखो माया तोडनुरैछ, झुटो माया जोड्यौ किन ।

फुलै फुलको बगैचामा, दुख्ने काँडा रोप्यौ किन
हासी खुसी बाचेकैथे, ब्यथा पिडा छोड्यौ किन। Continue reading

Posted in गजल | Tagged | Leave a comment

गीत : उल्टो हिँड्नेहरु

~नदीश~Nadish

उल्टो घुम्ने उनीहरु
उल्टो चल्यो देश
उल्टो हिँड्ने मान्छेहरुको
उल्टै परिवेश
अनि भन्छन् उनीहरु-
उल्टो हिँड्छौ तिमीहरु !

औँशी छायो आकाश रोयो भन्छन् उनीहरु Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : लम्क्यो समाज हेर

~जीत कार्की~

संसार फेर्छु भन्दै लम्क्यो समाज हेर
बढ्दैछ चेतनाको सिङ्गो जहाज हेर

थोपा भनेर पानी सानो नठान कैल्यै
उर्लेर भेल-बाढी बग्नेछ ताज हेर Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : जब जब म प्रेमकविता लेखूँ भन्छु

~विनोदविक्रम केसी~Binod Bikram KC

जब जब म प्रेमकविता लेखूँ भन्छु
छाकसंग्राममा हर भाँचिएको बुढो भात
समयको जीर्ण फलैंचामा बसेर
फलाक्न थाल्छ
जिन्दगीका ह्यान र त्यान भयावहता
कोही खोरन्डो तक्मावालले
आफ्ना लाहुरेकालका
त्राशद युद्धकथाहरु हालेजसरी
Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गहुँगोरो अफ्रिका

~आहुति~Bishwa Bhakta Dulal 'aahuti'

मेरो रातो रगत

मानिसको पवित्र रातो रगत

नीलो पसिनाको बुँद बनेर जब झर्दछ

तिमी आफ्ना नरम अञ्जुलीहरूमा आली लगाएर थाप्दछौ

जब म त्यो श्रमको सुवासयुक्त पसिना सुघ्न खोज्छु

तिमी मेरो अपमान गर्छौ र मलाई टाढा राख्छौ

आँखा जुधाउने आँट गर पूजारी

म बीसौं शताब्दीको ‘अछूत’ हुँ ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटी बादी आइमाईका पेटीकोटका टुक्राहरु च्यातिएर

~अनिल श्रेष्ठ~

एउटी बादी आइमाईका पेटीकोटका
टुक्राहरु च्यातिएर
जब यो मुलुकको राष्ट्रिय झण्डा बन्छ
र सिंहदरबारका पर्खालहरु
पेटीकोटका झण्डाहरु फर्फराउँछन्

जब भर्खरै सङ्गीतबद्ध गरिएका
नयाँ राष्ट्रिय धुनहरु
सिंहदरबारको ग्यालरीभित्र बज्छ
र यो मुलुकका केही उत्साहित सांसदहरु
कुर्सीबाट उठेर
नयाँ धुनलाई सलामी गर्छन् Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : चिमचिमे घडी

~वसन्त विवश आचार्य~Basanta Biwash Acharya

प्रशान्ते नेवारका बा (ड्याड) ले कोरियाबाट चिमचिमे घडी ल्याइदिएपछि टोलभरिको हिरो ‘ऊ’ नै भएको थियो। सर्टका बाहुला माथिसम्म सारेर प्रशान्तेले हातमा चिमचिमे घडी टिलिक्क टल्काउँदा सबैको मुखभरि पानीको ताल पथ्र्याे। अरुले के के सोच्थे कुन्नी? मैले भने त्यति राम्रो घडी ल्याइदिने प्रशान्तेका बा, किन मेरा बा भएनन् होला ? भनेर पछुतो मानिरहन्थेँ।

‘ड्याडीले दशवटा घडी ल्याउनुभएको छ’ प्रशान्तेले हामीलाई झनै लोभ्याउँथ्यो। संसारमा खुसीको अन्तिम विन्दु नै त्यै होलाजस्तो लाग्थ्यो मलाई।

कहिलेकाहीँ मेरो टिठलाग्दो अनुहार देखेर त्यो घडी दिइहाल्छन् कि भनेर प्रशान्तेका बाका अगाडि मलिन अनुसार पनि बनाएर देखिइरहन्थेँ म। बुढाले यसो मायालु पाराले हेरेका बेला घडी दिन आँटेकी जस्तो लाग्थ्यो। तर त्यो दिन कहिल्यै आएन।

चिमचिमे घडीको रहरले मन भित्रत्रै पाकेको बेला ‘काले’ अर्थात विनोदेले जुक्ति ल्यायो। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कुरुप देश

~नाकिमा~Nakima_1

साकेला छ
साकेलामा सिली छ
सिलीमा जीवन छ
सिलीमा गाइने रिसियाहरु छन्
रिसिया गाउने नछुङहरु छन्
सिली सिकाउने तयामा-खियामाहरु छन्
ढोल-झ्याम्टा बजाउने हेत्छाकुप्पाहरु छन्
अर्थात् एउटा देश छ
सेलो छ
सेलोमा बज्ने डम्फू छ
डम्फू बजाउने ज्योज्यो-आलेहरु छन्
डम्फूको तालमा नाच्ने मैच्याङ-च्याङ्बाहरु छन्
नाना-आङाहरु छन् Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मदनको पाइला

~तिब्वत दर्लामी~Tibbat Darlami

आमा!
म पनि जाउँ कि क्या हो ?
खाडीतिर उँट चराउन ।

याहाँ लोडसेडिङमा
जीवनको अँधेरो पालेर बस्नुभन्दा
याहाँ महँगीमा
मनको चाहनाहरु मारेर बाँच्नुभन्दा
सामान खोज्ने भीडमा सामान कम भएको अनुभूतीले
आफ्नै आफन्तहरुबाट अपहेलित हुनु भन्दा
लुसुक्कै छिरुँ कि क्या हो मरुभुमीतिर ?

सँगैका दौंतरीहरु
युरोप अमेरीका पुगीसकेछन्
बँकिँघम प्यालेस, लोटस टेम्पल, दुबई बुर्ज Continue reading

Posted in कविता | Tagged | Leave a comment

चाम्लिङ गजल : सिलीदा छाम्मातिरे

~विपल बोयुङ~Bipal Boyung 'Basanta'

बानान्यौ वैनिचि सिलीदा छाम्मातिरे
पुसिएकै झरासो इरिलुङ लाम्मातिरे

खैमो छूलै वाई-वाई पाङासौ बोखा रिङे
एन्यु खैनी हुलामा मै ल्यावा चाम्मातिरे Continue reading

Posted in चाम्लिङ गजल | Tagged | Leave a comment

गजल : विभेद छन् यहाँ

~जगत दाहाल~

धर्ति एक वास एक,मानव अनेक छन् यहाँ
जात एक भात एक,विभेद अनेक छन् यहाँ ।।

सूर्य एक ताप एक तपाइ अनेक छन् यहाँ
भनाई एक छनाई अर्को विभेद अनेक छ यहाँ ।। Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : कालरात्रीहरु

~अपराजिता प्रभास~Aparajita Prabhas

कालरात्रीहरुले जगड्नु जगडिसके
अब बिहानीलाई जगडबन्दी गर्न नखोज
नत्र भयानक हुनेछ
जहाँ उज्यालोको ठाउँ छैन
त्यहाँ नै क्रान्ति छाउने छ
जहाँ समानता छैन
त्यहाँ नै भोकाको शासन आउने छ
जहाँ सम्मानको पाठ सिकाइदैन
त्यहाँ संघर्षको मू्ल फुट्नेछ ।

तिम्रो मृत्यु नजिक छ
सावधान कालरात्रीहरु ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : मल्ल राजासँग

~संजय अधिकारी~

गृष्म ऋतुको आगमनलाई सहरवासीहरूले पटक्कै रुचाएका थिएनन्। सहर बेस्सरी पिल्सिएको थियो प्रचण्ड सूर्यको रापमा। साँझपख हुन्डरीसँग फाट्टफुट्ट आउने मसिनो बर्सात पनि हराएको कैयौं दिन भइसकेको थियो। भूकम्पले भत्किएका मन र तिनका सपनाहरू रुँदै थिए आफ्नै चिहानमाथि। यस्तो प्रतीत हुन्थ्यो— मानौं एउटा गिद्ध कविता लेख्दै छ, सिनोको आवरणलाई पुस्तिका बनाएर। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बस्तिहरुमा..

~तेजविक्रम कार्की~Tej Bikram Karki

चोरेर एक टुक्रा घामको उज्यालो
तिमी छिरे पछि
बाँच्नेछन् कयौले जिवन
व्युझिएर एउटा विहानी बस्तिहरुमा

हिड्दा हिड्दै खिईएका बाटोहरु
कुरीरहेछन् पदचापहरु अझै
पाली मुनी पानी पर्दाको बास Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : यसपाली त तिम्रो सिउँदो भर्छु

~हरि मानन्धर “विवश”~Hari Manandhar Biwash

यसपाली त तिम्रो सिउँदो भर्छु जे जे होला
सुगन्धको फूल पनि छर्छु जे जे होला

मनको चाह अधुरोथ्यो, साँच्चै अहिलेसम्म
बेहुला बनि जन्तीसँगै झर्छु जे जे होला Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : उल्टो रुख

~भूपिन ब्याकुल~Bhipin Byakul

बालककालमा
बालसाथीहरुले भन्थे-
“फलफुल खाँदा बियाँहरु ननिल्नू
निलेपछि
पेटमा उम्रिन्छन बियाँहरु
पेटमा नै बिरुवा लाग्छ
पेटमा नै बिरुवा पलाउँछ
रुख बन्छ
र मानिसको मृत्यु हुन्छ | ” Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रेमिट्यान्सको कथा

~गोविन्द वर्तमान~Gobinda Adhikari 'Bartaman'_1

आमाको आँखामा
खुसी किन अडिदैन ?
साहुका केही हजारहरू
तिरेर किन सकिदैन ?
बालिग अनुभूतिको दोसाँधमा
विभेदको वर्गीय किताब
पढ्दै गर्दा एकदिन
पँधेरीबाट झरिला सपनाहरू
झर्दै गर्दा एकदिन
सुकिलो मुस्कानले भन्यो– Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शरणार्थीलाई अमेरिका

~भोजराज न्यौपाने~Boj Raj Neupane

ढल्यो
सर्वश्व ढल्यो ।

त्यसैले दिग्भ्रमित छन् मेरा आँखाहरु
र खोज्दैछु म त्यस्तै
नोष्टाल्जिक आँखाका सुन्दर सपना

ओहो
कसरी भयो एकाएक यस्तो ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : खराब

~राजु दाहाल~

आजकल मलाई, म पागल हुन थालेको भ्रम भईरहेको थियो । कारण म कसैसँग मिल्न नसकेरै फगत एक्लो रहन्थेँ । मनको बह पोख्ने एउटा सज्जन साथी थियो खोज्दै जाँदा पागलखानामा भेटेँ । सोधेँ “तँ किन यहाँ ?”

“खराब भएर ।” – उस्ले छोटो जवाफ दियो ।

“ह्या नचाहिने कुरा नगर् न ? के भयो ?” – मैले उस्को कुरा हल्कासँग लिदैँ पुनः सोधेँ ।

“हेर्, फटाहाको संगत गरेँ, फँट्याई गर्न नजानेर खराब भएँ । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : जिन्दगिमा

~प्रशान्त खरेल~Prashant Kharel

दुःख लुकाइ कृत्रिम हाँसो हाँस्नु पर्छ जिन्दगिमा
थुँगा थुँगा खोजि माला गाँस्नु पर्छ जिन्दगिमा

यात्रा गर्दा जँघार तर्दा छरिन्छन् केहि सपना
पत्र पत्र भेला गरि टाँस्नु पर्छ जिन्दगिमा Continue reading

Posted in गजल | Tagged | Leave a comment

Story : Strangers at Home

~Ajit Baral~Ajit Baral

My sister walks past us and climbs down the stairs and out into the garden she goes without looking at us—not even from the corner of her eyes.

“What has come between you two?” asks Father.

“Nothing,” I say.

What can I say? I met her at one o’clock in front of the zoo, the day after our chat just like we’d agreed. She was wearing a white tshirt and black jeans, just like she said she would, her hair flowing down her back and shining red in the glare of the sun, standing in front of the zoo looking at the signboard above, and I had called out, my heart fluttering, “Paro.”

“What’s happened?” says Father.

The chat happened: Continue reading

Posted in Story | Tagged | Leave a comment

गजल : टाढीदैछु म

~डि‍.बी. श्रेष्ठ~D B Shrestha

कसरी भन्नु तिमिबाट, टाढीदैछु म ।
एउटै मुटू टुक्रा पारी वाँडीदैछु म ।

चाहनाले हुन्न रैछ, विवशतामा परेपछी
वाध्यताले आफ्नै मुटूबाट, छाडीदैछु म । Continue reading

Posted in गजल | Tagged | Leave a comment

गीत : फूल टिपेर मायाको चढाउँदैछु

~शैलेश आचार्य~

फूल टिपेर मायाको चढाउँदैछु मायालुलाई
गम्किन्छ सुबास अवश्य एकदिन त्यो मुटुको अन्तर भित्र
धुन बुनेर हृदयको मायाको सुनाउँदैछु मायालुलाई
बज्नेछ गीत अवश्य एकदिन त्यो मुटुको अन्तर भित्र । Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : माता म फर्कन्छु

~बिलोल पोख्रेल~Bilol Pokharel

म दुख्छु अश्रुमा तिम्रो, भारी सही बिडम्बना,
म रुन्छु या म हास्दैछु के छ भित्र यथार्थमा,
के लुक्थ्यो दृष्टिमा तिम्रो, पुत्र हुं म दया गर,
फर्कन्छु पाऊमा तिम्रो, तरेर भवसागर । ।
***
म खान्छु अन्नमिष्टान्न यो बाहु बलशुन्य छ, Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भङ्जाहा भुइँचालो

~गणेश खड्का~ Ganesh Khadka

यो कुन कम्पनशास्त्र हो, सम्झी-सम्झी,झम्टी-झम्टी काँप्नु पर्ने…?
धामी,झाँक्री र बिजुवाहरु रातभरी काँप्छन्
र भुत-प्रेत भगाएर,सियाशिकारी मन्छाएर मत्थर हुन्छन्
अनि जान्छन् आफ्नो बाटो लिएर आफ्नै कामकाजमा भोलिपल्ट बिहानै
तर यो,… एउटा भयङ्कर सन्त्रास र अज्ञात भय बर्षाएर काँपिरहन्छ
पीडा-वेदनाले आकुल-व्याकुल मनहरुलाई तर्साउन बेखबर बारम्बार…
एकोहोरो आउने-जाने गरिरहन्छ निसङ्कोच निरन्तर
अनेकन अकल्पनीय र विभत्स दृश्यहरु छोडेर l

मेरो भर्जिन भूमिलाई च्यातेर छेद गरिदिने पापिष्ठ हो यो
घर,गोठ,मन्दिर,पाटीपौवा,देवालय,सङ्ग्रहालय,धरहरा… Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : “सपना …”

~मिना थापा~

उकालीका गोरेटाहरुमा हजुरको हात समाऊँदै
शितल शान्त्त वातावरणमा प्रफुल हुँदै-रमाऊँदै
हामी अगाडी बढीरहेका थियौ, हाम्रो आफ्नै संसारमा
हामी अझै डुबिरहेका थियौ हाम्रो आफ्नै भावनाहरुमा
हामी धेरै नजिकिदै थियौ, हाम्रो चोखो मायामा
हजुर अनि म । Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : पहेंलो पार्सल

~भारती गौतम~bharati-gautam

त्यो समय बेलुका सात बजे अनि दिन शनिवारको दिन थियो। जनवरीको अन्त्य तिर वोस्टनको जाडाको मध्य भए पनि यससाल पहिले पहिलेको तुलनामा त्यस्तो ज्यानमारा जाडो नभएको हुदा जाडाको मध्य भनिने चिसो पनि सह्य नै थियो। तीन महिना अघि सम्म हरिया पातहरुले झपक्क नुहेका रुखहरु पनि पतझडको पातलो पर्दा पनि बाकी नरहेर शिशीरको स्यांठमा नाङ्गै Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

Poem : Thinley Alive With Caravan

~Krisu Chhetri~Krishu Chhetri_1

Freezing cold

Judgement falls like snow

From the eaves of roofs

Heart shivers with cold

Thinley becomes salt

And stands on the caravan of salt,

Thinley barters pain with salt, Continue reading

Posted in Poem | Tagged | Leave a comment

कथा : उसको मृत्यु

~सङ्गीत आयाम~Sangeet Aayam

कुनै कारणबिना नै उसको मृत्यु भयो । मलाई विश्वास नै लाग्दैन कि भर्खरै उसको दाहसँस्कार सकेर म घर फर्किएको छु । खुट्टाहरु फतक्क गलेका छन् । हातहरु मानौं अपाङ्ग भएका छन् । संवाद हराएर ओठहरुमा मात्र मौनता फैलिएको छ । मनहरु लाग्छं आहत् भएका छन् कुनै ठूलो पहाडले किचिएर ।

साँझ ढल्दैछ । म झ्याल खोल्छु हावाको एक चिसो झोका कोठाभित्र पस्छ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : गरिब भएपनी, भिख माग्न परेको छैन

~कुमार सिंह के.सी~Kumar Singh KC

गरिब भएपनी, भिख माग्न परेको छैन
एकदिन कमाउछु, म अझै मरेको छैन

थाहा छ मलाई, तिमी महलमा बस्छौ,
म पनी त, सडकमा बास गरेको छैन Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : कान्लो मिचियो

~पुस्कर बन्जाडे~

बारीको कान्लो मिचियो
केहि बोलीन
सोचेँ
छिमेकी हो
गार्हो सार्हो पर्दा काम लागेको छ

खेतको आली मिचियो Continue reading

Posted in कविता | Tagged | Leave a comment