मुक्तक : भन बुढी

~दीपक आचार्य ‘जलन’~

भोकै छन् केटाकेटी भन बुढी के गर्ने हो
खानसम्म छैन रोटी भन बुढी के गर्ने हो ।
आँखाका यी जुन अनी फुलजस्ता छोराछोरी Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

अनूदित कथा : पोस्टमास्टर

~रवीन्द्रनाथ ठाकुर~Rabindranath Tagore
अनुवाद : कुमुद अधिकारी

जागिरको पहिलो हाजिरी दिन नै पोस्टमास्टरलाई इलापुर गाउँमा आउनुपर्यो । यो गाउँ साह्रै सामान्य थियो । छेउमै एउटा नीलो कोठी थियो र सोही कोठीका साहेबले धेरै प्रयासपछि नयाँ हुलाक (पोस्ट-अफिस) स्थापना गराएका थिए ।kumud Adhikari_1

हाम्रा पोस्टमास्टर कोलकाताका ठिटा थिए । पानीको माछालाई डाँडामा फ्याँकिदिँदा जस्तो हालत हुन्छ, यो घना बस्तीमा आउँदा पोस्टमास्टरलाई पनि त्यस्तै भएको थियो । एउटा अँध्यारो कटेरामा उनको Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

बाल कथा : अनीताको अठोट

~बिजय चालिसे~Vijay Chalise

अनीतालाई चित्र बनाउन असाध्यै शोख रहर थियो । छिमेकी काकाले बनाउनुभएका चित्र हेरेर आफू पनि त्यस्तै बनाउन चाहन्थी । काका कलाकार भएकोले सधैं चित्र बनाइरहनुहुनथ्यो । उहाँलाइृ भेट्न भनी टाढा टाढाबाट मानिसहरू आउँथे । त्यो देख्दा त झनै उसलाई कलाकार बन्ने चाहा हुन्थ्यो ।

“आहा काकाकै जति राम्रा चित्र बनाउन सके कति रमाइलो हुन्थ्यो !” काकाले Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

निबन्ध : मृत्यु एक कला हो ।

~सीमा आभास~seema avas

सिल्भिया ! बौद्धिकता अस्तित्वबोध युगबोध काब्यिक चिन्तन दर्शन र एक घनघोर बिद्रोह हो तिम्रो मृत्यु । मृत्यु मित्रु हो । अवसरसँगै अस्वीकृत सत्य जिवन अनि गहिरो निद्रा त्यसपछि एक सपना हो मृत्यु ।

ओ आत्मदाहकी देवी ! तिम्रा उच्च स्तनभित्र लुकेको मृत्युचिन्तन ! तिम्रो स्त्रीयोचित गुणभित्र दनदनी दन्किएको मृत्युलाभा ! म आहत हुन्छु मृत्युपुत्री ! जीवनलाई टेक्तैटेक्तै मृत्युको ब्रम्हनाल तरेर फर्किएकी मृत्युलाई चुम्बन गरेर बाँचेकी जीवनलाई जलाउन जीवनकै संघार कुल्चिएर मृत्यु चियाउने ओ साहसकी देवी ! म नतमस्तक छु तिम्रो मृत्यु चिन्तनदेखि ।

कति साहस हिम्मतसाथ मृत्युको सुन्दर चित्र कोरेर भन्यौ ‘मृत्यु एक कला हो ।’ Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य-कविता : आउ हामी सबै मिलेर बन्द गरौँ

~बादल सुरेश~Suresh Badal

जब उदांग भएर खुल्छ
विदेशी हस्तक्षेपमा देशको निरिहता,
जब सर्वांग नांगिन्छ
बलात्कार र हत्यामा मानवीयता,
जब छ्यांगै खुलिदिन्छ
लाजको पर्दा शासकहरूको,
तब
लाग्छ कसैले बन्द गरिदेओस्
मेरो समाजको आवरणलाई,
कसैले छोपिदेओस्
हाम्रो हिन मुहारलाई। Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : सोघा

~टंक वनेम~Tanka Wanem

ओयाक्चुङ भीरबाट अग्लिन्दै गएको अक्करे भीरदेखि माथि माथि ओख्राबु गाउँको थुम्काथुम्कीमा झुम्म परेका रुखहरु अनि ठाउँ ठाउँमा बर-पिपलको चौतारी र बर्षातले कोतारेका ठिट्लाग्दो पहिरोका डोबहरु खेला वारिपारिका गाउँलेहरुको रमिता हुन्थ्यो । एक प्रकारले ती बस्तीहरु आदिम मानव बस्तीजस्ता देखिन्थे । गाउँको फैलावट पश्चिमतिर जलजले पहाडमा गएर ठोकिन्थ्यो । पूर्वमा तमोर दोभानमा गएर टुङ्गिन्थ्यो । दक्षिण पूर्वतिर मैवा खोला आफ्नै लयमा सुसाइरहेको हुन्थ्यो । त्यही गाउँमा फुलेकी थिई नुमा पहरामा फक्रेको बुके सुनाखरीझैं । बुके सुनाखरी देख्ने आँखाहरु त्यसै त्यसै लोभिन्थे । तर सौन्दर्य हेर्न मात्र सकिन्थ्यो । त्यो आदिम युगजस्तो गाउँमा शिक्षाको नाममा पाठशाला थिएन । न सञ्चार माध्यमले अरु संसारसँग जोडेको थियो । सञ्चार माध्यमको नाममा हुलाकीहरु डाक बोक्थे । हाटबजार र मेला पर्वमा बैँसालु मनहरुले माया प्रीति साट्थे । तर भौतिक सुविधाले सम्पन्न शहर बजारका मान्छेहरुभन्दा ओख्राबुका मान्छेहरु हाँसीखुशी देखिन्थे । नुमा त्यही गाउँले जीवनको उकालीमा आफ्नो बैँसको सपना सजाउँदै उक्लिरहेकी थिइन् । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : खाएजस्तो लाग्दैन मलाई

~कुमार के.सी.~

आमा भन्नुहुन्छ बाबु,खाएजस्तो लाग्दैन मलाई!
तिमीबिनाको चाडपर्ब,आएजस्तो लाग्दैन मलाई!

बिरानो यो मुलुकमा भक्कानिएर रुन्छु हरपल
सम्पती र पैसालेकेही,पाएजस्तो लाग्दैन मलाई! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो जन्मदिन

~ओम अज्ञानी~

‘उडि छुनु चन्द्र एक’ उदेश्य त यहि भयो,
ट्रायलमै जन्मदिन बिहानै आयो र गयो !

पोहोर जस्तै प्रगतिको सुभकामना आयो,
हेर्दा हेर्दै बाला उमेर दुई बीस पो लायो ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : फूल नफुल्नुमा,कस्को थियो दोष

~रमेश विमान~Ramesh Biman

फूल नफुल्नुमा,कस्को थियो दोष – हर एक गाली,मालिले सहन्छ
लेखिएका पाना,सजिएला कतै – जस्ले जे जे लेख्छ,खालिले सहन्छ

कहाँ दुख्छ खोइ,भन्दै काट्छ खुकुरी – छालपनी रेट्छ, किनाराको शिर
पार भइ सयौं,गन्तब्यमा पुगे – थिचाइको मार,आलिले सहन्छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : कुमारी गाउँ

~भूपिन ब्याकुल~Bhipin Byakul

दिनदिनै निस्किरहने भूइंचालोका लहरहरु
जो जन्मिन्छन युरोपको गिर्जाघरहरु र राष्ट्रपति भवनबाट
पररास्ट्र नीति र सभ्य पापी आँखाहरुबाट

छिन्छिनै आइरहने आतंकका तरंगहरु
जो जन्मिन्छन्
एसियाका मस्जिदहरुबाट / मन्दिरहरुबाट
आन्ध्यारोका चिन्तनहरुबाट र दमित बिस्फोटहरुबाट

अफ्रिकाका भोकमरी र युद्धहरुबाट
अमेरिकाकोकुरूप दादागिरी र अग्निमय आँखाहरुबाट Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : अध्यारामा थियो जीवन

~इन्दिरा प्रयास~Indira Prayash_1

अध्यारामा थियो जीवन,तिमी मेरो जून पाएँ
दैव संयोग जीवन भरी,तिम्रै रानी हुँन पाएँ

गौरब गर्छु साथ पाई,सफल भएँ गन्तव्यमा
अन्योल हटाई साथै हिड्ने,मेरो निम्ति गुन पाएँ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : ट्रक ड्राइवर

~भूपिन ब्याकुल~Bhipin Byakul

खतरनाक हुन्छ
बाक्लो हुस्सु लागेको मनमा सवारी चलाउनु ।
दिलमाया, म ट्रक चलाइरहेछु ।

बैंसको भीर कोतरेर बनाएको
सपनाहरूको कच्ची बाटो,
जाडोका अल्पिनहरूले घोचिरहेका नाङ्गा औंला,
र यो बाटै नदेखिने गरी
हुस्सु लागेको मनको घुम्ती !
दिलमाया, म ट्रक चलाइरहेछु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : फेसबुकको भेट

~निराजन “प्रभात”~Nirajan Prabhat

म्यासेज बक्समा रातो बत्ति बल्यो मैले हेरे कुनै परिचित लाग्ने फोटो भएको तर अपरिचित नामबाट संदेश आएको रैछ।”किन हो माया मारेको?” केहि गम खाएँ,घोत्रीएँ,याद गर्न खोजे त्यो नामलाई तर सबै शुल्य शुन्य।”मैले चिनिन नि हजुरलाई,माया गरेको भए पो माया मार्नु?” म अलिक कडारुपमै प्रकट भएँ कि झै लाग्यो तर इन्टर दबाएँ। उता बाट “निष्ठुरी तिमी त” जवाफ आयो,अकल्पनिय थियो मलाई यो जवाफ। अब मैले पक्कै यो नाम सँग परिचित हुनै पर्छ भन्ने कल्पिएर प्रश्न गरे “हजुरलाई मैले दिलमा हात राखेर भन्दैछु चिनिन नि?” अब आउन सक्ने जवाफहरुको आँकलन गर्दै बसे म।पून सम्झिन खोजे त्यो मुहार,त्यो नाम। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेपाली भजन : जाँदै छु

~बिक्रम श्रेष्ठ “सागर”~Bikram Shrestha 'Sagar'

जाँदै छु म फेरि आउने छैन ।
सुनिदेऊ बेलिबिस्तार,
मेरो कोही छैन ।।

घडीको पला म गनिरहेछु
मुटुको ढुकढुकी छामिरहेछु ।।
अन्तिम हो आज जीवनको सास,
नकहलिऊँ म बेवारिसे लास ।। Continue reading →

Posted in नेपाली भजन | Tagged | Leave a comment

लघुकथा : काला सर्पको खोजी

~हरिप्रसाद भण्डारी~Hari Prasad Bhandari

सानी छँदा एकान्त पारेर एउटा सर्पले उनलाई झम्टियो । डसाइबाट जोगिन उनले सक्दो प्रयास गरिन् । लुगा च्यातिए, शरीर चिथोरियो तैपनि उसले छोडेन । आफ्नो सबै बिष उनीमाथि खन्याएपछि सर्प त्यहाँबाट भाग्यो । उनी रक्ताम्य अबस्थामा रुँदै घरमा पुगिन् । उनको दर्दनाक अबस्था देखेर घरका जहान आत्तिए Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : आभा छरेर भोलि

~अनन्त लम्साल~Ananta Lamsal

ज्योती बनेर बस्नू आभा छरेर भोलि ।
चाहे म दूर जाऊँ सागर तरेर भोलि ॥

जीवन हुँदैछ कालो रातै छ आज साथी,
लाँदैछ चाँदनीको स्यूँदो भरेर भोलि । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : जय होस

~शेखर ढुङ्गेल~Shekhar Dhungel

जय होस जय होस जय होस
मेरो जन्म भुमी नेपालको
अमर रहोस वीर शहीदका गाथा
नमेटिउन देशका सिमा रेखा
उठोस हात घर घरबाट
बनाउन नेपाललाई संसारकै खास्सा
जय होस जय होस जय होस Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : पुनमाया भाउजु र भाउजुको आठ तल्ले घर

~हरिकृष्ण डंगोल~Hari Krishna Dangol

पुनमाया भाउजुको घर पुगेपछि मैले एकपटक उसको घरमा दृष्टि पु¥याएँ । आठ तल्ले यो घर हेर्न करिव करिब मैले टाउको उठाउनु प¥यो, घाँटी तन्काउनु प¥यो । मैले टाउको उठाएर हेरें । घाँटी तन्काएर हेरें ।

यो घर करिब पचहत्तर फुट अग्लो छ । आकाश माथि उठिरहेको यो घर हेर्दै मैले कलबेल थिचें । कसैले हेरेन । फेरि कलबेल थिचें । धेरै बेरपछि सात तल्लाको झ्यालमा पुनमाया भाउजु देखा परी । मैले ‘ढोका खोल्नु आउनुस्’ भनें । उसले हात हल्लाएर ल्याई । के भनेको हो मैले बुझिन । मैले फेरि हातको इशाराले ‘ढोका खोल्न आउनुस्’ भनें । ऊ भित्र पसी । ढोका खोल्न आउँदैछ भन्ने ठानेर म ढोकामा भाउजुलाई पर्खेर उभिरहें । धेरैबेरसम्म कसैले पनि ढोका खोल्न आएन Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : देश मृत्यु शैयामा छ

~सरुभक्त~Sarubhakta

माफ गर, यो कुनै समाचार होइन
सुनाखरी नफुल्ने देश
धतुरीमैयाहरु बेचिएका छन्
भ्याकुमक्लिनर जिन्दगीका हलसाराहरुमा
बाबुहरु भैंसीसित छोरी साट्दैछन्
मुहनोचवा – आतङ्ककारी कीराहरु
एन्थ्राक्स आतङ्क ग्रस्त छन्
ए हिमालका जुनकीरीहरु ! के हामी डाइमिथाइल
मर्करीका ताण्डवपूर्ण मिनामाता रोगका खाडीमा छौं ?
हाराकारीधुनः रक्तपिपासु जीन
झड्केला बिम्बहरुको सतीगएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तेस्रो नजर

~बिबश बिप्र~Bi pra

समुल नतर्कीहरु
मयूरका प्वाँख सापटी माग्दै
खोल्सा खोल्सामा नाचगान गरिरहेछन
राँके भुतहरु
राँको बाल्दै
तालमा ताल मिलाउदैछन
सतीसाल र बयरहरु
मधुर मनोकांक्षा बोकी
रंगनाच चिहाँउदाछन
पिशाचहरुको गाँउमा खुशीको जगजगी देखिन्छ l Continue reading →

Posted in कविता | Tagged , | Leave a comment

मैथिली कबिता : अपन मधेश

~गजेन्द्र गजुर~Gajendra Gajur

देख वृकति यही देशके,
दिनानु दिन विग्रले जाय अपन मधेशके ॥

सब एक जुट निर्माण करब स्वदेश के,
हरियर आवास बनायब अपन मधेशके॥
देख वृकति… Continue reading →

Posted in मैथिली कविता | Tagged | 1 Comment

लघुकथा : विरोध

~सुषमा मानन्धर~Shushma Manandhar

नदी किनारमा अवस्थित त्यो शहर आधुनिकता र विकासको हिसाबले प्रमुख नै मानिन्थ्यो । यति रमणीय शहरमा अचेल खै कुन्नि कसको आँखा लागेछ । बेलाबेलामा हुने चक्काजाम, बन्द र हडतालहरुले ऐतिहासिक र सार्वजनिक सम्पतिहरुको थुप्रै खती र शहरवासीहरुको जीवन प्रभावित गरिसकेको छ । त्यहाँ भएका स्कूल, कलेज र अस्पतालहरु समेत पनि त्यसबाट अछुतो रहन सकेका छैनन् । आजित भएर शहरवासीहरुले एउटा बृहत भेला गरेका छन् । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : म त्यही लोप्साङ हूँ

~प्रथा~Pratha

ओहो !
कस्तरी फुलेछ यो वन
मा¥साङको जोवन फुले जस्तै !
साच्चै !
सपना लहराएका यी फुलहरू
यो वनको बाटो भएर
कुन गाउँको आँगनमा पुग्दा हुन् ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

आयुष सम्मोहनका मुक्तकहरु

~आयुष चौधरी ‘सम्मोहन’~Ayush Chaudhari 'Sammohan'_1

आलो थियो यो घाउ सिलाएर गयौ
अनी किन जहर पिलाएर गयौ
कती चाहन्छु म तिमीलाई के थाहा Continue reading →

Posted in मुक्तक | Leave a comment

यात्रा संस्मरण : परिचित बाटोको अप्ठ्यारो यात्रा

~सुनील न्यौपाने~

कुरो २०५८ सालको हो । मैले बिराटनगरको स्नातकोत्तर क्याम्पसमा पढाउन थालेको दुइ बर्ष टेक्दै थियो । त्यतिबेला सम्भवतः क्याम्पसकै सबैभन्दा कान्छो माष्टर थिएँ म । भनिन्छ नी ‘नयाँ जोगीले धेरै खरानी घस्छ ।’ ठ्याक्कै त्यतिबेला आफूमा पनि निक्कै फूर्ति अनुभव हुन्थ्यो । तर ‘फुच्चे’ नै ठानेर होला बुढाहरुले भनें उति साह्रो गन्दैनथे । छालाको ज्याकेट लगाएर पढाउन गयो ‘अव यो Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : जबर्जस्त साझा नियती

~गणेश खड्का~Ganesh Khadka

माझीको घरमा माछाको कोशेली बोकेर
भि. भि. आई. पी. आतिथ्यको अपेक्षामा
ग्वारग्वारती लश्किने लवस्तराहरु
हास्यास्पद !

भट्टिमा रक्सीको सगुन भित्र्याएर
रिपिटेड मोस्ट ईम्पोर्टेन्ट गेस्ट को दर्जामा
बेशरम ओईरिरहने गतिछाडाहरु
लज्जास्पद ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : घोडा दौड

~सीमा आभास~seema avas

सडकमाझ् नग्न उभिएर सुस्केरा छोडें भने
ब्यूँझ्नेछ इतिहासको चौघेरामुनि निदाएको बूढो पाले
तर्सिएर उड्नेछन् मलाई डर देखाउने बाजहरू
थर्किएर लड्नेछन् आकाशतिर बढ्दै गरेका टावरहरू

घोडेजात्राको दिन टुँडिखेलका घोडा छाँदेर
जानु छ महाराजका ढोकासम्म
देखाउनु छ लट्टा परेको कपालको चुल्ठो
सुनाउनु छ बर्जित शब्दहरू एकएक गरी, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

यात्रा संस्मरण : इराकका रातहरू

~केदार सुनुवार ‘सङ्केत’~Kedar Sunuwar 'Sanket'

रातको ड्यूटीले गर्दा दिनमा सुत्नु स्वभाविकै ठान्छू म । तरपनि रातमा सुत्नुको मज्जा जस्तो दिनमा के खाएर होस र ? टेक्स मेसेज हो या भ्वाइस मेसेजको हो मोबाइलले सङ्केत दिन्छ । म­ अल्छे पाराले आँखाको ढकनी उघार्छु । मोबाइलको भ्वाइस मेसेज रहेछ । मेसेज सुनेर एकछिन किंकर्तब्यबिमूढ हुन्छु । म दिन रात Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : नाम आएको छ l

~सरोज अनुराग~Saroj Anurag

त्यो शहरमा शीत पर्ने याम आएको छ l
बल्ल तिम्रो ओठमा यो नाम आएको छ l

सम्झिँदैछौ आज आफ्नो फाइदाका लागि
याद मेरा बाँच्न पक्कै काम आएको छ l Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : एक अनुरोध

~चन्द्र गुरुङ~Chandra Gurung

आफ्ना कलिला कलिला औँलाहरू दोब्रयाउँदै
जीवनलाई एक एक हिसाब लाउँदा
मेरो सानो मुठ्ठीमा
पर्न आएका छन् मात्र दुर्भाग्यपूर्ण दिनरातहरू ।

मेरा यी दुई हातहरू छन् उनकै सेवामा व्यस्त
कि, आँैलाहरूले स्पर्श गर्न पाएका छैनन् जीवनलाई ।
खुट्टाहरू खटेका छन् अर्काकै निम्ति
कि, हिँड्न पाएका छैनन् यिनले
आफ्नै बच्पनका रमाइला गल्लीहरू । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : कोट

~विलियम बटलर यिट्स~William Butler Yeats
अनुवादः कुमुद अधिकारी

मैले मेरो गीतको एउटा कोट बनाएँ

एम्ब्रोइडरीले भरिएकोkumud Adhikari_1

पुराना मिथकहरूबाट

कुर्कुच्चादेखि घाँटीसम्मको;

तर मूर्खहरूले यसलाई पक्रिए Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कथा : पेसा

~इन्दिरा प्रसाई~Indira Prasai

क्याम्पसमा वादविवाद प्रतियोगिताको आयोजना गरिएको थियो । आज सँधै भन्दा ठूलो संख्यामा विद्यार्थीहरुको उपस्थिति थियो । आजको कार्यक्रममा प्राध्यापकहरुको पनि निकै ठूलो संख्यामा उपस्थिति देखेर सबै विद्यार्थी र कर्मचारी छक्क परेका थिए ।

०

आजको समाजमा बैवाहिक संस्थाको आवश्यकता लेखिएको ठूलो तुल सभाकक्षको भित्तामा टाँगिएको थियो । तुल टाँगिएकै भित्ता मुन्तिर पन्ध्रजना मानिसहरुका लागि कुर्सी राखिएको मञ्चको व्यवस्था थियो । तुलमा लेखिएको विषयमा उपत्यकाका क्याम्पसस्तरका विद्यार्थीहरुका वीच प्रतियोगितात्मक वादविवाद कार्यक्रमको आयोजना गरिएको थियो । नेपालको मुलुकी ऐनमा भरखरै मात्र पुरुषहरुले पनि पारपाचुकेका लागि अदालतसमक्ष पहिलो उजुरी गर्न पाउने नयाँ कानुन पारित भएको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment