सत्य कथा : जेल यात्रा

~सुशिल ताम्राकार~Shushil Tamrakar 2

त्यसो त पंचायतकालमा प्रतिबन्धित झण्डा मुनि बसेर भाषण नगरेको पनि होइन, बिद्यार्थी राजनीतिमा जानी न जानी न होमिएको पनि हैन, पंचायत बिरोधी आम सभा, जुलुस हुलुसमा न लागेको पनि हैन तर पनि कहिलेइ न पुलिसको फन्दामा परियो न कहिलेइ डण्डा खाइयो | सधैं पुलिस प्रशासनबाट बचेर हिडियो| २०४६ सालको पहिलो जन आन्दोलनमा पक्राउ पुर्जी जारी भै घरमा खोजि गर्दा नि पुलिसले भेटाउन सकेन | नेता बन्ने रहर थिएन र थाना जेल जाने कहिलेइ लहड चलेन | तर ……..

तर एक दिन मेरो गज्जबको जेल यात्रा भयो | कुनै अपराध गरेर वा बदमासी गरेर चाहि हैन नि फेरी | बदमासी गर्ने भए नेता बनी हाल्थें नि, मखुला ?? Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शब्ददेश

~तीर्थ प्रसाईँ ‘अभिनव’~Tirtha Prasai 'Abhinav'

बिहान हुनै लागेको थियो, अहँ, भाले कतै बासेन । उसलाई प्रकृतिका सारा कुराहरुले आफ्नो कर्तव्य बिर्सें जस्तो लाग्यो। ऊ जुरुक्क उठेर बाहिर तिर हानियो। बाटापारि झिलिली बिजुली बलेको थियो, ऊ हिंडेकोतिर बाटावारी भने अन्धकार! ऊ अन्धकारबाट उज्यालो तर्फ लाग्यो, सिलिङबिलिङ छायाँजस्ता केही मान्छेहरु पनि त्यतै उज्यालो खोज्दै लम्कँदै गरेका देख्यो, तिनले फ्याकेको चुरोटको धुवाँ उसको नाकसम्मै आई पु…ग्दै थियो मधुरो हुँदै। अलिकति बत्तिको नजिक पुगेपछि चम्किला साइनबोर्ड तिर हेरेका उसका आँखाहरु त्यतै टाँस्सिए। ऊ मन्त्रमुग्ध भएर खुट्टा जता जान्छन त्यतै डोरिंदै गयो। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आह्वान

~केशर थुलुङ~Keshar Thulung

खनिनुपर्छ/जोतिनुपर्छ- माटो
फोडिनुपर्छ/तोडिनुपर्छ- पहाड
पुरिनुपर्छ/भरिनुपर्छ- खोँचहरू
अनि सम्मिएर रोपिनुपर्छ- बीउहरू
युगान्तकारी क्रान्तिका

आह्वान हो यो-
युवाहरूका/बृद्धाहरूका
कलिला नानीहरूका
जो चाहन्छन् बन्न
यो देसको असल नागरिक
जो चाहन्छन् गर्न
यो देसलाई माया
जो चाहन्छन् बाँड्न
यो देसभरि खुसी
जो चाहन्छन् बनाउन
यो देसलाई समृद्धशाली Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : अतृप्त आशा

~रविन खतिवडा~

अतृप्त ती वटुक नयनमाझ
बिझ्ने ती बैँशका हरफहरु
रुझ्दा रुझ्दै फाटेका पन्नामाझ
लतपतिएका जीवनका आलेखहरु
छरपष्ट भत्किएका शब्द भित्रका मर्मले
थिचिएका विलिन संवेदन ती आशहरु
मेट्न आत्माका द्धेषहरुलाई Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : फर्केर आएन ऊ

~गिता थापा ‘दोषी’~Geeta Thapa Doshi

शान्ता आज पनि चिट्ठी बोकेर नकुलको आँगनमा पुगेकि थिई । नकुल ढोकाबाट बहिर निक्लिँदै थियो । तर शान्तालाई आफुले पढ्न नपाएकोमा साह्रै दूख लागेको थियो । नकुललाई भने कत्तिपनि झन्झट लागेको थिएन । किनकी उसलाई अरुलाई सहयोग गर्न पाउँदा आनन्द लाग्थ्यो । शान्ता नकुलकी गाउँले भाउजु थिई । शान्ता साँचैनै सुशिल र स्वाभिमानी थिई । शान्तालाई देखेर नकुल भन्छ ” ए शान्ता भाउजु, दाइको चिट्ठी आएछ । खै दिनुश त । तपाईंलाई सुन्न हतार । मलाई पढन हतार । “ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : आफ्नो नाम तिमीसँग

~साधना शर्मा~sadhana sharma

आफ्नो नाम तिमीसँग जोडिदिएँ मैले
मनको ढोका तिम्रैलागि खोलिदिएँ मैले

आमाबाबा छाडी कहिल्यै कतै जान्न भन्थें
कसैसँग साथ जिउने कसम खान्न भन्थें
आज आफ्नै विरुद्धमा बोलिदिएँ मैले Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : हेङ्गओभर

~वासुदेव पुलामी~

मैले पनि कस्सेर दुई झापट दिएँ।
उपाय केही थिएन मसित। जस्तो भएपनि बोल्नुको भाँति हुनपर्छ मान्छेको। अहिले सामान्य भएको छु- तथापि कन्सिरी तात्तिएर आउँछ उसलाई सम्झँदा।
* * *
बसोस् माइतीको घरमा।
मैले मात्रै रिस पिउनु ? उसले पनि पिओस्।
रिसले मात्ने बानी होस् उसलाई पनि।
मनले अझसम्म झापट कस्सिरहन्छ – उसलाई।
* * *
झगडा।
झगडा हुनलाई ठूलो कारण चाहिँदैन। कति स-साना कुराले हिर्काउँछ उसले। Continue reading

Posted in लघुकथा | Tagged | 2 Comments

गजल : नेता ज्यु लाई झटारो !

~रतन चन्द~Ratan Chand

रात भरी लाम्खुट्टेले झ्याउरे गीत गाए,
फाकाई फाकाई खुशी साथ मेरै खून खाए !

कहिल्यै सुख नपाउने पाटिको भो बास,
गरीबको दिन यस्तै हो नि,के गर्नु खै आस ! Continue reading

Posted in गजल | Tagged | Leave a comment

Story : WAYWARD BAHUN (Bigrayko Bahun)

~Rupnarayan Sinha~

That day, in order to attend to an urgent work, I had to reach Rameychap at any cost. It was the month of Shrawan and the rivers and rivulets were in spate. However, I had no alternative to reaching Rameychap. Therefore, early morning I evoked the name of goddess Durga and set on the journey from Okhaldhunga.

Rameychap was still about ten miles away and the next village ahead was at a distance of one mile. The drizzle gradually turned into a torrential rain. There was a storm with violent wind. The lightning and thunder resonated in all directions. The mountain jungle turned dark even before the dusk. Trapped in the situation I started looking around in the hope of finding a shelter. Continue reading

Posted in Story | Tagged | Leave a comment

कथा : हेलिकप्टर

~रजित ओझा~Rajit Ojha

उसलाई आजकल यो शहर प्रत्येक दिन नौलो लाग्न थालेको छ। कति धेरै काम भएको ! प्रत्येक दिन भित्तामा सार्कको छाप देखिन्छ। अनि आउन लागेका मोदिको आधिपत्य पनि।विचरा कलिलो उ कसरी वुझोस् यि कुरा, मात्र कुदिरहेको गाडीको ढोकावाट हेर्छ उ वदलिँदै गरेको शहर ।प्रत्येक दिन नयाँ देखिँदै गरेको शहर। नगरवधु जस्तै सिंगारिएको शहर।

“ओइ मान्छे देखिनस् ?करा न ! यस्तो लाटो पनि खलासी अरे।” गुरुजीले पछाडी फर्केर उसलाइ झपारेपछि उ झसंग भयो।

“ट्राफिक छ दाइ !” उसले सिमेन्ट घोल्दै गरेका दुइजना काला मान्छेलाई नियाल्दै भन्यो। हिजो ति मान्छे त्यहाँ थिएनन्,भोली पनि हुन्नन्।भोली अर्कै ठाउँमा काम छ। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : साइला बाहुन

~मनोज बोगटी~Manoj Bogati_1

साइला बाहुनले बाजेलाई पछ्याएनन्‌

बाबुलाई पछ्याएनन्‌।

उसले भने- म म भएर बॉंच्छु

म आफै बनाउँछु बाटो।

धेरै दाजुभाईबीच

कुन्नि किन साइला मिल्नै सकेनन्‌

भने- बरू कोइलाखानी जान्छु

पढ़्न जॉंदिनँ। Continue reading

Posted in कविता | Tagged | Leave a comment

मैथिली कविता : जागुऊ मधेश।।

~गजेन्द्र गजुर~Gajendra Gajur

निकाइल सबटा गौहमन कऽ बिख,
किए क त शोणित मे दिए मधेश लिख,
बान्हल हाथ कऽ टुट्ल न राइस,
पैर भाइज तौँ कि फेरो त गेलु फाइस॥ Continue reading

Posted in मैथिली कविता | Tagged | 1 Comment

गज़ल : सुका मानु घिउ खाएँ,भन्नु हुन्थ्यो बाले

~कोमल भट्ट~Komal Bhatta

सुका मानु घिउ खाएँ,भन्नु हुन्थ्यो बाले
अठन्नीमा लुगा लाएँ,भन्नु हुन्थ्यो बाले

ईमान्दारी थिए धेरै,जाली फटाहा भन्दा
शान्ति सँग बाँच्न पाएँ,भन्नु हुन्थ्यो बाले Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : रोष,अभिब्यक्ती !!!

~नवीन लामा `सुरेश`~Nabin Lama 'Suresh'

यस्तो लाग्छ
उँधो बग्ने खोलाहरु उँभो बग्दैछ,
जूनकिरीको शहरमा पनि
अन्धकारले घेरा हालिसकेछ,
अँधेरोमा लम्किएको आफ्नै पाइलाहरु पनि
उजेलीको साथ नपाउँदै
थाकेको महसुस हुन्छ,
किन किन यस्तो लाग्दैछ अचेल
समय आफुलाई ठग्दैछ !! Continue reading

Posted in कविता | Tagged | Leave a comment

Story : Unmaking

~Prawin Adhikari~Prawin Adhikari

Binod couldn’t think straight anymore. He couldn’t decide if it was his negligence or an occult power that kept him from finishing Smriti’s portrait. He could paint fine; there was nothing lacking in the thought and skill he put into the picture. Yet, whenever he left the easel to mix paint or smoke a cigarette, something always changed. Smriti’s left eye fell to her chin Continue reading

Posted in Story | Tagged | Leave a comment

हास्य गजल : तिम्रो चूम्बनको कसम

~सिम्पल केटा~

अरुको आलिँगनमा बाँधिएको छुईन – मलाई तिम्रो चूम्बनको कसम
अरुको चूम्बकमा टाँसिएको छुईन – मलाई तिम्रो चूम्बनको कसम ।

कुरैकुरामा साथि-भाई भेट्दा अलि कत्ति बढी पिएको छू
मेरो खुट्टा मात्रै मात्तेको छ आज – मलाई तिम्रो चूम्बनको कसम । Continue reading

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : जुनेली रात बित्यो

~पुरु लम्साल~Puru Lamsal

तिमीलाई सम्झेर जूनेली रात बित्यो !
अनि छाती चर्केर जूनेली रात बित्यो !!

गयो जाने देखाई सपना थरी थरी !
बिना अर्थ कल्पेर जूनेली रात बित्यो !! Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : धराप

~सरुभक्त~Sarubhakta

कुमारी घर
तलेजुका रक्तिम अनुष्ठानहरुमा
सर्वकालीन नम्छरा राष्ट्रगानहरु
घटस्थापित छन्
ज्याम्वुरी हामी परापूर्वकालदेखि
खड्गजात्रा मनाइरहेछौ
भीर भूगोलमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाली हेड् न्युज

~ओम अज्ञानी~

अस्ति, बालिका ‘अपहरण’ भाथ्यो,
हिजो सामुहिक ‘बलत्कार’ भएछ,
आज मिर्मिरेमै निर्मम ‘हत्या’ भो रे,
भोलि, अपराधी ‘फरार’ हैन, हत्कडीको शीर्षक बनाउ ।

अस्ति, सम्सदमा बिपक्षिको ‘बिरोध’ भो,
हिजो देशै ‘बन्द’को ‘आन्दोलन’ भएछ ,
आज सरकारसित रिसोर्ट्मा ‘बार्ता’ छ रे,
भोलि, ‘बिना निष्कर्ष’ हैन, सहमतिको शीर्षक बनाउ । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : एउटै सपना एउटै बाटो

~हेल्लेन सोल्टी~

उत्साहित भएर सोधेकी थिएँ; खाहुनको भाषण कस्तो थियो ?

सुनैनाको छोटो जवाफ थियो- ”आउनु भा’ थिएन” ।

दमकको विशाल कार्यक्रममा म जान पाएकी थिइन र पनि चासोको विषय त हुन्थ्यो नै । थप म जिज्ञासु बन्न थालेकी थिएँ- कार्यक्रमहरुको बारेमा । विर्तामोड अग्रसेन भवनअगाडि कार्यक्रम हुने थाहा पाएकी थिएँ तर जान नपाएकी । उसैगरी सोधेकी थिएँ नितुको उत्तर थियो, ”आउनु भा’ थिएन ।” मलाई लाग्ने गथ्र्यो कार्यक्रम र खाहुन पर्यायवाची शब्द हुन् । हरेक कार्यक्रमहरुमा खाहुनको उपस्थिति अवश्य हुने गर्थ्यो र म निकै नै प्रभावित भएकी थिएँ । यतिबेला करिब चारवर्षपछि म खाहुनलाई पुनः सम्झन थालेकी थिएँ निकै धेरै । जतिलाई सोधे पनि खाहुन् कार्यक्रममा उपस्थित थिएन भन्ने सुन्थेँ । यो कुराले मलाई थप सताइरहेको थियो । के भएछ कहाँ गएछ खाहुन ? Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अलिअलि सुभकामना दिनु है

~गिरिराज बाँस्कोटा~Giriraj Banskota

छोएर रक्त मस्त धमिनी
चुमेर आखाँका नानी भौहरु
मखमलि ,सयपत्रि यादहरु फुलाउछन्
त्यहि भएर सायद तिम्रा तस्विरे आँखाहरुमा
छल्किरहेका अञ्जुलीमा
प्यारका निशानी देख्न थालेको छु

छोएर के हुन्छ ?
डामेर के हुन्छ ?
आखिर मायात मनवाट हुन्छ
आँखावाट हुन्छ
त्यहि भएर सायद
दुरता छिचोल्दै तस्विरे आँखा सामु पुग्न थालेको छु Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : नयनकान्ता

~शिव प्रकाश ~SHiva Prakash

उसको निष्कर्ष छ – समयले सबैलाई एक पटक समय दिन्छ । उ अहिले सोचिरहन्छ – त्यस दिन नयनकान्ताले हुन्छ भनेकी भए के हुन्थ्यो ? अहिलेको साइनो भन्दा कति फरक हुन्थ्यो होला, नयनकान्तासँगको साइनो र सम्बन्ध ? अनि परिवेश, परिवार र वातावरण !
उ सोच्छ – मान्छेमान्छेबीचको साइनो र सम्वन्धलाई समयको धारले फरकफरक स्वरुपमा प्रतिस्थापित गर्दो रहेछ । समयको अनुकुलता हो वा Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : देश मृत्यु

~सुनिता राई सुब्बा~ Sunita Rai

बर्षौं भैसक्यो देशलाई निमोनिया भएको
मृत्यु घोषित सैयामा कहिले पुर्याउछौं ?
(सुन ए असफल अस्थिपन्जर हो !)२
तिमीहरुले नै असफल बनाएको
देशको मृत्यु अब कुनैपनि बेला हुनेछ
चेतनाहरु जगाई राख, तिमीहरुकै
(सग्ला)२ करङ्ग बालि दहन हुनेछ
अनि ती अपवित्र माँसपिण्ड लुक्षेर Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~सुन्दर अल्पभाषी~Sundar Alpabhasi

जन्डिसले खाएको
पहेँलो घाम
तिनजुरे देउरालीमा
आत्महत्या गरेपछि
कति खुशी गुम्यो होला
कति दु:ख लुक्यो होला
कति हर्ष मौलायो होला
त्यो अन्धकारमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : काठमाडौं

~बिरेन्द्र नेपाल~

मन्दिरको भण्डारण भनेर चिनिने काठमाडौं
फोहोरको डङ्गुर बनिसकेको छ,
सभ्यताको केन्द्र भनेर मानिने काठमाडौं
अश्लीलताको प्रदर्शन गर्ने थलो बनिसकेको छ ।
संस्कृतिको धरोहर मानिने काठमाडौं
विदेशीहरुको ट्वाइलेट बनेको छ, Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कथा : आलुको नाक

~विमल निभा~ Bimal Niva

एकाबिहानै टुथब्रस गर्दागर्दै संविधानसभाका छ सय एक सभासद मध्येका एक माननीयको आँखा ऐनामा गयो । उनी एकाएक झस्किए । किनभने माननीयको लामो एवं चुच्चो नाक यथास्थानमा थिएन । त्यहाँ एक प्रकारको खोपिल्टो थियो । उनी एउटा हातले अनुहार छोप्दै बाथरुमबाट बाहिर निस्किए ।
‘के भयो हजुर ?’ किचेनबाट निस्कँदै गरेकी पत्नीको प्रश्न थियो ।
‘केही होइन ।’
‘अनि अनुहार किन छोप्नुभएको हजुरले ?’ Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : नसामा माया पो थाल्यो बग्न

~राकेश कार्की~Rakesh Karki

नसामा माया पो थाल्यो बग्न क्यार
छोप्दा छोप्दै भयो सब नग्न क्यार

मुटु मुटु जुध्दा पिरति भो झिलिक्क
गति भुली संसार थाल्यो डग्न क्यार Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : माटो फुल्यो

~हर्क राज गुरुङ ‘भुटानि’~Harkaraj Gurung 'Bhutani'

पढेको थिएँ इतिहास।
सुनेको थिएँ किंवदन्ती।
रचेका अनेक कथाहरू,
जाहाँ माटो जोडेर, गोडेर अनि सिन्चेर
साम्राज्य स्थापित गरेका थिए।
हो त्यही साम्राज्य बनेको माटो फूल्यो।
पुर्खाको नासो हो त्यो पश्चिम फाँटहरू।
कुनै इतिहासमा समेट्नु अगावै
टुक्रेका ति दिशाहरू, स्तुपाहरू, Continue reading

Posted in कविता, मुक्तक | Tagged | Leave a comment

लघुकथा : पागलपुरमा प्रेमकुमार

~नेत्र ज्योति~

बुढेसकालमा प्रेमकुमार र प्रेमकुमारीलाई ब्लड प्रेसर हाई र सुगर हाईले सताउनु सतायो । प्रेमकुमारलाई पहिलो र प्रेमकुमारीलाई दोस्रो समस्याले अठ्याएको छ । जोइपोइको यो समस्याले खुब अस्पताल घुमायो । मेडिकल बिल तिरायो । तर ओखती छोड्नसाथ रोगले उसै गरि कठालो समातिहाल्थे ।

सहरमा आफै व्यायम गर्दै रोग तह लगाउने उपाय प्रचलनमा आएको छ । रेडियो टिभी पत्रपत्रिकामा पनि व्यायामले हुने फाइदाबारे प्रशस्तै कोलम ओगट्छ । जोइपोइ मर्निङ वाक जान थाले । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : साँल्दीज्यू ! एक ट्वाँक चढाऊँ कि

~उपेन्द्र सुब्बा~Upendra Subba_1

कसो बाटो भुलेर म फेरि
यहाँ, भट्टीछेउ आइपुगेँ ।

अब,
सिधा वा बाङ्गो गरी
जसो-जस्तो गरी भएर यहाँ आइपुगेपछि
नआउनुथ्यो, आइसकेर
भित्रै आइसकेपछि
साँल्दीज्यू !
एक ट्वाँक चढाऊँ कि ?

अस्ति पोरैदेखिन् छोडूँ त भनेको
खोई परार पनि त्यसै भनियो र, Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य छन्द कविता : ज्ञानुको बिलाप

~डा. सन्देश राज आचार्य~Dr. Sandesh Raj Acharya

(शिखरिणी छन्दमा)

नेपालीको झंटा, तन बिच परेथ्यो जब अनि।
ज्ञानु बोल्यो क्वाँ क्वाँ ,गरिकन कठै ब्याकुल बनि ॥
म मर्ने बेला भो, तर मेरो पुतर अधम ता ।
कता भाग्यो तेस्को, भर सक बुझे है तिमी पता ॥१॥

न सक्थेँ त्यो आँशु, टप टप टिपी चप्प पिउन ।
नपाउछु रक्सिले, दिनभर अघाएर जिउन ॥
नसक्थेँ ति टाउका, टपटप टिपी माला सिउन ।
चुँडेँ बेर्थै मैले, नेपाली जनको जिवन किन ॥२॥ Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : कहाँ छ

~आयुष चौधरी ‘सम्मोहन’~Ayush Chaudhari 'Sammohan'_1

दूरदराजका गाँउघरमा विकास कहाँ छ ?
भाषण हडताल वार्ता तर निकास कहाँ छ ?

भन्न त भन्छौ नी शान्ति र संविधान
एक आपसमा मेलमिलापको आभाष कहाँ छ ? Continue reading

Posted in गजल | Tagged | Leave a comment