छन्द कविता : मेरो स्याङजा: मेरो सम्झना

~डा. सन्देश राज आचार्य~Dr. Sandesh Raj Acharya

(शिखरिणी छन्दमा)

छुदै माताजीका, चरणतलमा, जान्छु म भनी
रुदै आज्ञा दिन्छिन्, दुखित मनले, पुज्य जननी ।
म आएँ पाताल्मा, तर मन उतै, बाल्-हठ गरी
सयर् मै स्याङ्जाका, एक एक गरी, स्वर्ग नगरी॥
(१)
कुभिण्डे, नौडाँडा, सकल पथका, भीर पहरा
उकाली ओराली, अनि निकटका, स्वच्छ छहरा ।
छिचोल्दै राङ्खोला, अलि पर झरी, मिर्दि बगर
दिसिँकोट्, चापाकोट्, वरपर बिते शैशव-पला ॥
(२) Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : पर्ल किनारको रतिराग

~रामशरण बजगाई~

‘यो उज्यालो दिउँसोको भन्दा सेक्सी छैन !’ समुद्री जहाजभित्र भान्सातिरबाट निस्कदै गर्दा विन्नाले सोधी । पर्ल किनारमा ग्वान्झाउ शहरतिरवाट आएको उज्यालो बनावटी भएपनि सूर्यले आफैं छोडेझैं लाग्थ्यो । किनारमा छरिएको प्रकाशको रंग वेलावेला फेरिंदो रंगसँगै त्यो पुड्की चिनियाँ युवती घरी रातो वर्णकी लाग्थी घरी अनुहारमा निलो मादकता देखिन्थ्यो ।

छेउछाउबाट टिनएजरहरु हरिया, पहेंला, राता र अनेक रंगमिश्रित वत्तीको प्रतिछायाँ समुद्री किनारमा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : माटोको सम्झना

~मनु लोहोरुङ राई~ Manu Lohorung Rai

बुकी फूलेका ढिस्का
र गुराँसे जंगलहरु
स्मृतिबाट कसरी टाढा हुन्छन् र…?
आधाउधी रहरका उच्छ्वांसहरु-
जिन्दगी बाच्ने बहानामा
सिमाना काटेर समुन्द्र छिचोलिंदैमा-

सिमाना नाघ्नुभित्र
अनेकमा एक
र एकमा अनेक
जीवन कथाहरु गाँसिदो छन् | Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : नयाँ मेम साहब !

~सुजन मादेन~Sujan Maden

भरखर झरी परेर रहेको हो क्यार बलेँसीमा तप्क्यानीहरू अल्छी लागी लागी तप्किँदै थिए। पल्लोपट्टि घरको भाले एकपल्ट पखेटा ठोकेर बास्यो। पारि स्याल पनि करायो एकपल्ट। त्यसपछि लगातार भुस्या कुकुरहरूको अल्छे भुकाइहरूको क्रम निकैबेरसम्म चलिरह्यो। उसलाई पटक्क निद्रा परेन अब। उ जुरुक्क उठ्यो, बत्ती बाल्यो र सिरानीमनिबाट एउटा फ्लेक निकालेर सल्कायो। उसले निकैबेर सोच्यो मन-मनै अनि आफै बर्बरायो ̵ “विनिता कसरी यहाँ छे अचम्म?” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

इन्दिरा प्रयासका तिन मुक्तकहरु

~इन्दिरा प्रयास~Indira Prayash_1

गर्न जाने फूल्छ फूल यहि धर्तीमा
प्रयास गरी फूटाऊ मूल यहि धर्तीमा
वल्लो पल्लो गाउँ जोड्ने लक्ष भएमा
समानताको हाल पूल यहि धर्तीमा ।। Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : नसोध मलाई कस्तो छौ भनि

~किरण टि लिम्बू~Kiran T. Limbu

नसोध मलाई कस्तो छौ भनि भन्नु नै बेकार छ,
तिरष्कृत जीवन बाँचेको भन्दा मर्नु नै स्वीकार छ ||

खुसीको रंगिन सपना भित्र बाँचेको संसारमा,
आँसुको तिक्त रोदन भित्र पीडाको झंकार छ || Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : पहाड

~तेजविक्रम कार्की~Tej Bikram Karki

म भन्दा पहिले उसैले छुन्छ
अग्लिएर जुन र घाम
फेरि पनि किन अझै उदास छ पहाड?

नापेर जिवनको गहिराई
उसैको आङ्मा परेको खोल्सि भित्र
चन्द्रमा कैद गरेर पानीमा
बनेकै हो ऊ एक जिवन्त प्रेमी
फेरी पनि किन ऊ निरास छ ?
सदियौ देखि आँखै अघिल्तिरबाट
बगिजाने नदीले सापटी लगेको जिवन कथा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : टुटी झरेको कित्ली

~सन्तोष गोयल~
अनुवाद : कुमुद अधिकारी

आज बिहान नास्ताको टेबलमा नै उनी कुरा गर्न चाहन्थिन् यद्यपि उनका मनमा रातभरि सैयौँ काँढाहरू बिझिरहे। अनेक लामालामा ठूला क्याक्टसहरू सरसराइरहे। उनले कोल्टे फेरिरहिन्।
वास्तवमा हिजो पूरै दिन साह्रै थकाउने साबित भएको थियो। हिजो नववर्षको पूर्वसन्ध्या थियो। जति कोसिस गर्दा पनि आफ्नो दैनिक रुटिन छाड्ने मोह उनी त्याग्न सक्तिनन् यद्यपि थाकेर चूर भएपछि अर्कोपल्ट घरमा पार्टी नराख्‍ने अठोट गर्थिन्। तर अक्टुबरमा दिल्लीमा दीपावलीको हङ्गामा सकिएपछि दिक्कलाग्दा दिनहरू बिताउँदा-बिताउँदै Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

गीत : तिम्लाई केही हुनै हुन्न

~रमेश पौडेल~

तिम्लाई केही हुनै हुन्न, मलाई हुन्छ के के
आफ्नो पीडा लुकाएर, मलाई टाढा देखे

तिम्लाई उता दुख्दा खेरी, मुच्र्छा पर्छु यता Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सहयात्रा…

~रहन राई~

मेरो सहगामी!
थाहा छ…….?
यो कठिन यात्रामा हामी हुनुले
स्वच्छन्दता चुम्ने कुरामा म ढुक्क छु,
बसन्तसंगै हिमपात अनी
खडेरी त छदैछ, साथमा शारदी फल नभुल्नु है।
आए…अवसादपूर्ण पलहरु
खैर,
नरोकी यी वेगवान पाइला, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : आधा मुटु त्यतै तिर सरे सरे जस्तो लाग्यो

~गिरिराज बाँस्कोटा~Giriraj Banskota

आधा मुटु त्यतै तिर सरे सरे जस्तो लाग्यो
उनिलेनि मलाई माया गरे गरे जस्तो लाग्यो

अनायासै आ“खा जुध्यो, मुटु भित्र झस्का पर्यो
उत्पातमा बग्न थाले अरे अरे जस्तो लाग्यो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : ढिलो भएपनी उनी एक दिन आउंछन

~पुरुशोत्तम सुबेदी~Purushotam Subedi

दुरान फर्कायर हो गएको । एघार बर्ष भए । काआत बनाएर आउछु भनेका छन । लोग्ने बिनाकी बुहारी- कसै संग हांसे पनि बोले पनि घरमा रिस गर्छन् । दाजुले फोन नगरे, पैसा नपठाए पनि नन्द मै माथि जाइ लाग्छिन । छोराले हप्ता दिन फोन नगरे सासु पनि संका काट्छिन । आफ्नो पोईलाई प्वाओ कमाउने अर्ती दियकी होली नि भनेर। बिबाह हुंदा म २२ बर्षकी थिएँ । अहिले त म सात कम दुई बीसकी पुगें । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : अवरुद्ध आवाजहरु

~गीता त्रिपाठी~Geeta Tripathi

” ……… हेर न ! दिन बितेको पनि पत्तै हुँदोरहेनछ । हामीले तिमीहरुलाई छाडेको पनि डेढसाल बितिसकेछ । यहाँ त साल महिनामा बित्छ, अनि महिना दिनमा बित्छ । हप्ता बितेको पत्तै हुँदैन ।” चिठीका केही अंश पढिसक्दा मेरा गहहरु टल्पलाउन थालिसकेका थिए, यस्तो लाग्थ्यो- यी अक्षरहरु मसीले होइन आँसुले लेखिएका हुन् । त्यसैले पूरै पढ्ने आँटै गर्न सकिन । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेपाली भजन : योगसन्देश

~बिक्रम श्रेष्ठ “सागर”~Bikram Shrestha 'Sagar'

विना योग, सत्सङ्ग र ध्यानले,
जीवन भयो बिरानो ।
सब रङ्ग गयो अब भङ्ग भयो,
जीवन भयो पुरानो ।।

शाश्वत सत्य मृत्युवरणको,
भुलेर जीवन बितायो ।
योग र ध्यान बिसेर्र जनले,
आफू आफैमा बिलायो ।। Continue reading →

Posted in नेपाली भजन | Tagged | Leave a comment

कविता : क्रान्तिकारी

~सत्य नारायण रावत~

तिमि पनि क्रान्तिकारी म पनि क्रान्तिकारी
तिमि विचार को क्रान्तिकारी म मन को क्रान्तिकारी
तिमि तडक को क्रान्तिकारी म सदा को क्रान्तिकारी

तिमि सडक म उत्रिनु लाई क्रान्ति भन्छौ
म घर मै बस्नु पनि क्रान्ति भन्छु
तिमि जिन्दाबाद र मुर्दाबाद लै क्रान्ति भन्छौ
म मौन भै बस्नु पनि क्रान्ति भन्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म को हुँ ?

~नविन लोचन मगर~Nabin Lochan Magar

कसलाई सोधुँ ?
चुड्कीको भरमा हिड्नु पर्ने
इशारामा चल्नु पर्ने
आदेश अर्कैको÷काम अर्कैको
आफ्नो बैस अर्कैको÷दिनरात अर्कैको
माम पाउन हात थाप्नुपर्ने
चेत अचेत नाम आए ढल्नैपर्ने
साँच्ची, म को हुँ ?
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : फूलको हासो तिमी राख्नु

~घायलश्री~Ghayal Sri

फूलको हासो तिमी राख्नु काडा दिनु मलाइ।
कागज रैछ मेरो जीवन कोरीदिनु सलाइ।।

फूलसगै तिमी हाँस्नु बगैचाको माझ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : बिटुलो

~राजु दाहाल~Raju Dahal

उनी अनी म हामी निकै नजीकका साथी । म उनलाई सघाउन पाउँदा एकदम खुशी हुन्थेँ । हामी घन्टौँ एकान्तमा बसेर कुरा गथ्र्यौ भबिष्य र बर्तमानको अनि Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

अनूदित कविता : लाखौँ मानिसहरूलाई सडकमा उत्रन आह्वान

~माया एन्जेलु~Maya Angelou
अनुवाद : कुमार लिङदेन ‘मिराक’

रात अझ लम्बिँदै गइरहेको छ
अन्यायको पीडाहरू झन दुख्दै गइरहेका छन्
खाडलहरू झन कालो हुँदै गहिरिँदै गएको छ
असमानताको पर्खालहरू अझ अग्लिइरहेका छन्
पर नीलो आकाश टुङ्गिने क्षितिजमा
कुनै साधारण मानिस पुग्न नसक्ने त्यो ठाउँमा
कुनै आत्मिक ज्ञानले मलाई बिस्तारै त्यहाँ पु¥यायो
जहाँ, Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : क्रान्तिको पाठशाला

~चंकी श्रेष्ठ ‘अभय’~chanki shrestha - abhaya

त्यो युवतीलाई भेटेपछि
मलाई बोध भयो –
धोकापूर्ण राजनीतिविरूद्ध
वेश्यावृत्ति पनि यो देशमा सशक्त कारबाही हो ।

जोन हब्सको पुस्तकभित्र
अलंकार पहिरेर सजिएको छ संविधानको आदर्श
भाषाको सुन्दर जलप लगाएर
संविधानको पुस्तकभित्र थुनिएको छ मौलिक हक
प्रजातन्त्र र समाजवाद यो देशमा
कट्टुसका त्यस्ता चिल्ला दाना हुन्
जसभित्र केवल ढुसी हुन्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : विदेश बस्ने छोरालाई चिट्ठी

~बुद्धि प्रसाद उपाध्याय~Buddhi Prasad Upadhyay

पहिले
तिमि थियेउ शान थियो
छोरी चेली बुढा पाका
सबको ठुलो मान थियो
गाउँको धे………रै नाम थियो
साथि संगी सबै जुटथेउ
चाड-पर्ब रसिला हुन्थे
सबका मुहार हँसिला हुन्थे
जिउ डाल कसिला हुन्थे
हात्ती बोक्ने बल जुटथ्यो
बाँसका बोटमा चामल फलाउने
गजव गजवका सिप जुटथे
गाउँमा सहकालई थियो बाबु , Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : उनी र म

~मदन मुस्कान खत्री~Madan Muskan Khatri

के गन्थी अब बिबाहित भएपछि
नांगिएर बजारमा चर्चित भएपछि

इज्जत त देखिने मलाइ के देख्ती,
बिचरी योबनमा समर्पित भएपछि! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : देशको आवाज

~सर्वजीत थापामगर~Sarwajit Thapa Magar

यो देशको आवाज जनताहरुको आवाज
बोलीरहेका छन् हिमाल तराई पहाड
लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दावाद

राप्ती भेरी सुनकोशीले गीत गाए गणतन्त्रको
डाँफे मुनाल मयुरहरु तालमा नाचे गणतन्त्रको Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : राम थापा

~गोपी मैनाली~

‘चिनारी हाम्रो धेरै पुरानो ….’ गुनगुनाउँदै कसैले ढोका ढकढक्यायो । अपिरिचत मङ्गोलियन कदको हृष्ठपुष्ट जवान व्यक्तिले मलाई परिचितले भैmँ हात समाउँदै कोठाबाट बाहिर निकाल्यो ।

‘जिल्लामा हाकिम भएर आउने, कोठामा गुम्सेर बस्ने ? फेरि अविवाहित पनि रहेछौ, हा हु गर्नुपर्छ । घुम्नुपर्छ, यसरी खाइन्छ जिल्लाको जागिर ? पागल बनिन्छ पागल यसरी बस्दा ।’
थप्दै गयो, ‘योजना अधिकृत रे । यस जिल्लाका मानिसले मात्र होइन, पात–पतिङ्गर पहरा, खोलानाला सबैले योजना अधिकृतलाई चिन्नुपर्छ । नत्र केको योजना अधिकृत ?’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल गीत : हिउँ खोलाको पानी

~रामेश श्रेष्ठ~Ramesh Shrestha

हिउँ खोलाको पानी छुनै नहुने
लेकको भिरालो बाटो हिंड्नै नहुने

याकको गलामा लाएको घण्टी बज्छ टिङटिङ Continue reading →

Posted in बाल गीत | Tagged | Leave a comment

कविता : आँशुहरु त त्यसै-त्यसै झर्छन

~सन्तोष स्पन्दन~Santosh Kafle 'Spandan'

आँशुहरु त त्यसै-त्यसै झर्छन

बोलाउननै पर्दैन

दु:ख परेपनि झर्छन , सुख परेपनि झर्छन

नझरिकन बस्न सक्दैनन् आँशुहरु

आफु रित्तिने पिर गर्दैनन्

कसैले पुछोस नपुछोस बस्ता गर्दैनन्

कसैलाई रुवाउन वा हसाउन झर्दैनन

मृत्युको शोकमा झरोस

या हर्षको आनन्दमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : सारङ्गी तार बजाउँदै

~नविन लोचन मगर~Nabin Lochan Magar

सारङ्गी तार बजाउँदै, गाउने दलित हुँ म
दुःखको पल बिसाउँदै, आउने दलित हुँ म

मुख बोल्दैन त्यो कुकुर, तर बस्छ चुलो छेउ
कुकुर भन्दा अपमान, पाउने दलित हुँ म Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : मेरा अतृप्त सपनाहरु

~अतृप्त कमल~Kamal Karki Atripta

खै! कसरी पुरा गरुँ?मेरा अतृप्त सपनाहरु ।
उठाउँ कि अझै छरुँ !मेरा अतृप्त सपनाहरु ।

न आँखैमा रमाउँछन् न मनैमा शान्त बस्छन्
जम्मा गरि केमा भरुँ!मेरा अतृप्त सपनाहरु । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : चर्किएको घर

~विष्णु भण्डारी~Bishnu Bhandari

ऊ जाग्दा घाम निकैमाथि आइसकेको थियो। उसले बार्दलीबाट सुदूरपूर्वको आकाश हेर्योक। वैशाख महिनाको आकाश धुम्म थियो। सबैतिर सन्नाटा फैलिएको थियो। ‘वसन्तको बिहान पनि कस्तो उदेक लाग्दो!’ उसले मनमनै सोच्दै चुरोट सल्कायो। चुरोटको धुवाँ गोलो आकारमा लहरिँदै आकासियो। उसले धुवाँको पर्दाले छेलिएको क्षितिज हेर्योह। हेर्दाहेर्दै Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : बेहोशिमा सम्हाल्लिने काम तिम्रो होइन भने

~प्रशान्त खरेल~Prashant Kharel

बेहोशिमा सम्हाल्लिने काम तिम्रो होइन भने
प्रतिक्षामा रूमल्लिने काम तिम्रो होइन भने

स्वार्थ लिप्सा मनमा पालि, निस्वार्थी छु भन्ने किन
त्याग थोप्पै गर्नुपर्ने काम तिम्रो होइन भने Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : कुलतको जाल

~हरिप्रसाद भण्डारी~

आफन्तहरूको दिनदिनैको कचकच सुनेपछि उसले रक्सी नपिउने निधो गर्‍यो ।

“भोलिदेखि खाइन्न क्यारे, ले माइली अझै एउटा थप ।” लरबरिएको स्वरमा भन्यो र रित्तो गिलास उठाएर एकपटक टेबुलमा ठोक्यो ।

“यी पाजी नेताहरूले माक्र्सवाद बुझेकै छैनन्, काँग्रेसीहरू पनि वी.पी.को अपमान गर्दै हिडिरहेका छन् ……..।” अस्पष्ट शब्दमा गुनगुनायो र एकैछिन रोकिएर थप्यो— “मलाई यिनले चिनेकै छैनन् । मेरा हातमा यो देशको बागडोर आउने हो भने मैले यो देशलाई स्वर्ग बनाइदिन्थेँ, तर के गर्नु अघि बढ्नै दिदैनन्, सालेहरू….।” यसो भन्दै यसो टाउको उठायो र पुनः माइलीलाई हकार्‍यो— “ऐ माइली ! अब तैले पनि टेर्न छोडिस् होइन । पख साला……..।”

“के को नटेर्ने हो ?” माइली झर्की र अगाडि थपी— “ऊ के त अगाडि, आँखा पनि बन्द भइसके हैन ?” उसले भर्खरको भाव बदलेर एकपटक खितित्त हाँसी । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भनभनाउने यक्षप्रश्न ।

~भक्ति प्रसाद पौडेल~Bhakti Prasad Paudyal_1

हिउँदको पहारिलो घाममा
लामखुट्टेको भनभनले झै
घेरिएको छु म एउटा जिज्ञाषाले
नजिकै वनस्पतिको अनिकाल देख्छु
टाढा एकदुई ठुटा देख्छु वनस्पतिका
गमलाको बोनसाई उदास देख्दै छु
उसले सकिनसकी बच्चा जन्माएको छ खिनौटे

तिम्रो
अनुहारमा चमक छ
वर्णनमा उल्लास छ
चालमा जीतको झलक छ
सहरमा चर्चा चल्छ तिम्रो बोनसाइको
तिम्रो बोनसाइमा लागेको फलको Continue reading →

Posted in कविता | Tagged | Leave a comment