कविता : यो युद्ध आफ्नै ईश्वरको विरुद्धमा

~उपेन्द्र सुब्बा~Upendra Subba_1

१.
आऊ साथी
सुरुवाल सुर्केर घुँडामाथि
घुङ्रिङ् बनाऔं र बाँधौं चार किल्ला
यसरी कि. टेकेर दह्रो चार पाइला
-धर्ती. आकाश. हावा. पानी….
बस्.
नूनको ढिक्का चाट्दै
मिथक उगाई साँढेको त्यागेर
होङ्ग्रायोको भोक पालेर चेतनामा
युद्धघोष गरौं-
बुडुङ्…बुडुङ्…
रक्तिले आकाश रङ्गियोस्
छरपष्ट होस् गिदी
भत्कोस् ब्याकरण-
आफ्नै इंश्वरको विरुद्ध Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो छोरो पनि ठूलो मान्छे भएछ

~किशोर पहाडी~Kishor Pahadi

वर्ष चौबीसको,
गहुँ गोरो,
च्यूँडोमा सानो खत भएको,
दुब्लो दुब्लो,
चुरोट नखाने,
रक्सी नखाने,
अविवाहित,
घण्टाघर नजिकैको कलेजमा
आई.ए. बी. ए. कुन्नि के जाति पढ्ने
अग्लो अग्लो
एक जना मेरो छोरो —
धेरै बाठो,
यो काठमाडौंमा कहाँ बस्छ खोई ?
— म उसलाई खोज्न आएको । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : मानव मेरो संझनामा !

~रमा गौतम ‘आश्मा’~Rama Gautam 'Aasma'

मानव,

उस्तै अभिवादन जस्तो तिमी चाहान्थ्यौ!

आज धेरै पछि तिम्रो संझनामा मैले मेरो मनको कुना बाट तिमीलाई जबर्जस्ती यो पाना मा छर्ने साहस गर्दै छु कहाँबाट शुरु गरु लेख्न ? जब तिमी मेरो अगाडी छैनौ- न कुनै दिन मेरा यि अक्षरहरु तिमीले सुन्ने छौ न बुझ्ने छौ। जुनबेला सुन्न चाहान्थ्यौ त्यो समय अब रहेन। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आकाशमाथिको देवता

~भोजराज न्यौपाने~Boj Raj Neupane

घरिघरि आकाशमा हेर्दा हेर्दै
मैले सोचें
मेरो देवता शुन्यमा बिलाएको छ
चिसो सिरेटोसंगै
अविरल बर्षासंगै
र, अनगिन्ती हिउँका थुप्रासंगै

झर्दै झर्दै Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : तिम्रो यादमा जल्यो मुटु

~सुरेन्द्र बि.क.~Surendra BK

तिम्रो यादमा जल्यो मुटु
सल्बलाउँछ हृदय पनि
बियोगमा बाँचरिहेकै छु
एक्लै तड्पिएर पनि

तिमी संगै हुन्छु भन्यौ
हजार जुनी सम्म पनि Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : अनौठो संस्कार

~वासुदेव गुरागाईं~Basudev guragain_Pindalu Pandit

धनीलाल आधुनिक जमानाका मानिस भएर पनि छ सन्तानका बाबु थिए । तीनवटा छोरी, तीनवटा छोरा । यसमा उनलाई कत्ति पनि पछुतो थिएन । आफ्नो गच्छेअनुसारको पढाइलेखाइ गरिदिए । विद्यमान सामाजिक परम्पराअनुसार तिनको विवाह कर्म गरिदिने सोच उनमा जागृत भयो । सबै छोराछोरी विवाहका लागि योग्य भइसकेका थिए । उमेर क्रमसँग विवाह गर्दा पहिला छोरीहरुको सकेर पछि छोराहरुको बिहे गरिदिनु पर्ने थियो । त्यसैअनुसारको सोच उनले बनाए । Continue reading

Posted in नेपाली कथा | Tagged , | Leave a comment

कविता : यि आँखाको लयमा…

~तेजविक्रम कार्की~Tej Bikram Karki

यी आँखाको लयमा
युद्ध खोज या शान्ति
यति बेला म भने
लय हरायर
बत्तिको शिखा मुनी आफैलाइ खोजिरहेछु
भित्ता भरि नाराहरुमा बाँचेको जिन्दगी
घाम पानीले खुइलिएर
सहरका चम्किला घरहरुको ऐनामा चम्किरहेछु
कसैसँग उधारो लिएर समय
सडकमा बालिएका टायरहरुको
एक मुस्लो धुवासँगै उडाइरहेछु Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : डाँकाको गाउँ

~इन्द्रेणी शर्मा ‘जलद’~

गाउँ रमाइलो थियो समाजमा एक प्रकारको सुरक्षीत र आनन्दायी थियो गाउँलेहरु आफसमा मिलेर बसेका थिए एक दिन एउटा दुखदायी घटना घट्छ दोहोरो भिडन्तको लागि मानब कवचढाल बनाउनको लागि गाउका मानिस लाइ विद्रोहबाट उर्दी जारि गरियो यसमा मतभेद भयो आपसमा धेरै हताहत पनि भए राजनैतिक प्रतिसोध आगोसंगै सल्कियो पुरा गाउँ . Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : जीवन एक क्याक्टस

~गरिमा लुईँटेल~Garima Luitel

भनिन्छ “हिजो जो गैसक्यो त्यसलाई सम्झेर निराश नहुनु अनि भोलि जो आउनै बाँकी छ, त्यसलाई सम्झेर नआत्तिनू। भूतलाई र भविष्यलाई सम्झनु केवल समयको बर्बादी मात्र हो।” तर वर्तमानलाई भूतले डोर्‍याइरहेको हुन्छ अनि भविष्यलाई वर्तमानले। कालहरू एक अर्कासँग यसरी जोडिन्छन् अनि म कसरी भुलौँ त्यो अतितलाई जसले मेरो आजलाई मसँग ठोक्काएको छ? म त भन्छु ‘भोलि’ जिउन ‘हिजो’लाई कहिल्यै बिर्सनु हुँदैन। Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : भोक अनि प्यासको पोको

~स्वेच्छा राउत~Swechha Raut_1

‘यहाँ दिनभर करायो, तर सामान त के बोली पनि बिक्दैन,‘ आकाशे पुलमा बसेर ‘एक सय नब्बे, एक सय नब्बे…’ भन्दै सामान बेच्ने दिदी बोल्दै थिइन्। सहरको व्यस्तता र व्यवस्था बीच उनको कुरा सुन्ने, बुझ्ने को नै पो हुन्थ्यो र? उनीसँगै लुगा बेच्न बसेकी अर्की दिदी उनको कुरा सुन्दै सहमति जनाउँदै थिइन्। Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : एउटा गर्व

~दिनमान गुर्मछान~Din man Gumachan

फेरि छोरी जन्मिई ।

म अस्पतालको बेडमै छु । प्रसवपीडाबाट थाकेकी छु । फेरि छोरी जन्मिएकीले मनभित्र आँधी आएको छ । मलाई त छोरा वा छोरी जे जन्मिए पनि उस्तै । आखिर मेरै सन्तान न हुन् तर घरमा नाति नै चाहिएको छ । सम्झिँदै भक्कानो फुटेर आउँछ ।

श्रीमान् बाहिर कुरेर बसिरहनुभएको छ । अघि झ्यालबाट चिहाएर मलाई हेरिसक्नुभयो । नर्सहरू भन्छन्-तपाईंका श्रीमान् तपाईंलाई कति माया गर्नुहुन्छ । तपाईंको चिन्ताले छटपटिइरहनुभएको छ । तपाईंको अवस्था सोधिरहनुहुन्छ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : त्रासदी भुकम्प

~मदन मुस्कान खत्री~Madan Muskan Khatri

असीमित भुकम्प ले हानेको यो मन
अझै थामिएको छैन काप्न,
थाहा छैन भुकम्प
रोकियो कि रोकिएन
अहँ रोकिएको छैन
मनको भुकम्प,
त्राशको भुकम्प,
शोकको, अनि भयभित को भुकम्प !

भत्काइदिएको छ यो भुकम्पले
धरहरा जस्तै मेरो मन,
यसै त म कर्महिन बुढो मान्छे
धमिराको खोर जस्तै पुरिदिएको छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कमरेडलाई स्वेत सलाम

~लक्ष्मी राई ‘लारा’~Laxmi Rai 'LARA'

अनिंदो कैयन् रातहरूसँगै
छिचोलेर लासहरूको पहाड
टेकेर सिन्दूर पोखिएको जमीन
कमरेडको आरोहण !
शहरकी चर्चित नायिकासँगै
समयान्तरका होर्डिङ्-बोर्डहरूमा
ठिङ्ग एक्लै
विस्थापित एउटा मन
इ….! हेरिरहेछु- रक्तिम क्रान्तिको विजय
मरणासन्न राजधानीको ब्यस्त चौकमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : प्रेरणा

~सुषमा मानन्घर~Shushma Manandhar

“एकैछिन पर्खनुस् न है, मलाई पनि बाहिर निस्कनु छ ।” आफ्नो श्रीमान तयार हुँदै गरेको देखेर दिल कुमारीले भनी ।
“भो भो । कतै भाषणै दिन जान लागेकी हो के हो ? खुरुक्क घर सम्हालेर बस । त्यति मात्र गर्न जाने पनि पुग्छ । ” श्रीमानबाट आज पनि पुग्नेगरी नसिहत पाई उसले ।
‘घर त तपाईँको पनि हो । एकदिन तपाईँले पनि हेर्दा के बिग्रन्छ र ?” Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : पैयुँ फुल्ने गाउँ

~रमेश पौडेल~Ramesh Paudel

लाली गुराँस फुल्यो
ओइलियो झर्यो
पैयुँ फुल्यो

ओइलियो झर्यो
सयपत्री, मखमली फुले
ओइलिए झरे,
फुल्नु प्रकृति
ओइलिनु, झर्नु
नियति ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : ज्ञानी छोरो

~विवश पोखरेल~Biwash Pokharel

सधैँ स्कुल जान्छु
भनेको म मान्छु
जे जे दिनुहुन्छ आमा !
त्यही कुरा खान्छु ।
खेल्ने बेला खेल्छु
पढ्ने बेला पढ्छु
भविष्यको चुचुरीमा
नबिराई चढ्छु ।
सानो ठूलो कसैलाई Continue reading

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : यस्तो कविता लेखूँ, जो कसैले नबुझोस्

~हरिहर शर्मा~Harihar Sharma

सोचेँ-
यस्तो कविता लेखूँ
जो कसैले नबुझोस्
लेखिएका,
अक्षर हुन् कि भन्ने परोस्
देखिएका,
शब्द हुन् कि भन्ने लागोस्
तर
अक्षरको अनुहार
शब्दको सार
कसैले नबुझोस् Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : किताब

~भूपिन ब्याकुल~Bhipin Byakul

मेरो हृदयको पुरानो दराजमा
मलाई मनपर्ने
प्रिय किताब छ !

प्रत्येक दिन त्यसका पानाहरु खोल्छु
पाउँछु
हिजोका शब्दहरु फेरिएर नयाँ शब्दहरु टाँसीएका छन्
मानौँ त्यसको पातलो आवरणभित्र अटाएको छ सिङ्गो समुद्र
जहाँ शब्दका नयाँनयाँ छालहरु आउँछन्
त्यही एउटा किताब छ
जसका पृष्ठहरु भित्रबाट
एकाएक हराउँछन् शब्दहरु
र जसरी भरिन्छन् इनारहरु बर्षामा
त्यसरी नै भरिन्छन् किताबका रिक्त पानाहरु Continue reading

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : टुक्रा टुक्रा काठमाण्डु –  घण्टाघर देखि धरहरासम्म  

~सुमन लम्साल~Suman Lamsal

नाम ? सर्वनाम ? विशेषण ? क्रियापद ? आदि इत्यादिको एउटै नाम हो काठमाण्डु । यसलाई कसैले राम्रो भन्दैनन् तर यसलाई छाड्न पनि कोहि चाहदैनन् । दिनभरि आमासँग झगडा गरेर बेलुका निदाउन आमाकै काख खोज्ने बालक जस्तै लाग्छन मलाई काठमाण्डु सराप्ने मान्छेहरू । यही काठमाण्डुको मुटुमा गाडिएका छन् दुई वटा खम्बाहरू । खम्बा एक – घण्टाघर, खम्बा दुई – धरहरा । Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

नियात्रा : थाई बिमानमा तीन घण्टा एउटी परीसँग

~राजेन्द्रप्रसाद अर्याल~Rajendra Aryal

सामान्यतया मैले आफ्नो झोला अघिल्लो दिन बेलुका नै तयारी गरेँ । छोटो भ्रमण भएबाट धेरै सामान त के थियो र नै । आफ्नो लुगा कपडामा भन्दा कागजपत्रहरूको सन्दर्भमा म विशेष सचेत र सतर्क थिएँ । मैले नेपालको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नु थियो । यसो–उसो गर्दा गर्दै रातको ११ बजिसकेको हुँदा म ओच्छ्यानमा पल्टिएँ । शरीर थाकेको थियो तापनि लुटुक्क निद्रा परेन । भोलीको गन्तव्य मेरा मनभरी नाच्न थाले । आजसम्म त बैंकक सहरप्रतिको स्वप्निल संसारमा डुवुल्कि मारिरहेको छु । वmेवल काल्पनिक दुनियाँमा पौडी खेलिरहेको थिएँ म । भोलि यथार्थ रुपमा त्यही बैंकक नगरीमा पुगिने मीठो काल्पनिक अनुभूतिभित्र म हराइरहेको थिएँ । सुनसान रातको एकाग्रतालाई भङ्ग गर्दै टेलिफोन अनायासै करायो– टर्र, टर्र, टर्र । काल्पनिक तन्द्राबाट म व्यूझिएँ । Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : बि-चरी

~बिक्रम ज्ञवाली~Bikram Gyawali

मौसम राम्रो थियो । पूर्वमा सुन्तला रङको आकाश प्रश्ट देखिन सकिन्थयो । उ बिहान उठ्छे । मौसम हेर्छे , अनि आफ्नै भाकाम गित गाउछे । त्सपोछी आफ्ना दुई साना बच्चालाई हिजो बचेको खाना खुवाऊछे । ‘अनि नानीहरु तिमीहरु धैरे गरेर बस्नु , म केहि खानेकुरा खोजेर आउछु ‘ भनेर बच्चाहरुलाई भनेर पङ्ख फुर…. पारेर उड्छे ।
Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : धमिलो नियति

~नविन लोचन मगर~Nabin Lochan Magar

पहिले जस्तो
निश्चल, निस्कपट, निस्वार्थ
छैन, आजकाल माडी पटक्कै छैन
सिनोको गन्ध मिसिएको छ त्यहाँ
सुसाहतमा गति चिसिएको छ त्यहाँ
पुरानो छैन बनावट
न पुरानो छ नियति
बग्दोछ त केवल नाम मात्रको माडी, Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सिर्जना र ब्यवधान

~किशोर पहाडी~Kishor Pahadi

देशमा प्रधानमन्त्रीको व्यापक विरोध हुँदै थियो । भन्दैथिए – “हाम्रो माग पुरा गर्नुपर्छ । प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ ।”

त्यही ताक मैले घर बनाउन शुरु गरेँ ।
उनीहरुले जुलूस निकाले -प्रधानमन्त्री मूर्दाबाद !
मैले घर बनाउन जग खनेँ । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : मर्न परे मर्छु

~भानु सुनुवार~Bhanu Sunuwar

तिम्रो शहर छाडि अन्तै, सर्न परे सर्छु,
तिम्रो ओठमा खुशी भर्न मर्न परे मर्छु ।

भक्कानिदै दुख्छ मुटू, आँखा छोपी रुँदा,
मनै शितल हुन्छ मेरो, तिमी खुशी हुँदा ।
जीतैजीतको खोजीगर्न, पात पातै चर्छु, Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गज़ल : धेरै चोटी रुंदा रुँदै हाँसे तिम्रा लागि

~स्वप्निल नीरव~swpanil nirav_1

धेरै चोटी रुंदा रुँदै हाँसे तिम्रा लागि
मृत्युको त्यो शैय्याबाट जागे तिम्रा लागि

लासमाथि दुस्मनी प्रहार कति कति
पलपल मरेर म बाँचे तिम्रा लागि Continue reading

Posted in गजल | Tagged | Leave a comment

अनूदित कथा : सुकेका पातहरू

~शैल अग्रवाल ~Shail Agrawal
अनुवाद : कुमुद अधिकारी

आज पनि ऊ सम्झनाको बटुको लिएर सुनयनाको अगाडि उभिएको थियो। झोली फैलाएर भीख मागिरहेको थियो। ती सब कुरा जुन उनी kumud Adhikari_1र आलोकका लागि असम्भव मात्र थिएनन् असहनीय पनि थिए। विचलित सुनयनाले Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कविता : सपना,घडीफूल अनि चाँदनी

~बिबश बिप्र~Bi pra

ब्युँझिएर,
आफ्नै आँखाले
वयस्क सपनाहरुको अतिक्रमण गर्दा
दिमागभरि उम्रिएका घडीफुलको छटपटी
लाग्छ- क्रोध पिइरहेछ l

कच्चा नक्षेत्रको संयोजनमा
पन्ध्रौ सताब्दीतिरकी एउटी सुत्केरी Continue reading

Posted in कविता | Tagged , | Leave a comment

गजल : मेरो मन मेरो मुटु तिमिलाई उपहार भो

~गिरिराज बाँस्कोटा~Giriraj Banskota

मेरो मन मेरो मुटु तिमिलाई उपहार भो
जसो गर जे जे गर तिमिलाई अधिकार भो

प्रयत्नमा फक्रिएर रहरमा फुल्न खोज्दै
पुँजा पुन्य तिमिनै हौ तिम्रो छाति संसार भो Continue reading

Posted in गजल | Tagged | Leave a comment

अनूदित लघुकथा : बज्रपात

~खलील जिब्रान~Khalil Gibran
अनुवादः कुमुद अधिकारी

तुफानी दिन थियो। एकजना महिला गिरजाघरमा पादरी सम्मुख आएर भनिन् – “म इसाइ होइन, के मेरा लागि जीवनका नारकीय यातनाबाट मुक्ति पाउने कुनै उपाय होला ?” Continue reading

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

Memoir : My Grandfather

~Rigzin Dekhang~

My grandfather is a lively character, full of life but still carries his hatred of the Chinese. On the first night of Losar, he was seen singing and dancing with the younger folks around a bonfire.
Continue reading

Posted in Memoir | Tagged | Leave a comment

कविता : चिलहरु यावत कथा पढ्दैनन

~बलदेव भट्ट “बिहानी”~Baldev Bhatta 'Bihani'

आँखाको नानी लाई मटेङ्रा बनाए हुन्छ
बर्बादीमा हस्तिनापुर फेरी पनि उजेलोको अनुहार हेर्छ,
नगरबधुका मन्मथी बस्तुकलामा खोपिएको रापको चित्त
मेरै मटेङ्राले फुटालेको ढुकुरको छातीमा आदर योग्य बैंशको युग कोर्दैछ ।।

परालको कुर्कुच्चा लिएर हल्काराहरु मजुर को प्युठानी नाच हेर्छ्न Continue reading

Posted in कविता | Tagged | Leave a comment

सत्यकथा : वेदनाको क्यानभासमा पोतिएका रङ्गहरू

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

प्रिय पाठक, बिष्णु गौतमजी ‘समयको क्यानभासमा’ एउटा काल्पनिक कथा थियो । त्यसमा कथाकारप्रति हार्दिकता र आत्मीयता थियो । तर अहिले त्यसको विपर्ययको रूपमा तपाईँको यो कथा जीवन्त बनाउन गइरहेको छु । भन्नुको अर्थ त्यो काल्पनिक कथाको ठीक उल्टो यो पाठकप्रति आत्मीयता र हार्दिकताले समर्पित सत्यकथा लेख्न गइरहेको छु । यसका वाक्यवाक्य अझ भनू प्रत्येक शब्द सत्य छन् । कतै अयथार्थ र अवास्तविक पोतिएको छैन । वेदनाको क्यानभासमा मैले तपाईँको आदर्श जीवनको कथा थोरै भए पनि रङ्गाएको छु । यो मेरो तपाईँको वेदनाप्रति हृदयदेखि नै पोतिएको समवेदनाको थोरै रङ्ग हुनेछ ।
Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment