गजल : यन्त्र झै लाग्छन् शहरका मान्छेहरू

~शीतल कादम्बिनी~

यन्त्र झै लाग्छन् शहरका मान्छेहरू
कहाँ छ समवेदना पत्थरका मान्छेहरू

उनीहरू आफूलाई निकै माथि छु भन्छन्
तर कति तल देखिन्छन् अम्बरका मान्छेहरू Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा: त्यो पूर्ण चन्द्रको रात

~प्रकाश चन्द्र लोहनी~

पूणिर्माको दिन। दिनभरि गाउँमा जजमानी काम गरेर म थकित भएर घर र्फकंे। सामान्यतया यसरी साँझपख घर फर्किदा मेरी श्रीमती निर्मला गोठमा भएका तीनवटा गाईको स्याहार सुसारमा व्यस्त रहन्थिन्। तर त्यो दिनको दृश्य त्यस्तो थिएन। निर्मला गोठमा थिइनन्। घर पनि शून्य थियो। मलाई मनमा चिसो पस्यो। के भयो? पक्कै कतै गोलमाल छ। यस्तै प्रश्न गर्दै भर्‍याङ उक्लिएँ र बार्दलीमा पुगें। बार्दलीमा रहेको खाटमा निर्मला आँखाभरि आँसु लिएर बसिरहेकी थिइन्।

‘किन रोएर बसेकी,’ मैले आश्चर्य मानेर सोधें। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिम्री स्वास्नी

~घायल श्री~Ghayal Sri

एउटा सामान्य सेमिनारबाट नै उनले मलाई राम्रोसँग चिनेका रहेछन् । हुन त त्यसभन्दा अगाडिबाट नै उनले मलाई चिन्नको लागि धेरै प्रयास गरेका रहेछन् । आफु चिनेको र भेटेको प्रत्येक व्यक्तिसँग मलाई चिनाइदिने अनुरोध गर्दा रहेछन् । त्यस अवसरमा कतिले चिनेको छैन भनेर उनलाई निराश पार्दा रहेछन् त कतिले ‘भइहाल्छ नि, उहासँग मेरो राम्रै सम्बन्ध छ त्यसैले तपाइँलाई उहासँग परिचय मात्र होइन तपाइँको चाहना अनुसार Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य पत्र : सभासदहरुलाई निम्तो कुकुर तिहारमा

~सरोज थापा~Saroj Thapa

श्रीमान सभासद ज्युहरु ,

तपाइहरुको पार्टीगत अभिबादन त म उती सारो जान्दिन के के भन्नु हुन्छ,शायद जयनेपाल,लालसलाम आदि इत्यादी।तर म एक नेपाली हुनुको नाताले मन लागि नलागी पनि नमस्कार भन्न चाहन्छु सबैजनालाई समग्रमा। Continue reading →

Posted in पत्र साहित्य, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

लघुकथा : शुभकामना

~एकल यात्री~Ekal Yatri

दशैँमा समेत दशैँ खर्च नपाएको झोँकमा गर्दै आएको काम छोडेर नरमानले नयाँ काममा हात हाल्यो । काम त के नयाँ भन्नु, उही मजदुरी न हो, साहूको पसलमा । तर ठाउँ नयाँ, साहू नयाँ, साथीहरू नयाँ, परिवेश नयाँ र शायद ज्याला नयाँ ।

दशैँ जस्तो भए पनि तिहार राम्रै बित्ने भयो भन्ने सोचेर नरमान दंग पर्‍यो र तिहारको किनमेलको योजना बुन्न थाल्यो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : हाम्रालाई विशेष, तम्रालाई निषेध

~महेश थापा~Mahesh Thapa

मुढोको सट्टा देशकै घुँडो ताक्ने डाक्टर फुर्कोधारीलाई प्रहरीले धरपकड गरेको विरोधमा एकथरी मानवअधिकारकर्मी र बुद्धिजीवीहरू सडकमा निस्केको दृश्यले बिसञ्चो भएको आँखा निको नहुँदै विखण्डनवादीको पक्षमा आवाज उठाउने क्रान्तिकारीहरूको तुजुक हेर्नुपर्‍यो।

छोराको हत्यारामाथि कारबाहीको माग गर्दै अनशन बसेका वृद्धले इहलोक त्यागेको अपत्यारिलो Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : टी ब्रेक

~विनोदविक्रम केसी~Binod Bikram KC

पाँच दिनकी सुत्केरी फूटपाथमा भीख माग्न बसेकी छे। एकदमै ‘अन्डरवेट’ लाग्ने नवजात शिशु घरी आमाको स्तन चुस्छ, घरी अत्तालिएर रुन्छ। उसको रुवाइ शहरका अनगिन्ती होहल्लामा पुरिन्छ यत्तिकै। शहरको व्यक्तित्वको अनिवार्य पक्ष के हो? निष्करुणता शायद।नेपाल टेलिकमको भित्तामा अडेस लाएर बसेकी छे सुत्केरी।

अनुहार चिल्लो छ। सुत्केरी हुँदा नेपाली महिलाले पाउने चिल्लोचाप्लो स्याहार भने पाएकी होइन उसले। बस्, सुत्केरी भएकीले यत्तिकै चिल्लो छ उसको अनुहार। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एक साँझ चोरबाटोमा

~यम बाँस्तोला~Yam Banstola

भाग्न सकिन
कोशीको रफ्तारमा
सकिन लुक्न
हाम फालेर असला झै कुरभित्र
साँझ: धमिल्याउँदै थियो बाटो
अस्ताउँदै थियो आँखाको ज्योति
घामको बाटो हुँदै― Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बूँद रानाका ३ हाइकु

~बूँद राना~Boond Rana

चिनियाँ च्याङ्ग्रा
वर्षौं कुरेर बस्छन्
नेपाली दशैं

तिमी आए छौ Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

गजल : दुई भाइ लडदैछन् अरे

~निर्मला अवस्थी~Nirmala Awasthi_1

आज पनि दुई भाइ लडदैछन् अरे
दिन दिनै शत्रुहरू बडदैछन् अरे।।

जति सुझाव दिएपनि केही लागेन
संविधान लेख्न नेता हड्दैछन् अरे।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : मरुभूमिमा झरनाको तलास थियो

~शारदा घिमिरे भैल~

मरुभूमिमा झरनाको तलास थियो
वर्षौंदेखि नमेटिएको प्यास थियो।

पत्थरै पत्थरको वस्तीमा पनि
एकमात्र ऊ मुटु छुने खास थियो। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : माटोमाथि उभिएर

~नरेन्द्रकुमार नगरकोटी~Narendra Kumar Nagarkoti

जून नउदाएको रात
कसरी हेर्नु माटोको परिचयपत्र !

वर्षौं भयो
बिर्सिएर आफूलाई समेत
खोजिरहेछौं हिउँमा कुँदिएका
पाइतालाका डोबहरू
हामीले नै टेकेका हौं
पहिलो पाइला
लेख्नेहरूले लेखिदिएछन् –
‘दोस्रो पाइला टेकेका हौ तिमीहरूले’ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : Echoing Civilizations from Sands’ Valley

~Ram Prasad Prasain~Ram Prasad Prasain

Having adhered
Into the gist of existential continuum
Peace is getting bloomed
Slowly and steadily
Lampooning the germinated seeds in human desires
Pompous outlined of headaches and heartaches
With Amity and Enmity Continue reading →

Posted in Poem | Tagged | Leave a comment

गजल : मेट्न कसैले यहाँ कसैको नाम भएन

~ज्ञानुवाकर पौडेल~Gyanuwakar Paudel

मेट्न कसैले यहाँ कसैको नाम भएन
गतिलो तिम्ले’नि गरेको कुनै काम भएन

जता हेर्यो उतै देख्छु अचेल रावण मात्रै
सीतालाई बचाउन यहाँ एउटा राम भएन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : काठमान्डू प्रति

~सीमा आभास~seema avas

काठमान्डू छिरेपछि स्वयम्
काठमान्डू बन्न खोज्छ मान्छे ।
चोभार थुनेर पौडिन खोज्छ,
सक्तैन
महाराज बन्न खोज्छ, बन्दैन
आफूले थेगेको आकाश हेर्छ, जमिन
हेर्दैन
विक्षिप्त हुन्छ र
काठमान्डूको नाकैमा
उभिएर
गर्छ सत्तोसराप ।
आफ्नो उचाइ नाप्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : चुनाव २०७०

~नारायण सुवेदी~

‘चुनाव ता फेरि पनि आइयो नि रामकली बहिनी!’

‘अँ क्या दिदी! पाँच वर्ष गइसकेछन् नि भोट हालेको पनि!’

‘गए त बहिनी। जान त गए। तर कति धौ–धौसित गए भने त यै मनलाई थाहा होला। सुखीका दिन छिटो जान्छन् रे। दुःखीका दिन कष्टले ढिलो जान्छन् भन्छन्। केके न हुन्छ, केके न पाइन्छ भनेर भोट हाल्न गइयो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तोरी लाहुरे

~प्रवीण भट्टराई ‘विप्लव’~Prabin Bhattarai 'Biplav'

तिमी तोरी लाहुरे
म डोरी लाहुरे
अनि बले साच्चिकै लाहुरे
मसिने सिंगापुर पुलिस
द्रोणे बु्रनाईमा शुल्तानी गार्ड
रामे भारतीय लाहुरे
श्यामे कर्नाट प्यालेसमा क्याप्टेन
फरक एति हो
तिमी टाउकोमा
लेवल सम्म नखोलेको
चश्मा अड्काउदै
चप्पल पड्कादै
ओल्लो गाउा र पल्लो गाउको
तोरी बारीमा
गाउाघरका ठिटी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : गीतको के कुरा…., जिन्दगी जिन्दावाद !

~आभास~Aavaas - Achyut Prasad Phuyal

अति सरलताले भनुँ कि सस्तो पनले भनुँ ? खै केले भनुँ ? साधनाका विधाहरुमा समेत हिजो आज गम्भीर साधकको त्यति महत्व रहेन । सन्दर्भ सब्गीतको, बेला बखत नेपालको वर्तमान साब्गीतिक चेतनाका बारेमा मित्रहरु बीच चर्काचर्की पर्छ । यस्तो बेला म पनि अनाहकमा छचल्कँदो रहेछु । मानौं नेपालीको नेपालीत्व जोगाउने ठेक्का मेरै थाप्लामा छ । बेफ्वाँक ! तर चित्त नपरेको कुरा त ओकल्नै प¥यो नि ग्̂ हो त्यही अधिकारको उपभोग गर्न खोज्छु । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : अस्तिव

~बिक्रम श्रेष्ठ “सागर”~Bikram Shrestha 'Sagar'

**अस्तिव**
जीवन अस्तिव अमर बनाऔ।
घडीको पला संगै आत्मसात गरौ ।।

शैशवावास्था देखि झेल्दै परिवर्तन।
अङ्कुरित बिज गर्दछ स्वरुप धारण। ।

नियम हो यो परिवर्तन प्रकृतिको। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पत्थर जस्तो म

~दशु राई~

प्रभु! प्रणाम
हे ब्रहमाण्डका पिता
हजुरको हुकुम बक्स भए
म आफ्नो अस्तित्व
पत्थर मा खोज्न चाहन्छु ।
चौरासि हजार जुनि छैन
किन पत्थर?प्रश्न उठ्छ भने
प्रभु हजुरको अपार् सृस्टि यो
जन्म मृत्यु,मिलन बिछोड
सानो ठुलो ,धनि गरिब
एकको प्राण अर्काको ज्युने आधार Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निराजन ‘प्रभात’का केही गेडीहरु

~निराजन ‘प्रभात’ लुईटेल~Nirajan Luitel

१)
फूलै फूल्यो चमेली,वास्ना चल्यो हरर
लान्छु कान्छी छिट्टैनै,मोटरमा सरर
नानीले
लट्ठै पार्यो तिम्रो बानीले ।

२)
इन्द्र झुक्छ रुपमा,रुपै तिम्रो नामिछ
सबै गुण तिमिमा,मात्रै मेरो कमिछ Continue reading →

Posted in गेडी | Tagged | Leave a comment

कविता : मृत्यु, जीवन र विम्वहरु

~राम प्रसाद प्रसाईं~Ram Prasad Prasain

विम्वहरु कति बाँच्छन् र?
विम्वहरु किन बाँच्छन्?
विम्वहरुको मृत्यु घोषणा गरे के हुन्छ?
हाम्रो बचाइ नै विम्वात्मक छैन र?
विम्वहरुको मृत्यु घोषणाले
बचाइ राख्छ त हाम्रो अस्तित्व?
यौनकुण्ठाले होस् वा
चिन्तनकुण्ठाले मगजमा हाइड्रोसिल
र
अण्डकोष ट्युमरग्रस्त
मकर नुहाउन खोला तीर झरेको बुढो कैलेनुरजस्तै
सोचे होलान् हाइदेगार बाजेले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : चारैतिर तिमीलाई खोजे

~योगेन्द्र गिरी ‘संघर्ष’~yogendra giri 'sangharsha'

चारैतिर तिमीलाई खोजे तिम्रो माया पाउन सकिन कतै
मलाई एक्लै छोड़ी पराइसग भुल्दै छौकि कतै

सोचेको थिइन तिमीले मलाई धोका दिन्छौ भनेर
भुल भएछ तिमिसग माया गास्न नि कतै Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरी बहिनी देवी

~विक्रम सुब्बा ~Bikram Subba

उसले बतासलाई धक्का दिँदै नाच्दा
रोटे पिङ रमाएर घुमे जस्तो लाग्थ्यो
ऊ फूलझैँ मुस्कुराउँदा
नजिकैबाट सयपत्रीको वास्ना चलेजस्तो लाग्थ्यो
उसलाई कतै गइरहेको कतैबाट आइरहेको देख्दा
लिङ्गे पिङमा मच्चिएको जस्तो लाग्थ्यो
उसको प्रफुल्ल अनुहार देख्दा
झिलिमिली बत्तीहरु बले जस्तो लाग्थ्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : थकित एउटा चेतनाको फूल

~कृष्ण वस्ती~Krishna Wasti_1

कानमा रात हालेपछि सिरक ठानेर निदाउँछ ,
बिहानै एक कप सूर्य पिएर मनलाई काममा फिजाउँछ,
बाटोमा मुक्तक-कविता र गीतका अनाथ नानी बटुल्दै , Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

व्यङ्ग्य कविता : चम्किलो प्रतिबिम्ब

~नवीन लामा `सुरेश`~Nabin Lama 'Suresh'

पहराको आँशु छहरा बनी झर्ने मेरो देशको बयान म के गरुँ ?
आशु सबै समेटेर आफ्नै काखमा राख्ने तालको बयान म के गरुँ ?
नाताबाद र कृपाबादको खास्टो ओढाएर
ढकमक्क फूल फूलाउने मालीको बयान म के गरुँ ?

हे प्रभु हे ईश्वर रक्षा गर है तिमीले नियतीको कालो बादल मडारिँदैछ Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लेख : कतारी श्रमिक डायास्पोरा र अबको हाम्रो साहित्यिक यात्रा

~हेमन्त परदेशी~Hemant Pardeshi

कतारी श्रमिक डायास्पोराको साहित्यिक इतिहाँसलाई नियाल्दा बिषेशत साठीको दशक यता थुप्रै स्रष्टाहरुले विविध बिधाका अनेक कृतिहरु पस्किसक्नु भएको छ । नाम नसुनिएका कृति र कृतिकारहरुलाई अलग्गै राखेर हेर्दा पनि त्यस यता झन्डै डेढ दर्जन बेसी विभिन्न बिधाका पुस्तकहरु प्रकाशन भइसकेका छन् । जसमध्ये कान्तिपुरकर्मी देवन्द्र भट्टराईको ‘रेगिस्तान डायरी’ले नेपाली वाङ्मयमा छुट्टै स्थान कायम गरेको कुरा समेत सर्वविदितै छ भने बाँकी कृतिहरुमा लक्ष्य एक गोरेटो अनेक (उपन्यास)२०६२ Continue reading →

Posted in लेख | Tagged | Leave a comment

संस्मरण : जेरुसलेमको अबिस्मरणिय सम्झना।

~दिप्स शाह~Deeps Shah

१८ अक्टोबर २०११
पूर्वतिर छ्याङ्गै आकाश खुलेकोछ मानौँ निलो च्यादर अनन्त फैलिएकोछ। जस्तो मेरो घर माथिको द्यौरालीबाट देखिन्थ्यो बिशुद्द नेपाली आकाश। अक्टोबर महिनाको आकाश, धर्ती, फूलपात, हावाको बयली, भुल्काभुल्की बादल सबै सबै मलाई असाध्यै मन पर्छ। यही चुल्बुले मौसममा मैले धर्तिमा पाइला टेकेको भएर पनि होला शायद Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

रामु चञ्चलका केही हाइकुहरु

~रामु चञ्चल~Ramu Chanchal

१) दशैंको बेला
आर्शिवादको वर्षा
चाडै नै मर ।।

२ )अध्याँरो रात
अल्लारेको उन्माद
वेश्याको कुटी ।। Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

गजल : तिमीसंग टाढा भई बसेकी छु

~निर्मला अवस्थी~Nirmala Awasthi_1

धेरै पटक तिमीसंग टाढा भई बसेकी छु
तिमीलाई कुर्दा कुर्दै झकाएर खसेकी छु।।

यस्तै त हो जीवन सधै साथ कहाँ हुन्छ भन्दै
खुशिहरू समेटेर मुटु भित्र कसेकी छु।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : कान्छु गाँउमा, घासको भारी

~कुमार के.सी.~

कान्छु गाँउमा, घासको भारी कस्तो लाग्यो?
पानी नलाग्ने खेत, त्यो टारी कस्तो लाग्यो?

जुङगाले घोच्यो काले भन्थेयौ त मलाई सधै
तिम्रा बुढाका,लामालामा दार्ही कस्तो लाग्यो? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : निष्ठाको भगवान

~आयुष चौधरी ‘सम्मोहन’~Ayush Chaudhari 'Sammohan'_1

एका विहानै निष्ठा काठमाण्डौ जानकोलागी ठाँटिएर बसेकी छ । उसको जन्मको प्रसव–पिडाबाट उसको आमाको मृत्यु भएकोले समाजको दृष्टिमा उसले आमा खाई । आमाको न्यानो काखमा खेल्ने उमेरमा सौतेनी आमाको गाली ,हप्किदप्कि खाएकी निष्ठाले आफ्नो बाल्यकालमा कहिल्यै हाँसो खुसीको रङ्ग महशुष गर्न पाइन । त्यसैले पनि होला उ मन्दिर धाउथी र आफ्ना सारा पिडाका महासागर बगाउथी । पानी पंधेरो गर्दै निष्ठा Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment