~इन्दिरा क्षेत्री~
नाम तिम्रै काम तिम्रै,ख़ाली मेरो हात थियो।
लाग्थ्यो अब यही हाम्रो,नयाँ सुरूवात थियो।।
तिम्ले साथ नदे’को भा,हुन्न थ्यो लक्ष्य नजिक।
तिम्रो मिठो बोली भित्र,हौसलाकै बात थियो।। Continue reading
~इन्दिरा क्षेत्री~
नाम तिम्रै काम तिम्रै,ख़ाली मेरो हात थियो।
लाग्थ्यो अब यही हाम्रो,नयाँ सुरूवात थियो।।
तिम्ले साथ नदे’को भा,हुन्न थ्यो लक्ष्य नजिक।
तिम्रो मिठो बोली भित्र,हौसलाकै बात थियो।। Continue reading
~ऋषि शर्मा ‘सुदामा’~
१
कसैलाई हिक्क हिक्क भएछ
कसैलाई हाँस्न ठिक्क भएछ
देखेर आफ्नो परिबेशको चित्र
सुदामा साह्रै दिक्क भएछ । Continue reading
घाईते मनलाई के दिन्छ्यौ पीडा दुख्दैन उन्दा झीरमा पनि ,
रुझेको मनलाई के दिन्छ्यौ आँसु रुँदिन अब पीरमा पनि ||
खुसीमा मात्रै के दिन्छ्यौ हाँसो हाँसेर रमाउ आँसुमा पनि ,
बागमा मात्रै नरमाउ तिमी फूलहरु फुल्छन भीरमा पनि || Continue reading
रातको नौ बजिसकेको थियो। सडकहरु सुनसान झै थिए। मेरो फोन जुमानले उठाइरहेको थिएन। म भित्र शंका उपशंकाले डेरा जमाउन थाल्दै थियो। हतार हतार मेरा पाईलाहरु नाइफ स्क्वायर देखी होर्लान्जसम्मको सडक नाप्न आतुर भइरहेथे। बेला बेला सडक खाली भएको मौका Continue reading
आमा
तिमीले पत्कर बालेरे जगाइदिएको मेरो ज्योतिमा
म आज सुर्य खोजिरहेछु
ता कि भोलि कुनै आमालाई पत्कर सोहोर्नु नपरोस्
आमा
तिमीले फोक्सै सुकुन्जेल फुकेर बालेको दाउरामा
म आज उर्जा खोजिरहेछु
ता कि भोलि कुनै आमालाई ढुँग्रो फुक्न नपरोस्
दिनभरी बारीमा मकै रोपेर
बदाम गोडेर, साग टिपेर
गलित शरीरले विरामी हुँदा नि
एक गाँस तातो पकाएको
मैले बिर्सिएको छैन, आमा Continue reading
१
माया लाग्छ मलाई आफ्नै नेपालको ।
संसारको उच्च गौरब हाम्रै सगरमाथा ।
पहिचान परिचय छवि हाम्रा ढलेका छन् । Continue reading
प्रिय
सक्छौ माफ गर
सक्दैनौर पनि माफ गर!
हुन सक्छौ
तिमी
कोमल मैन हौ
सुवासित फूल हौ । Continue reading
लजाउदा कतिराम्री नबिसाई हेरिरहु
मनभरी लुकाएर अङ्गालोमा बेरिरहु
रहर लाग्दा अङ्गहरु असिमित खुशी
आराधना गर्छु सधैं एकान्तमा बसी Continue reading
सुगन्ध कहीं फूलमा र कहीं पातमा हुन्छ
दिनको छटपटी बिर्से मधुमास रातमा हुन्छ
भोको, काकाकूल, प्यासी र बेहोसी मान्छे पनि Continue reading
यस्तो कहिल्यै भएको थिएन । कहाँ खोज्ने ? कसलाई भन्ने ? पत्याउने होइनन् । बरु मलाइ सबैले बौलाहा भन्लान् । तर, समाधान त चाहिएकै हो । धेरैपल्ट मैले त्यो वर्ड फाइल खोलें । हेरें, बन्द गरे । टेम्पररी फोल्डरमा पनि त्यही नामका स्क्रयाप फाइल खोली हेरें । अहं छैन । कता गयो गयो । Continue reading
एक जना राजकुमारलाई कथा सुन्ने निक्कै शोख रहेछ । ऊ राती कथा नसुनिकन निदाउनै नसक्ने रहेछ । दरबारमा कथा सुनाउनकै लागि नोकर-चाकरहरु पनि रहेछन् ।
एक दिन एक जना नोकरलाई राजकुमारबाट कथा सुन्न मन लागेछ । उसले राजकुमारलाई भनेछ ‘आज सरकारबाटै एउटा कथा सुन्न पाए म कति भाग्यमानी हुने थिएँ ।’ नोकरको चिप्लो कुरा सुनेर राजकुमार पनि फुरुंग परेछ र कथा भन्न थालेछ – Continue reading
जाडोले मुटु नै काँप्न थालेको छ । सायद माघको महिनामा पानी परेर होला यो पटक अलि धेरै जाडो मान्दैछु । अगेनामा हालेको दाउरा पनि निभ्न थालिसकेछन् । रातको नौ बजिसकेपछि अब अगेनामा खरानी हेरेर बस्नुको औचित्य रहेन । सुत्नका लागि बिस्तरा भएको कोठातिर लागें । बाहिर सिमसिम पानी परिरहेको छ । अलि–अलि हावा पनि छ त्यसैले होला मुटु नै छुने जाडोको अनुभूति भएको थियो । Continue reading
त्यो निलो आकाश भैदिए तिमी
जुनेली रात बनेर आउँथे म
अध्यारो ठाँउमा बसेकी भए
चाँदनी बनिझ्यालबाट च्याउँथे म
बगैचा यदि भैदिए तिमी , मालीको भेषमा आउँथे म घुम्न Continue reading
~K. Anish Pokharel~
Abhaya finally got rid of his uneasy dream. It was already nine in the morning. This seemed unusual; but that day he had reasons for oversleeping. However, he was not sure what may have caused it, but his countenance spoke of his not-so-good night’s rest. Continue reading
तिमी नै भोला तिमी नै नाथ ।
सबमा तिमी छौ तिमी नै सबमा ।।
यो जग सारा तिम्रैवशमा ।
तिमी नै भोला तिमी नै नाथ ।।
पावन पारस प्रभुको राग ।
गाऊन सकूँ म दिन र रात ।।
दयाको सागर प्रभुको द्वार ।
जो कोही आउँछ पाउँछ पार ।। Continue reading
लेकका हामी केटाकेटी
कुईरो भित्र स्कुल छ
चौँरीलाई चराउँदै दिन बित्छ
पढ्नु र लेख्नु मुस्किल छ Continue reading
आज बिहान ५ बजे मोर्निङ् वल्क गएर र्फकंदा भर्खर ६:३० बजेछ । आज शनिबार, तेसैले जुलियाको अनुपस्थितिमा मेरो मनमा किन किन अशान्ति बढिरहेको छ । म कोठामा सुतिरहेको Continue reading
~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~
चौतारीमा साईकल अड्याउँछ
र एकैछिन सियाँलले जिउ भिजाउँछ ।
जुवाडेहरुको छेउ बसेर
आखाँ तन्काई तन्काई सत्यले हेर्दैन;
खेल्नु त परै जाओस् ।
‘कुन रङ बोल्ने ?’
वास्तवमै सत्यले तासको रङ चिन्दैन,
सत्य बेकम्मा भएर बस्दैन ।
यत्ति थाहा छ;
परिश्रमको रङ रातो हुन्छ । Continue reading
संविधानबाट संवि झिकेर बचेको धान लगेर सुदुरमा खुवाईयोस्
कानुनबाट का झिकेर बचेको नुन कर्णालीमा पुर्याइयोस्
नयाँ संविधान कस्तो बन्छ थाछैन , त्यसैले संविधान बन्नु अधिनै Continue reading
हेर ममा घाउ नै घाउको खाटा छ साथी
भित्र मनभरी ठूलै ज्वारभाटा छ साथी
यो जिन्दगी पनि खै के जिन्दगी भन्नु ?
बाचेको छु तर पलपल घाटा छ साथी । Continue reading
~इन्दिरा क्षेत्री~
तिम्रो मेरो प्रेम कथा,लेख्नु थियो प्रिय।
पुराना ती ईतिहास,मेट्नु थियो प्रिय ।।
मेरो दु:ख र सु:खमा,साथ दिन्छौ भने।
तिम्रो मायाँको संघार,टेक्नु थियो प्रिय ।। Continue reading
~जयन्ता पोखरेल~
बोक्न मन छ !
छातीमा आकाश अड्याउनु कसरी ?
खस्दै छ मुट्ठीबाट हतास
बगिरहन्छ आँखाबाट सम्झनाको मीठो तरेली
मुर्दा बनाउनु कसरी ?
थोरै प्राप्तिको चहकिलो आभास ।
लतपतिएर माटोसँग हुर्कंदै छन् मुटुका टुक्राहरु
नाबालक अनुहारको भाग्यमा
टुहुरोपनाको आफ्नै फोटो देखेर Continue reading
वकिल साहेब
फिराद, प्रतिउत्तर वा
मिलापत्रमध्ये
के हो त कविता ?
इन्स्पेक्टर साहेब
अभियुक्त
तहकिकात
र अभियोगमध्ये
के हो त कविता ? Continue reading
~सत्य नारायण रावत~
मान्छेहरु को भिड बाट एक्लिएको मान्छे !
दैब ले भाग्य लेख्दा ठगिए को मान्छे !!
हेमन्त को फुलहरुले सजिएको मान्छे !!!
म त अर्कै दुनिया को मान्छे !!!
आगो को ताप संग चिसाएको मान्छे !
बरफ को डल्लो संग तातिएको मान्छे !!
बतासको बेग संग आडिएको मान्छे !!!
म त अर्कै दुनिया को मान्छे !!! Continue reading
~गणेश खड्का “प्रतिक्षा”~
हरियो भन्नु सालको पात पहेंलो बेसार
यता नि पानी उता नि पानी लागेछ असार ।
पानीलाई पर्यो लै रिमिझिमी रुझ्यौ कि रुझिनौ
आँखाको चालले बोलाएँ मैले बुझ्यौ कि बुझिनौ ।
प्रिय सखा डल्ली,
असारको यो झम्के झरी सँगै सुमधुर सम्झना तिमीलाई । Continue reading
तारा टिप्न भनि हिडे बाटो भुलिएछ
आफैले टेकिएको माटो भुलिएछ
काडा छाडि अलि अलि रस पाए पछि
आशुसग मिसिएको टाटो भुलिएछ Continue reading
आदरणिय दिदी बहिनीहरु!
आज म यहाँहरुको अघि यसरी ऊभिन पाउदा भाव विह्वल भएको छु। तपाई दिदीबहिनी मात्र होइन तपाईहरु आमा हो । आमा सृष्टीको मुहान हो र ममताको खानी हो।‘। उ बोल्दै थियो। ‘आजको युग भनेको सभ्यताको युग हो। सभ्यताको शुरुवात हो नारी । ऊठ्नुस , Continue reading
~प्रेम वली~
हेर त मोदी दाइ
बिग्रिएका तिम्रा भाइ
कोही सिल्ली जस्ता
कोही बिल्ली जस्ता
कोही चुसी फाल्ने
चुरोटका खिल्ली जस्ता
न लेख्छन््
न लेख्न दिन्छन्् Continue reading
~सातोमी तोन~
अनुवादः विजय चालिसे
उमेर तीस काटिसकेको भए पनि अझै अविवाहित नै थिई ऊ ! यतिबेला वायाँ कोल्टे पल्टेर रातो प्रकाश फालिरहेको ढकनीदार बत्तीदानीमा बलेको बत्तीको उज्यालोमा पत्रिका पढिरहेकी थिई । रात निकै चिसो र उराठलाग्दो थियो । हावाको चालचुल थिएन । आधा रात नहुँदै राती अबेरसम्म सडकमा ओहोरदोहोर गर्ने मानिसको स्वर पनि बिस्तारै कम हुँदै गइसकेको थियो । Continue reading
शोलुखुम्बु भन्दा केही पर चिटिक्क परेको एउटा गाउँमा निमाको घर थियो । घर सगरमाथा जाने बाटैमा पथ्र्यो । त्यसैले निमाका बाबु मिङ्माले होटेल थाप्नु भएको थियो । होटेलमा आमा डोलन र दिदी पासाङ बाबालाई सघाउँथे । सानो भए पनि निमा विहानबेलुका र विदाको दिन भेडा चराएर आमाबालाई सघाउने गथ्र्यो । दिउँसो ऊ दिदीसँगै नजिकैको पाठशालामा पढ्नजान्थ्यो । संसारकै सबैभन्दा अग्लो Continue reading
* एउटी चेलीको आत्म व्यथा *
सोचेको थिए आराम र विलासी,
यहाँ कोठामा बसेछु, चढन पाए हुन्थो फासी,
घृणा र देह व्यापार,
म माथी नै सबै अत्याचार,
जर्बजस्ती गर्छ छन मै माथी,
बाध्य छु काट्न दिन र राति,
आफ्नै गाउको सोझो दाई,
यहा बेची गर्यो गर्न नहुने अन्याय, Continue reading
वृद्ध–वृद्धा थिक घरक बडेÞरी छथि समाजमे देव समान ।
सदा ओ सोचथि सभक हिक करथि जन–जनकेँ कल्याण ।।
कौवा कुचरऽसँ पहिने उठिकऽ गावथि नित भोर पराती ।
टोल परोशक निन्नकेँ तोरैत जगावथि बेटा, पोती, नाती ।।
पोछैत पसिना जुवानीमे केलनि नहि ओ रौदक परवाह । Continue reading