कविता : पहेँलो रंग

~सरस्वती प्रतीक्षा~Saraswoti Pratikshya

ओ, सुलतान हसनल !
हामी दुवै एउटै रंगको सपना देख्दा रहेछौँ
पहेँलो रंगको ।

तिम्रो ग्यारेजमा राखिएका
सात हजार कारहरुमध्ये
कतिवटा कारहरु सुनले बनेका छन् ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय छिमेकी

~दीपेन्द्र श्रेष्ठ~

के गरुँ छिमेकी ?
म नियति बदल्न सक्छु
छिमेकी बदल्न सक्दिनँ !
बरु रगत बगाउन सक्छु
सिमाना खुम्च्याउन सक्दिनँ !

गर्व लाग्छ मलाई
मेरा छिमेकी शक्तिशाली छन्
परिवार उनको ठूलो छ
सन्तान उनका सिपालु छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आँधी र स्मृति

~गीता त्रिपाठी~Geeta Tripathi

स्मृतिको आँधी रोकेर
उभिएकी छु
तीन दशकअघिको गोरेटोमा ।

टिफिन बक्सको आकारमा आफ्नै खाली हत्केला
काखीमुनि बालकजस्तै च्यापिएको किताब
र स्कुल ब्यागको अनौठो कल्पनामा
दोबि्रसकेका छन् पुस्तकका छेउकुनाहरु
अझै पनि रित्तै छ पानीको बोतल
तर भरिएको छ
वरिपरिका अनन्त अभावहरु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : प्रेमको मात

~छवि आचार्य~Chhabi Acharya

मलाई मात लागेको थियो । प्रेमको मात । आफ्नो प्रेमको लागि आत्महत्या गर्ने मात । एकछिन घोरिएँ तालको गहिराइतिर फर्किएर । यो त्यही ताल हो जसको किनारमा बसेर उनी र म गफमा घण्टौ बिताउँथ्यौं । सोचेँ ‘उसले मलाइ आफ्नो सोच्न चाहिन यति समयसम्म भने अब म उ भनेर के बाचौं, फेरि उ बिना बाँच्न पनि त सक्दिन, तड्पिनेछु धेरै, जिन्दगीभर ।’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कम्प्युटरमा ईश्वर

~भूपिन ब्याकुल~Bhipin Byakul

कम्प्युटरमा
नभएको स्वर्गबाट
देवीले पठाएको इ-मेल पढिरहेका छन् –
ईश्वरहरु !

इन्टरनेटमा
देवीहरुसंग
कामुक लयमा
साइबर सेक्सका कुराहरु गरिरहेका छन् –
ईश्वरहरु ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : किन मरें हुँला

~बलराम तिमिल्सिना~Balaram Timilsina

हाँसी हाँसी विदा माग्ने काम किन गरें हुँला
घरी घरी लाग्छ अहो म त किन मरें हुँला

जव जित्छन् जनताबाट हिजै धूलो चाटेकाले
विहानीको तारा बनी अहो किन झरें हुँला Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : घरबाट आमाको चिठी आएको छ

~प्रकाश सायमी~Prakash Sayami

मैले सम्झे त्यो मेरो घर ।
जो एक्लो छैन यो मुलुक जस्तै ।
त्यो घर म खूब सम्झिन्छु, घरको कोठा सम्झिन्छु
कोठाका कुना कुना सम्झिन्छु तर बिर्सिन्छु आफैंलाई
आमाको पत्रमा
वज्यैको चर्चा छ
वज्यै एक्लै सुसाईरहन्छिन् र कोठाको शून्यतामा
आफ्ना तस्विरहरु सम्झेर ।
वज्यैको कोठा उज्यालो छ
त्यहाँ एउटा वूढो दराज छ
जहाँ माया ममताका शव्दकोषहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : हाकुचाको भट्टीमा बुद्धिजीवीहरूको बहस

~नरेन्द्र पराशर~Narendra Guragain 'Parasar'

कुरो चालिसको दशकको शुरूआती दिनहरूकै हो । बामपन्थीहरूले पञ्चायती चुनावमा गहिरो राजनैतिक ‘चासो’ देखाएर ‘उपयोग’ गरेको विषयमा ‘दरबार’ एकप्रकारले अनिर्णयको बन्दी भएको थियो । पञ्चायती संसदमा ‘बाम’ स्वर चर्को हुँदै जान थालेपछि यसको ‘असर र प्रभाव’ को परिणाम के कस्तोरूपले राजनीतिमा देखा पर्नसक्छ भन्ने बिषयमा दरबार Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ओझेल परेकी आमा

~ गिता थापा ‘दोषी’~Geeta Thapa Doshi

‘नानी तँ आज यतै बसे हुन्न ? ‘ आमाको मुखबाट त्यो वाक्य निक्लिँदा म अवाक भएर आमातिर हेरीरहेँ । मेरो मौनता चिर्दै आमाले फेरि उही वाक्य दोहोर्‍याईन् ‘तँ यतै बसे हुन्न ? एक रात बस्दा के बिग्रँन्छ ? सासूले हेरिहाल्छिन् छोरो । अब त छोरो भात पनि खान्छ क्यार ! Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कल्पना ‘भाबुक’का ४ मुक्तकहरु

~कल्पना ‘भाबुक’~Kalpana Giri 'Bhawuk

(१)
तिमी बिना जिन्दगी यो चल्दैन झैँ लाग्न थाल्यो
छाडि गए मनको दीप बल्दैन झैँ लाग्न थाल्यो
तिम्रै सम्झनामा चल्छ मुटुको यो धड्कन पनि
तिमी बिना अर्थी मेरो जल्दैन झैँ लाग्न थाल्यो |

(२)
आऊ प्रिय दुवै मिलि एउटा कसम खाउँ आज
हाम्रो माया अमर पार्ने मिठो गीत गाउँ आज Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : डाक्ट बन्ने रहर !

~बिजय चालिसे~Vijay Chalise

सिधासाधा हिसाबमा मजस्तो आम नेपालीहरुले डाक्टर भन्नासाथ विमी हेर्ने र रोग निको पार्ने मानिस संझेका हुन्छौं । शहरबजारका एक नम्बरी डाक्टर हुनका लागि विशेष रोगको विशेषज्ञ नै हृुनुपर्छ । तर यही कुरा स्थानभेद, सुविधाभेद, सभ्यताभेद आदि के के भेदका कारण सबैठाउँमा समान रुपमा लागु हुँदैन । दरबन्दी भएर डाक्टर सधै बेपत्ता हुने अस्पतालमा सिस्टर, हेल्पर, स्वीपर जुनबेला जो फेला प¥यो, त्यही डाक्टर हुन्छ । Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : जिन्दगीले कहाँ पुग्छ्स? सोधेर गयो

~नरेश रोकाहा~Naresh Rokaha

जिन्दगीले कहाँ पुग्छ्स? सोधेर गयो
बिना टुंगो मलाई बाटो छोडेर गयो ||

म चाहन्थें आकाश छुन चन्द्रमा छुन
आफ्नालेनै थोत्रो भर्यांग भाँचेर गयो || Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : रजत जयन्ती

~गोपालप्रसाद रिमाल~Gopal Prasad Rimal

आज रजत जयन्ती ।
आँखा, तँ बन्द हो-
तेरो नक्कलझक्कलको आज के काम ?
कान तँ टालिई-
तेरो सुँघ्ने शक्तिलाई आज बिर्सिदे
यो उत्ताउलो फूलले लटरम्म वसन्त त होइन ?
दशै इन्द्रियहरू, आफ्ना आफ्ना थान्का लाग ।
तिमीहरूको घमण्डको पखेटा
आज काटिदिन्छु ।
जोसित इच्छा छ उसैसित सोध ।
सबै एकै स्वरमा जबाफ दिनेछन् !
“आज हाम्रो आनन्द दिवस हो-
यो दिन ननिभ्ने गरी उज्ज्वल छ; Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल गीत : मेरो गाउँ ज्यामिरे

~रामेश श्रेष्ठ~Ramesh Shrestha

मेरो गाउँ ज्यामिरे, जमुनीको छोरो म
काले भन्छन् मलाई, तर मान्छे गोरो म

सबै पढ्न गएछन्, जान्ने सुन्ने भएछन्
म त अझै गोठमा,छैन हाँसो ओठमा Continue reading →

Posted in बाल गीत | Tagged | Leave a comment

स्वदेश गान : देशले रगत मागे

~गोपाल योन्जन~Gopal Yonjan

देशले रगत मागे मलाई बली चढाऊ
रुँदिनन् मेरी आमा ऊ नेपालकी छोरी

बुढेसकालका लागि देश यज्ञभित्र होमी
मेरी बुढी आमा गोठमै हाँसी खुशी देखिन्छिन । Continue reading →

Posted in स्वदेश गान | Tagged , | Leave a comment

गजल : दिलभित्र तिम्रै लागि चोखो माया

~भगवती बस्नेत~Bhagwati Basnet

दिलभित्र तिम्रै लागि चोखो माया साँचिरहें
कहिले होला भेट भनी औंलाहरु भाँचिरहें

अध्यारो यो जीवनलाई उज्यालाले छर्छु भन्दै
उकाली र ओरालिमा रुदै भिज्दै नाँचिरहें Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : पहिले मानव अहिले अर्थोक

~भिम प्रसाद घिमिरे~Bhim Prasad Ghimire

मलाइ पनि त्यस्तै लाग्यो
झुट्टा बोल्दा रहेछन् डार्बिन
बाँदर थियो रे मान्छे
होमोस्यापिन्स, रामापिथेकस के के हो के के
विकास हुँदै आएको रे
उस !
ताक्दै प्रहारका मौका गरेजस्तो आदर
कंक्रीटका जंगल कहाँ बनाउँछ बादर
पत्याउदिन लौ जा ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : त्यो मनभित्र यो मन मेरो

~बुद्धि मोक्तान~Buddhi Moktan

त्यो मनभित्र यो मन मेरो, पसेपछि जन्ती आयो
फूल हुन कोपिला त्यो, बसेपछि जन्ती आयो

अध्याय ती प्रतीक्षाका पलभरमै अन्त गर्दै
पूर्वी आकाश ताराहरु, खसेपछि जन्ती आयो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

अनूदित कविता : म तिम्रो

~मेहराब रहमान~
अनुवाद : कुमुद अधिकारी

के चाहन्छ्यौ तिमी ?
दीर्घ समय चाहन्छ्यौ कि तिमी देहको वार्तालाप,
चौथो प्रहरमा चारवटा रक्तिम ओठहरूको दुष्ट कम्पनkumud Adhikari_1
रगतमा तिम्रो आँधीको उष्ण नशा,
र सुखको जीवनयापन ? Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

छोक : टुक्रिएको बिश्वास

~नविन लोचन मगर~Nabin Lochan Magar

एक कुट्को सुपारी
छरपष्ट दिमागमा
टुकु–टुकु हिड्यो
झर्यो फाँत Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आँखै अघि ढलेको जून

~कृष्ण कट्टेल~Krishna Kattel

चरनमा थुप्रिएका
बग्रेल्ती भेडाहरुजस्तै
थुपारिएका छन् सयौँ
अस्ताएका जूनहरु ।।

रगत लत्पत्तिएको खप्पर
हातखुट्टा छिनेका अर्धमुर्छित जून
रगत उम्लिएको आलो घाउहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : हुन नहुने हुन खोजेँ , आज मलाई माफ गर।

~डा सुरेश ज्योतिपुञ्ज~Jyotipunja Suresh

हुन नहुने हुन खोजेँ , आज मलाई माफ गर।
तिमीलाई छुन खोजेँ , आज मलाई माफ गर।

सुनाउँदा कथा आफ्नै, बिर्सिएछु तिम्रो कथा,
बैगुनी भै गुन खोजेँ , आज मलाई माफ गर।

न त खस्यो मेरो आसुँ,न त मुस्कु’राउनै सके,
सङ्गै हास्न रुन खोजेँ ,आज मलाई माफ गर। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : उषा

~बादल सुरेश~Suresh Badal

कलेजको पहिलो दिन म कक्षामा पस्दा बेन्चहरू लगभग भरिइसकेका थिए।लास्ट बेन्चमा एउटि केटि मात्र बसिरहेकि थिई।सायद ऊ मभन्दा केहि समय अघिमात्र आएकि थिई।म सरासर त्यहि बेन्चको छेउमा गएर बसेँ।उसलाई पुलुक्क हेरेँ, ऊ पनि अनुहारको भाव नबिगारिकन मुस्काई।पहिलो दिनको क्लास भएर होला खासै पढाइ भएन।साथीहरू एकआपसमा चिनजान गरिरहेका थिए तर हल्ला भने वर्षौँको चिनजान भएकाहरूको जस्तो आइरहेको थियो।त्यो हल्ला बिचमा मौन थियौँ त उनी र म।

‘उषा,कति राम्रो नाम।’उसको कपि हेर्दै मैले मौनता चिर्दै जिस्काएँ।

‘सुरेश,छ्या कति नराम्रो नाम!’ उसले मलाई जस्तालाई तेस्तै भनेजसरि बदला लिई।

‘यति राम्रो नाम छ किन नराम्रो नि?’ मैले रिसाएजस्तो गरेँ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विदेशिएको नाती

~भिष्म पाठक~Bhisma Pathak

“I AM SEXY AND I KNOW IT” भर्खर भर्खरै अंग्रजीगीत हरुमा रमाउन सिक्दै थिएँ मँ । दिन र रात को दोसाँध मा थियो समय। SURREYHILLS STATION बाट घरतिर लम्कदैं थिएँ मँ एयरफोनमा गीत सुन्दै । बाटोभरी पहेलो पातहरु झरेका थिए, खै के पो हो कुन्निक़ा बोटहरुबाट। सुनसान थियो बाटो मात्र थियो त लहरै मिलाएर पार्क गरिएका कारहरु बाटोको दुवै तर्फ या त दुबैतिर लहरै मिलेका रुखहरु , समयको गर्मीले पातहरु झरेकोमा दू:खी Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेजर अर्जुनको औंठी

~सुमल कुमार गुरुङ~Sumal Kumar Gurung

मौसम सफा थियो । कोसौं टाढा-टाढासम्म हरियाली पहाड, वनहरु, अन्नपूर्ण हिमश्रृङ्खला र फेवातालको शान्त दर्पणरुपी वक्षमा माछापुछ्रे हिमाल छर्लङ्ग देखिएको थियो । यो दृश्यलाई सुदूर तालपारि विश्वशान्ति स्तुपको डिलमा बसेर दुई युवा हृदयहरु आनन्दित र रोमाञ्चित भएर हेरिरहेका थिए । प्राकृतिक अनुपम धरोहरको रुपमा सृष्टिकर्ताले अन्नपूर्ण हिमश्रृङ्खलाको मध्यभागमा माछापुछ्रे हिमशिखरको रचना गरेर गण्डकी अञ्चलवासीलाई ठूलो Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

समालोचना : नारीवाद र समालोचना

~पदम निरौला ‘निर्मोहि’~Padam Niraula 'Nirmohi'

अंग्रेजी शब्द Feminism को नेपाली रुपान्तर नारीवाद हो । नारीकेन्द्री सन्र्दभबाट नारीका हक हित र समानताको पक्षमा आवाज उठाउनुलाई नारीवाद भनिन्छ । नेपाली बृहत् शब्दकोशमा नारीवादको अर्थ नारी अस्मिता वा नारीस्वतन्त्रता प्रति प्रतिबद्ध मान्यता,सिद्धान्त वा आन्दोलन भन्ने छ । विश्वमा प्राचीन समय देखि नै प्रबल रहेको पितृसत्तात्मक धारणा र साहित्यको पुरुषपरक व्याख्याप्रति Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

Review : The Evolution of Nepali Fiction

~Taranath Sharma~Taranath Sharma, Nepali Literary Icon (7).JPG

Don’t seal my mouth
It has to speak for the coming generations
Don’t restrain my pen
It has to signal the coming truth
Don’t chain my feet
For I have to embark on a new path
– Bishweshwar Prasad Koirala (1971)

The fiction in the Nepali language draws its inspiration from three  different sources: (i) the ancient Puranic and mediaeval literary traditions, (ii) the folktales, and (iii) the Western influence. In modern Nepali fiction, however, the last of these sources, that is the western influence, is singularly predominant.  Continue reading →

Posted in Review - Criticism | Tagged , | Leave a comment

अनूदित लघुकथा : गान्धीगिरी

~उर्मिल कुमार थपलियाल~Urmil Kumar Thapliyal
अनुवादः कुमुद अधिकारी

मन्टो मियाँले भने – “बरखुरदार,(भलाद्मी), हाम्रो टाइममा गान्धीगिरी पनि हुन्थ्यो।” त्यसबेलाको एउटा किस्सा उनले सुनाए Continue reading →

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

कविता : नयाँ क्षितिज

~केशव वरुवाल पथिक~

नचाहेको कसैलाई बिर्सन खोज्दा,
झुल्किन्छ यौटा मुहार–
जसको मुस्कानको बाढीमा,
म बग्छु – बगी रहन्छु,
खोलामा दियो बगेझैँ।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : आँखाहरू

~सङ्गीता झा~
अनुवादः कुमुद अधिकारी

“आमा अटोवाला तपाईँसँग कुरा गर्न चाहन्छ।” छोरीले सुनाइन्।

“आज बिहान-बिहानै यसलाई के काम परेछ मसँग ?” म सोध्छु ।

“तपाईँ आफैँ भेट्नु न।” छोरी भन्छिन्।

“अहिले स्कुल जान ढिलो हुन्छ, पछि आएर भेट्नु भनन।” यति भनेर म आफ्ना दैनिक कार्यहरूमा लाग्छु। ठीक आधा घण्टा पछि फेरि घण्टी बज्छ। आयाले आएर अटोवाला आएको छ भनेर सुनाउँछे। म झर्किँदै बाहिर निस्कन्छु र अटोवालका याचनापूर्ण आँखाहरू देखेर पग्लिन्छु। फेरि तत्क्षण Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : अपराजित

~राजन सिलवाल~Rajan Silwal

प्रेम थियो, निष्ठा थिएन । दुवैलाई एक–अर्कामाथि शङ्का थियो । युवती भन्थी, ‘मैले बाटो बिराउन सक्छु । तिमीले सम्हाल्नू, मलाई जतन गर्नू !’ युवक भन्थ्यो, ‘त्यस्तो कहाँ हुन्छ ? बाटो त प्रायः लोग्नेमान्छेले पो बिराउन सक्छन् । बरु तिमी नै मलाई सम्हाल्ने, यताउति भड्किन नदिने, भड्किई हाले पनि ठेगानमा ल्याउने ठेक्का लिऊ !’ युवतीले पनि जिद्दी गरी, ‘त्यो छुट पनि दिन सक्तिनँ म । यो ठेक्कासेक्का पनि लिन्न । म त झन् Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अबचेतन मनभित्रको एउटा प्रश्न

~रमेश कंडेल~Ramesh Kandel_1

साखुल्ले जीवनका पन्नाहरु
निबृतिले भरिएका मनफुलहरु
अन्तस्करणभित्र पहिरोले थिचिदै गर्दा
निरोको धुनमा राष्ट्रप्रेम झल्कला र?
शब्दहरु भित्र आफैलाई निख्लम
सत्यको बिहङगम पर्दाले ढाकिरहेकै बेला
अबचेतन मनभित्र एउटा प्रश्न उब्जन्छ। Continue reading →

Posted in कविता | Tagged | Leave a comment