कविता : म फूल हुँ

~बासु श्रेष्ठ~SONY DSC

म फूल हुँ
मायाको रुप हुँ
प्रेमको स्वरुप
सुवासको वास हुँ
निरासको आश
सौन्दर्यको द्योतक हुँ
कोमलताको प्रतिक
समर्पणको उदाहरण    Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : कफी हाउस

~निर्मला खड्का~Nirmala Kadka

हिड्दा हिड्दै भेट्टीएको चोक हो, कयौँ पटक उस्तै उसै गरि सबैसंग भेट्ने, भेट्टीन्ने गर्छ यो चोक । बर्षौदेखि उस्तै छ चोक तर चोक वरिपरीका दृश्यहरु, अहिले केहि परिवर्तन भएको चै हो । केहि भवनहरु अग्लिएका छन् गगन छुने गरी, कुनै निकै रङ्गीन र चम्किला भएका बनेका छन् । सडकमा बत्तिहरु थपिएका छन् । सडकको दाहिने पट्टि चोक कै सामुन्ने एउटा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पूनर्जन्म

~खेमलाल पहारी~ Khemlal Pahari

१

भर्खरै जेठ महिनाको चौंथो हप्ता शुरु भएको थियो Iम विस्तरामा बसेर टोलाइ रहेको थिएँ Iकोठामा अकास्मात आमा-बा आउनु भयो I”के झोक्राई राखेको बाबु? झट्टै नुहाई धुवाई गरेर तयार होऊI हामीलाई अलि हतार छ ”,आमाले भन्नुभयो।यतिका वर्षपछि आउनु भएको बा-आमा त्योपनि हतारमा! मैले सोचें सायद बा-आमा मलाई केहि काम गराउन चाहनु हुन्थ्यो।यसै पनि पहिल्यैदेखि आमा-बाले घरायसी कामहरु मलाई नै गर्न लगाउनु हुन्थ्यो।म नुहाई धुवाई गरेर तयार भै बैठकमा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : नबुझिने त्यो पारा यादै पो गरिनछु

~भगवती कंडेल~Bhagawati Kadel

नबुझिने त्यो पारा यादै पो गरिनछु
चिम्लेछु आँखा सारा यादै पो गरिनछु

बतिसै दन्त हेर्दै रमाउदै म थिए
पेट भित्र रैछ दारा यादै पो गरिनछु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : एक मुठ्ठी भोजन

~गजेन्द्र गजुर~Gajendra Gajur

*एक मुठ्ठी भोजन*

जता-ततै गुन्जी रहेछ मानिसको रोदन॥
आशमा कछ-मछि एछ एक मुठ्ठी भोजन॥
कालो सफना हेर्नेको छत नै किन भाचिएन॥
भाचिएछ गरीबको यो मन॥
फैलाउ जति हार-गुहारे पनि॥ Continue reading →

Posted in कविता | Tagged | 1 Comment

अनूदित बाल कथा : रमाइला बालदिवस

~याङ छनछिङ~
अनुवाद : विजयराज आचार्य

थुङ थुङले आफ्नो बाबासँग सोधिन– “बुबा भोलि एक जुन अन्तर्राष्ट्रिय बालदिवस हो । यो अवसरमा हाम्रो नर्सरीमा मलाई एउटा पाण्डाको अभिनय गर्न लगाइएको छ । मैले यो अभिनय गरे कसो हाेला बुवा ?” थुङथुङका बुवाले टाउको हल्लाएर स्वीकृति दिनुभयो ।

थुङ थुङ धेरै खुसी भइन र रातभरि राम्रोसँग सुत्न पनि सकिनन् । अर्को दिन पनि सबेरै उठिन् । उनले आफ्नी आमालाई कार्यक्रम हेर्न नर्सरीमा जानका लागि अनुरोध गरिन् ।Bijaya Raj Acharya Continue reading →

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

भजन : तिमि एक प्रभु

~बिक्रम श्रेष्ठ “सागर”~Bikram Shrestha 'Sagar'

*****तिमि एक प्रभु****

प्रभु एक हौ अनेकमा छौ
तिमि पुज्य मेरो कोटीकोटी प्रणाम (२)
तिमि रंगमा छौ , तिमि संगमा छौ।
तिमि एक प्रभु हरेकमा छौ। . Continue reading →

Posted in नेपाली भजन | Tagged | Leave a comment

कविता : समयले जन्माएको नया अनुहार

~राम कुमार ‘दिल्लगी’~Ram Kumar Dillagi

जब म आफ्नै खुट्टामा उभिएर
यो रंगिन दुनियाँ हेर्न खोजे
समयले मेरो कलम चलाउने हातमा
बन्दुक राखिदियो
आजभोली मलाइ कलम भन्दा बन्दुक प्यारो लाग्छ
यो चिसो पानी भन्दा तातो खून पिउनमा मज्जा लाग्छ
रात फ्यालेर खुनले धर्ति लिपेर जब ओर्लिन्छ बिहानी
मलाइ झन् झन् यो मानिसहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : फरक संसार

~जितेन्द्र तुलाधर~Jitendra Tuladhar

संसार जस्ताे सुकै हाेस्
मलाई मतलब छैन
म यस्तै छु
म जे छु
जस्ताे छु,
त्यहीँ मेराे संसार हाे
म अाफ्नै संसारमा रमाएकाे छु ।
हाँसेकाे छु, नाँचेकाे छु ।
कहिलेकाही खान नपाएर
खाली पेटसँग लडेको छु ।
कयाैं रात सुत्न नसकेर
उपियाहरूसँग कुस्ती खेलेकाे छु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : घातक पाइला

~जितेन्द्र तुलाधर~Jitendra Tuladhar

…….र त्यस पछि उनका पदचिन्हहरुलाई पछ्याउदै म हिड्न थाले छाँया सरी……..तर म छाँया त होइन उनको र पनि किन हो म छाँया बनी रहेछु ? ………अन्धकारमय रात्रीमा उनले लगाएको पाउजुको सुमधुर आवाजलाई कुकुरहरुको भुकाईले बिद्रोह गरिरहेछ । एक अपरिचित र अन्जान नारीको पिछा गरिरहेकोछु म, को हुन भन्ने थाहा नपाईकनै । यस्सो हेर्दा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म ऐना अगाडि कविता लेख्न बस्दा

~तेजविक्रम कार्की~Tej Bikram Karki

म ऐना अगाडि कविता लेख्न बस्दा
भागेको एउटा नाम मात्रको कवि हुँ
मैले रोजेर बिहे नगरेको भए
एउटा बेश्याले देखेको सपनाको हत्या हुने थिएन होला
भर्रखरै अल्झिएर लड्नेलाई के थाहा ?
यो साँघुरो गल्लिमा अलिकति उसलाई पनि ठाउँ दिएको भए ?
बेपर्वाह एउटा विरता उभिन्थ्यो होला
ढुङ्गै नहानिदिएको भए पनि त्यो गुँडमा,
चराहरुको यहाँ आफ्नै एउटा देश हुन्थ्यो होला Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : म हरेश खान्छु र !!

~इश्वरी दुलाल~Ishwari Dulal

तिमीले छिर्कि लाँउदैमा म हरेश खान्छु र !!
तिमीले फिर्कि लाँउदैमा म काँहा जान्छु र !! Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : बाटौ कसो गरि

~बिमला शर्मा शोभा~

तिमि बिना जिन्दगी यो काटौ कसो गरि
अरु संगै दिलको धड्कन साटौ कसो गरि Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : नछोएको पल छैन

~बुनु पौड्याल~Bunu Paudyal

सम्झिएर मैले, नरोएको पल छैन।
आशुले आखा, नधोएको पल छैन। Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

महादेब भण्डारी ‘प्रतिक’ का केहि मुक्तकहरु

~महादेब भण्डारी~

१
अनायासै कसैको दिलमा, बाँस नगर !!
सुटुक्कै मन चोर्ने कसैको, साहस नगर !
मन सबैको एउटै हुन्छ, बुझ्न् पर्छ तिमिले
मनले मनलाइ धोका दिने, प्रयास नगर !!
२
मन मुटुको तिमिलाइ म, प्यार दिन सक्छु Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गोविन्द भाबुकका ३ मुक्तकहरु

~गोविन्द ‘भाबुक’~Gobinda Bhabuk

१,
ज्ञानका ठेली छोडेर गयौ नेपाली माझमा
सम्झना तिम्रो आउँदा दियो बाल्दैछु साँझमा
चम्कियौ तिमी जनको मनमा दियालो बनेर
चाढाइ फूल श्रद्धाले भक्ती गर्दैछु आज म ।

२,
धनको लोभ थिएन कत्ती दुखी लाई हेर्दथ्यौ Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

लघुकथा : अतिक्रमण

~प्रशान्त खरेल~Prashant Kharel

……. कोटेश्वर, थिमी, नयाँ बाटो …. कोटेश्वर, …… ल ल अाउनुहोस् ……. जानैलाग्यो …… (ढ्याक, ढ्याक) कोटेश्वर, थिमी ……. “भाइ कौशलटार जान्छ ?” “ जान्छ जान्छ” “नमस्ते प्रशान्तजी (नमस्ते) सन्चै हुनुहुन्छ नि ?” मेरो साथी रमेश प्रश्न सँगसँगै म सँग हात मिलाउँदै मेरो छेउको खाली सिटमा बस्छ । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : फटिंग्रे

~रमा गौतम ‘आश्मा’~Rama Gautam 'Aasma'

कहिले काही मलाई त्यो गाँउको यादले निकै सताउछ । त्यो घर, त्यो आगन, ति उकाली-ओराली, खोला-पाखा ,जहाँ उ र म संगसंगै हिड्ने, डुल्ने र खेल्ने गर्थ्यौ। म सधै सधै अतितका पानाहरुलाई पल्टाइरहेकी हुन्छु।चाहेँ सपना होस चाहेँ बिपना मेरो मनसपटलमा लगातार घुमिरहने त्यो आकृति मेरो मुटुमा अमिट छाप बनेर बसेको छ। जब बिर्सन्छु मबाट केहि हराएको महसूस हुन्छ, जब संझन्छु मन भित्र अदृष्य भावनाहरु खट्किन्छ—यो वर्षौको समय अन्तराल पछि पनि बाल्यकालको उही छायाँ मेरो वरिपरि घुमिरहेको पाउछु-

“रेवती ! पर्ख-पर्ख !!” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : समयको आवाज़

~एकराज भट्टराई~

दिनु पर्छ भनेर
या दिन नसकेर
प्रिय, किनकिन अशान्त छ मन
विगतले पोलेन हृदयलाई
सभ्यताले संझाएन कर्तव्यलाई
समयले पो निचोरिरहेछ ।
कहिले भान्सामा कहिले गोठमा
बगरमा गिटी कुटेका दिनहरु।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ढल्केको बैँस

~राकेश कार्की~Rakesh Karki

छान्दा छान्दै सत्य हो
यो मन कत्तै गएन
उमेर छ भन्दा भन्दै
बैँस ढल्केको पत्तै भएन

हरियाली तिर जादा
बनपाखाले मुढो भन्छन्
कन्याकेटी हेर्न जादा
सबैजनाले बूढो भन्छन्
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलहरू फूलेनन् भने

~सारुजी केसब~

फूलहरु फूलेनन् भने
म सोच्छु,
रोकिन्छ होला जिन्दगी,
सुवास छर्न जिन्दगीमा,
मधुर मुस्कान प्रत्येक दिनमा,
एक पल्ट फूल हाँसी दिएनन्भने,
म सोच्छु,
नाँङ्गा आँखाहरू के हेर्छन्,
उजाड मरुभूमिमा,
भतभती पोल्ने भट्टीमा, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना, श्यामे र सिंहदरबार

~उमेश चापागाईं~Umesh Chapagain

हात्तिछाप चप्पल पड्काउँदै
पानी परेको साँझ
डिल्लीबजारको उकालो लाग्यो ऊ
सिंहदरबार अगाडि पुगेर रोकियो
आफ्नो सपनाजस्तै सुन्दर लाग्यो दरबार उसलाई
जो देख्न सकिन्थ्यो, तर प्राप्य थिएन । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : याे दुनिया देखेर अनि याे संसार देखेर

~सराेज भण्डारी~

याे दुनिया देखेर अनि याे संसार देखेर ।
मलाई वाक्क लाग्छ मेराे देशकाे सरकार देखेर ।

कार्यालय छिर्न अचेल लाज लाग्न थालेकाे छ,
सजिलै घुस माग्ने समझदार देखेर । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : घोगेकाे सपना

~होम सुवेदी~Hom Subedi

पुलिसले डन्ठा लगाउँदै घोगेलाई सोध्यो – “ए साले, किन चोरिस् ?”

घोगे निरुत्तर रह्यो । रोयो मात्र । उत्तर के देओस् !

घोगे थियो त्यसको नाम । जस्तो भाते खाते वा अरु यस्तै यस्तै नामहरु त्यहाँ काम गर्ने अरुअरु केटाहरूले होटलबाट नाम पाउँछन् । यसले पनि त्यो घोगे नाम उसले होटलबाटै पाएको थियो । बाबु–आमा हुनेहरूले पो न्वारान गरिदिन्छन् र नाम राख्छन् । त्यो फुटपाथमा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेपाली लघु-उपन्यास : मनोक्रान्ति

~प्रल्हाद दाहाल ‘प्रेम मोती’~

पहिलो भाग

भोली त बिहीबार, हाट लाग्ने दीन, बुवाममीले,”सबैरै उठेर हाट बजार जाने” भन्नुभा छ ।

आहा! मलाई नी धेरै रमाइलो महसूस हुन्दैछ । तेंहा के के सामान बेच्न राख्या होलान । मेरो लागी पो छ की छैन होला? कपडा जिन्सपाईन्, टोपी भाको टि-सर्ट अनी टलटल टल्किने जुत्ता र हातमा मिलिक मिल्कने घडी । यी बाबालाई सप्पै किन्दीन भन्छु, हाटमा गयेसी । साँची त्यो घडी त राती पनि हेर्न मिल्छ रे, अब अंधेरोमा उज्यालो दीने, अनी घन्टा पिच्छे टिनटि..न घन्टी बज्छ रे । बुवाले भन्नु भाको नेपाल खाल्डोमा गएर देख्नु भाको रे, सुन्धारा भन्ने ठाममा ठुलो घडी छ रे तेस्ले नी घन्टा भयेसी १,दुई बजेसी २ घन्टी बजाउंछ रे! मलाई किन्ने, घडी नी तेस्तै हुन्छ रे, Continue reading →

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

लघुकथा : नैतिकता !

~सुषमा मानन्धर~Shushma Manandhar

आज ऊ अफिसबाट छिटै निस्केको छ । टाढैबाट उसले बुढो माग्नेलाई आफूतिर आउँदै गरेको देख्यो । “हजुर…दया गर्नुस्” बुढोले अनुनयपूर्वक ऊतिर हात फैलायो । माग्नेलाई पैसा दिन भनी पर्स निकाली हेर्यो ऊसँग बीस रुपिँयाभन्दा सानो नोट थिएन । माग्नेलाई तातो भात ! बीस रुपिँया त के दिनु । उसले चित्त सानो गर्दै सोच्यो । भएको बेला सधैँ दिएकै छु, आ …होस् पछि कुनै दिन दिउँला । उसले पर्स खल्तीमा राख्यो र भन्यो “आज त पैसै छैन ।” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

Traslated Poem : The East Setting Sun

~Deep Raj Neyonghang~Deepraj Neyonghang
Translated by : Ram Prasad Prasai

From the narrow pass—Sanguri Bhanjyang
Beneath horizon
The Rising Sun
Pops out warming up the chill body
The Vanishing shelter of snails and shells
Like unkept promises of Lizard’s story
In the rustic slums of Rautes and Kamaiyas
The lawns are festering into dense forests
Nights are alight somewhere
Days are ghastly dark somewhere else
Alighted nights are twinkling
On the eyes of owls and bats Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : मृत प्रश्न

~बिबश बिप्र~Bi pra

घरको आरोह-अवरोहमा
सुनिने बहुल आवाजहरु
रातमा चिच्याउन छोडेको धेरै भो
गोलमेच मेलाको प्रदर्शनीमा
अँध्यारोका नाइकेहरु
धामीगुरु जस्तो काम्दैहोलान ल
अनुभूतिमा- Continue reading →

Posted in कविता | Tagged , | Leave a comment

लघुकथा : शर्त

~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~Basanta Kumar Shrestha 'Kshitij'

फूटकर आफ्नै रचनाहरु निस्किएका पत्रिकाका स-साना कटिङ्गका टुक्राहरुलाई व्यागमा राखे, केही छाप्न बाँकी,केही लुकाएका उसका रचनालाई क्रमबद्ध रेकर्ड फाइलमा सुरक्षित गरे र व्यागमा हाले । प्रकाशन गृहमा पुगे ।

……… पव्लिकेशन्सको गेटमा छिर्न भन्दा अगाडि बल्ल बल्ल प्राप्त गरेको अनुमती पत्र देखाए । आलिशान भवनमा रहेको पव्लिकेशन्समा आफूलाई असुहाउदो महसुस गरे। जुत्ता मात्र खोल्न सकेँन च्यातिएको मोजा र बासी गन्धलाई पनि छोड्नु पर्ने भो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य : पिउनुको पौरख

~दिनेश ‘रवी’~

बांगिने बेला छ। बांगोहरुकै मेला छ। जती बांगो र नांगो होइन्छ उती सभ्य र इमान्दार भइन्छ। नत्र उदांगो हुनुपर्छ। स्वास्नि छोराछोरी हुँदा पनि रुनु पर्छ। घिउ झिक्ने बांगै औंलाले हो। जे जती झांगिएका छन् बांगो बिरुवाहरु नै हो। सिधा विरुवा त हाँगा बिहिन भएर बाँच्नुपर्छ। एक्लिएर अग्लिनु पर्छ। समुहबाट अलग्गिनुपर्छ। Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : एक मिनट -मौन धारणमा

~भोजराज न्यौपाने~Boj Raj Neupane

विश्व शान्तिको लागि
मौनधारण गर्दा-गर्दै
मैले सोचें –
कती लामो छ समय!
एक मिनट
विध्वंश गर्नेहरुका लागि
काफी हुन्छ एक मिनट
सिर्जना गर्नेहरुका लागि
छोटो हुन्छ। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : माया खोज्ने बहानामा भिर बाट नझर न

~कल्पना ‘भाबुक’~Kalpana Giri 'Bhawuk

माया खोज्ने बहानामा भिर बाट नझर न|
एकान्त त्यो साथ रोजी धेरै याद नगर न|

मन भरि बेदना छ देख्छौ तिमी रिसाएको|
फकाउने बहानामा कर्के आँखा नतर न| Continue reading →

Posted in गजल | Tagged | Leave a comment