गजल : रिक्तता र तिक्तताको गजल

~राकेश कार्की~Rakesh Karki

रिक्तता र तिक्तताको गजल पस्किरहेछु म
चुँडिन लाग्या झोलुँगे पुल झैँ खस्किरहेछु म

आँखाहरु एकटक छन् लाग्दै लाग्दैन निन्द्रा
नदेखेको सपनासँग पनि झस्किरहेछु म Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : प्रवासी हुनुको पीडा

~मन्जु निरौला~

प्रवासी भई जो पराई देशमा बस्छ
प्रवासको दुःख उसले मात्र बुझ्न सक्छ
ईराकी युद्धभूमीमा होस् या
कतारको जर्जर मरुभूमीमा
ज्ाापानको हरियाली शहरमा होस्
या अमेरिकी स्वतन्त्र भूमीमा नै किन नहोस् ।

नौलाखे तारा गीतमा नै किन नहोस् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : निष्ठुरी मलाई नभन प्रिय

~बसन्त मोहन अधिकारी~Basanta Mohan Adhikari

निष्ठुरी मलाई नभन प्रिय म फर्की आउँने छु ।
सिउँदोमा रातो सिन्दुर र्छन म भोली छाउँने छु ।

बिछोडको पिडा सहेर बस सिउँदो सजाउँन
साडीको साथमा चुरा र पोते सिन्दुर ल्याउँने छु ।
सिउँदोमा रातो सिन्दुर र्छन म भोली छाउँने छु । Continue reading →

Posted in गजल | Tagged | 1 Comment

कविता : सृष्टि

~बिक्रम श्रेष्ठ “सागर”~Bikram Shrestha 'Sagar'

********** सृष्टि ********

सृष्टि तिम्रो अपरम्पार छ यहाँ।
कोहि गरिब त कोहि धनी असाध्यै।।
कोहि दीन दुखी त कोहि हर्ष बिभोर यहाँ।।।

गर्यौ किन पक्षपात ममा।
दियौ जन्म टुहुरो बनाई पाटीमा।।
भएछु म त जिउदो लाश सरी।
बाटोमा फ्याकिएको एउटा मुदा सरी।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आजकाल

~नगेन्द्र ईङनाम ‘आठराइली’~

विशाल आकाश वजन विहीन
पानीका कणहरु मिस्सिएका छन
आकाश मुनिको बादल गह्रुंगो,
क्षितिजसम्म फैलिएको धर्ती वजन विहीन
आजकाल धर्तीमाथिका मान्छेलाई मान्छे गह्रुंगो

सयौं पानाले भरिएका किताब वजन विहीन
किताबभित्रका प्रत्येक पाना पानाहरु,
पानाभित्रका सबै अक्षर अक्षरहरू
अनि ती अक्षरका शब्दहरु गह्रुंगो
आजकाल पानाभित्रका तस्वीरहरु झनै गह्रुंगो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

यौन-कथा : मेनुका टाउँको निहुँर्याएर सुन्दै थिईन्

~राजेश नतांश~Rajesh Natamsha

रुपा नामले मात्र होइन वास्तविक रुपमा नै निकै राम्री थिई । काली–काली हिस्सी परेकी, सलक्क परेको जिउडाल र यौवनले भरिपूर्ण शरीर भएकै कारणले होला गाउँका सम्पूर्ण युवकहरु रुपा भनेपछि मरिहत्ते गर्ने गर्दथे । रुपालाई आर्कषित गर्नका लागि मञ्चित नाटकहरु हेर्न निक्कै रोमाञ्चकारी हुने गर्दथ्यो । उनिहरुले रुपालाई लोभ्याउनका लागि गरको सहयोग सबै नक्कली लाग्दथ्यो । रुपा आफैंलाई पनि आफ्नो सुन्दरतामा गर्व थियो । छिन्–छिनमा ऊ ऐनाको अगाडि बस्ने गर्दथी । ऐनामा आफ्ना सम्पूर्ण सुन्दर शरीर धीतमरुञ्जेल नियाल्दा एकप्रकारको लज्जाको अनुभूति हुने गर्दथ्यो, हाँसोका विम्बहरु उतार्ने गर्दथी । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सत्य नामले

~बिक्रम श्रेष्ठ “सागर”~Bikram Shrestha 'Sagar'

*****सत्य नामले ******

सत्य नामले पुण्य कमाई,
गर्नुछ यो भवसागर पार।
ब्रम्ह र भ्रमको फरक छुट्याई ,
बुझ्नुछ यो जीवनको सार।

वृति मनको सहज हटाई ,
गरिदेउ यो उपकार मलाई।
भेद प्रभुको जानु म कसरी, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशी

~वसन्त कुमार गौतम~Basanta Gautam

एक जुग पछि फर्केर हेरेँ
आफू आएको बाटो
लामो भइसकेछ
बिरानो भइसकेछ,
बास बसेका ती पाटीहरु
यात्राका अनगिन्ती मोडहरुमा
ओझेल परिसकेछन्;, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : परामर्श

~रमा गौतम ‘आश्मा’~Rama Gautam 'Aasma'

‘प्रीति ! आज मेरो डक्टरकोमा जानु छ ल ९ बजे!’ बद्रीले अनुनय साथ हेर्दै भन्छन।

‘ओहो! आज त मलाई वर्कसप को तयारी पो गर्नु छ त। बाहिर बाट मानिस आउन थालेका छन। त्यस्को ब्यावस्था गर्नु छ। सक्ने काम त आफै गर्नुस न सधै भरि मेरै भर परेर हुन्छ !‘ प्रीतिले ऐना हेर्दै सुस्त तर खस्रो आवाज निकाल्छिन्। बद्रि संग यस्को प्रतिउत्तर छैन। दिनभर मन्त्रालयमा मथिल्लो तहबाट आउने आदेश अनि वर्षौको अस्वस्थता!-आफ्ना कमिकमजोरी बाहिरकालाई देखाउनु भन्दा आफ्नै जीवन संगिनीको रुखो शब्द भित्र मानसिक रुपमा सुखानुभूति प्राप्त गर्ने प्रयास गर्छन बद्री! Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : म अर्थ्याऊँ कसरी ?

~रमेश चौलागाईं~

मेरो दिल को दशालाई म अर्थ्याऊँ कसरी ?
ममा तिम्रो नशालाई म अर्थ्याऊँ कसरी ?

जसमा पनि तिम्रै मुहार खोज्न थाले यि आखाँले
हरपल तिम्रो सम्झनालाई म अर्थ्याऊँ कसरी ?

तिम्रै बारे सोधूं, बुझूं, तिम्रै कुरा गरूं लाग्छ
मनको यो बेचैनिलाई म अर्थ्याऊँ कसरी ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : मेजोँ चान्स

~सञ्जु बजगाईं~Sanju Bajgain

हरेकदिन जर्जकोटलाईनको बाटो भएर युनिभर्सिटी जानु पर्छ । देब्रेतिरको निलो रङ्ग पोतिएको घरको भित्तो हप्तैपिच्छे नयाँ–नयाँ सूचनाले भरिएको हुन्छ । फ्रान्सको यो ब्यस्त शहरको चाला हेर्दा लाग्छ यत्तिका सूचना पढ्ने फुर्सद कसको होला ? आजसम्म कसैले एक मिनेट उभिएर कुनै सूचना पढेको त के, हेरेकोसम्म मैले देखेको छैन !

म पनि त्यस्तै हुँ । हतारमा निस्कन्छु र हतारमा फर्किन्छु । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : संसारको सबै भन्दा सानो सहर ‘दुर्वी’मा एक दिन

~कृष्ण बजगाईं~Krishna Bajgai

‘संसारको सबैभन्दा सानो सहर ‘दुर्बी’मा तपाईंलाईं स्वागत छ ।’ ब्रसेल्स, बेल्जियमको ब्यस्त सडकमा गोरा छाला भएका मानिसहरु हरे राम… हरे कृष्ण… भजन गाउँदै हिँडेको पहिलो पटक देख्दा छक्क परेर हेरिरहेको बेला सुरीलो आवाज कानमा ठोक्कियो । यसो नजर उठाएर हेरें साक्षात गोपीनी जस्ती देखिने Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

गीति कविता : नयाँ युग जन्मिने छ

~सत्य नारायण रावत~

“नयाँ युग जन्मिने छ”

अबको नया युग पाल मुनि बाट सुरु हुनेछ !
सच्चा नेपाली पाल मुनि बाट जन्मनेछ !
एकता को गोलबन्द घेरा मा बाधिनेछन् !
नव युवाको नया जोशमा देशलाई हाक्नेछन !

संस्कृतिक धरोहरले नयाँ रुप लिने छन् !
बाचेका जातिले अमृत पिउनेछन !
एकताको नया सबैले रुप देखौनेछन !
जात धर्म पर छाडी नया नेपाली बन्नेछन ! Continue reading →

Posted in कविता | Tagged | 1 Comment

लघुकथा : चङ्गा चेट

~धीरकुमार श्रेष्ठ~

गाउँबाट सहर पढ्न आएको गोफ्ले सहरी युवतीहरूको सुन्दरताबाट मोहित भयो। गाउँमा धूलोमैलो र फाटेका लुगामा देखेको युवतीका तुलनामा सहरी युवतीलाई स्वर्गकी अप्सरा नै ठान्न पुग्यो। गाउँमा युवतीहरू कम देखिने र सहरमा जताततै देखिने गरेको घटनाबाट उसको मन पढ्नभन्दा पनि तिनीहरूलाई प्राप्त गर्न सके गाउँको अभावग्रस्त जिन्दगीबाट मुक्ति पाउन सकिने ठान्यो। यसका लागि सहरमा घर भएकी र धनधान्यले पूर्ण भएकी युवती पाउन पाए “के खोज्छस् कानो आँखो” हुने ठानेर ऊ त्यसैको ताकमा लाग्छ। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अज्ञात रोग

~सुषमा मानन्धर~Shushma Manandhar

भर्खर साठी मात्र पुगेका चित्त बहादुर मान्छे सोझा हुन् । उनले अरुको चित्त दुखाएको कसैलाई थाहा छैन । उनी आफ्नो सूरमा लुरुलुरु हिंड्ने अनि खुरुखुरु काम गर्ने खालका व्यक्ति हुन् । केही समय अघि अज्ञात रोगको प्रकोप भएको क्षेत्रबाट निरिक्षण गरी फर्केका यी साधु प्रकृतिका व्यक्ति समेत पनि अहिले उत्पातै फरक भएका छन् । रोग लागेको भन्ने हो भने ओछ्यानमा ढलेका छैनन्, सद्दे भन्नलाई उनमा संयमित व्यवहार देखिँदैन । बेलाबेला उनी बहकिन्छन् र Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : लोग्ने हुँ म त तैपनि रोएँ ।

~गोविन्द रावत~Gobinda Rawat

लोग्ने हुँ म त तैपनि रोएँ
मनको मैलो आँशुले धोएँ ।।

देउराली भाकेर गरेको वाचा
सम्झेरै आज एकलै रोएँ ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : आँगनीको खेल

~शेखर ढुङ्गेल~Shekhar Dhungel

छोडी आएँ परदेश यो पराईको ठाउँ
सम्झी आएँ पहाडमुनि
गुराँस फूल्ने प्यारो मेरो गाउँ
उ…उ…उ…हो…हो……हो

धेरै हण्डर थोरै सुख
आरामको त छँदै छैन नाउँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बिपत्ती

~कर्ण नाल्बो~

अकल्पनिय पिडा दिएर गयौ !
मलाई एक्लै छाडेर गयौ !!

घाउ नै घाउ मात्र दिएर गयौ !
मल्हम कहाँ छाडेर गयौ !! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल छन्द कविता : पढ्ने आतुरता

~डा. लेख निरौला~Dr Lekh Niraula

(अनुष्टुप्)

पढ्न जान्छौँ सबै हामी बस्दैनौँ अब पढ्दछौँ
खुला मैदानमा राखी पढाए पनि पढ्दछौँ ।
पाल त्रिपाल पाए झन् पढेरै सब छोड्दछौँ
जसरी सजिलो हुन्छ पढ्न पाऔँ पुकार्दछौँ ।।

घर बेघरको चिन्ता बिर्सिई अब पढ्दछौँ
पढेरै देशमा हामी सुनौलो काम गर्दछौँ ।
नयाँ पुस्तकको ज्ञान पाऔँ हे गुरु ईश्वर !
भुलिन्छ त्रासको पीडा ज्ञानभित्र बराबर ।। Continue reading →

Posted in छन्द कविता | Leave a comment

गजल : मान्छे बनायो त बनायो, दैबले किन मन …..बनायो

~पदम कार्की~

मान्छे बनायो त बनायो, दैबले किन मन …..बनायो
बिकाउ नै भए बैशका फूल, दैबले किन यौबन बनायो

खै कहाँ छ माया, बस् आउछन् ……खेल्छन जान्छन
बाँच्नु नै छ एक्लै भने, दैबले किन ……मीलन बनायो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : फेरि उदाउनेछ अस्त पछिको रात

~बिक्रम श्रेष्ठ “सागर”~Bikram Shrestha 'Sagar'

****फेरि उदाउनेछ अस्त पछिको रात ****

अस्त पछिको रात यो आज।
फेरि भोलि उदाउनेछ ।।
सेवा, सदभाव र प्रेमको आज।
सबलाई यसको खाँचो छ ।। Continue reading →

Posted in कविता | Tagged | 1 Comment

छन्द कविता : विश्वास

~डा. लेख निरौला~Dr Lekh Niraula

पैह्राले घर भत्कियो र पुरिए सारा कुरा तत्क्षणै
हेर्दै ध्वस्त बने अनेक टहरा भाँडाकुँडा घर्घरै
बाटो बन्द भयो दगुर्न नसकी हेर्दै लडे झन् कति
साँच्चै प्राकृत आपदाबिच परी लाखौँ भयो दुर्गति ।।

सारा सोत्तर छन् यहाँ मनुजका आफन्त पर्नेहरू
कोही बोल्न नपाउँदै क्षणमहाँ प्राणान्त गर्नेहरू
बोल्दैनन् अब खै कतै मनहरू हेर्दै सबै शून्य छन्
बाँकीका मनभित्र त्रास सहसा लुक्दै अझै बस्दछन् ।। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : बजार

~शेखर ढुङ्गेल~Shekhar Dhungel

यो संसार
एउटा बजार
अनगिन्ती छन् बस्तु
त्यति नै गन्तीका जार

हो यो संसार जार हरुको
सौहार्दतामा ‘वस्तु’
साटासाट गर्ने
कतै सानो कतै ठूलो
हाटबजारको भीड हो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सालिक ढलेपछि

~मन्जु निरौला~

ईतिहासको बुर्जामा अवस्थित
निर्जीव पत्थरको सालिक ढालेर
पुरुषार्थ देखाउने पौरखीहरु
मन्दिर टँुडाल अनि पाटी पौवा भत्काएर
देशलाई निर्लज्ज बनाउने भष्मासुरहरु
ऐतिहासिक परिपाटी ढालेर किन
असभ्यताको पूरक बन्न थालेका छौ

हिम्मत छ भने देशको कुटिल राजनीतिलाई ढाल Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : टाढा टाढा नजाऊ तिमी

~होम न्यौपाने~Hom Neupane

टाढा टाढा नजाऊ तिमी पर्खिएरै मन थाक्नेछ
साथ सम्झेर आँखाभरि आँसुका थोपा छल्की झर्नेछ ।

तिमीले चुमेका यी हातहरु सुमसुम्याई म ब्युँझिरहुँला
कहीं यादहरु दुखे भने तस्बिरलाई म सुनाउँला Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : अब्यक्त पीडा

~वैकुण्ठ ढकाल~Baikuntha Dhakal

“मुकेश जापानी टोली आउने कुरो के भयो ?” अफिसको हाकिम गर्जंदै भित्र पसे ।
“सर उनीहरुले आन्तरिक कारणले आउन नपाउने भनेर कार्यक्रम नै क्यान्सल गरे । “

बुद्धको जन्मथलो घुम्न आउने भनेका जापानी पर्यटकहरु बुद्धको जन्म भारतमा भएको हल्ला भएर नेपाल नआएका रे । अफिसभित्र Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : ताराहरु सबै सबै टल्कने

~गिरिराज बाँस्कोटा~Giriraj Banskota

ताराहरु सबै सबै टल्कने पो कहा छन् र –
आखहरु सबै सबै पल्कने पो कहा छन् र –

प्यार सग नशा जाग्दा जिम्मेदारी साथै हुन्छ
शिरहरु सधै सधै ढल्कनेे पो कहा छन् र – Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : घाउ सम्हाल्न आऊ

~होम न्यौपाने~Hom Neupane

घाउ सम्हाल्न आऊ व्यथा बढेको दिन ।
यो शिर ओताउन आऊ झरी परेको दिन ॥

अँध्यारोले ढाकेको क्षण जीवन थाकेको क्षण ।
दियो जलाई आऊ जुन ढलेको दिन ॥ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : निद भाग्यो तिम्रो यादले

~भरत पौडेल~Bharat Paudel

निद भाग्यो तिम्रो यादले, देहचिल्यो चिसो रातले
छाती भरी ज्वालामुखी, आगो थप्छ उन्मादले

यो जवानी धूपजस्तो, तिम्रो रुपले तेल थप्छ
चाहनाको खहरेलाई, उरालेर भेल बग्छ
सागरसरी तिम्रा नयन, कल्पनामा पिउने गर्छु Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : मुर्दासंग डराएर भाग्दिन , जिउदो मान्छे हुं म

~संतोष थपलिया~Santosh Thapalia

मन बिरक्तिएर चीरा चीरा परेको छ माइला दाईको । उमेरै नपुगी चाउरिले गोरेटो बनाएको अनुहार, भास्सिएर स-सानो कुवा जस्तै देखिने आँखा अनि भाटो जस्तो आफ्नो शरीर हेर्दै धक् फुकाएर रुन सम्म रुँदैछन आज माइला दाइ । उनको घुक्क घुक्क रोदन रातको सन्नाटा चिर्दै सारा गाउँको कानमा ठोक्किएको छ, तर अफ्शोच! सबै कान बैरा भएका छन मानौं भुस्याहा कुकुर रुँदै छ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : टायर संस्कृति

~बासु श्रेष्ठ~SONY DSC

हाम्रो देश नेपाल सँस्कृतिको धनी छ । यसमा सन्देह छैन । विभिन्न जातजातीको फूलवारी नेपालमा विभिन्न थरिको सँस्कृति पाईन्छ जसको कारणले हामी नेपाली भनेर चिनाउन गर्व गर्ने र गराउँछौ ।

तर शिर्षक हेरेर तपाईलाई लाग्यो हॊला यसले के पुङ्ग न पुच्छरको कुरा गर्न थालेको होला, काम कुरा एकातिर कुम्लो बोकि ठिमीतिर तर कुरो त्यसो होईन । मैले कुरा गर्न लागेको एकदम खाँटी कुरा हो सन्देह नगर्नुस् । Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : नागदेवी

~शिव प्रकाश~SHiva Prakash

“हो, मान्छेको सबैभन्दा ठूलो साथी पनि मान्छे नै हुदोरहेछ र सबैभन्दा ठूलो शत्रु पनि मान्छे नै !” अहिले मान्छेमान्छेबीच त्यही भइरहेछ ।

उसले छोटो समयामा धेरै पात्रहरु बनाई ज्ञात-अज्ञात ! अज्ञात पात्रहरु उसकलाई मात्र थाह छ ज्ञातपात्रहरुमा रुद्रराज, जावेद खान, मक्करध्वज, भमरलाल, माकुरमाणि, मुनिर मियाँ आदि । जति छिटो उसले ति पात्रहरु कमाई त्यति नै छिटो धेरैलाई गुमाई पनि !
मक्करध्वजसँग सबैभन्दा ठूलो दुष्मनी छ । जतिचाँडो उनीहरु नजिकिए त्योभन्दा चाँडो टाढा पनि । न मक्करध्वजले उसालाई देखेको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment