लोग्ने हुँ म त तैपनि रोएँ
मनको मैलो आँशुले धोएँ ।।
देउराली भाकेर गरेको वाचा
सम्झेरै आज एकलै रोएँ ।।
लुकाउनु थियो गहका आँशु
बर्षातमा भक्कानो छोडेर रोएँ ।।
लाचार नै रैछ दुनिया भन्ला कि
रुमाल ले आँखा छोपेर रोएँ ।।
बाडुली तिम्लाई लाग्यो लागेन
पलपलमा तिम्लाई सम्झेर रोएँ ।।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

