Poem : Dance in Dark

~Sanat Acharya~Sanat Acharya

My mates called me today
I was so happy I can’t say
I was going to dance in 100 lights
With mates all over in my sights
It was long before in my lands
In the air, all my friends’ hands
But here even the street dogs bark
I used to hide; used to dance in dark
….
After a long, At last I made some Continue reading →

Posted in Poem | Tagged | Leave a comment

गीत : बादलुको घुम्टोओडी

~भरत पौडेल~Bharat Paudel

बादलुको घुम्टो ओडी, न्यानोमान्छ हिमालले
पहाडले छाती ढाक्छ, गुराँसको रुमालले
सगरमाथा छुनखोज्दै, चाँदनीलाई जिस्काउँछ
सारादृष्य हेर्दै तराई, मन्द मन्द मुस्काउँछ

नदीहरु धागोबनी, तीन प्रदेशको फूल उन्छन्
दोभान अनि त्रिवेणीले, एकताको सन्देश दिन्छन् Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

नेपाली उपन्यास : देशै हराएपछि..

~डिल्लीराम शर्मा आचार्य~DilliRam Sharma Acharya

देशै हराएपछि…|नेपाली उपन्यास|डिल्लीराम शर्मा आचार्य



भाग
१

नारी हृदय कसरी बुझ्न सक्छ? दिपकले त महनले जस्तो धोका दिंदैन होला?’ रमाले आफैलाई प्रश्न गरीगरी उत्तर खोजिरहेकी थिई ।

‘ए ! कति छिटो बाटो काटिएछ,कीरा,बख्खु लगाएका गाउँलेहरू डोका,थुम्सेमा दाल,चामल, साग, छुर्पी बोकेर बजार भर्न जानेहरूको हुलहुल छुटिरहेको थियो । दुई तीनवटा घुम्ती पार गरेर रमा तिनै भरियाहरूसँग डम्फू बजारमा निस्किई । लामो झरीले गर्दा मानिसहरूको आवतजावत कम देखिन्थ्यो । Continue reading →

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

कविता : राजनीति

~हस्त गौतम मृदुल~Hasta Gautam Mridul

सरकार भित्र पातकी पसे पतीत पाराका।
हर्ुमत लुटी हैरान पारे जनता साराका।
कोही छन दलाल सिद्धान्तका कोही छन शोषक।
शक्तिको संधै बाँडफाड गर्छन, यी पृष्ट पोषक।

सिमाना देखी अस्मिता सम्म कुल्चदा हास्दै छन।
उसैलाइ सुम्मी राष्ट्रियता सम्बन्ध गास्दै छन।
राष्ट्रका लागी र्समपित हुने को छर बढेको।
आखिर यहां नेताहरु रहे छनी सडेको। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कोशीस

~शेखर ढुङ्गेल~Shekhar Dhungel

सम्झौता गर्न खोजे
आगोसित
खोइ त्यो चिसो भएन
सम्झौता गर्न खोजे
नदीसित
खोइ त्यो बग्न छाडेन
सम्झौता गर्न खोजे
पहाडसित
खोइ त्यो झुक्न मानेन
सम्झौता गर्न खोजे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समालोचना : अमर सैन्य-साहित्यको सिर्जनामा श्रीगणेश

~डा. गोविन्दराज भट्टराई~Dr Govind Raj Bhattarai

गणेशजीको प्रेमले

म गणेश राईप्रति आकषिर्त भएको निकै भयो । मैले उनको राइफलको नालबाट जीवन नियाल्दा पढेपछि लाग्यो यसप्रकारको युद्ध साहित्य नेपालीमा लेखिएन । नेपाली नागरिकले ठूला-ठूला विश्वस्तर युद्धसँग साक्षात्कार भएको तीन सय वर्ष नाघ्यो । तर अघि केही लोकभाकाका रचनावाहेक केही लेखिएन । सायद हाम्रा सिपाहीमा शिक्षाको कमी थियो होला साथै नेपाली सबैको स्थिति त्यस्तै थियो- प्रकाशन व्यवस्था थिएन, Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

गीत : करोडौ मुटुको देश नेपाल

~रुपक कुमार शाही समुदा~

सुख शान्ति छैन देशमा
भत्केका छन मठ मन्दिर
पिडा दु:ख ले भरिएको छ
आज मेरो प्यारो देश
बल्झिन्छ यो आलो घाऊ, दुख्छ मलाई घरी घरी
दैब ले लिएर गएछन घरबार साथी भाई दौतरी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : ईश्वर भेटिएमा अवश्य सोध्नेछु

~यज्ञेश~Yagyash Dhwoj Karki

ईन्द्रको स्वर्णगद्दीमा सायद ईन्द्र आफै छन्
या ज्यूस छन् या जूपिटर?
मृत्यु पश्चातको यात्रामा,
वैतर्नि तर्नुपर्ने हो कि
सेन्ट पिटरसँग इन्टरभ्युमा जानु पर्ने हो?
स्वर्ग पुग्न के-के गर्नु पर्ने हो?
ईश्वर भेटिएमा अवश्य सोध्नेछु।

भयाटिकन, मक्कामदिना, चारधाम
जेरुसुलम, लुम्बिनी, अमृतसर
मलाई कोही बताइदेऊ पृथ्वीमा ईश्वरको घर, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सरकार चोर

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~Yogendra Raj Sharma 'Prakar Antar'

मान्छे मान्छेसँग
र मान्छे बाटोसँग लाज मान्छ
र झ्यालमा पर्दा लगाउँछ ।
मान्छे मान्छेसँग
र मान्छे बाटोसँग डराउँछ
र ढोकामा चुक्कल लगाउँछ ।
हरेक मध्यमवर्गीय कोठाहरु
पर्दाभित्र हिनताबोध गरिरहेका हुन्छन्
केही घरहरु धनी हुन्छन्
तर धनी देखिन चाहदैनन् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भुइँचालो, भुइँचालो ! देशै काम्न थाल्यो

~माधव घिमिरे~Madhav Ghimire

भुइँचालो, भुइँचालो ! देशै काम्न थाल्यो

अनायासै देशै थाम्न– जुट्यो हातेमालो

कराउँदै रूखदेखि सारा पन्छी उडे

उडूँ भने, पंख छैन भुइँमा मान्छे लडे

घर ढले, मन्दिर ढले, धूलो उड्न थाल्यो

खोज गर्न, खबर गर्न– जुट्यो हातेमालो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भविष्य

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

सामन्ती अभिशाप दिन्दिन हतोत्साही हुँदै गै सक्यो
पूँजीवाद पनी जरा कुहिन गै ढल्ने बखत् भै सक्यो
शोषणको हतियार धर्म कुन छन् निर्मूल पारी दिन
मुक्ति निश्चय पाउने क्षणहरू लागि सके झल्किन

मान्छेको प्रगति नरोकिन दिने राखेर हिक्मत् पूरा
छन् आत्मा बलवान पीडितहरू संघर्षमाथी सुरा
ज्ञानोदिप्ति हुँदै गर्इ झुपडी उठ्दै ठलुा हौसला
जान्दैछन् नर-नारीले विजयमा उतिर्ण बन्ने कला Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो जिंदगी

~लक्ष्मी पुन मगर~

रीत्ति सकेको जिन्दगीमा अब खुशीको कुनै आशा नै छैन
सुकी सकेका यी आखा हरुमा आसुको कुनै मोलनै छैन

शिउदोको शिन्दुरले लाली चढ़न नपाउदै पुछियर गयो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : कहिले काहीं जिन्दगीमा

~शेखर ढुङ्गेल~Shekhar Dhungel

कहिले काहीं जिन्दगीमा
किन यस्तो हुन्छ
खोजी हिड्यो एउटा कुरा
अर्कै हात पर्छ हो …हो…हो… अर्कै हात पर्छ ।
सजाए थें एउटै फूल Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

मेदिनी पाईअस का सात ताङ्का

~मेदिनी पाईअस~

–
१.
खाने मुख भो
जीवन बृतिहरु
डर ञास र
मिलन बिछोडमा
क्यालेण्डर चुडाल्दै।
–
२.
सपना भरि
तिम्रो लागी भनेर
बुनेको मुहार
कति मायालु छ है
मुटुमा राखुँ जस्तो। Continue reading →

Posted in ताङ्का | Tagged , | Leave a comment

गजल : सम्झेर पनि दिक्क लाग्छ यो जिन्दगी

~आचार्य प्रभा~acharya Prabha

सम्झेर पनि दिक्क लाग्छ यो जिन्दगी
पर्खँदा पनि टाढा भाग्छ यो जिन्दगी /

कसरी आज सम्म बाँच्दै म आएछु
निराशा मात्र साँच्दै जाग्छ यो जिन्दगी / Continue reading →

Posted in गजल | Tagged | Leave a comment

नियात्रा : धम्पुस यात्रा र लालीगुराँस जस्तै चोखा मनहरू

~तुलसी प्रवास~Tulasi Prawas

धेरैले भनेका छन् – जीवन एउटा यात्रा हो । जीवनका हरेक क्रियाकलापहरू यात्रामा निस्कँदा भेटिने संयोग मात्र हुन् । मानिसको जीवनमा कतिबेला कुन अवस्था आउँछ, केही थाहा हुँदैन ।
जीवनरूपी यात्रामा यात्रा गर्दा झनै आनन्द आउँदो रहेछ । सैनिक आवासीय महाविद्यालय, पोखरामा पाँच वर्षको यस बसाइमा धैरै यात्राहरु भए । Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

लघुकथा : आमा

~खिम प्रसाद सापकोटा~

पाठक महोदय तपाई मलामी पक्कै गएको हुनु पर्छ।

मलामी जादा लासमा( आमा,बुवा ,बाजे ,बज्यै )आफू भन्दा अलि बढी उमेरका लास जलाउदा अनेक थरी चर्चा परि चर्चा आदि सुन्न देख्न पाइन्छ। (म आफ्नो सन्तान जलाउनेको मलामी गएको छैन।)

अलि पहिले म मलामी जादा को घटना सुनाउ घटना परि घटना मा जलि रहेको लास एक आमा को हो त्यसैले तपाईंलाई यो न पढ्ने अधिकार पनि छ। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

मुक्तक : राहत

~भबानी अधिकारी नेपाल~

दाल चामलको पोको दिएर नि खै वेदना फटाउन सकेन
शास धान्नका लागि गाँसको अभाव त्यो घटाउन सकेन
दातृ निकायको सहयोग आयो सरकारको ढिला सुस्ति Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : अनौठो बीज

~स्वप्निल नीरव~swpanil nirav_1

एक बाझो भुमि थिए
मेरा छातीका झारपात उखेल्यौ
मलजल राख्यौ
र रोप्यौ अनौठो ए बीज
सो ममा अंकुरण भयो ।

केहि दिन केहि हप्तापछि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : “डि.भि. भर्नु भयो ?”

~घनश्याम शर्मा~Ghanashyam Sharma

” हैन तिमी कति डि.भि., डि.भि. गछ्र्यौ भन्या ! भरिहाल्छु नि तिमीलाई कति हतार लागेको अमेरिका जान अनि त्यो चिट्ठा हो चिट्ठामा तिमीलाई त्यत्रो बिश्वास छ भने शहरमा हजारौं खाले चिट्ठा खुल्छन् जाऊ रत्नपार्कमा र दैनिक जसो चिट्ठा किन अनि कहिले गाडी, कहिले बङ्गला, कुनै दुःख गर्नै पर्दैन नि । ”

कार्यालय छुटेर भर्खरै घरमा आएको मलाई श्रीमतीको दैनिक जस्तो डि.भि. भर्नु भो भन्ने प्रश्नले रन्थनायो एकछिन । मैले पनि उनलाई यसरी ठिङ्गुराई दिएँ । मैले खाजा खाई वा खाईन पानी पिउँछु कि आदि प्रश्नहरु उनको प्राथमिकतामा पछाडि नै छन् । पहिलो प्रश्न नै डि.भि. हुन्छ । मैले उनलाई कति पटक पश्चिमा देशहरुको विकृत संस्कृतिको बारेमा बताईसकं अहँ उनको एउटै सुगा रटाई छ डि.भि. …डि.भि…. । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

चिन्तन : सच्चा प्रेम, निस्वार्थ सेवा र दान नै परमानन्दको मुहान हो

~धनञ्जय शिवाकोटी~Dhananjay siwakoti

प्रकृति र चराचुरुंगीको हाउभाउ देख्दा लाग्छ ब्रह्माण्ड को सृष्टि निस्वार्थ सेवा र कामना रहित दानको लागि भएको भान हुन्छ । हुन पनि सुर्यले दिने प्रकाश र ताप, चन्द्रमाको शितलता, हावाको श्वास-प्रश्वास सबै निस्वार्थ नै देखिन्छ । बिहानपख चराको चिर्विराहट बिना स्वार्थ अरुलाई लागि आनन्द दिईरहेको भान हुन्छ । यी सबै चिज वस्तुले मानवलाई निस्वार्थ सेवा र कामना Continue reading →

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

कविता : दृष्य

~गिरिराज बाँस्कोटा~Giriraj Banskota

थुन्दा थुन्दै पढ्केला जस्तो
जुनतारामै आशु अड्केला जस्तो
कहिले वादलु भित्र
कहिले आँखाकै समिपमा
यस्तै यस्तै घाम छाँया भईरहेछ एउटा दृष्य
कहिले छाति भित्र मुस्कुराए जस्तो
कहिले आँखै अघि हराए जस्तो
कहिले आँखाको नानीमा त कहिले परेलीमा
हो जस्तो भएर बाँच्छ
होईन जस्तो भएर सताउछ
यस्तै यस्तै दोधारमा
उदाईरहेछ विहान अस्ताई रहेछ चन्द्रमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : तल हुँदा बडो मित्रता थियो

~बिनोद अनुज~Binod Anuj

तल हुँदा बडो मित्रता थियो
शिखरमा पुगि साथि बद्लियो ।।

अब नराख मन् अन्धकारमा
गगनमा नयाँ चन्द्र निस्कियो ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : मुटु भित्र धड्कनमा

~किरण टी लिम्बु~Kiran T. Limbu

मुटु भित्र धड्कनमा तिमीलाई नै पाई रहेँ,
साँचो माया नपाए नि तिमीलाई नै चाही रहेँ ॥

सम्झनाको तरेलीमा यादहरु बगी आउँदा,
तिम्रै नाम परेलीमा गीत लेखी गाइ रहेँ, ॥ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : सिनु सिनु सिनु !

~शेखर ढुङ्गेल~Shekhar Dhungel

डुङ्ग त्यो सिनु सत्ता
बेवारिसे आमाको लाश हो त्यो !
म अपशव्द प्रयोग गरेर
नेताभन्दा स्तरहीन बन्न चाहन्नँ
कुनै जनाबरको नाम दिएर
उसको इमान्दारितामा दाग लाग्न नि दिन्नँ
हे नेपाली नेताहरु
गिद्ध हौं तिमीहरु
तिमीहरुलाई सिनु भए पुग्छ
त्यो आलो होस् वा सडेको
खोस्न खोजेका छौं ।
पवित्र होस् कि अपवित्र
चुस्न भिडेका छौ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वार्थको भाका

~मन्जु निरौला~

मनमा उत्साह, उमङ्ग बोकेर
आफुले पाउने अधिकार लिएर
सम्पुर्ण कुरामा निहित स्वार्थ लिई
बोल कबोलको वाचा गर्दै
भन्ने गर्छु प्रवासी भईकन पनि
स्वदेशलाई म पुजा अर्चना गर्छु

विदेशी भूमीमा वर्षांसम्म पलायन भएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : विकासको स्वाद

~किशोर पहाडी~Kishor Pahadi

मेरो घरअगाडि प ..र विशाल घर बन्न थाल्यो ।

मैले देखेँ — विशा…ल घर ।

— बालुवा

— इँटा
Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : नआए हुन्छ नयाँ वर्ष

~श्रीभक्त पौडेल~Shree Bhakta Paudel

लेख्दिन भो म कविता नयाँ बर्षको
धेरै मसी र अक्षरहरु खन्याइसकें
सेता पन्नाहरुमा,
ती मेरा कविताहरुको अबमुल्यन भयो
पुराना बर्षहरु झैं, यो साल पनि,

तिमी आयौ, गयौ
चुपचाप चुपचाप
न पदचाप सुनें
न कुनै सर्सरहाट नै
पोहोर परार जस्तै,
न कुनै परिवर्तन
न शान्तिको श्वास Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय जुली

~राजिन पनेरू~Rajin Paneru

प्रिय जुली
अतिथि देवो भवः
स्वागत छ तिमीलाई
बिच्छाएर हरियो गलैंचा तराईका फाँटहरुमा
छरेर शीतलता हिमाली झरनाहरुमा
तिम्रो पर्खाइमा छन् विल्कुलै तिम्ले नदेखेको
काँडेभ्याकुरका जोडीहरु
चखेवाका भाले–पोथीको लीला हेर्न
आऊ मेरो देशमा
सुन्दर, शान्त र विशाल परिवेशमा । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सरलाई ब्लु लेबल

~गुणराज लुईंटेल~Gunaraj Luitel

नेपालबाट आफ्नो सर आउने भनेको सुन्दा रमेश दङ्ग छ । बुढालाई यता घुमाइदिन्छु, उता घुमाइदिन्छु भन्दै उ धेरै योजना बनाइरहेको छ । सरले अस्ति नै स्काइपबाट फोन गरेर भन्नु भा‘ छ— “रमेश त्यहां डि.सी. क्षेत्रमा मेरो खासै कोही पनि छैनन्, तिमी त त्यहांको पुरानो मान्छे, मलाई एयरपोर्ट मै लिन आउनु है, मेरो ल्याण्डिङ त्यहीं परेको छ ।” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : आखैंमा ककनी

~तिब्वत दर्लामी~Tibbat Darlami

एकानी दुवानी मायाँ बस्यो नि
दुनियाँको आँखा छल्न जाउँ न ककनी ।

कुनै एक नेपाली फिल्मको गीत हो यो । कहिले काँही रोमान्टिक मुड आउदा गुन्गुनाउने गर्छु । राजधानी काठमाण्डौंबाट उत्तरपूर्बी इलाकातिर जम्मा तीस किलोमिटरको दूरीमा अवस्थित यो ककनी पुग्ने अवसर चै बल्ल यसपाली जुर्यो । तर यो अवसर कुनै माया पिरती बसेर होइन न कि दुनियाँको आखाँ छल्नको लागि । नेपाल युथ फाउण्डेशनले बिगतका बर्षहरुमा झैं यो बर्ष पनि आफ्ना कर्मचारीहरुका लागि रिट्रिट तथा Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : भरप्रसाद र आसमाया

~जोतारे धाइबा~ Jotare Dhaiba

घुम्दैफिर्दै सहरको मध्यभागमा पुग्दा थकाइ र भोकले लखतरान भएपछि भरप्रसादलाई औडाहा भयो । टन्टलापुर घाममा झट्ट आँखाले केही खुट्याउन नसक्दा उसले आँखीभौँमाथि हत्केलाको छाता बनाएर यसो नजर दौडायो । छउछाउमा कोही फेला परेनन् । चाल्नासमान बर्को शिरमा सिउरिएकी आसमाया पनि सँगै छे, उसका निधारमा चाउरीका सात पत्रमा जीवनभरका हैरानी च्यापिएर बसेजस्तो देखिन्छ । कतै न कतै कसैले खानपिनको बन्दोबस्त गरेकै होला नि Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment