कविता : थु..इक्क

~देवु सुदामा ~Debu Sudama

सपनाको एक क्षण
……….र हामीहरु
उकाली चढ्दै गयौं
हाम्रा पाइलाहरु
हल्का र आतुर थिए
हाम्रो म्यराथुनमा
शुभेचछुकहरु
विजय स्वागतको तुल टाँग्दै
पुष्पवृष्टिको
गरम तयारी गरिरहेका थिए ।
हामी आधार शिविर नाघेर
लगातार बढ्दै गयौं Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : प्रिय कबि

~शुमी प्रकृति~Sumi Prakriti

म्यासेजको रिप्लाई गर्नुभएछ ,खुसी छु निकै खुशी !बिश्वास थिएन अाउला भन्ने,ठुलो खेद थियो हराउनुभएकोमा,एउटै प्रश्न घुमिरहन्थ्यो मस्तिश्कमा हजुर कहाँ हराउनुभयो ,किन हराउनुभयो?
मलाई अझै याद छ् त्यो कार्यक्रम ,हजुर स्टेजमा उक्लिनासाथै तालिका फोहोरा छुटेका थिए ठुलो मासभित्रबाट | अग्लो कद ,लामो कर्लि केश , अग्लै निधार, कालो बर्ण ,मैले सबै याद गर्न भ्याइसकेको थिए ,ठुलो धोवद्रो स्वरमा हजुरले गजल को एक सेर भनेपछी| बाचनशैली,लेखनशैलीको मिलन जति राम्रो थियो त्यति नै राम्रो थियो Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मनभित्र व्यथा चल्छ

~शोभा सुबेदी~

आँशु पिउँदै कति बाँच्नु
पापी यो संसारमा
असती काल किन डराएको होला
किन नजर दाग्दैन म मा ।
मनभित्र व्यथा चल्छ
जाँगर हराई गयो
विरहले मन रुन्छ
सम्झना मर्दैन निष्ठुरी कालीको । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : नसमाउ हात मेरा तिमीलाई बात लाग्ला

~इन्द्रकुमार श्रेष्र्ठ ‘ सरित् ‘~indra k.shrestha sarit

नसमाउ हात मेरा तिमीलाई बात लाग्ला
पिउंदै नपिई जवानीको चर्को मात लाग्ला ।

नपठाउ भो दिन दिनै मायाका चिट्ठीहरु
मेरो सानो मनमा चिट्ठीको ठुलो खात लाग्ला । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लेख : उत्तरआधुनिक सिद्धान्तको पृष्ठभूमिमा नेपाली आख्यानेतर साहित्य

~डा. गोविन्दराज भट्टर्राई~Dr Govind Raj Bhattarai

उत्तरआधुनिकतामाथि

प्रस्तुत रचनाको शिर्षकले दुइतिर छुन्छ- उत्तरआधुनिकता र विधाविभाजन । यसले यी दुवै कुरालाई नेपाली साहित्यको सर्न्दर्भमा हेरिमाग्न पनि आग्रह गर्दछ । विषयको गहनताले गर्दा मलाई विस्तारमा बोलौँ लागेको छ, तर स्थान वा समयको सीमाले सङ्क्षेपमा अवतरण गर्नुपर्ने हुन्छ । त्यसकारण म यहाँ बीचको तर छोटो बाटो दौडिन चाहन्छु । यो सूत्र पक्रेर अरूले विस्तारमा जाने मार्ग पत्ता लगाउन सक्छन् । Continue reading →

Posted in लेख | Tagged | Leave a comment

राज मांलाक का सात ताङ्का

~राज मांलाक~

१.
यो साल पनि
फेरि क्यालेण्डरमा
यै नयाँ बर्ष
हराभरा छ तर
देश कति फुस्रो छ।
–
२.
प्रातमा पनि
मध्य दिनमा पनि
साँझमा पनि
लठेब्रो जिन्दगानी
यौटा उदेक बाँच्छ। Continue reading →

Posted in ताङ्का | Tagged , | Leave a comment

कविता : ईश्वरसँग सह-अस्तित्वको सम्झौता

~रमेश कडेल~ Ramesh Kandel_1

ईश्वरीय प्रमादमा रुमलिएका पल्लव पात्रहरु
र गुरुकुलका केही सदश्यहरु
मलाई लम्पसार पर्न आघोष गर्छन।
अनी ति तिरस्कृत क्याक्टसहरुद्वारा
विरुढ मनमा एकपक्षिय प्रहार गर्छन्
फेरी अन्तिम संस्कारमा लामबद्द हुन्छन।
मलाई तिमीहरुले बनाएको बाटो मञ्जुर छैन र हुन्न पनि
आफ्नो आफैद्वारा हत्या गरी लाश फ्याँकिने जग्गाहरुमा
कहिल्यै बिसर्जित गराउने छुइन र नगराउन आग्रह पनि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : कब्जा

~लेखनाथ काफ्ले~Lekhnath Kafle

साधुराम चौधरी, वर्ष सन्ताउन्न, मध्यपश्चिमको एउटा गाउँ झिञ्झिनिया ।

साधुरामलार्ई आजकाल राम्ररी निद्रा पर्दैन, त्यस्तो हुनलागेको करिब एक वर्षजति भयो । आज फेरि निद्राले छिट्टै छोड्यो । निद्राले छोडे पनि उसलार्ई खटिया छोड्न मन लागेन । ज्यानमा पूmर्ति नै छैन । ‘बूढो भैइएछ क्यारे !’ सधैँ बिहान उसले एक्लै गन्गनाउने यिनै शब्द हुन् ।

आज शुक्रबार, चार वर्षअगाडि शुक्रबारकै दिन बूढी बिती । सा¥है खोक्थी, एकदिन खोक्दा–खोक्दै रगत नै आयो । धामी–झाँक्री, Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : नेपालीलाई खुशी फेरी आउने

~परिहास सुब्बा~

नेपालीलाई खुशी फेरी आउने हुन् कि होईनन्
सन्ततीले ‘नेपाल’ भन्न पाउने हुन् कि होईनन्

भावी दिनमा सारा नेपाल खरानी पो हुने हो कि
नेपालीलाई सधैं चिसो सिरानी पो हुने हो कि
गाथाहरु सगरमाथा धाउने हुन् कि होईनन् Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : असफल अनुसन्धान

~सन्तोष आले~Santosh Ale

होश सम्हालेदेखि यता
लुगा सिउने त्यो मेशिन छ
कि रोबट दमाई साइँला छ
ऊ छ कि त्यो मेशिन छ।
सपना कसले देख्दैन र
भविष्य भरिलो बनाउने
चाह कसलाई हुँदैन र
सुखले जीवन सजाउने!
साइँली दमिनीसित
भित्र्याएका रङ्गीन सपनाहरू Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : चर्किएको ऐना हेर्दा

~दीपक जडित ~Deepak Jadit

चर्किएको ऐना हेर्दा आफ्नै हजार छाँया देखें ।
ऐना दिलको फेर्न खोज्दा त्याँहा तिम्रो माया देखें ।

बर्षौं पछि सम्झिँदा नि तिम्रो रूप सग्लो थियो
तिम्रै माया छातीभित्र अर्थोक भन्दा अग्लो थियो
आज फेरी तिमीलाई आफ्नै दाँया बाँया देखें Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

मुक्तक : जति धेरै आफुलाई केलाउँछन्

~मनु ब्राजाकी~Manu Brajaki

जति धेरै आफुलाई केलाउँछन्
त्यति धेरै तिमीलाई खेलाउँछन्
मरेपछि स्वर्ग जाने ढल जस्तो-
बागमतिमा आफूलाई सेलाउँछन् । Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : अँध्यारै भो बानी यो देशमा

~घनश्याम खड्का~

अँध्यारै भो बानी यो देशमा
विजुलीको खानी यो देशमा

मान्छे कति मरे तिर्खैले
तर धेरै पानी यो देशमा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : कामको खोजीमा तिमी उडेर गयौ

~राकेश कार्की~Rakesh Karki

कामको खोजीमा तिमी उडेर गयौ
पापी पेटको लागी माया चुँडेर गयौ

गाउँ परिवार साथी सँगी सबै भुली
कहाँ हो कहाँ धेरै टाढा गुडेर गयौ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

अनूदित कथा : हामी मर्छौं तर जीवन बाँचिरहन्छ

~लिओ बुसकाग्लीआ~Leo Buscaglia
अनु : गौतम “उदय”

बसन्त लाग्यो ! पालुवा पलाउन थाल्यो ! यसै क्रममा एउटा ठुलो रुखको कुनै हाँगामा “फ्रेडी” नामको पातले पनि जन्म लियो | अन्य सयौँ पातहरु पनि त्यही रुखमा जन्मे | सबै सकुशल हुर्के, बढे ! साथीसाथी मिलेर घामका किरणहरुसंग खेल्नु, सितल हावाका झोक्कामा गीत गाउँदै नाच्नु कम्ता रमाइलो थिएन यिनीहरुको जीवन र दिनचर्या !

यो रुखको सबैभन्दा ठुलो पात “दानियल” र “फ्रेडी” एकदम मिल्ने साथी थिए | दानियलले धेरै कुराहरु जानेको थियो | बेलाबेलामा चराचुरुंगी, घाम, जुन, हुरी, बतास, आदिका साथै बगैचा र फूलबारीको सुन्दरताको निम्ति आफूहरुको महत्व, भूमिका र कर्तब्य सम्बन्धि दार्शनिक कुराहरु पनि गर्थ्यो | पातको जुनी लिन पाएकोमा “फ्रेडी” मख्ख थियो | Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : टर्निंग थर्टी

~दीपेन्द्र रोकाहा~

सँधै जस्तो आज पनि बिहान आठ बजे उठ्छु। घामले मेरो कोठा एकछत्र राज गरिसकेछ। खाना प्राय :स्कुल मै खान्छु। अब तयार भएर ९ बजे स्कुल पुग्नु छ। जागिरे जिन्दगी। हप्ताभर एकतमासको दिक्क लाग्ने दिन हुन्छ। ९ देखि ४ को ह्याङ्गले हप्ताभर पिरोल्छ। ६ वर्ष भो काठमांडू छिरेको। खै सोचेजस्तो केहि गर्न सकेको होइन। घर बाट फोन आउंछ “यो महिना जसरी भएपनि समय मिलाएर घर आएस् एउटी केटी हेरेका छौं।” केहि नबोली फोन राखिदिन्छु। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : शालिक

~कृष्ण प्रर्साई~krishna prasai_1

एकदिन म एकाएक उसको छेउ गएँ ।
र क्रमशः उस्लाई माथिदेखि छामंे र सुम्सुम्याएँ-
सबभन्दा माथि बादल झैं कालो कपाल,
गोलो अनुहारभित्र समुद्र झंै नीला आँखा-
चट्ट मिलेको घाँटीमा सुन्दर हार-
अलि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : उल्का

~भबानी अधिकारी नेपाल~

अझै भन्दैछन् समाजमा खप्न नसक्ने उल्का सुन्नुपरेको छ
श्रीमान घरधन्दामा श्रीमति बाहिर के तहल्का सुन्नुपरेको छ
कसरी बन्छ सभ्य समाज यो संकीर्ण सोचाइको जरो नउखले
जानेबुझेका छौं भन्छन् सुधार छैन सोच हल्का सुन्नु परेको छ Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गीत : च्वास्स मुटु दुख्दो रैछ

~बिमल गिरी~Bimal Giri

च्वास्स मुटु दुख्दो रैछ आफ्नै मान्छे टाढि दिँदा
मन हलुँगो भैदिन्थ्यो कि एकान्तमा बसी रुँदा

बैँस बगी टाढा पुग्यो जीन्दगीको हिउँद सँगै
विरक्तिन्छु सुनसानमा उदासिन यो बतास सँगै
जीवन भारि हुँदो रैछ आफ्नै मान्छे टाढी दिँदा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लेख : सामान्य बहुरङ्गवाद र नेपाली उत्तरआधुनिकतावादको कुरा

~धर्मेन्द्र विक्रम नेम्बाङ्~Dharmendra Bikram Nembang

कान्तिपुर दैनिकले भर्खरै आधुनिकता, उत्तरआधुनिकता सम्बन्धको लामो बहस तन्काएर स्थगन गरेको छ जस्तो लागेको छ । डा. सञ्जिव उप्रेतीज्यूले यस सम्बन्धमा निकै मेहेनतका साथ अगाडि पसार्नु भयो, सिद्धान्तलाई समानीकरण गर्दै नेपाली घटना र जनजीवनमा पुर्‍याउनुभयो, उहाँले विशेषत सिद्धान्तमा र यसको साँस्कृतिक, Continue reading →

Posted in लेख | Tagged | Leave a comment

गजल : म पनि त मान्छे नै हुँ थोरै कतै बाँस देउ न

~बसन्त मोहन अधिकारी~Basanta Mohan Adhikari

म पनि त मान्छे नै हुँ थोरै कतै बाँस देउ न ।
डीनरको भाग काँटी मलाई पनि गाँस देउ न ।

प्रकृतिको सुन्दर फूल सधैं किन च्याति दिन्छौ –
यो फूललाई सुहाउने एउटा कुनै कपास देउन । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : एउटा तारा झर्यो, शोकाकुल पारी।

~हस्त गौतम “मृदुल”~Hasta Gautam Mridul

एउटा तारा झर्यो, शोकाकुल पारी।
पाइदैन दर्शन कठै, गयो मायाँमारी।

स्तब्ध पारीकन भौतिक चोला छोडयौ।
कैले भेट नहुने गरी पाइलाहरु मोड्यौं।
अनयासै दुखद खबर धर्ती भरी छायो।
श्रद्धान्जली अर्पन गर्ने कस्तो बेला आयो। Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : जब तिम्रो साथ हुन्छ

~पि.एस.लिम्बू ‘निश्चल’~

जब तिम्रो साथ हुन्छ,
मलाई जिउने आश हुन्छ ।

तिमी कोमल, कति कोमल,
छुदा पत्थर कपास हुन्छ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : कथाहरुको संवाद

~गिरिराज बाँस्कोटा~Giriraj Banskota

न जितेर निस्कन सक्छु
न हारेर थेचारिन सक्छु
मझदारमा
न प्रेम ,न वियोगनै छ
न खुसी , न दुखनैछ
हो ,यस्तै एउटा कथामा अलमलिएको छु

अभिनय त्यति सजिलो छैन
छाडेर भाग्न पनि मिल्दैन
कस्तो कथा लेखिदियो नियतीले
न पहाड अङगालन मिल्छ
न हिमाल चढ्न मिल्छ
एउटा कथाले यहाँ सम्म ल्याउने
र अर्को कथाले त्यहा पु¥याउने
ठेलागाडा भित्र वसेर
स्वर्णीम विहान
प्रिय सन्ध्या खोजीरहेछु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नेत्र जलले लेखिएका भित्री कुरा

~रुपेश राई~

कहाँबाट सुरू हुन्छ
गाउँ अनि कहाँनेर टुङ्गिन्छ सहर?
बाँदरबाट मान्छे हुनुको कुरा जस्तो।
मलाई विश्वासै हुँदैन
मेरै कुरा।

घरमाथिको रमिते डाडामा
गएर, भक्कु लोभारूँ जस्तो लाग्यो
आफ्नै अनुहार। गतिछाडा स्वभावले। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : शिरिषको फुल ,किनार र तिमी

~गिरिराज बाँस्कोटा~Giriraj Banskota

शिरिषको फूल छरफस्ट सडकमा फिजिएको छ । कहिले काडि आएर किचेर जान्छ , कहिले पैतालाहरु विना संकोच रत्यौली खेल्छन् । निरिह लाग्छ र पनि प्रिय लाग्छ शिरिषको फूलका पत्ताहरु । जहाँ संवेदनका प्रिय यादहरु ढकमक बाचिरहेका छन् । हुनत सुगन्ध सधै सधै कहाँ टिक्छ र मानिस जस्तो न हो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मौन स्वीकृति भविष्यलाई

~आचार्य प्रभा~acharya Prabha

अनायस ढोका कसैले ढक्ढक्याएको कारणले ऊ निन्द्राबाट ब्युँझी । ढोकामा उसकै अफिसको मित्र अनायस उभिएको पाउँदा ऊ असमन्जसमा परी किनकी ऊ कहिल्यै पनि उक्त मित्रसँग आँखासम्म जुधाएर बोल्दैनथी त र आज अनायस आफ्नो घरको अगाडि उक्त मित्रलाई पाउँदा ऊ अन्योलमा पर्नु स्वभाविक थियो पनि । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पृथ्वी-दिवसमा

~मनप्रसाद सुब्बा~Man prasad subba

झिसमिसेमा
पृथ्वीको निधारबाटै
आकास आङ तन्काउँदै उठ्छ ।
पृथ्वी भएकैले आकास उठ्छ यसरी
तल्तिर धरती र समुद्र नहुँदो हो
आकासको मन केमा अडिन्थ्यो कुन्नि !
घाम जन्मिनलाग्दाको टाइगरहिल
अनि त्यो ट्याक्सी ड्राइवर जो
एक झप्को निद्रापछि अँध्यारोमै उठेर
सनराइज हेर्ने सिजनर्स लिएर जाने गर्छ
उभन्दा पहिल्यै उकालै-उकालो हिँडेर
पुगिसकेकाछन् त्यहाँ तातो चिया बेच्ने दिदी-बैनीहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : किम्बदन्ती यती हिमतालको

~सरण राई~Saran Rai

ब्यस्त सडकको एउटा कुनामा एकजना महिला काखमा नानी राखेर ओहोरदोहोर गर्ने मानिसहरूसँग भीख मागीरहेकी छे । कसैकसैले मात्र उसलाई ध्यान दिन्छन् । तर म भने उसको दीन दरिद्र अवस्थाले द्रवित भएर सोध्छु— “बैनी, नानी रोइरहेको छ । दुध खुवाए हुँदैँन ?”

“यो काखको नानी मेरो नानी होइन, मेरो लोग्ने हो ।” उसको जवाफ सुनेर छक्क पर्दै म सोच्न थाल्छु, उसको दिमागी तन्तुहरू पनि खुस्केको हुनु पर्छ ।
Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मलाई जिउँदै जलाऊ ….।

~धनु लेकाली~

म दुलही भई भित्रदा
कुमारीत्वको माया गरेन,
कोखमा फूलाउँदा तिमीलाई
लाज र सौन्दर्यको माया गरेन
तिम्रो मुखमा मिठो पार्न
जे पनि गर्न तम्से
एक टुक्रा खाना पाउँदा
तिम्रा मुख सम्म पु¥याए,
सबथोक सम्झेर तिमीलाई
जलाए मेरा जवानीहरु
ढलाए मेरा रहरहरु
गलाए मेरा सपनाहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : शुन्यतामा

~उषा गिरी~Usha Giri

आजकाल किन
दोबाटोमा अतृप्त प्यास
र गुम्सेको भावनाले
मानबता बिछ्याइ रहेकाछौ,
पूर्णबिरामलाई बिर्सिएर
अन्तरिक्षको सपना
मात्र सुन्यतामारु
बर्तमानको सिढीलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : संविधान र गणतन्त्र

~ईन्दु बश्याल ‘प्रकृति’~Indu Basyal 'Prakriti'

आमाको आँशु, गरिवको बेहाल, शहीदको त्यो यात्रा

के गर्ने छाड्ने त्यही वेला चल्थ्यो कुकुरको यहाँ जात्रा ।

ती सारा आज लेखिनु पर्छ सत्य कथा व्यथा

अनी मात्रै हुन्छ सार्थक संविधानसभा ।

लौ, आज त मिर्मीरे विहानी भैसकेछ ,

पुर्वमा रवि उदाउनै थालेछ,

सगरमाथामा कुन बहादुरले फेरि झण्डा गाडेछ, Continue reading →

Posted in कविता | Tagged | Leave a comment