गजल : बिन्ति

~शंकर ‘शुन्य’~

लेख्दै छु है अन्तिम पत्र ,यो पत्र चै पढीदिनु
म मर्ने बेला बिन्ति, मेरो आगन टेकिदिनु !!

गए पछि सास मेरो, अरु सितैई रोईदिनु
ओडी राको सल झिकि, मेरो मुख छोपिदिनु !! Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : केवल तिम्रो सामिप्यता पाउन

~राजेश नतांस~ Rajesh Natamsha

हराउने गर्छु आफ्नै संसारमा
नजिकिन चाहन्छु तिमीसँग
यो दुष्प्रयास सफल होला कि नहोला ?
केवल तिम्रो सामिप्यता पाउन

हरेक विम्बहरुसँग तर्सिन, झस्किन थालेको छु
‘अनिदो रात’ सँगै
निस्सार पौठेजोरी खेलिरहेको छु
सगर पाउने आशमा
यी पाइलाका वेगहरु लम्की रहेछन्
केवल तिम्रो सामिप्यता पाउन Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म मृत्यु चाहन्छु

~इश्मा पोखरेल~

म मृत्यु चाहन्छु
मृत्यु चाहन्छु म
यो अशिक्षित र अज्ञानी
पुरातन सोच र कुप्रथामा बाँधिएको
मेरो सोच विरुद्धको समाज देखि
वाक्क दिक्क भैसके म
त्यसैले पनि
म मृत्यु चाहन्छु
मृत्यु चाहन्छु म । Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : नौडाँडा र ‘पागलबस्ती’

~सरुभक्त~Sarubhakta

मलाई कालो मोसो दल्ने योजना रहेछ

०६७ मङ्सिरको अन्तिम शनिबार । बिहानको समय । पोखराको महेन्द्रपुलस्थित दीपशिखा होटलको सभाकक्षमा मेरो उपन्यास ‘समय त्रासदी’माथि परिचर्चा कार्यक्रम आयोजना गरिएको थियो । साहित्यकार राजेन्द्र चाँपागाईं ‘आहत्’ को अध्यक्षतामा केही महिनाअगि मात्र ‘र्‍यान्डम रिडर्स सोसाइटी अफ नेपाल’ जन्मेको थियो, जसले प्रत्येक महिनाको अन्तिम शनिबार कुनै न कुनै किताबमाथि Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : वसन्त महिमा

~सुनिल अनुकूल~

वसन्त आयो कोइली महिमा कसलाई थाहा छैन ।
बैशाख आयो खुशियाली महिना कसलाई चाहा छैन ।।

हिमाल चुली कोइलीको बोली अरुण झैँ सुसाउँछ ।
मयुर जोडी पखेटा छोडी वायु भैं खुसाउँछ ।। Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : सपनी भै टुटे

~रजनी राई~Rajani Rai

सपनी भै टुटे आज ती तिम्रा-मेरा साथहरु
अध्यारो भै ढले आज ती पूर्णीमाका रातहरु

हात मागेउसाथ मागेरआखिरीमा बचन तोड्यौ
कति कठोर हुदा रैछन निष्ठुरी बातहरु Continue reading

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : म र मुङ्लान

~राम कुमार राई~Ram Kumar Rai

जिन्दगीलाई राम्रो सँग गुजारा गर्ने विकल्प धेरै खोजे तर यसको हल भएन ? के गरौ ? कसो गरौ भन्ने तानाबुनामै, जीवनको घडीहरु बित्दै थियो ? अब त म पनि एक्लो थिइन, किन की मेरो जिवनमा कसैले डेरा जमाई सकेको थियो। अनि हाम्रो पनि पलुवा पलाई सकेको थियो । म बाट हाम्रो र अब हामी हुदै थियौ । दिन प्रतिदिन घरवारीले, जिवन धान्न मुस्किल हुदै थियो । साझ खाना खादा श्रीमतीले भनिन Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : यो शहरमा

~प्रतिमा के.सी.~

यस्तै यस्तै अनौठो हुन्छ यो शहरमा
ढुंगा पनि पग्लिइ रुन्छ यो शहरमा

गगनचुम्बी महलले एकै रातमा
खाली खाली आकाश छुन्छ यो शहरमा Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : तिमी आफैं भन

~गोपाल झापाली~Gopal Jhapali

तिम्रो छाती
सगरमाथालाई जित्ने उचाई लिईरहेको बेला,
मेरो छातीमा
दशगजाका जंघेपिल्लर चिच्याईरहेका छन् ।
तिम्रो त्यो कलिलो ओठमा
भोगको परागशेचन भईरहेको बेला,
‘मेरो माटो’ बोल्ने ओठहरुमा
सलहको ताँती लागि रहेको छ
अब तिमी आँफै भन,
म तिम्रो मादक कटिको गीत गाएर बसौं कि मेरो छाती तर्फ हेरौं ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : बुर्का

~योगेन्द्र उपाध्याय “पुष्प”~

फ्रान्समा भर्खरै यौटा नियम बनाइयो तर त्यो सोँचेअनुरुप सफल हुन सकेन, हुनसक्छ फ्रान्सले त्यो नियम आफ्नो क्रीष्टियानीटि मुस्लीज्म माथि लाद्न चाहेको हो या हुनसक्छ आफ्ना देशका आधा नारीलाई स्वतन्त्रताको श्वाँस लिन अनुरोध गरेको हो, या यो पनि हुनसक्छ उसले आफ्नो देशको सुरक्षाको लागि प्रत्येक मानिसलाइ उसको अनुहारबाट उसलाई चिन्न चाहेको हो तर जे सुकै भएपनि फ्रान्समा जुन बस्तु हटाउन खोजीएको थियो त्यो हट्न सकेन त्यो टाँसीएर बसेको बस्तु हो “बुर्का” । Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : नव बर्ष

~आचार्य प्रभा~acharya Prabha

फेरि आयो नव बर्ष उत्साह नै लिएर
दुई हजार् एघारलाई अन्तिम् बिदा दिएर ।

जहाँ बसौं जे नै सोँचौं बद्लीरन्छ समय
जसरी नि बाँच्नै पर्छ सुखी आसुँ पिएर । Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : समाजको रितिरिवाज तोडेर आएँ

~प्रमिला बुढाथोकी~Pramila Budhathoki

समाजको रितिरिवाज तोडेर आएँ
आमा बाबा साथीभाइ छोडेर आएँ ।

एउटै मान्छेमा सारा संसार देखेर होला
पिरतीको फूलवारीलाइ गोडेर आएँ । Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : थपघट हुँदो रै’छ भाउ

~रेशम बोहोरा ‘भाबुक’~Resham Bohora 'Bhabuk'

थपघट हुँदो रै’छ भाउ जिन्दगीमा
दुख्न बिसो हुन्न रै’छ घाउ जिन्दगीमा

उधारो’मै बित्ने रै’छ अभावको यात्रा
सधै भरि पोस्नु पर्ने साउ जिन्दगीमा Continue reading

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : नयाँ जमानाकी अनुपमा

~किशोर नेपाल~Kishore Nepal

छोरी अनुपमाले सपनामा पनि सोचेकी थिइन, यस्तो होला भनेर। तर कहिलेकाहीँ सपनामा नसोचेको कुरा भइदिन्छ। बिहेको जग्गेमा बस्न मेहदीले हात सजाएर बसेकी छोरीको रहर र उत्सुकता एउटै घटनाले मारिदिएको थियो। ‘जन्ती नआउने भयो,’ छोरीले सुनी। उसका नौनाडी गले। चिटचिट पसिना आयो कन्चटमा। किन नआउने भयो जन्ती? Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समर्पण आमाको

~आचार्य प्रभा~acharya Prabha

उषा किङ्कर्तब्यबिमुढ बनेर अतित सम्झी रहेकी थिइ। जत्तीबेला उ आफ्नी आमालाई भन्ने गर्थी।
“निशाकी आमाले त कतै जाँदैपिछे छोरीलाई नयाँ नयाँ लुगाहरु,श्रिङारका समानहरु ल्याइदिने गर्नु हुन्छ। मेरी आमाको त झोलामा हेर्यो भने थोत्रे डाइरी र कलम बाहेक केही हुन्न। कतै जानु भो भने पनि केही आशा नै लाग्दैन।”
छोरीको यस्तो बचन बाण सुनेर उषाकी आमा मौन बन्थिन र भन्ने गर्थिन। “छोरी यही थोत्रे कपी र कलम नै हाम्रो गहना र सौन्दर्य हुनेछ।” Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : कति घाउ नबल्झिएकै जाती

~मिङ लिवाङ~Ming Liwang

बसन्तले खबरकागतको अन्तिम हरफ पनि पढ़ेर सिद्धायो, अब खबरकागतमा पढ़ने अरू केही रहेन।

गत दुई घण्टामा उसले खबरकागतको एक-एकवटा हरफ, एक-एकवटा शब्द पढ़िसकेको छ। उसले यसरी यति विघ्न लामो समयसम्म रेल कुर्नु परेको यो पहिलो पल्ट हो……यसभन्दा अघि यति पट्टाइलाग्दो गरी उसले कहिल्यै रेल कुरेको थिएन यद्यपि आजसम्म उसले कैंयौंपल्ट रेलयात्रा गरिसकेको छ। पर्खाइको फल मीठो हुन्छ भनिन्छ तर उसलाई कसैको प्रतीक्षा गर्नु जति उराठिलो काम अरू केही लाग्दैन। कसरी मानिसहरू कसैलाई कुर्छन्…..कसै-कसैले त कसैलाई Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित चिनीया लोक कथा : ढोगाईको सर्त

~अज्ञात~

एकजना धनी र एकजना गरिब गाउँको चौतारीमा बसेर बात मारिरहेका थिए ।

“यदि मैले तँलाई बीस रुपैया दिए भने तँ मलाई ढोग्छस् ?” धनीले गरिबसँग सोध्यो । “यो त तरिका नै भएन नि, जाबो २० रुपैयाको लागि पनि म तिमीलाई ढोग्छु होला ?” गरिबले भन्यो ।

“यदि मैले मेरो आधा सम्पती दिए भने नी ?” धनीले फेरि भन्यो ।

“आधा सम्पती पाए पछि त म पनि तिमी बराबरको भइहाल्छु नि, अनि मैले तिमीलाई किन ढोग्नु र ?” गरिबले जवाफ दियो ।

“यदि मैले मेरो सबै सम्पती तँलाई दिए भने मलाई ढोग्छस् त ?” धनीले मुसुक्क हास्दै सोध्यो । गरिबले गम्भीर भएर जवाफ दियो,” तिम्रो सबै सम्पती पाएँ भने म तिम्रो ठाउँमा हुन्छु, तिमी मेरो ठाउँमा हुन्छौ । त्यतीखेर पनि तिमीलाई ढोग्ने जरुरत नै पर्दैन ।”

(स्रोत : Paniphoto.com)

Posted in अनूदित कथा, लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

लघुकथा : पाहुनाको कुरा

~नरेश नाति~

मेरो आफन्तको तीन तले मुन्डा घर काठमाडौं शहरमा । दुई दुई ओटा मोटर साइकल र एउटा मोटर कार पनि छ । न खान न लाउन कुनै पीर र ढुख छैन उसलाई ।

यस्तो तीन तले मुन्डा घर मेरो भए त ! तलको बाँकी कोठाहरु भाडामा लाउँथे र आएको घर भाडाले बसि बसि खान्थेँ । अझ यसमा एक तला थपेर माथिल्लो तल्लामा हावा खाने मजाको ठाउँ बनाउथेँ । यस्तै यस्तै कुराहरु खेलाउदै गाउका लालबहादुर पाहुना भएर आफन्तको घर शहरमा बसेका छन् । उता मेरो गाउको घरमा टिनको छानो छ । पानी पर्दा टिन थर्किएर कान टाल्नु पर्छ । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

नियात्रा : ‘विश्व पार्क’मा बुद्ध र सगरमाथाको खोजी

~डा. रवीन्द्र समीर~Dr Rabindra Sameer

सञ्चारको सञ्जालले संसारलाई एउटा ‘विश्व–ग्राम’ बनाइरहेको छ, त्यस्तै संरचना, संस्कृति एवम् रहनसहनको त्रिवेणीले बेइजिङको दक्षिण पश्चिममा रहेको फेङचाई जिल्लामा अवस्थित ४६.७ हेक्टर क्षेत्रफलमा पैmलिएको अनुपम, सुन्दर, शान्त विशाल ‘वल्र्ड पार्क’ जस्तो रमणीय स्थल संसारमा विरलै होलान् । बेइजिङ इन्टरनेशनल एयरपोर्टबाट ४० कि.मि. तथा बेइजिङको मुटु तियान Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

Poem : Barren

~Chirag Bangdel~Chirag Bangdel

Among Cracks & Crevices,
And Thorns,
But tiny purple flower,
Nothing,
That’s the only existence,
Clouds & Majestic blue skies,
And rain drops,
But the anticipation,
Until then,
The glaring sun light, Continue reading

Posted in Poem | Tagged | Leave a comment

कविता : हाम्रो भाषा र आदिकवि भानुभक्त

~राकेश कार्की~Rakesh Karki

टिष्टा देखि काँगडा अँगाली
सबैले बुझ्ने राष्ट्रभाषा नेपाली
आसाम हुँदै भुटान गुञ्जियो
भानु तिमीले गोडेको भाषा झ्याङियो

नेपाली भाषा र साहित्यमा मिठो स्वाद
धन्य आदिकवि भानु तिम्रो प्रसाद
बनायौ नेपाली भाषालाई शिरको ताज
सरल बोलचालको निम्ति समस्त माँझ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ बादशाहहरु

~शेखर ढुंगेल~Shekhar Dhungel

अझै थाकेका छैनन्
नङ्ग्रा र दात खियाएर
सत्ता नाम को सिनु लुच्छ्ने हरु
अझै लज्जाएका छैनन्
नांगिएर कुटिल हासो हास्ने हरु
ती भोका नङ्ग्रा र दात हरु
देख्दैनन ,सुन्दैनन
पीडा नेपाली आत्मा हरुको
जालोले ढाकेर हो की
आखा र बिबेक मा Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : उहाँहरू सम्विधान बनाउँदै हुनुहुन्छ

~लक्ष्मण गाम्नागे~Laxman Gamnage

खोपडीभित्रको गिदी गिद्धहरूलाई चढाएर
पुटुक्क परेको ज्यान कुर्सीमाथि लडाएर
हाम्रा माननीय सभासद्हरू
सम्विधान बनाउन छटपटाइ रहनुभएको छ
उडौंला उडौंला जस्तो गरेर
ब्रोइलर पखेटा फट्फटाइ रहनुभएको छ
खबरदार साथीहरू हो हल्ला नगरौं !
उहाँहरू केही न केही गरेको गर्‍यै हुनुहुन्छ
पिँधमा प्वाल परेको घ्याम्पो भरेको भर्‍यै हुनुहुन्छ
तलवभत्ताको भर्पाइमा नियमित हस्ताक्षर जनाउँदै हुनुहुन्छ
उहाँहरू सम्विधान बनाउँदै हुनुहुन्छ । Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : म:म: पुराण

~डा. सुमन राज ताम्राकार~Dr Suman Raj Tamrakar

‘मान् वा नमान्, म तेरो जजमान्’ भनेर मपाइँत्वको बिगबिगी बढेको बेलामा शिर्षक नै यस्तो मपाइँत्व झल्काउने खालको छ । अनि किन मन नपरोस् त नेपालीहरुमाझ, काम नगरी पगरी गुथ्न खोज्ने स्वाँठहरुमाझ । त्यसमाथि झन् मम: किङ्ग (भकभकाएर बोल्ने हो भने आफुलाई राजा ठान्ने), टपटेन मम: (आफुले आफुलाई टपटेन ठान्ने), सगरमाथा मम: (आफुलाई सगरमाथा ठान्ने) आदि इत्यादि । Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अभिलाषा

~सुष्मा थापा ‘अनुप्राश’~Sushma Thapa 'Anuprass'

गगन बीच हेर उदिप्त जुन तारा
चियाइरहेका छन् छरपस्ट छरियेर
हो, त्यही सगर् बीच चाँदनी सर्माउछे,
उद्धधि घुम्टो उघारी लजाउछे
प्रत्येक् प्रहर् ।।।।।।।।।।।।,
म त्येसैमा उद्धिध हुन्छु अनि
उदेश भित्र उद्धिध्न, चक्कर खाएको Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : आमा

~रमेश गिरी ‘आशा’~Ramesh Giri Asha

‘आमा, ए आमा, आमा’—आमाले घ्यार्रघ्यार्र आवाज निकालेर लामो स्वास तानिरहेको देखेर आत्तिएको आशिष आमाको जिउ हल्लाउँदै बोलाउन थाल्छ । आमा निस्वास एकोहोरो छोराको अनुहार हेरिरहन्छिन् । मानौ उनी छोरा आशिषसँग अन्तिम विदाई मागिरहेछकी छिन् । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : शुभ नयाँ साल

~राकेश कार्की~Rakesh Karki

चाहे काठमाण्डुको केन्द्रिय मुटुमा बस
चाहे काम खोज्दै उत्तरी ध्रुवमा खस
नयाँ साल जन्मेको ठाउँदेखि मनमा आउछ
नेपाली रगतको खुशी हरेक मुहारमा बगाउछ

हृदयमा अनुभव हुन्छ आमाको काखै न्यानो
नेपालीपन जोगाउने सगरमाथा कै छानो Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : ल है आमा !

~डा. लेख निरौला~Dr Lekh Niraula

(उपजाति)

आमा ! सबेरै घरमा उठाऊ
चिया र नास्ता पनि साथ ल्याऊ
पानी तताऊ अलि खान्छु होला
ल है त आमा यति गर्नु होला ।।

थिएन तातो दुध त्यो हिजोको
चिनी बढी थ्यो अनि त्यो चियाको
चाडै गरे है अबदेखि आमा
साह्रै ढिली छ्यौ घरको कुरामा ।। Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : सडक सुनसान् छ ।

~पोस्तक श्रेष्ठ~Postak Shrestha

मिनीसोटाको जाडो। धेरै दिन भयो घाम नलागेको। आज त झन् एकतमास संग हिंउ पनि परिरहेको छ। घरका छानाहरु हिंउको बाक्लो पत्रले ढाकिएका छन्। नांगा मेपलका रुखहरु पनि हिंउले ढाकेर सेत्ताम्मै फुलेका जस्ता देखिन्छन्। उनी झ्यालबाट बाहिर हेरिरहन्छिन्-हिंउले ढाकेका छानाहरुलाई, रुखहरुलाई। सडक पनि सुनसान् Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : मेरो जस्तै तिम्रो मन, चोर्न जानिएको भए !

~मबि सिंह~Mabi Singh 'Sirish'

मेरो जस्तै तिम्रो मन, चोर्न जानिएको भए !
लाख तरिकाले माया, गर्न पाईएको भए !

या त फूल स्पर्श गर्छौ, नत्र सुकुमार टुक्रा
मेरो मुटु राख्ने ठांउ, कांडा छानिएको भए ! Continue reading

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : बाँदरीय सिद्धान्तको सफल प्रयोग

~संप्रस पौडेल ‘दिवस’~ Sampras Poudel 'Diwas'

गहिरो अँध्यारो गुफामा बस्ने माछा आँखाको उपयोग नहुने कारणले अन्धो हुन्छ । जुन अङ्गलाई व्यवहारमा ल्याइँदैन, त्यो अंग विस्तारै हराउँदै जान्छ । त्यसैले बाँदरले पुच्छरको प्रयोग गर्न नजान्दा नजान्दै बाँदरहरु पुच्छर नभएको मान्छे बनेछन् । बाँदरलाई मानिसको पूर्खा हो भन्दै हजारौं बैज्ञानिकहरुले तर्क गरे । हाम्रो गाउँघरतिर पनि बालबच्चा, बयस्क, ठिटाठिटी बढी Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गज़ल : न पठाउ यसरी याद यो छापामार झैं

~सुरज सोडारी ‘अज्ञात’~

न पठाउ यसरी याद यो छापामार झैं
बनाउँछन घायल कुनै अगाध प्रहार झैं

देखिन्छन हर मान्छे यहाँ मुर्दा बरा-बरका
मानबता पनि मान्छेको झुटो प्रचार झैं

तिम्रो चाल रहेछ मुटुको कुना-कुनामा Continue reading

Posted in गजल | Tagged | 2 Comments