लघुकथा : आत्मियता

~हरिवोल काफ्ले~

गोपाले भन्थो, “उ वेलामा बावुले वुद्धि विगारे” । उसको वाउले ओपिको दुई रोपनि गलखेतसंग दाप्चे खोला पारि नौविसेको पाच रोपनि खेत साटेका थिए । कँहाको दुई वालि धान फल्ने गलखेत, कँहाको वर्षा लागेपछि तर्न नसकिने दाप्चे खोलाको भेल र पारिको खेत । एकपटक झण्डै उसकी दुलहि सहित काखि च्यापेको छोरो भेलमा नहेलिएको । वडो मुस्किलले असार र मंसिरको चटारोलाई टार्नुपथ्र्यो उसले । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : चर्पी

~जीवन’पीडित’दहाल~Jiwan Dahal 'Pidit'

पूर्णमायाले मकैका बोटलाई हातले हल्का रुपले समाउँदै छोड्दै गरेर आफ्नो मकैबारी एक फन्को लगाई । भरखरभरखर सुत्ला चेप्न थालेका मकैका बोट, भरखरै पाएको गोडमेल र पानी परेकाले मकैका बोटलाई आबश्यक पर्ने पर्याप्त पानी पाएर हरिया र चिल्ला–चिल्ला देखिएका थिए । त्यसमाथि पनि पातहरुमा लागेका धुलाका कणहरु पखालिएर गएकाले अर्को चमक थपिन पुगेको थियो । मन्द–मन्द Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : भो अब मुटुमाझ, बस्न नआउ

~डा ज्योतिपुञ्ज सुरेश~Jyotipunja Suresh

भो अब मुटुमाझ, बस्न नआउ।
बिशालु छौ तिमी, डस्न नआउ।

एकान्तमा रुदै,झिक्ने बानी मेरो,
काडाँसरी मनभित्र पस्न नआउ। Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : युद्धको ब्यथा

~शिव पलाँस~Shiva Palas

पहाड लास निदाएको बेला
एकमा अनेक भएर
मझेरीमा चिहान् रोपीरहेको छ मान्छे
हिमालका सपनाहरु पगालेर
आफ्नै आयु पिउन तल्लीन छ
घामका आँखाहरु टिप्ने चाहानामा Continue reading

Posted in कविता | Tagged | Leave a comment

Poem : Your love is comfort

~Kamala Sarup~Kamala Sarup

Live very far away
That life either have less conflict
One way to deal with life
failing to talk
Sometimes a life
long standing ones
Sometimes allowing a difference
Impediment
I love the way you look into my life
Mother, your love is a comfort
Continue reading

Posted in Poem | Tagged | Leave a comment

कविता : खबर सोध्नेहरुलाई

~बिबश बिप्र~Bi pra

केही छैन मेरो
म छु
बस
त्यही हो !
काफी छ !!

खै,
नयाँ खबर पनि बन्न सकिन Continue reading

Posted in कविता | Tagged , | Leave a comment

संस्मरण : गीतकार अनी कर्णल आनन्द सँगको मेरा बिगत क्षणहरु

~आचार्य प्रभा~acharya Prabha

सम्झना, संस्मरण, अतितको याद जे भने पनि आखिर बितेका समयका भोगाइहरु आँखामा झ्ल्झली हुनु, मानसपटलमा ती घट्नाहरु बिझिरहनु हो। ती सम्झनाहरुका भोगाइहरु बिभिन्न किसिमका हुन्छन। कुनै खुशी र उन्माद ल्याउने, कुनै मुटुभित्र बिझिरहने, कुनै संस्मरण गर्नसाथ मनै कुंडिदिने जस्ता हुन्छन। यस्तै संस्मरण मध्य म यहाँ एकजना ब्यक्तित्वसँगको मेरो भेट, वहाँसँग मैले बिताएका दिनचर्याहरु र Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : निशा

~विद्या सापकोटा ‘निर्जला’~Bidya Sapkota

म एक्लै परेको छु घरमा, त्यै मेरो एकान्तलाइ ढाक्न केके केके मेरो मनभरी डुलिरहन्छन् । मेरो बालशखा मेरो आखामा घुमेकोघुम्यै छे, मलाइ घच्घच्याएर, जिस्क्याएर, बारम्बार सोचपुर्ण बनाएर ।
म सवाल जवाफ विहिन भएको छु । साँच्चै उ हराइ ………..??
“हलो ! हलो !सुरज बोल्नु भा’हो ?”
” अँ के छ तपाइ नआउ’नी ?”
” तिमि त कस्तो धोकेवाज रहेछौं यार, मेरो माया लाग्दैन ?” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : नाटक

~गोरख ब. सिंह~

कार्यक्रमका अतिथिले मञ्चबाट दुई जोडी सेता परेवा आकाशमा छोडनु सँगै आमसभाका सहभागीले पररर ताली बजाए। तालीले तर्सिएका परेवा आकाशमा तितरबितर भए।

अतिथिको यो परेवा मुक्तिमा ऊनी दुई मानेमा भाग्यमानी रहे। पहिलो समाउदाको लछारपछारले घायल र दुई दिन देखि भोकप्यासले पिडित ती परेवा उडन सके। उडन असमर्थ एउटा परेवाले कम से कम सभास्थल पार गर्न सक्यो र ऊ भुईँमा खसेको घटनातिर कुनै सहभागीको ध्यान गएन – उनी भाग्यमानी रहनुको दास्रो कारण थियो। Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : हिङको हरक

~तुलसीहरि कोइराला~

ऊ निरन्तर अगाडि हिँडिरहेको थियो । हिँड्नु उसको काम होइन तर हिँडेको चाहिँ कामको खोजीमा हो । यसरी भौँतारिएर हिँडेर मात्रै पार लाग्ने त केही होइन भन्ने पनि उसले बुझेको छ र यो सबै गरिबीको कारणले हो भन्ने पनि उसको मनमा उब्जेको छ । ‘हिँङ नभए पनि हिँङ बाँधेको टालो’ भन्ने उखान उसलाई याद छ र आˆना पुर्खा हिँङ भएका र आफू टालो भएकोमा झिनो घमण्ड उसमा छँदैछ । त्यसैले बाटोमा देखिएको एक रुपियाँको डबल उसले टिपेन । मनमनै सम्भिmयो म त धनवीरको सन्तान पो त, जाबो एक रुपियाँ पनि टिप्छु । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

नेपाली उपन्यास : सारङ्गीको र्याँईर्याँई र बाल गन्धर्भ

~डा. कविताराम श्रेष्ठ~Kavita Ram Shrestha

सारङ्गीको र्याँईर्याँई र बाल गन्धर्भ
(नेपाली र अंग्रेजीमा उपन्यास)

डा. कविताराम श्रेष्ठ

२०५९

The Melody of Sarangi and Little Gandharbha
( A novel in Nepali and English)

DR. Kavitaram Sherstha

2003 Continue reading

Posted in नेपाली उपन्यास | Tagged | 2 Comments

गीत : तिम्लाई जस्तै जिन्दगीको माया

~निरोज~

तिम्लाई जस्तै जिन्दगीको माया धेरै धेरै लाग्छ
पराईलाई सिउँदो सुम्प्यौ तर तिमी मेरै लाग्छ

पधेँरीमा तिम्रो गाग्री मैले समाई बोकाई दिन्थे
भिर पहिरोमा हिँड्नु पर्दा तिम्रै हात समाई दिन्थे Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

नियात्रा : खुसीमन भित्रको तीक्तता !

~राज थापा~Raj Thapa

प्रवासको लामो समय पस्चात जन्मभूमी पुग्दाको खुसीको बयान गर्न नीकै गार्हो पर्छ मलाइ ! त्रिभुवन अन्तर्रास्ट्रीय बिमानस्थलमा प्लेन बाट तल ओर्ली मातृ भुमीमा पाईला चाल्दाको त्यो अनुभब ” बचपनमा आमाको काख बाट ओर्लीदै आफू जन्मेको घरआँगनमा छुनुमुनु गरेको ” जस्तो लाग्यो ! झट्ट मेरा आँखा जुधन पुगे स्वयम्भूका दुई आँखा सँग अनी ङिच्च हाँसे ! यसो फर्की अली उभो सिर गरी के हेरेथे मलाई हेर्दै हिमाल मुस्कुरई रहेका थिय ! Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : पहिचान

~सुमन बगाले~Suman Bagale

त्यो दिन हरीतालीका तिजको दिन थियो । म आफुलाई फुर्सतको समय परिक्षा तयारीको निम्ति सदुपयोग गर्न हल्का भएपनि मौका मिलेको थियो । जागिर गर्नुपनि वाध्यता नै भर्खर गाउबाट शहर छिरेको म एउटा साधरण परिवारको व्याक्तिलाइ र कामको पनि अनुभव हुने भएकोले मलाइ जागिर प्रतिपनि मोह बढेको थियो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नयाँ हर्ष खन्याउँछौं

~कलानिधि दाहाल~Kalanidhi Dahal

कति वर्ष बिते यस्ता वर्षैवर्ष गनी गनी
उस्तै छन् दर्दका आँसु सहस्रौँ वर्षमा पनि ।
भोकोभोकै छ त्यो पेट आङ नाङ्गै छ यो पनि
कति वर्ष बिते खाली-पेट, आङ भरौँ भनी ।।

तर खै ? वर्षका फेरा नयाँ घेरा घुमीघुमी
ओर्लंदा पनि छन् उस्तै धराका दीनका जुनी ।
पैह्रो पहाडमा उस्तै तातो तराई हप्हप
जम्मै उपत्यका उस्तै आफैमा मात्र झप्झप ।। Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : नयाँवर्ष

~अनिल याखा~

आज अर्थात चैत्र ३० गते यानेकी २०७० सालको आखिरी दिन । अरु मानिसहरुजस्तै प्रेम पनि वर्षभरीका दिन जसरी बिते पनि आखिरी दिन हर्षोल्लासका साथ बिताउने क्रममा थियो । नयाँ वर्षमा नयाँ संकल्प के राख्ने भनेर दिनभर मन वेचैन रह्यो । एक मनले त के राखे नि कहिले पुरा गर्ने होइन भनेर सोच्यो । उसले साथीहरुलाई मेसेज गर्न केहि वर्षअगाडि लेखिएको डायरी पल्टाउन थाल्यो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नवबर्ष २०७२ सालको शुभकामना

              जीवनमा अनी मनमा उमंग खुशी सुख शान्ति र आनन्द भरिएको भविश्य लिएर आओस् नयाँ बर्ष ;
              पिडा-दशा-दुख-कष्ट-अपूर्ण इच्छाहरु भूत मै भुलेर आओस् नयाँ बर्ष ;
              देखेका सारा सपना ढकमक्क फुलेर मग्मगाउँदो बर्तमान लिएर आओस् नयाँ बर्ष ।।।

हजूर सम्पूर्ण साहित्यप्रेमी-साहित्यनुरागी पाठकवर्ग एवं साहित्यकारहरुमा संग्रहालय नवबर्ष २०७२ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ । ।

-आविष्कार
साहित्य संग्रहालय

Posted in Misc | Leave a comment

छन्द कविता : नववर्षमा

~डा. लेख निरौला~Dr Lekh Niraula

(उपजाति)

म गीत गाऊँ मुरली बजाऊँ
चराहरूको मन जित्न पाऊँ
भाका सुनौलो सबमा सुनाऊँ
संगीतको स्वाद सबै चखाऊँ ।।

बाजा बजाऊँ वन घन्किएझैँ
आशा जगाऊँ मन फक्रिएझैँ
नाचूँ जुरेलीसित उड्न खोज्दै
हाँसो खुसीको नव रंग छर्दै ।। Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : प्रवासी आवाज

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

नेपाली हौं विदित जगका वीर हामी लडाका
जानेका छौ समर बीचमा शक्तिको बोल्न भाका
हाम्ले ठाडो गरन अरुकै आजसम्मन् पताका
पोख्यौ धेरै रगत अब ता खुल्न गो बल्ल आँखा

आफ्नै देशमा जिउन जिविका पाउनु आश मारी Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~दोषबिहिन टुहुरी~

बेगिएर आएको आधिसरी
सारा बाधाहरु लत्याएर
हिमालको टाकुरामा घामको पैलो झुल्को संगै
मेरो संघारमा आयो
फेरि एउटा नयाँ युग

तिर्सनाले छट्पटाई रहेका चाहानाहरुमा
नाङ्गिएर नयाँ पालुवा पलाउदै गरेका बृक्षहरुमा
कोहिलीको सुमधूर कुहु कुहु सगै
घरको भित्तामा फेरीयो
फेरि एउटा नयाँ पात्रो Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ बर्षको शुभकामना !

~राज थापा~Raj Thapa

कविता : नयाँ बर्षको शुभकामना !
~~~~~~~~~~~~~~~~~~
सुख जती सबै साथै रहोस
दु:ख,चिन्ता संदैब हरायेस !

भाईचाराको नाता अमर रहोस
आपसी मनको दूरी नजीक रहोस !

दुस्मनको नाम,निसाना हरायोस
मित्रताको बिच साथ बसायोस ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : बग्ने कतै ठाउँ छैन

~कृष्ण के.सी.~Krishna KC

आँखाबाट झर्ने आँशु,बग्ने कतै ठाउ छैन
जम्छ आँशु ताल बन्दै,तर्ने कुनै नाउ छैन

राखे सधै मन मन्दिरमा,आफ्नै द्यौता ठानी
एक्लै बस्छु भन्यौ आज,राखौ कतै गाउँ छैन Continue reading

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य कथा : निवेदन हराएका कुकुरहरु

~पुरुशोत्तम सुबेदि~Purushotam Subedi

विगत केहि दसक यता बिस्वमा वन्य जन्तु संरक्षण कार्य निकै द्रुत गति मा भएको छ।खास गरि बिकसित रास्ट्र हरु को संलग्नतामा सन्चालित यस कार्यक्रम ले केहि हद् सम्म विस्व बन्य जन्तु तथा पशु पंक्षि संरक्षण ले जस पाएको पनि छ।विकास को तिब्र गति मा विस्वका थुप्रै घर पालुवा जन्तु लाइ पनि असर परेको छ।जस्तो कि मानिसले घर बनाउदा घर भित्र हावा संम पनि नछिर्ने घर बनाउछन ।यस्तो Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

लघुकथा : साथी

~सुषमा मानन्धर~Shushma Manandhar

ऊ पहाडको टुप्पामा रहेको त्यो मन्दिरमा पुग्नलाई हिँडेको छ । ठाडो उकालो र साँघुरो ढुंगे बाटोले गर्दा त्यहाँसम्म पुग्न विकट नै छ भन्ने जान्दाजान्दै पनि त्यहाँ साक्षात ईश्वर बस्छन् र त्यहाँ पुगेपछि आफ्नो कुनै पनि कामना पूर्ति हुन्छ भन्ने आस्था र प्रचलित विश्वासका कारण उसले मन्दिरमा पुग्नुलाई आफ्नो गन्तव्य बनाएको छ । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य : राम्रो राम्रो लेख मीठा मीठा खाऊ

~सन्जिब लम्साल~Sanjeeb Lamsal

पत्रकार: राष्ट्रको चौथो अंग। म आफैलाई देशको कर्मठ नागरिक सम्झिन्छु र ऐना हेरी टाई मिलाउँछु। सोच्छु, देश र जनताप्रति मेरो ठूलो कर्तव्य छ। मन त लाग्छ नि देशलाई विकासको बाटोमा धकेल्न तर के गर्नु ! आफू परियो लुते पत्रकार, धकेल्ने बल नै छैन। म चाहन्छु, नारी र पुरूषमा समानता होस्। नारी Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : बक्ररेखा र यसको रचना गर्भ

~परशु प्रधान~Parashu Pradhan

कोठाको दलिनमा भुन्डेको लास मलाई आफ्नै झै लाग्छ। त्यसका निर्जीव आखाहरु, स्पन्दनहीन मुटुमा साटिन्छन्। म त्यस्तै निर्जीव, शून्य र स्पन्दहीन हुन्छु। बाहिर जाडो बढ्दै छ। यस वर्ष जाडो छिटो आयो। बाहिरबाट आउने प्रत्येक आवाजले मलाई सर्तक गराउछ। म सकेसम्म छिटो उठ्छु र झ्यालबाट हेर्छु अध्यारो उस्तै छ, शून्य उस्तै छ र बाहिर केही परिवर्तन छैन। जाडो भने आफ्नै किसिमले बढ्दै छ। जाडो आइरहेछ र म अनुभव गर्छु – यसपालिको जाडो म सायद सहन सक्तिन। यो चिसो सिरेटो र ठण्डीले म भित्र काडा उम्रन्छन्। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथाः नीला जीवित फर्की

~दीप्स शाह~Deeps Shah

इजरायलीहरु भेट हुँदा, बिदा हुँदा अङ्गालो मारेझैँ गरेर गाला जोड्दै चुप्पा गर्दारहेछन् एकअर्कासँग। उनीहरुको यस्तो संस्कारले छक्क मात्र परिन नीला, सुरुसुरुमा उकुसमुकुस समेत भई। घरको चौपट आर्थिक अवस्था र नवीन (उसको श्रीमान) को भाँचिएको गोडाले निम्त्याएको बेरोजगारीले गर्दा आहत भएर इजरायल उडेकी रहिछे नीला सन् २००८ मा। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : त्यो समाचार लेख्ने मान्छे

~रुपेश श्रेष्ठ~

लमक लमक
अंध्यारोतिर बढ्दैछ
यो युगको त्यो चमकदार मान्छे
पत्रिकामा त्यो समाचार लेख्ने मान्छे।

पटक पटक
मोबाईलको घन्टी बज्दैछ
न उठाउने फुर्सद छ
न बात मार्ने आंट छ
चिट चिट Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : देशको कथा

~शिव प्रकाश~SHiva Prakash

उद्घोषकले भने, “आज यहाँ यस्तो वक्ता आउँदै हुनुहुन्छ, जो आफ्नो परिचय दिन चाहनुहुन्न । एक बेनाम वक्ता !”

सबैका आँखा हलको कुना–कुइनेटासम्म पुग्छन् । पछाडिबाट एउटा मान्छे मञ्चतिर आइरहेको छ । ‘धन्यवाद’ भन्दै माइक समाउँछ ऊ ।

“प्रेमका कथाहरू धेरै लेखिए, अब देशका कथा लेखिनुपर्छ । देशले नयाँ कथा खोजेको छ,” फरक मूडमा बोल्दैछ आज ऊ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : साला जिन्दगी !!!

~गजेन्द्र बुढाथोकी~Gajendra Budhathoki

जीउनुको अर्थ सन्दर्भहीन अर्थहीन तर्कहरु
यत्रतत्र सर्वत्र बाँडिएका सपनाहरुमाझ
अस्तित्वविहीन तस्वीर ।
देख्नेहरुलाई आशाको तस्वीर
भोग्नेहरुलाई मात्र थाह छ
जिन्दगी बदल्छ रंग हरपल Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म विकाउमा छु

~अज्ञात~

असफलताको सम्पूर्ण सिढिहरु वर्लेर
आकाँक्षाहरुको बलिदान गरेर पनि
आफ्नो मूल्य खोज्न
म विकाउमा छु

प्रत्येका रित्ता सपनाहरु संगालेर
प्रत्येक आशाहरु निरासामा बदले पनि
आफ्नो अस्तित्व पहिल्याउन
म विकाउमा छु Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : अनुत्तरित प्रश्नहरु

~अनु~

मानिसको जिवनमा घट्ने केहि घट्नाहरु यस्ता हुन्छन जस्ले गर्दा उस्को बिचारधारानै खतम हुन सक्दो रहेछ। पहिले म माँयालाई आदर्श थान्थे तर अहिले म बास्तविकतालाई आफ्नो आदर्श मान्न बाध्य भई सकेको छु। समय सबभन्दा बलियो रहेछ यस्ले मात्र मानिसलाई Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment