कविता : जङ्गे

~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~

दृष्टिभ्रम

फुला परेको आँखालाई निकालेर
ऐन,कानून र नियम बदल्ने सोचमा छु ।
देशकै निम्ति सोच्ने एक जङ्ग बहादुरको खोजमा छु ।

दिन दहाडै
हाम्रो अस्मितामा धावा बोल्छन्
आफ्नो स्वार्थको रोटी हाम्रो तावामा पोल्छन्
ठाडो आदेश लिदै,
सत्ता,सरकार र सदन उतै तलुवा मोल्छन् ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : चरीको दूधले भरिएको–रित्तो दुनेरी

~दुतेन्द्र चाम्लिङ~Dutendra Chamling

बाँच्नुको नाउँमा हरेक बहाना दुहेर बाँचेजस्तो गर्नु वाह ! क्या बेजोड अभिनय
बहाना खाली बहाना मात्रै नभई सिलसिला जो बनिदिन्छ
र, मान्छे भन्ने जन्तुचाहिँ जे होस् बाँचिदिन्छ कमसेकम एउटा विकल्प रहेसम्म

दौडिँदै–बाँच्नुदेखि बाँच्नुसम्म एउटा डरलाग्दो ठूलो ब्लाक होल कटेर
सबै तेन्जिङ सबै हिलारी, बाँच्नु पनि सानो सगरमाथा हो र ? सानो उचाइ हो र ?
मान्छे यहाँ हिसाब खोज्छ बाँच्नुको, अहंको तीनकुने झन्डा फर्फराउनु मात्रै बाँच्नुको हिसाब हो त ?
फाइदा–बेफाइदा खोजेर बाँच्नुको, अंकगणितीय धारणामा के छ मजा ? के छ फाइदा ? के छ काइदा ?
कोही प्रश्न सोध्छ–‘ए ! मान्छे हो ! मलाई बताइदेऊ त,आफ्नो जीवनमा मान्छे कति प्रतिशत बाँच्छ ?’ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नीलो सपना

~दुतेन्द्र चाम्लिङ~Dutendra Chamling

बादल प्रधानमन्त्री – बादल
आँप सभासद – आँप
नीलो धुवाँ शिक्षामन्त्री – नीलो धुँवा
बेरोजगारी उत्पादन गर्ने
विश्वबिद्यालयको एउटा उत्पादित थोक म
मेरो मस्तिष्कको भाउ

बजारको खसीको गिदीको जति पनि छैन
भन्नलाई त भन्छन् मेरै मति पनि ठिक छैन
इन्द्रेणी वादहरूको झोला जो कहिल्यै बोकिनँ
“हामी त्यसलाई शिक्षा भनिरहेछौं ,
जसले हामीलाई उल्लू बनाइरहेछ ”
म देवकोटाको कालजयी “पागल “पनि हुन सकिनँ
मलाई चाहिं एउटा जो भूत सवार भएको छ
कवि बन्ने , कहीं नभा’को
अब त…, म निदाए पनि त्यो निदाउदैन ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : पूर्णिमाको जून पनि तिमीसग हार्छ

~घायल श्री~Ghayal Sri

पूर्णिमाको जून पनि तिमीसग हार्छ ।
अकबरी सून पनि तिमीसग हार्छ ।

लठ्याउने जादुरुपी मोहनी त्यो बोलिमा
सारंगीको धुन पनि तिमीसग हार्छ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : बादलको पहाड

~शिशिर शर्मा~

माथि
धर्तीभन्दा माथि
बादलभन्दा माथि
बादलहरुकै बस्ती छ ।

बादलसित कुरा गर्दै
विवाद गर्दै–
बादलहरु चर्काचर्की गर्छन्, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : भुमरी

~शुषमा मानन्धर~Shushma Manandhar

निमासँगको मेरो परिचय त्यति पुरानो थिएन र पनि हामी छोटो समयमै धेरै नजिक भएका थियौँ। उसको सौम्य व्यवहार र सबैसँग घुलमिल हुन सक्ने बानीदेखि म साह्रै प्रभावित थिएँ। घरमा आउँदा मसँग भन्दा पनि बढी आमासँग नै उसको कुरा मिल्थ्यो। आमा पनि निमालाई मन पराउनु हुन्थ्यो।

निकै दिनदेखि निमाले आफ्नो घरमा खानको लागि गरिरहेकी अनुरोध मैले आफ्नो व्यस्तताले गर्दा स्वीकार्न सकिरहेकी थिइनँ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुबोध, अप्सरा र अमेरिकी घर

~प्रदीप गौतम “अंकित”~

“My boss has organized a party at the restaurant, so I will be little late ok?” यति भनेर अप्सराले टेक्स्ट पठाई आफ्नो लोग्ने सुबोधलाई । असहज अनुहार बोकेरै भएपनि “ओके” मात्रै लेखेर पठायो सुबोधले । आज शनिबार सुबोधको छ दिने गोरु जोताइपछीको बिस्राम गर्ने दिन। एकै छिनमा एउटा कल आयो “सुबोध बेटा, एक बात सुनो, कल तुम जल्दी आना, ओ दुस्रा बन्दा बिमार होगया यिसिलिये”, “ठिक है भाई साहेब” यति भन्दै सुबोधले फोन राख्यो। भारी मन लिएर सुबोध किचन तिर पस्यो। “अलिकति पैसा बच्यो भने त यो धोतीको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

भबानी अधिकारी नेपालका मुक्तकहरु

~भबानी अधिकारी नेपाल~

आनन्द

अरे !आनन्द खै मनमा खोजीमा हिडेको धेरै भयो
यो त्यो उ गर्दै यताउता रोजीमा हिडेको धेरै भयो
धनसम्पत्ति हुदाहुदै नपाउने नमिल्ने कुरा यो कस्तो
सन्तोष किन्न राखी पैसा गोजीमा हिडेको धेरै भयो

सबाल Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

लघुकथा : साँढे, गिद्ध र चमेरो

~ठरकी दादा~

एकाठाउँमा यौटा राम्रो शुन्दर वन थियो, त्यो वनमा पुस्तैनी रुपमा त्यहिको हात्तीको रजाई चल्थ्यो ।

हात्तीले खान मात्रै धेरै खाएको तर केहि काम नगरेकोले उपवन जस्तो हुनुपर्ने वन, मरुभूमिमा परीणत हुन लागेकोले, त्यहा पुरानो हात्तीको ताण्डब रोक्न गिद्ध, साँढे र चमेरो लगाएत वनभरिका सबै मिलेर बिरोध गरे । पुरै जंगल मेरै हो भन्ने हात्तिको केहि लागेन र उस्ले आत्मसमर्पण गर्‍यो। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : के नेपाल म जस्तै जिउँदा लाशहरुको बास हो ??!!

~रामप्रसाद खनाल~Ram Prasad Khanal

राणाहरुले राम्रो गरेका भए
२००७ साल किन आउँथ्यो ?
२००७ सालमा आएको प्रजातन्त्र
२०१७ सालमा किन जान्थ्यो ?
२०१७ मा आएको पञ्चायत
२०४६ मा लखेटिन किन मान्थ्यो ?
यि त भए पुराना कुरा
भनौंला उहिलेका कुरा खुइलिएर गए ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कसले गरायो?

~बासु श्रेष्ठ~SONY DSC

यो हिँसा यो हत्या कसले बढायो
नर भै कन नि दानव बनायो
प्रेम र ममता सुली चढायो
त्रासै त्रासको दुनियाँ बनायो

शक्तिको क्षुधा लिएर मनमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

साजन राई ‘उपेक्षित’का ३ मुक्तकहरु

~साजन राई ‘उपेक्षित’~Sajan Rai Upechhit

आफ्नो छायाँ

आफ्नो छायाँ आफै देखि छुटाउदैछु ठुली।
तिम्रै लागि सब थोक लुटाउदैछु ठुली ।।
हाम्रो दुई संसार अट्ने प्रेमील बगैचाको
समस्या र बाधा अड्चन फुटाउदैछु ठुली ।।

ठुली

तिमी देखी टाढा हुन तर्किदैछु ठुली
मीठो कुरा बोले पनि झर्किदैछु ठुली ।
सँगै बसे पिरतीको बास हुन्न रैछ
त्यही फाट्ने सम्बन्ध पर्खदैछु ठुली ।। Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : चिनो

~शिलु यन घिमिरे~

चिनो ! कस्तो गह्रो , साह्रो ,कठिन,असहज कुरा ! पीडादायी अनुभुति कसैको सम्झनाको ! बिर्सन नदिने कत्रो छेकबार । आफू आफ्नो अस्तित्त्व संगै बाँच्न नपाउने कत्रो बाध्यता ? मनले जहिलेपनि चाह्यो , कसैको केहि चिनो नलिऊँ भनेर । चिनो ! पीडाको अर्को नाम ! चिनो –कष्टदायी अनुभुतिको अर्को पूर्ण अर्थ । मलाई कसैको चिनो चाहिएको छैन र म संग जताततै चिनो छ , चिनोहरु छन् । उसकै चिनोले नै म थिचिएको छु , किचिएको छु….आफ्नो पृथक अस्तित्व बचाउन नसकि उसकै चिनोभित्र बिलाएको छु । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कल्पनामा एक ऋतु जीन्दगी

~अनुप जोशी ~Anup Joshi

कहिले उज्यालोले अँध्यारोलाई लखेट्थ्यो
कहिले अँध्यारोले उज्यालोको उछितो काढ्थ्यो
एकपल्ट हरियो रङ्गीएका वृक्ष-लतिकाहरु
स्वत: पहेँलो रङ्ग ओढ्दथे
र कुनैबेला नाङ्गै पनि बस्दथे ।
यस्तैमा मैले बुझ्न थालेको थिएँ
कि समय घडीमाजस्तै सर्कुलर घुम्दो रहेछ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

यात्रा साहित्य : ओ हेलम्बु !!

~देवेन्द्र भट्टराई~

‘हेलम्बुकी शेर्पेनी’ बोलको कुमार बस्नेतको गीतमा हेलम्बु थातथलोका बारेमा थोरबहुत सुनिएको हो। महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि नियात्राकार केशर लालसम्मका लेखनमा अलिकति हेलम्बु–वृतान्त पढिएको हो। कहिले कुनै मिथजस्तो, कहिले धेरै टाढाको कुनै भिन्न जीवन–जगत होला भनी हेलम्बु–छायाछवी मनमा गढेको थियो। Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : लडाईमा बन्दुक बोके,राजा हुन्छ यहाँ।

~डा ज्योतिपुञ्ज सुरेश~Jyotipunja Suresh

लडाईमा बन्दुक बोके,राजा हुन्छ यहाँ।
मैदान ईराक,काबुल, गाजा हुन्छ यहाँ।

नियम हो प्रकृतिमा,अन्याय निर्धामाथि,
कमै मात्र बलियोचाँही,खाजा हुन्छ यहाँ। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : ह्यांग आउट

~पि. आर. गिरी~

वाहिर झरिरहेको मसिनो झरी र लागेको हुस्सुले उसको मन बिगारिरह्यो अनि काम गर्ने जांगर चलेन | धेरै लामो समय पछि फेरी आज उसलाई केही कुरा मिस गरेजस्तो.. मन भित्र भित्रै डराए जस्तो लाग्यो, साँची कै आफ्नो परिवार को सम्झना आयो आज पुनः | अनि शीसा वाट बाहिर हेरिरह्यो, मन भरी कुरा खेलाउदै |
साविक झै शीशाको ढोका वाहिर जीनु ठिंग उभिन आई पुगी | सरासर उ वेसमेन मा पुग्यो, ज्याकेटको खल्ती वाट Marlboro Light को बट्टा निकाल्यो अनि वाहिर पुग्यो |
”जीनु ! झरी ले रुझाएको छैन ?” ल लिनुस |
”तपाई पनि तान्नु न |” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

डा. रवीन्द्र समीरका मुक्तकहरु

~डा. रवीन्द्र समीर~Dr Rabindra Sameer

नेता

विकास र राष्ट्रियताको भजन गाइरहेको छ
त्यही धमिरोले देशलाई खाइरहेको छ
प्रत्येक वस्तीमा महँगीको भेल आइरहेको छ
मुकदर्शक बनेका छन् विचरा जनता
उसैले पद पाउँछ, उहि मन्त्री बन्छ
किनकि नेताहरुको चाकडीमा उ नै धाइरहेको छ ।

शहर

प्वाल परेका तथा छोटा कपडा
बाध्यता होइन रहर हो
लेदो पानीमा बग्ने फोहोर
ढल होइन नहर हो
रक्सी, जुवा र लागू ब्यसन
कुलत होइन सभ्यताको लहर हो
धुलो र धुवाँले ढाकिएको वस्ती
रात्रि होइन मध्यान्हको प्रहर हो Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : यता के छ ?

~महेश घ्रितकौशिक~Mahesh Ghritakoushik

यता के छ ? केहि छैन . खास थियो अनन्तमा,
श्वास थियो जीवन थियो, बास थियो अनन्तमा .

तिर्खा थियो, भोक थियो, बिना कष्ट जलन थियो,
शितलताको आभाष दिने बतास थियो अनन्तमा . Continue reading →

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : लक्ष्मीमा समर्पित कलमको क्रन्दन

~सुबेश घिमिरे~subesh-ghimire

छन्द : शिखरिणि 

नलेखौं लेखौं के भन न तिमी नै आज मइले
उनौं कस्ता शब्द कसरी कविता लेंखु अहिले
जयन्तीमा तिम्रो कुन सुमन लौ अर्पण गरुरु
सुके सारा पुष्पै किशलय सुके माजरीहरु ॥ ॥१॥

हिजो लक्ष्मी हुरुदा जति पनि थिए आश किरण
कठै नासिरुदाछन् दिन दिन अहो मृत्यु वरण
समाजै टुकि्रयो सगर सब रातो हुन गयो
जता हेर्यो मृत्यु हरपल कहाली बनि गयो …२॥ Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

गज़ल : यो मुटुमा कस्तो रोग सारेर गयौ नि

~दलबीर सिंह बाराइली ‘घायल’~Dalbir Singh Baraili 'Ghayal'

यो मुटुमा कस्तो रोग सारेर गयौ नि
वल्लो घाट् न पल्लो तिर पारेर गयौ नि

मुर्छा पर्दै आँशु झारी रोएँ म बेस्सरी
आउँछु म चाँडै भनि टारेर गयौ नि Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मलाई मान्छे होइन ढुङ्गा नै मनपर्छ

~राजु सिटौला~Raju Sitaula

सार्हो हुनु त ढुङ्गाको नियति हो
उ त जहिले पनि सार्हो नै हुनेगर्छ
तर यहाँ कोमल मुटु ठानेर माया लाएको मान्छे
थाहै नदिई ढुङ्गा भन्दा पनि सार्हो हुनेगर्छ

त्यसैले त मलाई मान्छे होइन ढुङ्गा नै मनपर्छ बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : श्राप निवास

~आचार्य प्रभा~acharya Prabha

ऊ आफ्नो भब्य महल भएकोमा गमक्क थियो। उस्ले घरको अगाडि एउटा बोर्डमा ”आशिष निवास” लेखेर टाँसेको थियो, जुन टाडाबाट नै देख्न र पढ्न सकिन्थ्यो । घरको वरिपरी ईटँका पर्खालले घरलाई सुरक्षित बनाइएको थियो। मानौ त्यो भब्यमहलको शान सौकत नै अर्कै होला जस्तो भान हुंथ्यो । सँगैमा उस्का हितैषी मित्रको भने Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : बुढीआमा र उनको छोरो

~अनुप जोशी ~Anup Joshi

म प्रत्येक दशैँमा गाऊँ फर्कँदा
उनी छाँया रङको मजेत्रो ओढेर
थुम्काको चौतारीमा बसिरहेकी भेटिन्थिन्
उनी चौतारी छलेर अगाडी बढ्ने
हरेक यात्रुका अनुहार पढ्दथिन्
यति विघ्न व्यस्त देखिन्थिन्
कि उनलाई आँखाको कचेरा फाल्ने फुर्सद हुँदैनथ्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले नेपाल छोडेको छैन

~वसन्त कुमार गौतम~Basanta Gautam

हरेक पल मनको आँखामा
पाखाको गोरटोसंगै हल्का हल्का तेर्सिएर
सञ्चो-विसञ्चो सोध्दै उकालो लागेको छु,
देवीथानको चौतारीबाट
शिखरहरुसंग आँखा जुधाएर
भञ्ज्याङहरुको नाम भनेको छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : बिकल्प

~बिन्दू प्याकुरेल ‘लुना’~Bindu Pyakurel 'Luna'

बल्व बिग्रिएको थियो , आँफै बनाउन कम्मर कसेर लागेको थियो मिलन ।

” त्यसो नगर्नुस् न भन्या ! जान्नेलाई पो देखाउनु पर्छ ! झर्नोस तल ! बिन्ति!” निर्मलाले आग्रह गरी ।

“ के ठानेकी छ्यौ निरु ! तिम्ले मलाई ! यती जाबो पनि बनाउन सक्तिन म भन्ठान्छ्यौ ? ! ” मिलनले अड्डी लियो तल झर्न मानेन ।
“ यस्तोमा त फुँइ नलगाउनोस्न भन्या ! हजुरलाई आनन्द आँउछ है यसरी तड्पाउन मलाई ! ” उ अब भने रुनै लागि । उस्को अनुहार निलो कालो रुन्चे देखेर मिलनलाई टिठ लाग्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मोहभङ्

~राजुराम मुनंकर्मी~

नेता श्यामल प्रसादलाई अचेल आप्mनो विगतका क्रियाकलाप प्रति पछुतो लाग्न थालेको छ । देशमा नयाँ मन्त्रिमण्डल गठन हुँदा नयाँ संविधानसभा जारी गर्ने देखि लिएर सुशासन कायम गर्ने तथा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुड्डयाउने सम्मका सपना सजाएको थियो उनले । तर उनको सपना साकार हुनु त कता हो कता,सयौं रिवन काटी उद्घाटन गर्दैमा Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : निशा – दमन

~बिन्दू प्याकुरेल ‘लुना’~Bindu Pyakurel 'Luna'

आज उसको मन बेस्मरी दुखेको छ ।
नदुखोस् पनि किन ! हरपल शब्दहरुको मार्फत उ निशाको साथमा थियो ।
‘ नामै निशा ! मनै निस्ठुर ! ‘ उ भुत्भुतायो एक्लै……
यतिका मन दुखेर पनि खुशी पनि उत्तिकै लाग्या छ उसलाई आफ्नो ह्रृदयकी निशाले अवार्ड पाउदा ! Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : नसोच्नुस आमा धनले आकास छुँदैछ छोरो प्रदेशमा

~विनित ‘सानु’~

नसोच्नुस आमा धनले आकास छुँदैछ छोरो प्रदेशमा ।
जुठेल्नाको एक–कुनामा बसी रुँदैछ छोरो प्रदेशमा ।।

कहाँ छ तिम्रो लाडे प्यार, झुत्रो–झाम्रो टाला–टुली,
पुरानै खरको छानो झैं चुँदैछ छोरो प्रदेशमा । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : स्मृति

~शुषमा मानन्धर~Shushma Manandhar

‘त्यो कलिलो उमेर अनि पहिलो उष्णता … …’

यो उसले राखेकी फेसबुकको स्ट्याटस् थियो।

ऊ अर्थात् मेरी श्रीमतीकी साथी।

अगाडि श्रीमतीको फेसबुक ओपन थियो। म आफ्नो ल्यापटपमा अफिसको काम गर्दै थिएँ, छेवैमा श्रीमती फेसबुक चलाउँदै थिई। अर्को कोठामा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सकारात्मक प्रश्न

~आचार्य प्रभा~acharya Prabha

त्यसदिन म दुखित भएँ, कारण त्यस साहित्यिक कार्यक्रमको उपस्थितिमा एउटा फुचे केटाको ब्यङ्यात्मक र अस्वभाविक प्रश्नहरुले मलाई कता कता आफ्नो लेखकिय बिधाको परिचयबाट बन्चित बनाएझै महशुश भयो (जो केटा नेपाल बाट भर्खर मात्र अमेरिका भित्रिएको रहेछ )हुन पनि त यो ब्यस्त दुनियाँमा आएर म ब्यस्तताभित्र हराएकी छु मैले यहाँ आफुलाई Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : तिम्रो हातले भरि गिलास

~प्रकट पगेनी ‘शिव’~Prakat Pageni Shiva

तिम्रो हातले भरि गिलास पिलाएको छुट्टै मज्जा
कोखाइ-कोखाइ भन्दै सितन खिलाएको छुट्टै मज्जा

को हुन्छन् र ओठ टोक्दै गिलास भर्दै दिने मान्छे
त्यसमाथि झन् बाहुपास नै दिलाएको छुट्टै मज्जा Continue reading →

Posted in गजल | Tagged | Leave a comment