~बखतबहादुर थापा~
‘सडकमा दौडनलाई बाघको जस्तो मुटु चाहिन्छ ! बाटो छेउछाउको खाना पचाएझैँ आफ्नो भावुकता पचाउन सक्नुपर्छ । किनकि प्रत्येक दिन बाटोमा उम्रने रङ्गीबिरङ्गी फूल र काँडाहरूले पलपलमा स्वर्ग र नर्कको अनुभूति दिइरहेका हुन्छन् ।’
यो उर्दी ड्राइभर जङ्गबहादुरको हो ।
काठमाडौँबाट सुर्खेत, सुर्खेतबाट काठमाडौँ रात्रि बस दौडाउनु उसको काम । खलासीले ठिक्क पारेर बस बाटोमा लगाइदिएपछि जङ्गबहादुर सुर्ती मुखमा घुसार्दै आफ्नो सिटमा गएर बस्छ । अनि बस स्टार्ट गरेर टाउको पछाडि मोड्छ, उसका आँखा बिस्तारै यात्रुहरूको अनुहार चाल्न थाल्छन्, कतिको जीवन र लक्ष्य बोकेर हिँड्दै छु भनेर हैन, कति पैसा उठेछ भनी टाउका हेरेर अड्कल्न । ती टाउकाहरू परिचित भएमा अथवा आफन्त परेमा दिक्क मान्छ । कारण तिनसँग टिकटै छैन, यदि भएमा पनि आधाभन्दा बढी पक्कै छैन भन्ठानेर अस्पष्ट शब्दमा गुनगनाउँछ– ‘बडो नेता भइटोपलेका, लाजसरम नभएका, मेरो गाडीमा बसेर दाँत देखाइरहेका छन् ।’ त्यसपछि उसको हात गियरतिर बढ्छ । Continue reading →