~दुतेन्द्र चाम्लिङ~
बाँच्नुको नाउँमा हरेक बहाना दुहेर बाँचेजस्तो गर्नु वाह ! क्या बेजोड अभिनय
बहाना खाली बहाना मात्रै नभई सिलसिला जो बनिदिन्छ
र, मान्छे भन्ने जन्तुचाहिँ जे होस् बाँचिदिन्छ कमसेकम एउटा विकल्प रहेसम्म
दौडिँदै–बाँच्नुदेखि बाँच्नुसम्म एउटा डरलाग्दो ठूलो ब्लाक होल कटेर
सबै तेन्जिङ सबै हिलारी, बाँच्नु पनि सानो सगरमाथा हो र ? सानो उचाइ हो र ?
मान्छे यहाँ हिसाब खोज्छ बाँच्नुको, अहंको तीनकुने झन्डा फर्फराउनु मात्रै बाँच्नुको हिसाब हो त ?
फाइदा–बेफाइदा खोजेर बाँच्नुको, अंकगणितीय धारणामा के छ मजा ? के छ फाइदा ? के छ काइदा ?
कोही प्रश्न सोध्छ–‘ए ! मान्छे हो ! मलाई बताइदेऊ त,आफ्नो जीवनमा मान्छे कति प्रतिशत बाँच्छ ?’ Continue reading →