छन्द कविता : बालिकाको प्रश्न

~डा. लेख निरौला~Dr Lekh Niraula

छ वर्ष मात्रै अब लाग्छु भन्थेँ
कक्षा दुईमा अब जान्छु भन्थेँ
खुसी थिएँ जीवन खेल्न खान
म दंग पर्दै पनि घुम्न जान ।।

आमा बुबा संगत साथ खोज्थेँ
साथीहरूको मन पास रोज्थेँ
आकाश धर्ती मनमा सजिन्थ्यो
म बालिकाको तन रंग छर्थ्यो ।। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : ज्वालामुखी माया

~निराजन राजालिम ‘बतास’~

पान्थर जिल्लाको रोक्सिम डाँडामुनिको तुम्पुराङ गाउँ आज पनि रातभरि जमेको तुषारोले सेताम्मे देखिन्छ । रोक्सिम डाँडा माथिका अग्ला–अग्ला पात्ले, गुराँस र चिलाउनेका रुखहरुको सेपले तुम्पुराङ गाउँमा नौ बज्दा मात्र घाम झर्छ । जाडोले नसेकाओस् भनेर गाईभैसींहरुलाई ठाटीले बारेर राख्नुपर्छ । दुई तीन दिनमा कान्ला–कान्लामा गोठ सार्दै पत्कर थुपार्नुपर्छ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : जीवनः सन्त्रास

~यादव खरेल~yadav-kharel

घोडा हिनहिनाएको आवाजले उ त्रसित हुन्छ र पछाडि फर्केर हेर्छ। कालेा कपडाले अनुहार ढाकेको, हातमा कोर्रा लीएर अरबी घोडामा सवार एक जना अजङ्गको मानिसले उसलाई लखेटिरहेको छ। मरुभूमिको तप्त समथर मैदानमा ऊ बेतोडले भागिरहेको छ, मुक्तीका लागि, ज्यान बचाउनका लागि। लखेट्ने र लखेटिने क्रम चलिरहन्छ। मरुभूमिको बालुवा उडाउँदै हुरीको लहर चल्न थाल्दछ सुईयँ….। उसको स्वाँ स्वाँ र हुरीको ध्वनी सगै मिसीन्छ। हुरीले उडाएको बालुवाले सम्पूर्ण वातावरणलाई ढाकिदिन्छ र चारैतिर अन्धकार फैलन्छ। त्यही अँध्यारोमा लखेट्ने र लखेटिने दुवै विलुप्त हुन्छन। दृस्य स्थिर हुन्छ। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : आमाको चिठी

~चन्द्र सिंग गुरुंग~

ए छोरा !
आज फेरी एक पटक
फेरी एक पटक
अढाई सय वर्षहरुको विगतबाट ठगीएको
यो पिडाग्रस्त वर्तमानमा
स्वर्गीम भविष्यको कल्पना गर्दै
मन हर्षित पार्न सकेकीे छैन ।
चैत-बैषाखको दन्किदो डढेलो माँद्म
ओंठका पाखाहरुमा
गुराँसको लाली पोत्न सकेकी छैन
दुई आँखाहरुको आकाशमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : हर्कबहादुरको भूत

~उदास विनायक~Prem Khadka 'Udas Binayal'

पोहोर परारको दशैंमाजस्तै यसपालिको दशैंमा पनि चाहिने जति लुगाफाटा र सरसामान भृकुटीमण्डपमा वर्षेनी लाग्ने दशैं मेलामै किनमेल गर्ने कुराको अञ्जलीप्रसादका घरमा सल्लाह भइसकेको थियो । शुरु–शुरुका एक–दुई दिन र अन्तिमका एक–दुई दिन त्यति राम्रो हुँदैन । पहलिा महङ्गो पनि हुने, त्यति सरसामानहरू पनि आइनसकेका हुँदा बीचका दिनहरू उपयुक्त हुन्छन् Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : टाउको पचासलाखको

~डा. कविताराम श्रेष्ठ~Kavita Ram Shrestha

ऊसँग खबरपत्र किनेर पढ्ने क्षमता थिएन । जति कमाइ थियो त्यसले आफ्नो परिवार पाल्न सक्दैन ऊ । कसैले भनिदियो खबर छ रे अतङ्कवादीको टाउको ल्याएमा पचास लाख पाइन्छ । यसको पनि घटीबेसी मूल्य छ रे अलिसानो आतङ्कवादीको ३५ लाख अरे र झनै सानोको बीस लाख रे । आतङ्कवादी मास्न विदेशबाट ठूलै रकम आएकोछ रे त्यसैले यो खबर सही हो रे । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य : नेपाली समयको महिमागान

~धीरकुमार श्रेष्ठ~Dhir Kumar Shrestha

‘समय पनि कतै नेपाली र अङ्ग्रेजी हुन्छ ?’ तपाईंले सोध्नुहोला । म भन्छु, ‘हुन्छ, खसोखास हुन्छ । नहुने कुरै छैन । सोह्रै आना हुन्छ । शतप्रतिशत हुन्छ । अरू कुरोमा मिसावट हुने भए पनि यसमा भने एक आनाको पनि मिसावट छैन । एक प्रतिशत पनि अशुद्ध छैन । शतप्रतिशत विशुद्ध छ …’ मैले सम्पूर्ण उत्तर दिइनसक्दै बीचैमा प्वाक्क सोधिहाल्नुहुन्छ होला, ‘कसरी ?’ म पनि ट्वाक्क उत्तर दिइहाल्छु, ‘यसरी …।’
Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : ढिकुरोको गीत

~दाहाल यज्ञनिधि~Dahal Yagyanidhi

टालेको टालो टाउकोमा हाल्यो बुल्बुले यी केसमा
मगेर्नी मैया ? मजेत्री सिउने स्यो छैन यो देशमा
होलाकी भन्दा बुलाकि गयो के लाउनु गहना
बेसहा खोज्ने माझीलाई मार्दा भाँचियो बहाना । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : दलितको गीत

~दाहाल यज्ञनिधि~Dahal Yagyanidhi

गीत गायौ गाइने दाजु –
झुम्मिरैछन् बैराहरु सुन्ने कान खोई –

बन्दूकका कान छैनन् न छन् ढुकढुकी नै
क्व्ौ मान्छेले सुने भने सुन्छन् मुटु बिनै

तिमी रोयौ गीत बन्यो सारङ्गीको साथमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे – सगरमाथाको परिधी भित्र – १

~बिबश बिप्र~Bi pra

सगरमाथा र मान्छे !!
धरहरा —–एक मुर्त मान्छे !!
मानिस —एक अमुर्त मान्छे !!
स्वाभिमान—– आँखा चिम्म गर !!
…उफ्फ्फ…
———यो कल्पनाशिलता पनि Continue reading →

Posted in कविता | Tagged , | Leave a comment

कविता : बुढी औँला

~सुधीर छेत्री~

सबैभन्दा पहिले तिमीले
मेरो तोते भाषा खोस्यौ।

त्यसपछि खोस्यौ
उघ्रेको भाग्य,
मेरो ढुङ्गाको देवता,
हिट्टीको पानीधारा,
चिन्डेको मुन्टा,
सिमरायोको पुरानो गन्ध,
मेरी बज्यैको कुर्कुच्चा र कुङ्फुसु, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : डाँडैनेरि देखेर जून

~स्व. स्वप्निल स्मृति~Swapnil Smriti

डाँडैनेरि देखेर जून छुन खोजेँ टाढा रै’छ
दुखियालाई आफ्नै आँशु ए..लै..सुनको बाला रै’छ

कर्कलाको पातमाथि नाचिरह्यो शित मोती
जिन्दगीलाई त्यै मोतीले सोचेँ सजाऊँ एकचोटी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : गुफा र माकुरा

~स्व. स्वप्निल स्मृति~Swapnil Smriti

रानीभीरको कालो गुफामा सल्काइयो रातो मैनबत्ती-
झुण्डिएर झ्याऊका जराहरुमा
राजा माकुराको िसंहसानतिर प्रस्थान गरे मानिसहरु ।

झुल्केघाममा झुल्किने सुनको मृग
युवाहरुले घॊडा चढ्न खोज्दाखोज्दै जहाँ अलप हुन्थ्यो
डुब्दो घाम-छायाँमा फणा उठाउँदै सिन्दुरे गोमन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : तेस्रो रंग

~उषा शेरचन~Usha_Sherchan

म भित्र मच्चिरहेको द्वन्दको लिङ्गे पिङ्गलाई देख्ने कसले ? म भित्र निरन्तर गईरहेको पहिरोलाई बुझ्ने कसले ? न कसैको सामु देखाउन सक्छु । न त ब्यक्त नै गर्न सक्छु । म कुन मानसिक अवसादबाट गुजि्ररहेछु भन्ने आभासबाट बेखवर मेरा परिवारले मेरो विवाहको लागि दबाव दिरहेकाछन् र केटीका फोटोहरु हेर्नका लागि कर गरिरहेकाछन् । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : फेरी एक्लै

~अनुप जोशी ~Anup Joshi

यो शहरको विशाल अनन्तता
बीचमा कतै हराएको छ

यी अग्ला अग्ला घरहरुबाट
आईरहेको छ नीर्जीव गन्ध

अब म तिमीलाई सम्झदैछु
कि लेख्दैछु फेरी अर्को कविता Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : कथावाचक

~अज्ञात~

कथावाचकले आफ्नो कथा यसरी प्रारम्भ गर्नुभो- “सबैले मलाई प्रधानमन्त्री भन्थे । म धेरैपटक प्रधानमन्त्री भएँ, कतिपटक भएँ, सम्झनासमेत छैन । मैले आफ्नो वास्तविक नामसमेत बिर्सिएँ, मलाई के लाग्न थालेको थियो भने मेरो नाम प्रधानमन्त्री हो । कुनै बेला मोरङतिर खरदारबाजे भनेपछि पिताजीलाई चिनिन्थ्यो, त्यसैगरी प्रधानमन्त्री भन्नासाथ मान्छेहरू मलाई चिन्थे ।”
एक दिनको कुरो हो । कथावाचकले कुनै महत्त्वपूर्ण घटनाको सम्झना गर्नुभो । कास्कीतिरको सिस्लेकबाट गृहमन्त्रीले एक जना अधबैँशेलाई समातेर ल्याए । तिनले मलाई उनको परचिय गराउँदै भने, “यी सज्जन साह्रै उपयोगी मानिस हुन् ।” मैले तिनलाई सोधेँ, “को हौ तिमी ?” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : बिवादित मन

~राज अबिरल यात्री~Raj Abiral Yatri

बिवादित कुराहरु गरि चर्चामा अाईरहन्छिन पदमादेवी । पाँच दशक उमेरकी उनको व्यक्तिगत जीवन बारेमा उत्तिकै बिवादित कुराहरु थिए । कोहि अबिवाहित भन्थे कोहि लोग्ने संग छुट्टिएको । सत्य उनैलाई थाहा थियो । उनलाई कतै पुराना रंगकर्मी, कतै सामाजिक कार्यकर्ता, कतै पत्रकार र कतै राजनीतिक व्यक्तिका रुपमा चिनिन्छ । कुनैकाल खण्डमा उनको संलग्नता थियो पनि । उनको पछिल्लो काम भने अाफ्नै घरमा अनाथालय। यति Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य : सतीको सराप

~नरनाथ लुइँटेल~Naranath Luitel

हैन, कुन साइतमा परेछ सतीको सराप पनि ¹ अनन्त काल बितिसक्यो तर त्यो सरापबाट हामीले कहिल्यै मुक्ति पाउन सकेनौँ । मुक्तिको कुनै सम्भावना पनि देखिएन । उहिले उहिले त जसले सराप दियो, उसैले सरापबाट छुट्कारा पाउने उपाय पनि दिन्थ्यो । यी सतीले भने त्यो उपाय पनि दिइनन् । सत्य धरोधर्म यो सतीको सराप त साह्रै मापाको पो रहेछ । सरापले ढुङ्गा बनेका मनुवा कसैले टेकिदिनासाथ फेरि मान्छेमै अवतरित भएका, सरापले रुख बनेका, मनुवा कसैले छोइदिनासाथ पुनः मानव चोलामै रुपान्तरित भएका जीवन्त वर्णनहरू हाम्रा धर्मग्रन्थमा पढ्न पाइन्छ । Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : इबोला

~जीवन ‘पीडित’ दाहाल~Jiwan Dahal 'Pidit'

छोरी इबोला खुर्रऽऽ कम्पाला अन्तराष्ट्रिय विमानस्थलतिर कुदेकी देखेर आमा इबोलाले छोरीलाइ च्याप्प समाति र हकारी–‘किन त्यता कुदेकी ए केटी ?’
छोरीले आमाका हात आफ्ना पाखुराबाट हटाउँन बलगर्दै उत्तर दिइ–‘म पनि एसियाको नेपाल भन्ने देशमा जान लागेकी, बरु झट्टै हात छोडिदिनुस् न प्लेन उड्नै लाग्यो ।’
‘किन जाने नेपाल ?’–आमा इबोलाले प्रश्न राखि छोरीसँग । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : खोस्टो स्वरोजगार

~गंगाराम ढकाल~Gangaram Dhakal

बेरोजगारहरु अब रोजगार हुने भए रे । अब ऋण र झोला बोकेर बिदेश धाउन नपर्ने भयो रे । आफ्नो सीप, मेहनत, पाखुरी यही प्रयोग गरेर मनग्य कमाई हुन्छ रे । आफ्नो पसिना आफ्नै माटोमा बगाउन पाइने भयो रे । गाँउ गाँउबाट युवालाई स्वरोजगार कार्यक्रम हुदैछ । आफुले चाहेको, रोजेको पेशा गर्न पाइने छ । आवस्यक तालिम श्रोत साधन पनि यही निशुल्क पाइन्छ । यस्तै Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म कुजे पोखरी हुन चाहन्नँ

~सुवास घिसिङ~Subash Ghising

म कुजे पोखरी हुन चाहन्नँ
कुजे पोखरीको पानीजस्तै
चुपचाप चुपचाप पलेटी कसेर
बसिरहन चाहन्नँ म यहाँ यसरी

मुर्दा घाटको चिहान जस्तै
चुपचाप चुपचाप हात बाँधेर
बसिरहन चाहन्नँ म यहाँ यसरी।
दापभित्रको खुकुरी जस्तै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बा सँगका बिलौना

~भिष्म भुसाल~

बा !
तपाइँले कमिसन काटेर कच्चा बनाएको स्कूल
भत्किंदा झोला सहित पुरिएछ
म जस्तै सानु विद्यार्थी,
त्यो म भैदिएको भए
तपाइँलाई कति दुख्दो हो बा !
तपाइँले ठेक्का लिएको पुल,
पौने दुई बर्षमै चुँडिंदा,
महिना दिनको सुकोमल बच्चा सँगै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : रक्स्याहा कि स्वास्नी !

~पुरुशोत्तम भण्डारी~Purushottam Bhandari

यी रक्स्याहाकि स्वास्नी हुनु भन्दा त ,बरु हलिकि स्वास्नी हुनु निको ,बुझ्नु भो ?
उनले प्रायजसो यसरि नै आफ्नो बित्रिष्णा पोख्ने गर्थिन र म चुपचाप सुनी मात्रै रहन्थें ! बाहिरबाट हेर्दा त उनको जीवन निक्कै राम्रो थियो ! लुवाई -ख्वाई पनि उच्च दर्जाको थियो ! घर त्यस्तै राम्रो !कमाउने श्रीमान ! साथमा छोरा छोरी !त्याहाँ भन्दा बढी के चाहियो सुखी हुनलाई ?तर उनि सुखी थिईनन ! Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : नियत के थाहा भएन ! हत्केला बढाई रहेछौ !

~मबि सिंह~Mabi Singh 'Sirish'

नियत के थाहा भएन ! हत्केला बढाई रहेछौ !
जे छोयौ फोहोर बनायौ ! दुबिधा गराई रहेछौ ‍‍‍‍‍‍‍‍!‍

आगोमा हिंडेको देख्दैछौ, पोलेर उफ्रेको हेर्दैछौ
नाचको भ्रम जगाएर, डबली बनाई रहेछौ ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

बाल कथा : आयुष खुसी भयो

~कुसुम शर्मा~

”आमा ! प्रमोदको घरमा खेल्न जाउँ ?” आयुषले आमासँग सोध्यो । ”पर्दैन । खुरुक्क पढेर बस्ने ।“ आमाले आयुषलाई हकार्नुभयो । आयुषको अनुहार अध्यारो भयो । ऊ लुरुक्क परेर आफ्नो कोठातिर लाग्यो ।

एकदिन आयुष र उसका साथीहरु जम्मा भए । साथीहरुले शनिबारको दिन नजिकैको खोलामा पौडी खेल्न जाने योजना बनाएका थिए । त्यतिबेला साथीहरु सबैजना पौडी खेल्न जान राजी भएका थिए । आयुषलाई भने आपत् परेको थियो किनकि उसले आमालाई सोध्नु नै बाँकी थियो । त्यसैले त्यति बेला उसले साथीहरुलाई केही भन्न सकेन । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

छन्द कविता : नारीप्रति

~डा. लेख निरौला~Dr Lekh Niraula

नारी मानव जीव हुन् प्रकृतिकी झन् सृष्टिकी बीज हुन्
आद्याशक्ति अथाह सृष्टि महिमा आफैँ लिई बस्दछिन्
इच्छाले उनकै विशाल धरती झन् व्याप्त वा पूर्ण छ
नारी कोमल भावना सुख दिने यो मन्त्र सम्पूर्ण छ ।।

नारीका कति रूप कर्म दुनियाँ यो बुझ्न गाह्रो कुरा
आमाको ममता जहाँ रगतमै पाइन्छ साँचो कुरा
सारा सृष्टि जहाँ रहन्छ जगमा मातृत्वकै देन हो
नारीको यदि भूमिका नरहँदो संसार कस्तो हँुदो ! ।। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

लघुकथा : मधेसिया

~जीवन ‘पीडित’ दहाल~Jiwan Dahal 'Pidit'

‘आमा, अब हामीहरुले पनि हिन्दी सिक्नु पर्ने भयो नि तपाईले थाहा पाउँनु भो ?’–भरखरै खेल्न गएर फर्किएकी छोरीले आमालाई प्रश्न राखि सप्तरीको सखडा मन्दिरमा माग्न बसेकी आमालाई ।
‘किन र बिटिया ?’–आमाले पनि प्रश्न नै तेस्र्याइ छोरीका सामु ।
‘नेताजीले भरखरै भाषणमा भन्नु भएको अब हिन्दी भाषालाई हामी सबै मधेसियाले बोल्ने सम्पर्क भाषा बनाउँने रे, नेपाली Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : झाक्री

~गंगाराम ढकाल~Gangaram Dhakal

हेर हेर मनुवा अनिष्ठहुदै छ । कालकाष्ठ बहुरुपी गाउँमा घुस्यो ।

रातको मध्यन्हमा एक्कासी झाक्रीबाजे दोबाटोमा बसेर डम्फूबजाउदै थिए । उनको वरिपरी बुढापाका जस्ता मानिसहरु घेराहालेर फलाक्दै बसेका थिए । रातको चकमन्न अध्यारोमा मधुरो दीयोको उज्यालोमा को को थिए ठम्याउन मुस्किल पथ्र्यो । उनीहरु भन्दै थिए – हेर परमेश्वर माने सिकिस्त छ तल्ला घरे साने र पारी डाडाघरे बुधुने एक एक दिनको फरकमा खसीसके । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : मन भरि आशा

~मन्जील दिप शुब्बा ‘गरिव’~

मन भरि आशा बोकी कल्पी बस्छु
मुटु भरि माया साची अझै बाच्छु
तिम्रो आगमनको सुनौलो बिहानिमा !
बशन्तको वहाँर बनी छाई दिन्छु

आशाहरु जलन भएर किनार खोज्दै बगे भने Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : सरलाई ब्ल्यु लेबल

~गुणराज लुइटेल~Gunaraj Luitel

नेपालबाट आफ्नो सर आउने भनेको सुन्दा रमेश दङ्ग छ । बुढालाई यता घुमाइदिन्छु, उता घुमाइदिन्छु भन्दै उ धेरै योजना बनाइरहेको छ । सरले अस्ति नै स्काइपबाट फोन गरेर भन्नु भा‘ छ— “रमेश त्यहां डि.सी. क्षेत्रमा मेरो खासै कोही पनि छैनन्, तिमी त त्यहांको पुरानो मान्छे, मलाई एयरपोर्टमै लिन आउनु है, मेरो ल्याण्डिङ त्यहीं परेको छ ।” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : चिहानमा फूल

~सरस्वती ‘प्रतीक्षा’~Saraswoti Pratikshya

जति रोपे पनि
फुलेन, फुल्दै फुलेन– चिहानमा फूल!

गाउँदा गाउँदै
गीतको अन्तरा आफैं रुन थाल्यो
हाँस्दा हाँस्दै
ओठको छेउकुना आफैं रुन थाल्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : अस्वभाविक मित्र

~बिकास घिमिरे~Bikash Ghimire

उसको कुरा गर्ने शैली बौलाहारुपी भएपनि तार्किक कुरा मात्रै गर्दथ्यो। बकम्फुसे कुरा गर्ने अनि त्यस्ता निस्सार कुरामा मान्छेलाई अल्मलाउने प्रवृत्तिको मानिस थिएन उ। धेरै बोल्न नरुचाउने, एकदम शान्त स्वभाव। कसैले प्रसङ्ग निकालेमा तर्कका साथ विवाद गर्न सक्ने क्षमता भएको उ। उसका विचारहरु कुनै पनि कोणबाट असान्दर्भिक हुदैन थिए तर पनि उ यस समाजको तिरस्कृत पात्र नै रह्यो मैले देखेसम्म। मान्छे उसलाई घृणा गर्दथे। शायद उसको पहिरन अस्वभाविक किसिमको भएर होला या त उसको शरीरबाट एकदमै नराम्रो गन्ध आउँथ्यो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment