कविता : बोर भो !

~बद्रि भिखारी~Badri Bhikhari

नया बनेका भगवानले
आज राती बोर गरे
भगवान बनाउने मान्छेले
भगवानलाइ बोर गरे !
आएर
शब्द-शब्दहरु हुल बाँधेर
एक झप्को Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : ग्रेटवाल नचढेको व्यक्ति बहादुर भनिदैन

~कृष्ण बजगाईं~Krishna Bajgai

संसार प्रसिद्ध ग्रेटवालमा जब म पाईला टेक्दै थिएँ मेरा चिनियाँ मित्र यू फूङले सुनाए – “चिनमा ग्रेटवाल नचढेको व्यक्तिलाई वहादुर भनिदैन ।” त्यसबेला म साँच्चै रोमािचत भएँ र आफूलाई भाग्यमानी एवं बहादुर ठान्दै पहाडैपहाड भएर ग्रेटवाल उक्लनथालें । आजभन्दा दुईहजार वर्षअघि तत्कालीन चिनियाँ सम्राटहरुले आफ्नो राज्यलाई बाह्य सैनिक आक्रमणबाट सुरक्षा दिन संसारको सबैभन्दा ठूलो तथा लामो सुरक्षा पर्खालको निर्माण गराएका थिए।
Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

व्यङ्ग्य : नयाँ पार्टी – “नेपाल धम्की दल”

~कृष्ण गुरागाईं~Krishna Guragain

आजकल जताततै धम्क्याउने, थर्काउनेहरुकै बोलवाला छ । हिजो मात्र चितवन नारायणगढको व्यापारीहरुले आफुलाई जानकारी नदिई राजस्व अनुसन्धान विभागका कर्मचारी छापा मार्न आए भनेर प्रहरी र सरकारलाई राम्रैसँग धम्क्याए, बाटो अवरोध गरे, जीप, प्रहरी पोष्ट जलाए । Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : बहकिने मनको पनि बह फरक भएपछी

~सूर्य मरहट्टा~Surya Marahatta

बहकिने मनको पनि बह फरक भएपछी,
बराबर हुन्न आँसु गह फरक भएपछी ।

देख्दिन म कोही पनि पुर्णिमाको चकोर झैँ,
कस्ले हेर्छ ? जुनेलीलाई चह फरक भएपछी । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

बाल कथा : विमलको कथा

~सौरभकिरण श्रेष्ठ~

सुनकेस्रा पत्रिकाको नयाँ अंक बजारमा आयो । विमल हतारिदै पत्रिका पसल पुग्यो । “दिदी ! मलाई सुनकेस्रा दिनुहोस न ।” उसले खल्तिबाट रुपैया झिक्दै भन्यो । ऊ सुनकेस्रा मासिकको नियमित पाठक थियो । उसलाई अरु पनि बालपत्रिकाहरु पढ्न औधि मनपथ्र्यो । ऊ सधै मुना, बालक, कोपिला, बालकोशेली जस्ता बाल पत्रिकाहरु किनेर पढ्ने गथ्र्यो । ऊ आफ्ना साथीहरुलाई पनि पढ्न दिन्थ्यो । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य : महादेवलाई भक्तको पत्र

~युवराज लम्साल~

श्रीमान महादेव महोदय,
कैलाश पर्वत।

बाउरे बाब्राम, चाउरे शुशील, झ्याउरे झल्लु, दाउरे दाहाल, गोलिबोली ओली, कच्चा बैद्य, छेरे शेरे, टपरे पौडेल, कच्छेगच्छे, सकुनि माकुने, नहरा महरा लौ हेर्नुस यस्ता त छन् हाम्रा सहारा ! बिन्ति महादेव हाम्लाई यो श्रापबाट मुक्त पार। भगवान छन भने पनि कति निष्ठुरी रैछन बा गतिला नेताजति अरु देशमा जन्माएर आफ्नै बासस्थान हिमालय खण्डमा भने संसारकै Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

नियात्रा : रानीमहलमा भेट्न नपाइएका भूतहरू

~धीरकुमार श्रेष्ठ~Dhir Kumar Shrestha

“रानीमहल जाने बाटो कता होला ?” पाल्पा बसपार्कमा भेटिएका एक जना अपरिचितसँगकोे जिज्ञासा थियो मेरो ।

“था’ छैन” ती अपरिचितको जवाफ थियो ।

“आगराको ताजमहलजस्तै नेपाली ताजमहल भनेर पत्रपत्रिकामा खुब समाचार आउँछ नि …” कतै समाधान निस्किहाल्छ कि Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : चंगा

~दिल सिजाली ‘दिवाना’~Dil sijali

बाले साँझबिहान गाँसेर बिरामी लयहरू
भाका हालीहाली सिलोक बाच्ने धर्मग्रन्थका पन्नाहरू
उक्काइरहेछ उसले धमाधम दशैँको छाला जसरी ।

एउटा सुकिलो घाम लघारेर हाम्रो घरको आङबाट
र, उखेलेर करङका डाँडाभाटाहरू
चिरिरहेछ उसले मसिनु सिन्काजसरी । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : डर

~तसलिमा नसरिन~Taslima Nasrin
अनु. : अनिल श्रेष्ठ

मलाई कसैले पार गर्न दिएनन् त्यो मैदान
जति पटक म दौडेर गएँ
त्यो आधी दूरीसम्म
अचानक पछाडिबाट कपडा समातेर
ताने ती मान्छेहरूले
डर देखाए Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

लेख : नेपाली कविताको आधुनिक कालको निर्धारण

~डा. माधवप्रसाद सापकोटा~Dr Madhab Prasad Sapkota

नेपाली साहित्य लेखन परम्परा त्यति लामो छैन र यसको इतिहास लेखन परम्परा त भर्खरको बबुरो छ। साहित्यका चार विधा– कविता, आख्यान, नाटक र निबन्धको इतिहासलाई भिन्नाभिन्नै तरिकाले इतिहास लेख्ने कार्य भएको छ। समग्र साहित्यलाई आधार मानी लेखिएका इतिहासमा पनि एकरूपता छैन। यो लेख नेपाली कविताको आधुनिक कालसँग सम्बद्ध रहेकाले त्यतैतिर ध्यान केन्द्रित गर्नु आवश्यक देखिन्छ। Continue reading →

Posted in लेख - समीक्षा | Tagged | Leave a comment

पौराणिक कथा : अभिशप्त सौन्दर्य

~केशव अधिकारी~

महाभारत युद्धका नायक पात्र पाँच पाण्डवहरूकी साझा धर्मपत्नी द्रौपदी त्यसभन्दा अगाडि अर्थात् पूर्वजन्ममा अत्य न्तै सुन्दरी नारीको रूपमा दक्षप्रजापतिकी छोरी केतकीको नामले चिनिन्थिन्। उनको आफ्नो अपूर्व सौन्दर्य र सच्चरित्रताका सामु स्वर्ग, मत्र्य, पाताल तीनै लोकमा आफूजत्तिकै सुन्दर र सच्चरित्रवान् पुरुष नपाइएकाले केतकीले जीवनभर अविवाहित रही भगवान् शिवजीको तपस्या गर्दै जीवन बिताउने निर्णय गरिन्। केतकीको Continue reading →

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

व्यङ्ग्य : विज्ञापन – महात्म्य

~धीरकुमार श्रेष्ठ~Dhir Kumar Shrestha

वर्तमान समय विज्ञापनमय छ । विज्ञापन नभए मूल्यवान् मणि पनि कौडीका भाउमा मिल्किन्छ । बोल्नेको पीठो पनि बिक्छ नबोल्नेको चामल पनि बिक्तैन, ले अहिले शतप्रतिशत र्सार्थकता ग्रहण गरेको छ । यही भएर विज्ञापनको बजार नै सिर्जना भएको छ । उत्पादनको बजारनिर्माण गर्नाका लागि विज्ञापनकै सहारा लिनुपर्ने भएको छ Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

छन्द बाल कविता : गाउँले जीवन – ७

~डा. लेख निरौला~Dr Lekh Niraula

मुखमा पानी रसायो आहा ! देखेर ऐँसेलु
ती झाडीभित्र पाकेका हेरूँ झपक्कै ऐँसेलु ।
झन् भित्रभित्र टलक्क राम्रा पोटिला झुप्पा छन्
कसरी खाऊँ काँडाले घोच्ला नखाऊँ कहाँ झन् ।। Continue reading →

Posted in छन्द कविता, बाल कविता | Tagged | Leave a comment

लघुकथा : समय सङ्ग्रालय

~यादव खरेल~yadav-kharel

पिपल चौतारीमा एक जना वृद्ध मानिस एक्लै धुम्धुम्तिी बसिरहेको छ, दिउँसैदेखि। बाटोमा आबतजाबत गर्ने कोही छैन। धैरै बेरपछि एउटा भुस्याहा कुकुर दौडदै बच्चुरामको छेउँबाटै जान्छ। बच्चुराम खल्तीबाट चुरोट झकेर सल्काउँछ।

बाटोमा हतारहतार हिडिरहेका हरिकृष्ण देखा पर्दछन्। बाटैबाट कराउँछन्, “बच्चु काका थाहापाउनु भयो शिवलाल त बितेछनि। मलामी नभएर लासै उठेको छैन रे।” बच्चुरामको प्रतिक्रिया जान्ने फुर्सद छैन हरिकृष्णलाई। ऊ दौडदै अगाडि बढ्छ। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : फलफूल

~डा. रवीन्द्र समीर~Dr Rabindra Sameer

सहरमा रोग पनि छ, औषधि पनि । सहरमा पैसा फल्ने बोट छैन तर पैसा छ, जुन थोरैले मात्र टिप्न सक्छन् । सहरमा फलफूलका बोट कतै छैनन् तर फलफूल प्रशस्त पाइन्छ ।

– ‘तपाईंकी श्रीमतीलाई रगतको कमी छ, प्रशस्त फलफूल खुवाउनुहोला ।‘
चिकित्सकको सल्लाहबमोजिम रामबहादुर फलफूल किन्न पसल गयो । पसलेले भन्यो– ‘…यो अनार प्रति किलो तीन सय… यो स्याउ प्रति किलो दुई सय… यो अङ्गुर प्रति किलो दुई सय पचास… यो केरा प्रतिदर्जन सय मात्र…।’ Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जाडोको लुगा

~डा. रविन्द्र समिर~Dr Rabindra Sameer

‘….पोहोर सालको जाडोमा दमले झण्डै खतम पारेको…….यसपालि त एउटा न्यानो ज्याकेट किन्नुपर्žयो…..।’ रिठ्ठेले पटुकाको फेरोमा बाधेको पैसा छाम्दै -छाम्दै बजारतिर लाग्यो ।

….यसको मूल्य अठार सय, यसको बाह्र सय, यो पातलोचाहिँको आठ सय, यो स्वीटरको सात सय…..। रिठ्ठेले दुइपटक बजार परिक्रमा गर्žयो र सरासर छेवैको भट्टीमा पस्यो ।

….यो तरल ज्याकेटको साठी रुपियाँ, यो तरल स्वीटरको बीस रुपियाँ यो तरल गलबन्दीको पाँच रुपियाँ…..। उसले पटुकाको फेरो फुकाउनुपरेन । इष्टकोटको भित्री गोजीबाट एउटा हरियो नोट निकाल्यो र नशा-नशामा ज्याकेट स्वीटर, गलबन्दी…..बोकेर घर फर्कियो ।

(स्रोत : Nepalisahitya.webs.com )

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : नयाँ बिहानको कोलाज

~सुधीर छेत्री~

पूर्वेली आकाशको कुनाबाट
घामले रातो रुमाल हल्लाएर
एकदिवसीय म्यारेथनको घोषणा गऱ्यो।

फुच्चे दुबोहरू शितमा खुट्टा चोप्दै उफ्रिए।

हावाले घाँटी फुलाएर
सुसेली बजायो। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जनताका नाराहरु षणयन्त्रको म्युजियममा

~रुसाहाङ चेम्जोङ~

रेटिहेरे राजतन्त्रलाई कटन भने सकेनन्
साट्न खोजे भरत सङ्ग लोकतन्त्र भित्रियेनान्
एघार बर्ष ग्रिह युद्द जन इच्छा पुर्‍यनन्
मओवादले कुर्चि रोज्यो जनमत चाहिएन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हाँसो

~स्व.स्वप्नील स्मृति~Swapnil Smriti

त्यसो त हाँस्न कहाँ पाइन्छ र –
आइन्दा दाँत नदेखाउनू !
चुप रहनू !!
क्षितिजजस्ता ओठहरु नखुलाउनू !!!

बहुराष्ट्रिय कम्पनीको ‘टुथपेस्ट’ सरकार
निकम्मा ‘बु्रस’ः
अध्यादेशले गीजा घोटेर
फिंज काडी-काडी हाँस्दछ- खित्का प्रोपोगाण्डा । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : सक्छौ भने सजाएर राख

~श्रीजना लिम्बु~

सक्छौ भने सजाएर राख मलाइ आँखा भरी
गाउँछौ भने गीत सँगै गुन्गुनाउ भाका भरी

चाहान्छौ की हाँसिरहुँ झुमिरहुँ तिमी सँगै
उसोभए फुलाउ मलाई गुराँस जस्तै पाखा भरी Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : कसॆैकॊ बन्ने प्रयासमा म

~ऋचा तिवारी शिवाकोटी~

कसॆैकॊ बन्ने प्रयासमा म
म कसैकॊ पनि हुन सकिन
न अरु कसैको बन्न सके
न तिमीलाई आफनो बनाउन सके । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : मेरो ईच्छा लत्याउने तिम्रो

~मालती श्रेष्ठ~

मेरो ईच्छा लत्याउने तिम्रो मन पापी
तिम्रो लागि मरिमेट्ने मेरो मन पापी

किन बोक्नु मैले मात्र भारी सधैं भरी
छुट्याईदिन सके हुन्थ्यो मायाँ बराबरी
बाँच्न गाह्रो निर्दोषी भै दोषकोअर्को खापी
तिम्रो लागि मरिमेट्ने मेरा मन पापी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

बाल कथा : नयाँ वर्ष

~राजुराम मुनंकर्मी~

नयां वर्ष आउँदै छ । रक्षिताले नयां वर्षको पहिलो दिन रमाइलो गरी मनाउन योजना बनाउन थालिन् । साथीहरुलाई शुभकामना बाढ्न उसले कार्डहरु किनेकी थिइन ।

‘‘ के गरिरहेकी छोरी ? ” कोठाभरि कार्ड छरिएको देखेर उनका बावाले सोध्नुभयो ।

‘‘नयां वर्षको शुभकामना कार्डहरुमा लेख्दै छु ” उसले खुसी हुंदै भनिन् । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

लघुकथा : धुर्वेको बिन्तीपत्र

~तुलसीहरी कोइराला~Tulasi Hari Koirala_1

वन–जंगलको व्यापक अतिक्रमण हुन थालेपछि जंगली जनावरले आफूहरू असुरक्षित भएको अनुभव गरी आकस्मिक बैठक डाके । बैठकमा मानवीय अतिक्रमणविरुद्धमा आवाज उठाउँदै सबै जनावर जंगलको राजा भनाउँदो सिंहमाथि एक स्वरले जाइलागे । तिमी जंगलको राजा हौ भने सुरक्षा तिमीले गर्नुपर्छ ।

सबै जनावर एकै स्वरले प्रस्तुत भएपछि सिंहले आफ्नो लाचारी र असक्षमता प्रस्तुत गर्दै भन्यो, ‘म आफ्नै सुरक्षा त गर्न नसक्ने अवस्थामा पुगिसकें भने तिमीहरूको सुरक्षा कसरी गरौं ? बरु शरीरमा पनि ठूलो, मानिससँग पनि उस्तै र यता हामीसँग पनि उत्तिकै मिल्ने द्वैधचरित्रको हात्तीलाई राजा बनाऔं र हामी सबैको सुरक्षाको जिम्मा दिऔं । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : आधी रात रुँदै काट्छु

~दलबीर सिंह बाराइली ‘घायल’~Dalbir Singh Baraili 'Ghayal'

आधी रात रुँदै काट्छु आधी मुर्छा पर्छु भन्थ्य
कहाँ गए सबै वाचा तिमी बिना मर्छु भन्थ्यौ

मनको यो सागरमा आँधीहुरी चल्दो रैछ
मायाको त्यो डुङ्गा चढि किनारामा तर्छु भन्थ्यौ

जून तारा लोभिंदैछन् भमरा भै चुम्न आऊ
फूलको यो जवानी हो नत्र वैली झर्छु भन्थ्यौ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : चमेली फूल र भमरा

~हरिहर खनाल~Harihar Khanal

“आज पनि मान्छे पाइएन?” मदन ढोकाबाट भित्र पस्ने वित्तिकै मुनाले सोधी। मदनले त्यसको उत्तर दिनुपर्ने आवश्यकता ठानेन। लुगा फेरेर हातगोडा धोइसकेपछि उसले ग्याँसचुलोमा लाइटर झोस्यो, बिहान फ्रिजमा राखिछाडेको भात र मासुको झोल ततायो र मुनालाई दियो। मुनाको आँत कहिले खाउँलाजस्तो भएर भोकले हर्हराएको थियो।

मदन सुत्केरी मुनासहित आफ्नोलागि पनि भरेको खाना बनाउने तरखर गर्न थाल्यो। राइसकुकरमा भात पाकिरहेको थियो, यता प्रेसरकुकरमा पनि सिट्ठी लाग्यो। अर्को तर्कारी वा अचार बनाउने त्यसको जाँगर चलेन।
बिहान जुरुक्क उठ्यो, भान्छामा पस्यो, दिउँसो कतै गएर आयो, हत्त र पत्त भान्छामा नै गैहाल्नु पर्ने । मदन घरको लुसेधन्दा गर्दागर्दै हैरान परिसकेको थियो। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : लघुमानव, महामानव र अल्पमानव

~रुद्र प्रसाद दनै~

आज साँझ विद्यालयबाट घर आईपुग्ने बित्तीकै कक्षा ३ मा पढने मेरी सानी छोरी लघुनाले मलाई बाबा बाबा, महामानव भनेको के हो ? यो कस्तो हुन्छ ? कहाँ बस्छ ? आदि आदि पुच्छर झुण्ड्याईएको प्रश्न सोधीहालीन । जहाँसुकैबाट जुनसुकै तनाव लिएर घर आईपुगेको भएतापनि यस्तै यस्तै अनेक थरी प्रश्न सोध्ने र नजिकै आएर झोला खोतली हाल्ने उसको बानी आमा चाँहिले जति मुड्क्याए पनि कहिल्यै गएन । बिहान सवेरै देखि साँझ अबेरसम्म उभिईरहने, कराईरहने र शरिरलाई अश्वरत राखिरहनु पर्ने मेरो जागिर, Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : पुस्तकालयको रातो भित्तो

~देव पाठक~

“गुरु हजुरलाई प्रिन्सिपल सरले बोलाउनुभा’छ छिटो जाने रे” ढोकामा आएर पियनले यति कुरा भनिसकेपछी म टक्क अडिए । आवाज आएको दिशातिर हेरे अनी कक्षालाई एकछिन धैर्यधारण गर है भन्ने ईशारा गरेर बाहिर निस्के,कोठामा बिस्तारै गाँइगुइ बढ्यो । म प्राचार्यको कोठातिर हानिए । के भएछ र पढाउदा पढाउदै बोलाउन पर्ने भन्ने कुराले मनमा ढ्वाङ्रो ठटाइरहेको थियो । प्राचार्यको कोठामा देख्छु त सबै शिक्षकहरु लगभग प्राय: उपस्थित रहेछन् पछि त आफैलाई लाज लागेर आयो बिनासित्ती पढाउने चक्करमा पियनलाई बोल्न नदिएर अड्काएर राखेछु मुर्तिझै,उ पनि बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : मजै हुन्थ्यो होला !

~डा. लेख निरौला~Dr Lekh Niraula

खैनी म खाऊँ मदिरा म खाऊँ
चुरोट दामी पनि झोस्न पाऊँ
बेला कुबेला घर तास खेलूँ
यो मोज मस्ती कहिलै नटेरूँ ।।

नौला कतै प्रेम मुहार हाँसूँ
खल्ती तताई अरूसामु मासूँ
जागूँ निशारात्रि दिवा सुतूँ म
सम्पत्ति पुर्खाहरूकै सकूँ म ।। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

Translated Poem : Dahlia, you Lahure flower! I want to change your name.

~Tirtha Shrestha~Tirtha Shrestha
Translator : Ganesh Poudel

You don’t have smell,
But you are not plastic, I know.
Dahlia, you Lahure flower !

I do remember to see you, Lahure flower,
my wounded husband to death.
And I do remember somehow till date
The letter wrapped with Kancho Dhago,
His pension that smells me with his blood, Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

रत्न शमसेर थापाका ३ मुक्तकहरु

~रत्न शमसेर थापा~Ratna Shamsher Thapa

–१–
धुन न हो आजकल बदलिन सक्छ गीतको
रंग न हो पल पल बदलिन सक्छ प्रितको
आश्चर्य मान्नु पर्ने कुरै नै के पो छ र यहाँ
मन न हो चञ्चल बदलिन सक्छ मितको । Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

छोक : उल्टो बग्छन्

~सरस्वती ‘प्रतीक्षा’~Saraswoti Pratikshya

नदीहरू उल्टो बगेको देखेर
छोराले सोध्यो-
‘आमा,
आजकल किन नदीहरू उल्टो- उल्टो बग्छन् -’
राष्ट्रिय पीडाले आक्रान्त
बूढी आमाले खोक्दै भनिन्- Continue reading →

Posted in कविता | Tagged | Leave a comment