कथा : गायत्री

~महादेव अधिकारी~ Mahadev Adhikari

‘दाइ नमस्कार,सञ्चै हुनुहुन्छ’ अपरिचित जस्ती तर परिचित जस्तीपनि ती वहिनी दश औला जोडेर मेरो सामु खडा थिईन्।मेरा आँखाले उनलाई घोचिरहे। सिउदोमा रातो सिन्दूर, नाक कान गहनाले झाटिएका रातो किनारा भरेको सारीमा रातै व्लाउज ।

मैले असमन्जसमा परेरै नमस्कार फर्काएँ।सैनिक अभिलेखालयमा अचानक भेटिएकी ती वहिनीलाई मुस्किलले ठम्याएर सोधे’गायत्री हौ?’ ‘हजुर दाइ म त्यहि गायत्री हूँ जसले हजुरको प्रेरणा सल्लाह र साहश पाएर आज वैधव्यको भारी बिसाएर साध्वी जीवन जिउन आँट गर्न सकेकी छ।’ भावात्मक आवेगमा मेरा नयनहरूमा हर्षाश्रु टिलपिलाए। तिनको साथमा एक युवक र बूढीआमा पनि थिए।युवक युयुत्सु थियो मेरो साथी ययाती को भाइ हामीहरु चमेना गृहतिर गयौँ। बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : आज कस्तो चोट लाग्यो पराइेलाई आफ्नो ठान्दा

~आचार्य प्रभा~ acharya Prabha

आज कस्तो चोट लाग्यो पराइेलाई आफ्नो ठान्दा
मनभित्र शूल गड्यो टाढाकोलाइे नजिक मान्दा ।

दुध पिलाई पालेकीथेँ उस्को जीवन बाँचोस् भनी
तर बिष् पो ओकल्यो नी मैले मान्छे भनी जान्दा। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : हिँड्नु हुन्न त्यै पुरानो चालले अब

~डा. घनश्याम परिश्रमी~Dr Ghanshyam Parishrami

हिँड्नु हुन्न त्यै पुरानो चालले अब
फेर्नुपर्छ काँचुली नेपालले अब ।

अस्मिता यो भूमिको अस्तित्व राष्ट्रको
बेच्न नपाओस् कुनै दलालले अब । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : यि हल्ला भनु भने तिमी आँफै बोलेकी हौ

~घायल श्री~Ghayal Sri

यि हल्ला भनु भने तिमी आँफै बोलेकी हौ
सङगिनिले कात्ने कुरा तिमी आँफै खोलेकी हौ

दुनियाँ तद्पाउछु भन्थ्यौ आज आँफै तदपीदैछौ
धुङे धाराको पानीमा बिश तिमी आँफै घोलेकी हौ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : फेवा तालमा साईली

~किरण घिमिरे~

फेवा तालामा साईली डुङ्गा सलाल
संझनामा तिम्रो तस्वीर झलल
सेती नदी साईली बग्यो सलल
संझनामा तिम्रो तस्वीर झलल Continue reading →

Posted in नेपाली गीत | Tagged , | Leave a comment

गजल : डायरीका पानाहरू जताभावी केर्‍या छैन ।

~बूँद राना~Boond Rana

डायरीका पानाहरू जताभावी केर्‍या छैन ।
सापटीमा आँखा मागी यो दुनियाँ हेर्‍या छैन ।।

फुस्रै भए पनि म त आफ्नै रङमा दङ्ग छु ।
रङ्गीचङ्गी हुनलाई मैले रङ फेरे छैन ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : मिल्दैन विचार आफ्नो त घरमा

~ज्ञानुवाकर पौडेल~Gyanuwakar Paudel

मिल्दैन विचार आफ्नो त घरमा
पुरानै छ संस्कार आफ्नो त घरमा ।

बन्ने हो भने यो मरुभूमिको कवि
पाक्दैन परिकार आफ्नो त घरमा । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : तिमीलाई माया गर्दा म त रित्तो प्याला बनेंछु

~नवराज सुब्बा~Nawa Raj Subba

तिमीलाई माया गर्दा म त रित्तो प्याला बनेंछु
हराई चाबी बाटोमा म त बन्द ताला बनेंछु ।

दुई नयनमा वग्ने आँशु फरक भए कि कसो
आफुलाई मात्र घोच्ने म त तीखो भाला बनेंछु । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : कसैले केहि तारा झार्ने कुरा खास थिएन

~मबि सिंह~Mabi Singh 'Sirish'

कसैले केहि तारा झार्ने कुरा खास थिएन !
आज मैले टोलाउने गरेको आकास थिएन !

खोजिए पक्का भेटिनेथ्यो मेरो आकृति
ग्रहण मात्रै लागेको थियो, खग्रास थिएन ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : आँगनमा लटरम्म फलेको आरुको डाली थियो

~स्वयम्बर सिंह लामा~Swayambar Singh Lama

आँगनमा लटरम्म फलेको आरुको डाली थियो
आँगन बिचको किलोमा बाँधेको गाई माली थियो

ढुङ्गा र माटोले बनेको चिटिक्क परेको सानो घर
रातो र सेतो माटोले पोतेको अनि खरको पाली थियो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : देहघाटकी माया

~विनोदविक्रम केसी~Binod Bikram KC

प्रेमबाबुले मायालाई बजार बनाइदियो।
मेमसाहेब बनाउँछु भन्थ्यो, मैनको पुत्ला बनाइदियो।
‘मेरी गुलाब, मेरी गुलाब’ भन्दाभन्दै सार्वजनिक सयपत्री बनाइदियो।

राजधानीको शरीरहाटबारे म एउटा बुलन्द रिपोर्टिङ गर्न चाहन्थेँ। यहाँको सेक्स मार्केटको क देखि ज्ञ सम्म वृत्तान्त छापामा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

फणिन्द्र गिरी ‘शान्त’ का तिहार बिषेश गेडीहरु

~फणिन्द्र गिरी ‘शान्त’~Phanindra Giri Shant

****तिहार बिषेश गेडी****

१
आयो उर्लि तिहार, धाक रवाफ् जमाइ
पक्षपाती बनेर, जान्छ पीडा थमाइ l
ए बुनू ,
आउन्न म तिमी नरुनू ll

२
उड्छ मन हरर, संझि भैलो गाएको
सप्त रङ्गी टिका र, सयपत्री लाएको l Continue reading →

Posted in गेडी | Tagged | Leave a comment

गजल : जताततै सयपत्री फूल छर्न पाए मजा हुन्थ्यो

~चहल सयपत्री~Chahal Sayapatri_1

यो हातले त्यो सिउंदो भर्न पाए मजा हुन्थ्यो ।
त्यै केशमा झुन्डिएर मर्न पाए मजा हुन्थ्यो ।

खोला पारि पुगेपछि छुटिनु त छदै छ नि ,
खोला तर्दा हात समाइ तर्न पाए मजा हुन्थ्यो । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : आइते

~होमर श्रेष्ठ~Homer Shrestha

चैत्र महिना— विद्रोहीद्वारा तीन दिन लगातार ‘नेपालबन्द’ आह्वान गरिएको थियो! तेस्रो दिन पनि तीनै सहर बन्द भयो!! दैनिक कमाइ गरी हातमुख जोर्नुपर्नेहरू झनझन निचोरिँदै गइरहेका थिए । ज्यालामजुरी गरी खानेहरूलाई राज्यक्रान्ति नभइभा’थेन, तर तिनका निम्ति विद्रोह पचाउन सक्ने अवस्था थिएन! जीवन कति विरोधाभासपूर्ण हुन सक्तोरहेछ!

कमाइ नहुँदा अझ धेरै भोक लाग्नु र मीठो खाने इच्छा जाग्नु गरिबीको अर्को विरोधाभासपूर्ण मनोविज्ञान हुनसक्थ्यो ! Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : संबिधान

~बुदिक थापा~

संबिधान बनाउँछु भनि लागे संबिधान भवनमा
मन्त्रि हुन पाउँ भनि लागे पुजापाठ र हवानमा
देश को हाल नराम्ररी बिग्रेकोछ आज
त्यही पनि लाग्या छैन यी नेतालाइ लाज Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरी

~बिपुल सिजापती~Bipul Sijapati

छोरी
तिमी जन्मँदा
ओंठ लेब्राउनेहरु र
नाक खुम्चाउनेहरु
धेरै थिए
एक डोका फत्तुरहरु
छताछुल्ल भएका थिए
हावा भरि उडेका थिए
ति सवैलाई लोप्पा ख्वाउँदै
पीडाहरुका बिचमा प ि न तिम्री आमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

एकाङ्की : सङ्कल्पका आवाजहरू

~सरस्वती श्रेष्ठ ‘सरू’~Saraswati Shrestha Saru

समाजमा दिनानुदिन (गाउँ होस् या सहर) महिलामाथि हत्या, हिंसाको पाशविक घटनाहरु बढिरहेका छन् । यसरी राष्ट्रमा महिलामाथि बढिरहेको हत्या, हिंसा, बलात्कारका घटप्रति सरकारको ध्यानाकर्षण नहुनुमा समाजका सचेत महिला वर्ग गम्भरि देखिन्छन् । सरकारको यस्तो उदासीनताप्रति उनीहरु असन्तुष्टि व्यक्त गर्दै १०३औं अन्तर्राष्ट्रिय महिला दिवसका दिन छलफलमा सहभागी हुँदै छन् ।

स्थान: नगरपालिकाभित्रै पर्ने एउटा वडा जहाँ सहर र गाउँका मानिसहरुको आवतजावत भैइरहन्छ ।
समय: अन्तर्राष्ट्रिय महिला दिवसको दिन, दिउँसो १ बजे ।
पात्रहरु: महिला – १, २, ३, ४, ५, ६ । Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

बाल कथा : पाटेको घाँटीमा घन्टी

~भारद्वाज मित्र~

पाटे बिरालो चलाखमात्र होइन निकै घुर्त पनि थियो । ऊ घरघर चहारीचहारी दही–दूध चोरीचोरी खान्थ्यो । र चोर्ने मौका नपाएका बेलामा घरघरमा गएर म्याउँ……म्याउँ… गर्दै मागेर पनि खान्थ्यो । मौका ढुकेर मुसा मारेर पनि खान्थ्यो । यसरी ढुकेर, मागेर अनि चोरेर खाएर त्यो पाटे मोटाएको थियो ।

हिजोआज पाटेलाई ठूलो फसाद परेको थियो । घरघरमा अव चूलोमा खाना बनाउन छाडेका थिए Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

संस्मरण : तपाईंको देशमा

~युवराज नयाँघरे~Yubaraj Nayaghare

कुदिरहेको रेलमा तीनजना नेपाली छौं ।
रेलभरि मान्छे छन् थरीथरीका । एशियाली, अफ्रिकी, युरोपेली आदि अनेक हुलिया बोकेका अनुहारको हुल छ रेलमा ।
होमराज आचार्य, डा.भट्टराई र म आमनेसामने छौं । हाम्रा आँखा जुधाइ कम भए पनि कुरा साटासाट भइरहेछन् निरन्तर । भर्खरै धोएर ल्याएजस्तो टिलिक्क सफा छ, रेड लाइनको रेल । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : लाग्छ कोही अहिले पनि मलाई पुकारिरहेको छ

~गौरी मल्ल~Gauri Malla

जीवन जिउने क्रममा हामीसँग धेरै घटनाहरु मानसपटलरुपी हार्डडिस्क भित्र पत्रपत्र जमेर बसेका हुन्छन । कहिलेकाहीं कुनै प्रशंगबस ती कहीं कतै लुकेर, थिचिएर, गुम्सेर बसेका घटनाहरु बाहिर निस्किन पनि थाल्छन। मलाई अहिले तेस्तै केहि भइरहेको छ । दुइ चार दिन अघि एउटा समाचार हेर्ने अवसर बन्यो जसमा भनिएको थियो Caravan चलचित्र तथा Honey Hunter Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : राजाको छोरो

~राकेश कार्की~Rakesh Karki

राजाको छोरो राजकुमार
नेताको छोरो भविष्यको कर्णधार
जनताको छोरो न घर न वार ।

दार्जिलिड० देहरादून बेलायतमा
नेताका छोरा पढ्ने
सामथ्र्यहीन जनताका छोरा
नेताकै निम्ति लड्ने ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : दुइ रात अस्पतालमा बास

~गोविन्द गिरी प्रेरणा~Gobinda GIri Prerana

विरामी हुनु र अस्पताल पुग्नु कुनै अनौठो, अस्वाभाविक र आश्चर्यजनक कुरा पक्कै होइन । तर यस्तो अप्रत्यासित रुपमा हुने हुँदा अनौठो, अस्वाभाविक र आश्चर्यजनक झैं देखिन पुग्छ ।

सेप्टेम्वर २६,२०१२ का दिन म अप्रत्यासित रुपमा अस्पताल पुग्नु पर्‍यो । दिनको करिव २ वजेको समयमा म शौचालयवाट फर्केर आएर अफिसको मेचमा वसेर झ्यालवाहिर हेर्दा अचानक चक्कर लाग्यो । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : जाडो

~सरुभक्त~Sarubhakta

देश परिवेशः पुरातनपन्थी थकाइमा
मस्त निदाइरहेको बेला
एकथरी देशहरु
कालापहाड तर्फ लागेका छन्
मुटू कलेजो हराएर
बूढा सुब्बाका जोखनाहरु मूच्छित छन्
सर्वत्र विद्रोही र छापामारका कुरा
भूकम्पीय क्षतिका भविष्यवाणीसहित
आह ! पालतिर हामीले थुप्रै
ट्रमा सेन्टर खोलेका छौं Continue reading →

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : कविताको बगरमा अक्षरहरुका बालुवा चालिहिँड्ने कवि प्रतीक

~अल्पज्ञानी~

धेरै पटक भेटिएर पनि भेटिन बाँकी, बुझेर पनि बुझ्न बाँकी एउटा अति नै मन परेको सुन्दर कविताजस्तो एउटा मान्छेको प्रतीक्षामा प्रतीक्षारत रहँदा सेती किनारबाट बालुवा बोक्दै गरेका मानिसहरुको लाम मतिर आइरहेको थियो, गइरहेको थियो । ‘नारायणथान’को त्यति ठूलो मन्दिरभित्रबाट (भगवान्)ले ती भरियाको पसिना त देखेनन् नै, एउटा कविले बालुवाका बोरामाथि ल्याउँदै गरेको र पसिनाले सिँढीमा लेखेको कविता पनि पढेनन् । न देखे ती कविताहरुको लामो फेहरिस्त । तिनै पोकाहरु फुकाएर म जीवनको अर्को कविता पढ्ने अवसर कुरिरहेको थिएँ । Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | 1 Comment

कविता : मानव प्रकृित

~सुबेश घिमिरे~subesh-ghimire

मेरो गाउको माझमा
एउटा पुरानो मन्दिर थियो
मन्दिरभित्र गारुउलेको
आस्थाको एक भगवान थियो …।१॥

एक बैरागी आरुनै धूनमा
गारुउथ्यो हरदम एउटै राग
रुजल्ले हान्यो तेल्ले जान्यो
बारुकी सब हुन फिजूल बात॥रु॥२॥ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : हामी त्यो देशका बासी हौं

~ध्रुव कुमार सापकोटा~ Dhruba kumar Sapkota

हामी त्यो देशका बासी हौं
जहाँ
भ्यागुत्ताहरु सर्पहरु निल्छन् ,
मूसाहरु बिराला चपाउँछन् ।

हो हामी त्यो देशका बासी हौं
जहाँ
न्याउली, कोइली चुपचाप – चुपचाप छन् , Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

लघुकथा : डर

~दीपक समीप~Deepak Sameep

फरक–फरक जीव, जीवात्माहरू एक दिन एउटा रुखमुनि बसेर सबैले पालैपालो आफ्ना कुराहरू राख्दै थिए ….. ।

गुलाबले भन्यो– म काँडाहरूको बीचमा पनि बाँचिरहेको छु । आजभोलि मलाई काँडाप्रति आस्था छ ।

परेवाले भन्यो– म बाजहरूको बीचमा पनि बाँचिरहेको छु । आजभोलि मलाई बाजप्रति अलिकति विश्वास छ । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

छन्द कविता : विश्वास छैन

~डा. लेख निरौला~Dr Lekh Niraula

छाया तिम्रो अब त किन हो हेर्न नै छैन चासो
माया तिम्रो कति सतहको बुझ्न नै छैन चासो
बोली सुन्दा कति दिन बिते काम कैलै भएन
तिम्रो शैली अलि फरकको रै’छ विश्वास छैन ।।

मिथ्या आशा मनभरि दियौँ पर्खिएँ अन्ध बन्दै
जेजे भन्थ्यौ मन वचनले सुम्पिएँ मुग्ध बन्दै
होला साँचो जतिजति कुरा ढुक्कले ती भनेका
मान्दै आएँ तर नियतमै खोट देखेँ लुकेका ।। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा: अनौठो मितेरी साइनो

~केतुश खतिवडा~

यो निरन्तर बगिरहने अरुण नदी आज पनि एकनासले वगिरहेको छ, जसरी त्यो दिन बगेको थियो । यस अरुणमा कति पानी बगी सक्योहाला तर पनि त्यो सुसाहटमा अलिकति पनि कमि आएको छैन, त्यसको बहावको गतिमा कमी आएको छैन । अरुणलाई आफनो काखमा राखेर कहिले नथाक्ने यि भिरपाखाहरुमा कति पनि बिचलन आएको छैन । यो बाटो त्यसै गरि लमतन्न तन्किएको तन्किएकै छ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : मरेँ म, त सास खै कहाँ छ

~सन्देश आचार्य “भउते”~

मरेँ म, त सास खै कहाँ छ?
बाँचेँ सही सास खै कहाँ छ?

निल्न क्यै, नभिजाई आँशुले
मुट्ठि भर गास कै कहाँ छ?

नदेखी मुर्दा शन्तिले सुत्न
एकै रात बास खे कहाँ छ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

छोक : दुरी भ्रम

~नवराज खतिवडा~

तिमी होइनौ कसरी भनौँ भावनाहरु तिम्रै हुन्
पराइ हुन सक्छौ किन नसोचौँ नेपथ्यमा छौ ।

टाढा छौ कसरी भनौँ मेरै सामुन्नेमा छौ
नजिक छौ कसरी भनौँ अदृश्य छौ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दौरा सुरुवाल कोट

~वसन्त कुमार गौतम~Basanta Gautam

पटक पटक आफैंलाई
लिलाम बढाबढमा राखेर कमाएको
मूल्यसूचि छातीभरि टाँगेर
भत्ताको हड्डी चुस्दै
आजपनि भुक्न निस्केको छ-
इतिहासले पाखा लगाइसकेको
अनुहारवीहिन सफेदपोश
दौरा सुरुवाल कोट; Continue reading →

Posted in कविता | Tagged | Leave a comment