कविता : अर्थात ऊ

~रमेश पौडेल~

हिउँ झैं सेताम्यै फूलेको छ
टाकुराभिर
चुम्न खोज्छन आरोहीहरु
त्यो हिमाल
शब्द शिविर बाट
चढ्न खोज्छन कविहरु
स्वर शिविर बाट
चढ्न खाज्छन् गायक गायीकाहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गोली

~राकेश कार्की~Rakesh Karki

गोली
आखिर किन चल्छ
मिठो निद्रा झस्काउंदै
रतिकि्रया विथोल्दै
रगताम्मे पारेर रातहरु

गोली
यमराज महांकाल
भोक भन्दा विशाल
उठ्नैपर्ने थाकेका हारेका
आत्मसमपर्णका हातहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : गल्छी न हुँ शहरको

~परिहास सुब्बा~

गल्छी न हुँ शहरको नाली मै माथी नै
दुनियाँको गाली श्राप खाली मै माथी नै

पाईनछे किहं कतै बाँकी अरु कसैलाई
मरिहत्ते गर्छे अर्की साली मै माथी नै

साली सँग लस्पस् छ थाहा हुँदा हुँदै फेिर
जानी जानी पछि लाग्छे काली मै माथी नै Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : म मरिसकेँ

~हरिप्रसाद भण्डारी~

“को छ भित्र?” महाकवि देवकोटाका घरअगाडि पुगेर कवि केदारमान व्यथितले सोधे।

“को हो? हामी छौँ, माथि आउनुहोस्।” भित्रबाट नारी आवाज आयो।

कवि व्यथित केही गुनगुनाउँदै भित्र पसे र सिँढी उक्लदै तलामा गए। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : अर्को घाम

~मिश्र वैजयन्ती~Mishra Baijayanti

‘तैँले यही घेरोभित्र हिँड्नू’ विशिष्ट वस्त्र लगाएका मानवले भनेपछि तलवितल गरिरहेको मैले आफनो बाटो भेटेँ भन्ने भएको थियो । आजसम्म म साँच्चै नै गलत बाटोमा थिएँ अथवा जुनसुकै बाटोमा हिँड्दै थिएँ हूँला त्यसबेलासम्म । मेरा पाइताला मेरा यात्राका मालिक थिए भन्ने सोचेकी हुँ । सधैँ अनिर्णित बाटो हिँड्दा हिँड्दा मलाई वाक्क भएको थियो । मनमा शान्ति थिएन । मानव मण्डलीको एकता, सन्त भजनको अनुराग, अगरबत्तीको राग, माइकको आवाज, घन्टी र ध्वजाहरू मभित्र पसेर हल्लाउँथे । हुन त म बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सुन, फूल र सहीदहरु

~मधु माधुर्य~Dr Madhu Shrestha Madhurya

पोलिएर सुन
छटपटाउँदै आगोमा
पानी पानीमा रुपान्तरित
आखिर कसैकोे सौन्दर्य बनेर
झकमक्क टल्कनुमा रहेछ भेद ।।

सहेर घाम, पानी, बतास
छटपटाउँदै मौसम र माटोमा
टुसा, पालुवा र फूलमा रुपान्तरित
आखिर आँखामा सौन्दर्य बनेर
कसैको सिउँदोमा सजिनुमा रहेछ भेद ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : बाजेको सेकुवा

~पिँडालु पण्डित~

मेरो आनीबानी मात्र होइन स्वभाव पनि त्यस्तै छ । पैसालाई ‘अर्थ’ र मिनिङलाई ‘माने’ बुझ्न थालेपछि यस्तो नहुनु पनि किन ? ‘नेपाल’माने ‘नेपाल’, ‘अमेरिका’ माने ‘अमेरिका’, ‘फ्रान्स’ माने ‘फ्रान्स’ भनेर एकोहोरो पढिराखेका बेलामा ‘इन्डिया’ माने ‘भारत’ भनेर पढ्न पर्नेबित्तिकै म अलमलिन्छु । ‘भारत’ माने ‘भारत’ किन भएन ? ‘नेपाल’ माने ‘नेपाल’ हुने ‘इन्डिया’माने ‘भारत’ कसरी हुने ? Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | 1 Comment

लघुकथा : वीर नेपालीको रोजाई

~जगदीश घिमिरे~Jagadish Ghimire

एक वीर नेपालीको सदगती भयो ।

सदगती भयो, एउटा विदेशको तफर्बाट अर्को विदेशका विरुध्द तेस्रो विदेशको समर्थनमा चौथो विदेशको विरोधमा पाँचौ इन्डियन भुमिमा यूध्दरत हुँदा वीर नेपालीको सद्गति भयो ।

उस्लाई यमराजसमक्ष उभ्याइयो ।

यमराजले भने, – “हे वीर नेपाली । तिम्रो स्वामिभक्तिदेखि म साह्रै प्रसत्र भएँ । त्यसकारण म तिमीलाई रोज्ने मौका दिन्छु, भन तिमी स्वर्ग जान चाहन्छौ कि नरक ?” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : अँधेरीघाट

~निराजन राजालिम ‘बतास’~

आकाशमा बलेको एक निमेषको झिलिक्क बिजुलीले साँझ अँधेरीघाट र अरूण नदी झलक्क देखियो । गडङडङडङ गर्दै आकाशै जमिन थर्किने गरी मेघ गर्जिदा झन साँझमा अँधेरीघाट ताकेर वारिपारिबाट झर्दै गरेकाहरूको खैलाबैला अचाक्लि सुनियो । केटाकेटीहरू चिच्याउन थाले । हावाहुरी चल्न थाल्यो । दुङमाली साइँलाले दुङमाबाट झार्दै गरेको गार्ई र गोरूहरूको हुललाई अँधेरीघाट छिटो झार्न लौरी र ढुंगा बर्साउन थाल्यो । याकुका ढकाल बाजे, सुप्लाका कार्की काइँला सबैले गार्ई गोरू छिटोछिटो लखेटेर झारे । एकै छिनमा जम्मा भएका गार्ई गोरूहरूको पाँच हुलले एकैछिनमा घाट भरियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सत्यको खोजी

~यादव खरेल~yadav-kharel

ऊ कारण र परिणामको पत्रहरुलाई छोडाउदै छ, एक……….दुई ……….तीन ……….हजार ……….लाख। जति–जति पत्रहरु छोडाउदै गयो उति उति नयाँ पत्रहरु देखा पर्दै जान्छन्। विगत ७० बर्षदेखि कारण र परिणमका ती पत्रहरुलाई अहोरात्र केलाई रहेको छ, केही खोजिरहेको छ। पुराना पत्रहरु खोस्ट्याउँदै जाने र नयाँ पत्रहरु उद्घाटित हुदै जाने क्रम जारी छ।

उ ७५ वर्षको भयो। जीवनको उत्तरार्धमा पनि थाकेको छैन, पत्र उधिनिरहेको छ। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : निषेधित क्षेत्र

~केशवराज सिल्वाल~keshab-silwal

मेरो पाइलाहरू बढ्दै थिए
जहाँ निषेधित क्षेत्र तोकिएको थियो
र हतियारबद्ध पहरेदारहरू खडा थिए
अन्ततः म थुनिएँ ।

निषेधित क्षेत्र खडा गरेका थिए उनीहरूले
जहाँ उनीहरू आरामले सुत्थे
र बाहिर मरिरहेको हुन्थ्यौं हामी । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : अध्यात्म–यात्राको अन्तरावर्तमा

~होमनाथ सुबेदी~Homnath Subedi2

‘अध्यात्म–यात्रा’ एक कविता संग्रह हो । यसका लेखक अनन्त गोपाल रिसाल हुन् । अनन्तगोपाल एक कम्प्युटर विज्ञानका विद्यार्थी हुन् । कम्प्युटर विषयका एक विद्वान् यसरी शास्त्रीय छन्दमा कुशल शिल्पी हुन सक्छन् भन्ने कुरामा मलाई विश्वास थिएन तर यो काव्य पढेपछि लाग्यो अभ्यासले जे पनि गर्न सक्छ मान्छेले । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कथा : डि भी

~चंकी श्रेष्ठ~chanki shrestha - abhaya

अन्तिम भेटको दुःख अवश्य हुँदो हो, उसका आँखाहरू ‘फेवाताल–रूपाताल’ भएका थिए । बिस्तारै त्यसले उसका गालाहरू भिज्न थाले ।

यस्तो बेला ऊ अझै राम्री लाग्थी । प्रेम उत्सवमय रहेको बेला बारम्बार म उसलाई रुवाउने रहर गर्थेँ । रुँदा अरूणा, यो केटीको सौन्दर्य अझै खुलेझैँ लाग्थ्यो । ठ्याक्कै सल्मा हायकजस्ती । त्यस्ती फेसुनेबल त के हुन्थी, तर त्यतिकै उन्नत । सल्मा हायकको नाम यसले सुनेकी थिई थिइन, म भने तिनको सुन्दरता र अभिनय दुवैको प्रशंसक थिएँ । अर्को कुरा, अरूणा रुँदा ऊसँग अझ बढी आत्मीय हुने र नजिकिने मौका मिल्थ्यो ।
उसका आँखामा आँसुका दागहरू देखिन थाले । यसले गर्दा ऊ अझै सुन्दर देखिएकी थिई । चन्द्रमाको दागलाई कसले नराम्रो भन्छ ? Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : परदेशीको मन

~कपिल अधिकारी~

परदेशमा
खबरको सगरमाथा
प्रश्नको बर्षा
अनि
परदेशीका मन भडंगालिन्छ
रोकि राखेको मन
छोपि राखेको मन
थाहैनदि बुकुर्सि मार्छ
सामरिका फाँट फाँट,
कुन्यौ कुन्यौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : शून्य समय

~विधान आचार्य~Bidhan Acharya

१.
पानीका बूँदहरूको
बुइ चढेर बिहानीमा हाँसेको गुलाब
मेघका पिठ्यूँमा उक्लँदै
आँखा खोलेर मुस्कुराएका
मेरा खेत बारीहरू । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

राकेश कार्की का मुक्तकहरु -३

~राकेश कार्की~Rakesh Karki

फेरिन्छन्

धनीेको लागी स्टाईलका जुत्ता फेरिन्छन्
मनीको लागी संसदमा भत्ता फेरिन्छन्
गनी गनी क्यासिनोमा तासको पत्ता फेरिन्छन्
हनीको लागी विल्डिड०्का भित्ता फेरिन्छन्
बनि गर्ने गरीबको जग्गाका कित्ता फेरिन्छन्
सुनी नबोली घूस थाप्ने हातका वित्ता फेरिन्छन्
मुनी गोडा मोल्दै ठूला पदमा पुगेकाका लागी
हो नी विदेशी व्यांकका खाता रित्ता, फेरिन्छन्
कनी कनी जनता छोडी प्रधानमंत्री बन्ने दौडधूपमा
फनी, हाउ फनी, छिन छिनमै यहां सत्ता फेरिन्छन् Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

Story : A Letter to God

~Smita Magar~

Dear God,

This is a Thank you letter with a special request from ‘me’ to ‘You’.
Continue reading →

Posted in Story | Tagged | Leave a comment

गजल : सायद

~उज्ज्वल जि. सि.~ujjwol-gc

हजूर हाम्रो हिंड्ने एकै छ बाटो सायद
छातीमा गरिबीको एकै छ खाटो सायद ।

भन्नेले किन भन्छन् दुई धारका हौं हामी
मृत्यूपछि बॉंचिने एकै छ माटो सायद । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : म

~बिभोर बराल~Bibhor_Baral

सहरको भिडमा पनि एक्लै भएँ म
छेउमै छ सागर तर प्यासै रहें म

अरुको बारेमा सोच्न कसलाई फुरसद यहाँ
खाटा परेका घाउहरु क्mोट्याउँदै बसें म Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : फेरि आएछ बोकेर पोल्टाभरि कोशली

~गीता सापकोटा~

नया“ विहानी आउला कि ?
कोइलाी गित गाउला कि ?
डा“फे मयुर नाच्ला कि ?
लेक बेशी हास्ला कि ?
पलछिन गर्दै बितेछन् महिना, दिन राति ,
नया“ वर्ष फेरि आएछ बोकेर पोल्टाभरि कोशली । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मान चित्रमा देशको खोजिमा

~कपिल अधिकारी~

हिमाल देखाँए
मस्किएको,अग्लिएको,झल्किएको
उ दङग परयो म सँग
कि हिमालय मेरेै हो
हिमालय मैले उचाँएको हो
जलप लगाएको हो
मन्दिर, दरवार देखाँए
ललितकला , शिल्प र शिल्पी
अरनि देखि अमर चित्रकार सम्म
क्यामरा चलाइ रहयो
उ दङग परयो म सँग
कि यी सबै मैले बनाएको हँु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एक्लै एक्लै बाँचेर के भो ??

~शिशिर शर्मा~

एक्लै एक्लै बाँचेर के भो ?
दिन सके माया देऊ
आफैसँग साँचेर के भो ?
आऊ अब मन बाँधौँ
एक्लै एक्लै बाँचेर के भो ?? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कोल्टो फेर्दैछ कि क्या हो देशले आजभोलि नै ?

~बिधान आचार्य~Bidhan Acharya

भेला धर्ना कतै, भेला अटोग्राफ र स्वाङको
ज्ञान छैन कि क्या हो त्यो कुर्सिमुन्तिर भ्वाङको ?
उम्लेका सैकडौँ लाखौँ अप्रायोजित हुन् सबै
तमासेसित दाँजेर अनुमान नहोस् कवै ।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : शहीदको संझनामा

~पोशेन्द्र सत्याल प्रभात~Poshendra Satyal Pravat

ती वीर–सपूतहरु जसको प्राणले मुक्त भयो सारा जगत
बली चढाए तिन्ले आफ्नै जब देशलाई चाहियो रगत
मुक्तिका लागि क्रान्ति गरेर शहीदले दिए आफ्नै आहुती
नत्र त्यही फासिष्ट निरकुंशतन्त्रमा हुन्थ्यो हाम्रो कस्तो दुर्गती ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : My Definition of Life

~Dhruva Thapa~

Life is what we think,
Is always different.
We hope to be good,
But it turns worse.
Perhaps it is life.
Life, without any hope, Continue reading →

Posted in Poem | Tagged | Leave a comment

Poem : Next Agenda

~Gopal Parajuli~Gopal Parajuli
Translated by Tek B. Karki

The country has been turned into a battle-ground
And all of my
Security-passes have been torn out.
Desirous of the victory of human rights
I have been arrested by you,
Gods being disinterested
Were witnessing a show. Continue reading →

Posted in Poem | Tagged , | Leave a comment

Poem : O! Bharati I am dying now!

~Kamala Sarup~Kamala Sarup

The silence…………….
The silence of the heart
Souls can measure
Beautiful moment,
My dreams and you………
Which once again
Every day I loved,
I could feel, Continue reading →

Posted in Poem | Tagged | Leave a comment

Poem : Why I Cry ?

~Kamala Sarup~Kamala Sarup

I see,
love for only you. I could die.

>From you, Till the sun grows

Starting at forever, From within my heart.
It is because of you.
Love asks me. Why I cry?
Alive and devotion
More than life itself. Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कविता : मेरो छायाँ

~डा. मधु माधुर्य‘Dr Madhu Shrestha Madhurya

जीवनले छाडे मृत्यु छँदैछ
जीतले छाडे हार त छँदैछ
त्यही मृत्यु र हारको गोरुले बैतर्नी तार्न नसके
देशको वर्तमान नरक त मसँग छँदैछ

म एक्लो छुइन
साथमा मेरो छायाँ छ
छायाँको मलाई माया छ
म एक्लो छुइन …. Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आवाजभित्रका आवाजहरु ?

~डा. मधु माधुर्य‘Dr Madhu Shrestha Madhurya

पुल र बाटो बगाउँदे आप्mनो भलमा
एकलव्य धूनमा पानी दर्किरहेछ
गड्याड.गुडुड. चट्यांग बज्रिरहेछ
टुहुरो बालकलाई मगन्तेले
सान्त्वना दिइरहेछ ः
,,नरोऊ, बाबा, नरोऊ । पारिबाट मैले
भोलि नाना, चाचा ल्याइदिन्छु ।,, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : चिसाचिसा रातहरु

~डा. मधु माधुर्य‘Dr Madhu Shrestha Madhurya

सिमलको भुवाभैंm
कता कता माथि माथि उड्ने
कता कता अथाह हराउने
अनिश्चित स्वप्नहरुको स्पर्शमा
हिजोआज बित्ने गरेका छन्
चिसा ओछ्यानका रातहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : रिङचेन र मेरो छाया

~मनिषा भट्टराई~Manisha Bhattrai

उसको नाम उच्चारण गर्न एकछिन त मलाई गाहारो भयो । कस्तो अनौठो नाम रिङचेन । नाम मा अर्थ खाज्दै थिएँ म । राम्री खाइलाग्दी पहाडि स्वच्छ हावापानीले झन् रातोरातो गालाले आकर्षण थपेको थियो अनुहारमा ।

धूलो, धुवा“ प्रदूषणले गर्दा आफ्नो वास्तविक रूप हराएकी म । सा“च्चै आफैंलाई त्यति नराम्री त कहिल्यै लागेको थिएन मलाई । मेरो एउटा स्वास्नीमान्छे मन ईष्र्या गर्दै थियो उसको रूप देखेर । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment