कथा : भर्जिन पात्र

~निर्मल ज्ञवाली~Nirmal Gyawali

धेरै दिन भएको थियो नलेखेकेको ।

लेखौं लेखौं त लाग्छ, तर के गर्नु ? केहि कुरै फुर्ने होइन ।

अनि केहि दिन लेख्न छोडेपछि यस्तो लाग्छ, मैले लेख्नै विर्सिएँ । यो लेख्ने भन्ने काम कुन चराले गर्थ्यो, त्यो पनि बिर्सिएँ ।

हिजो जोश चढ्यो । जोश भन्दा बढी रिस चढ्यो, आफै माथि । नलेखेकोमा । यतिका दिन सम्म केहि पनि नकोरेकोमा । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्यव्यङ्ग्य निबन्ध : एमआरपी महात्म्य

~अजय दीक्षित~Ajay Dixit

६० वर्ष टेकेको बिहान उनी पुरोहितलाई कुरेर बसेका थिए। ती आइपुगेनन् समयमा। एमआरपी लिन सिफारसिका लागि जिल्ला कार्यालय पुग्नुपर्ने थियो, अबेर हुने भो, उनलाई लाग्यो। आधा घन्टापछि पुरोहित आइपुगे र उनले सोधे, ‘अबेर भयो नि ?’ जवाफ आयो, ‘कता हो कुन्नि विद्यार्थी नेता बन्दुकसहित समातिएका रहेछन्, तिनलाई छाड्नु भनी तिनका सहकर्मीहरूले क्याम्पसबाहिर ढुंगामुढा गर्दा ट्राफिक बिथोलिएको रहेछ, जाम थियो !’
Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | 1 Comment

गजल : के चिज छ तुलनामा

~महेश घ्रितकौशिक~Mahesh Ghritakoushik

के चिज छ तुलनामा गीतजस्तो बसन्तको,
प्रेमिलता कहाँ छ र ? प्रितजस्तो बसन्तको .

बिहानीको झुल्को हेर सुनौलो त्यो क्षितिजको,
तप्किएर फ़ुटेसरि शितजस्तो बसन्तको . Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : म होइन मलाई हेर्ने ती आँखाहरु नै गिरेका छन्

~राजु सिटौला~Raju Sitaula

देख्यौ त तिमीले ?
खोक्रो शरीररुपी भित्तामा टाँसिएका अनगिन्ती ती आँखाहरु
तिनीहरु मलाई नै एक तमासले हेरिरहेका छन्
घोँचुला झै….
अनि खाउँला झै…..
सुन्यौ त तिमीले?
ती आँखाहरुको हेराइमा म गिरेको छु रे
तर म गिरेको होइन
बरु तिनीहरुकै आँखाहरु तुर्लुङ्ग झोलिएका छन्
तिनीहरुकै आँखाहरु ट्याप्प टालिएका छन्
त्यसैले त तिनीहरु कहिल्यै माथि हेर्न सक्दैनन् बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : न्याय अन्धो हुन्छ

~यादव खरेल~yadav-kharel

न्वारनको नाम ऊ आफैलाई थाहा छैन। उस्ालाई सबैले मुद्दा–बौलाहिकी छोरी भनेर चिन्दछन : लेखन्दास, वकिल, फाँटवाला सुब्बा देखि न्यायधिस सम्मले। नचिनुन पनि किन?। ऊ तीन महिनाकी हुँदादेखि पेम्बा दोङले पीठ्यूँमा पटुकाले बेरेर अदालतमा ल्याउने गरेकी हो। उस्ाकी आमालाई पनि पेम्बा दोङ भनेर कसैले चिन्दैन। त्यो त मिसिलमा लेखिएको नाम मात्र हो। उस्ालाई चिनाउने नाम त मुद्दा–बैालाही नै हो। पेम्बाले पचास बर्षसम्म मुद्दा लडी। तारिख खेप्दाखेप्दै पोहोरसाल पेसीको अघिल्लो दिन ऊ मरी। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : रुमाल

~अनुप जोशी ~Anup Joshi

कुनै धागोको रुमाल थियो त्यो
सात दिन सात रात कुरुष चलाएर तिम्ले बुनेको
तेतिबेला तिम्ले मलाई उपहारमा दिएकी थियौ
नाइँनास्ति गरी गरी
मैले राखेको थिएँ सर्टको खल्तीमा
अहिले एकाएक खल्तीबाट भित्र छिरेर
तेसले मेरो मुटुको आकार लिएको छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : लन्डनतिर लन्ठिदा

~रामहरि पौड्याल~Ramhari Poudyal

नयाँ वर्ष नयाँ हर्ष बिक्रमसँवत २०६१ । वातावरण नवीन उत्साहले सुशोभित छ। हामी तयारिमा ब्यस्त छौ यात्राको।जीवन यात्रै यात्रा रहेछ कहिल्यै नटुङ्गिने।अनन्त यात्रामा ऊकाली आरालीहरू,भन्ज्याङ र चौतारीहरुसँग मितेरी गाँस्नु पर्ने रहेछ। भोट, मधेश, पहाड, तराई मुगलान हुँदै देश परदेश गर्नु छोराको धर्म रहेछ।स्वाभिमानी कर्म रहेछ।पुर्खाहरुले धानेको यो धरोहरलाई मैले समुन्द्र पारीसम्म पुर्याएँ। Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

बाल कविता : बाबाको घुराइ

~डा. लेख निरौला~Dr Lekh Niraula

बाबा नघुर्नू किन घुर्नुभा’को
आवाज त्यस्तो किन गर्नुभा’को
सुनेर मेरो मन काँप्छ बाबा
डराउँदै बस्छु लुकेर, बाबा ! ।।

‘जु’ हेर्न जाँदा किन सिक्नु’भाको
बाघै छिरेझैँ किन गर्नुभा’को
कस्तो डराएँ जब घुर्नुहुन्छ
त्यो रात निद्रा सब चोर्नुहुन्छ ।। Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

कथा : कलम र स्वास्नी

~बिकास घिमिरे~Bikash Ghimire

“तिमी चाहि सधै लेखेरै बस। अक्षरमै अनि शब्दमै सीमित रहन सक्ने कस्तो मान्छे हो तिमी?” शर्मिलाको क्रोधले भरिएका तिखा शब्दले कति पनि विचलित हुदैन नारायण। प्रत्युत्तरमा छोटो हासो त्योह पनि निरावाज।
“यो चुरोट पनि कति खान सकेको। छ्या! चुरोट खाउ शब्दमा रमाउ अरु केही मतलव छैन है तिमीलाई।” नारायण अन्तिम सर्को तानेर चुरोट निभाउछ अनि शर्मिला तर्फ फर्कदै भन्छ ” के Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

नियात्रा : अफ्रिकाको मेरो भ्रमण

~नगेन्द्र न्यौपाने~

विद्यालयमा अध्ययन गर्दादेखिनै मलाई अफ्रिका महादेशको चासो निकै थियो । बाक्लो जङ्गल, विशाल भूक्षेत्र अनि अधिकांश तेस्रो दर्जाका गरिब मुलुकहरू । त्यति मात्र होइन, साहारा मरुभूमि, बाङ्गोटिङ्गो कङ्गो नदी, अनगिन्ती जङ्गली जनावर अनि इथियोपियाको भोकमरी ।

समय क्रमले २०६८ सालको सुरुतिर नै त्यो महादेशका भ्रमण गर्ने मौका मिल्यो । आफूलाई लागेको जिज्ञासाहरू Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : ‘माथी’

~बासु श्रेष्ठ~SONY DSC

नेपालको कर्मचारीतन्त्रमा सबैभन्दा प्रिय शब्द हो ‘माथि’ । यो ‘माथि’ शब्द नेपालको कर्मचारीतन्त्रमा यति लचिलो र व्यापक छ कि जुनसुकै कामकोलागीपनि यस शब्दको प्रयोग बढो प्रिय ढँगकासाथ भएको हुन्छ । कुनै आदेश तामेल गराउनु परेमा होस् या तखतामा राख्नु परेमा यस शब्दको प्रयोग गरिन्छ । सबैले ‘माथि’को शाब्दिक अर्थ बुझेपनि खास्सै ‘माथि’ भनेको को हो र कहिले, Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | 1 Comment

व्यङ्ग्य : ‘महिला’ शब्दको उत्पत्ति

~शर्मिला खडका दाहाल~Sharmila Khadka Dahal

एउटा कुरोले मन चुलबुलियो अनि खुल्दुलियो । धेरै दिन भइसक्यो, यसलाई नपोखी नफ्याकी मेरो अशान्त मन कहिले शान्त भएन । मेरो दिमागी चटाइको कुरो के थियो भने ‘महिला’ शब्द । ‘महिला’ यो शब्दको जन्म कहिले कहाँ भयो अनि न्वारन कसले गर्यो – यसको सबै जानकारीकासाथ तिथिमिति पनि थाहा पाउने धेरै कोशिस गरेँ तर सब व्यर्थ भए । Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य – व्यङ्ग्य : काकाकुल काठमाडौँको प्रेमपत्र मेलम्ची मैयाँलाई

~नरनाथ लुइँटेल~Naranath Luitel

मेरी हृदयकी रानी मेलम्ची मैयाँ,

पि्रय मेलम्ची ! दुई चार वर्ष अघिसम्म तिम्रै वरिपरिका गाउँवासी बाहेक अरु कसैलाई तिम्रो बारेमा फुट्टी पनि जानकारी थिएन । आफ्नो अँगालोमा त्यति धेरै पानी अँगल्याएर इन्द्रावतीमा एकाकार हुँदिरहिछौ । यस कुराको अत्तोपत्तो यो काठमाडौं खाल्डोलाई अथवा काकाकुल काठमाडौंलाई छँदै थिएन । राजधानीवासीहरु पानी नझर्ने तर बिलचाहिँ महिनैपिच्छे झरिरहने रित्तारित्ता धारातर्फ ध्यान केन्द्रित गर्दै सिर्फ आश्वासनका थोपा प्यूँदै छन् । Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : स्वप्न

~दुश्यन्त भट्टराई~

प्रभातको झुल्को जब धर्ती पाऊँछ,
दुनीयाँ यो सारा जग चल्मलाऊँछ ।
म मस्त गती स्वप्नको साथ हुन्छु ,
म अल्छी सबेर जो सुती रहन्छु ।।

म पुग्छु कहिले मेरै वालपनमा,
उहि गाँऊघर् खेतमा फाल हान्दै ।
फेरि पुग्दछु स्वप्नमै पाठशाला,
जहाँ पुगेको थें म केहि नजान्दै ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : नजन्मिनुपर्ने मान्छे

~धीरकुमार श्रेष्ठ~Dhir Kumar Shrestha

आज ठिक तीस वर्षपछि ऊसँग भेट भयो । तीस वर्षअगाडि उसको आत्मविश्वास र स्वाभिमान जस्तो थियो आज पनि त्यस्तै थियो । जीवनका उकालीओरालीले उसलाई गलाउन सकेनछ । अनुहारको तेज उस्तै थियो जस्तो तीस वर्षअगाडि । यस्तो अजब संसारमा गजब गरी कसरी बाँच्न सक्यो ! जीवनमा त्यति विधि भोगिसकेपछि एउटा मान्छे कि त आत्महत्या गर्छ कि त Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : मृत्युमार्ग !

~डा. लेख निरौला~Dr Lekh Niraula

म जान्नँ राजमार्गमा त्यहाँ छ मृत्यु निर्मम
दिनैजसो उही कुरा सुनेर हुन्छु दिग्भ्रम
न राजमार्ग स्वस्थ होस्; जहाँ छ मृत्युको डर
म भन्छु मृत्युमार्गझैँ रहन्छ त्यो भयंकर ।।

अनन्त मृत्युझैँ सधैँ खुला छ राजमार्ग नै
सुनिन्छ नित्य मृत्युको यथार्थ झन् कुमार्गझैँ
सकिन्न जान जोसले खुलेर मृत्युमार्गमा
रहन्न चैन त्यो कुनै विशाल राजमार्गमा ।। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : प्रदेशी जिवन

~मदन दुलाल~

घडीको टिक टिक आवज
प्रभातकालीन मल्हार
नित्य कर्म सकेर
लाग्यो ठिठो
“जा”गिर

“जा”गिर
शब्द नै दोअर्थी
कि त आँफै गिर्नु पर्ने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अन्धो युग

~कृष्ण शाह ‘यात्री’~Krishna Shah Yatri

सहर पसेको छोरा लामो समयसम्म पनि नफर्केकाले बूढाबूढी दुबै आफ्ना छोरा खोज्न सहरतर्फलागे । व्यस्त सहरमा मान्छेहरूको भीड र बाक्ला घरहरूमाझ उनीहरूले छोरा भेट्टाउन सकेनन् । भेट्टाउन् पनि कसरी स्वार्थी, अपरिचित र मतलवी सहरमा – एक्कासी सडकमा गुडिरहेको एउटा कारभित्र बूढी आमैले आफ्नो छोरा देखिन् र अनायासै दौड्दै चिच्याइन्, “बाबु अलौकिक बेगमा उनी कारअगाडि पुग्नु, कार नरोकिनु र एउटा अकल्पनीय दूर्घटना हुनु । संयोग थियो वा वियोग । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : साझको बेला हाबा मन्द मन्द थियो

~भुपेन्द्र महत~Bhupendra Mahat_1

साझको बेला हाबा मन्द मन्द थियो
उन्को केश खेल्दै हाबा बुलन्द थियो

मादक हेराइ पोखियो सुस्त सुस्त
आहा!त्यो क्षण कती आनन्द थियो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : समयको गति

~डा. रवीन्द्र समीर~Dr Rabindra Sameer

‘छोरा ! तिमीले आफूलाई किन लागूपदार्थको सुईले घोच्दै छौ ? थाहा छ बाबु ! तिमीलाई टाउको दुखे मलाई ज्वरो आउँछ, तिमीलाई काँडाले घोचे मलाई घाउ हुन्छ…। बुढेसकालको एउटै सहारा तिमी, तिमी असल बन्नुपर्छ बाबु !’

उसको ओठे जवाफ आफैलाई विश्वास नलागे पनि बाबुलाई विश्वस्त तुल्याउने प्रयास ग¥यो –‘बुबाले मलाई केवल आफ्नो युगको अर्ति मात्र दिनुहुन्छ । तपाईं त डाँडामाथिको जून, जुनसुकै बेला पनि अस्ताउन सक्नुहुन्छ । म त उषाको किरण, देशको कर्णधार हुँ । मलाई मेरा लामो जीवनबारे चिन्ता छैन र ?’ Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : एउटा श्यामश्वेत सपना

~सरस्वती ‘प्रतीक्षा’~Saraswoti Pratikshya

एउटा श्यामश्वेत सपना
जहा
ऊ थिई अनि उसका उडानहरू थिए !…
के हो बरै क,ख,ग,घ
के हो बरै ए,बि,सि,डि
निरक्षरताको सुदूर चौतारीमा पनि
गुञ्जिरहेकै हुन्थे
प्रबल ब्युझाइका केही इच्छागत सन्दर्भहरू
निस्प्रभ सम्भावनाका देउरालीहरूमा पनि
हरपल
भर्भराइरहेकै हुन्थे केही अब्यक्त अभिलाषाहरू ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : पाउमा राखेर दाम चढाए

~मबि सिंह~Mabi Singh 'Sirish'

पाउमा राखेर दाम चढाए ।
जुनाफमा फेरी नाम चढाए ।

अधिकार काटेको ध्वाँस दिए ,
भित्रभित्रै जुन घाम चढाए । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : उफ्…….म छापामार हैन

~कुमार श्रेष्ठ~

हिजोको म छापामार
आज कसैले मलाइ छापामार भनेर बोलाउदा
म लर्बराउछु
मलाइ संकोच लाग्छ यो शब्द सँग
म डराँउछु यो अर्थ सँग
म हिचकिचाउछु छापामार हुँ भन्न
बरु म भन्छू
उफ् ..म छापामार हैन…. Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : नेपाल नर्क

~विदुर दर्नाल~Bidur Darnal

एक दिन एउटा मानिस मरेर नर्कमा पुगेछ । जब उ नर्कको पहिलो गेट छिर्यो एउटा ठुलो रुखको फेदमा टाँसेको टिनको बोर्डमा उसको आँखा पर्‍यो । त्यहाँ लेखिएको थियो “नर्कमा पाल्नुहुने सबै मनुष्य जाति लाई जुनसुकै देशको नर्कमा प्रवेश गर्न छुट दिईएको छ ।” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : उहि धुमेर S बल्ल सिकियो

~मबि सिंह~Mabi Singh 'Sirish'

उहि धुमेर S बल्ल सिकियो !
टाढा नपुग्ने S बाटो हिडियो !

पट्टी बांधेर S आंखा थिचियो
सदा औंशीका S रात फिजियो ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : जान थिएन मसानघाट आए हुँदै आफ्नै मलामी

~श्याम लामा~

जान थिएन मसानघाट आए हुँदै आफ्नै मलामी
बटुल्न घारो जिन्दगीको धाए हुँदै आफ्नै मलामी

बली रहन चाहेथे सँगै बनी दियो झलमल
सल्किदै आएछ दागबत्ती लगाए हुँदै आफ्नै मलामी Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : म प्रधानमन्त्री बनेपछी

~प्रल्हाद दाहाल ‘प्रेम मोती’~Pralhad Dahal

हल्का चराचुरुगीं चिरबिर गर्दै गरेको, बिहानीमा पुर्णिमाको जुन डुब्दै गरेको अनी आकाश पुरा खुल्ला अनी कंचन जसमा ताराहरु छरपस्ट गन्न सकिने छन । तल भुइतलामा रातो भाले बास्दैछ । “कुखुरी काँ~~~ आ ~~~” भालेको आवाज संगै उठे । आचुछु आ~चा ~ कस्तो जाडो छ है, नहोस नी कसरि यो झिसमिसे बिहान अनी पुषमाघको ठण्डीमा जताततै तुसारोले छाएको छ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

प्रल्हाद दाहालका हाइकुहरु

~प्रल्हाद दाहाल ‘प्रेम मोती’~Pralhad Dahal

अशान्त मन,
मलिन छ मुहार,
याद तिम्रो नै ।

अध्यारो बस्ती,
सास फेर्न नै सास्थी,
तिम्रो यादमा ।

नहुँदा साथ,
मायाको प्यारो काँख,
मुटू भकान्यो । Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

गजल : तपाईँले त पाइला मात्रै टेके पनि

~दिनेश ज्ञवाली~

तपाईँले त पाइला मात्रै टेके पनि जमघट विशेष हुन्छ
हामीले बोले पो जथाभावी, तपाईँले बोले उपदेश हुन्छ ।

हजार तपाईँका अनुहारहरु हजारौँ विचारहरु
हामीले चाहिँ जुगां मात्रै पाले पनि छद्मभेष हुन्छ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : रातभरी नमिठो हुरी चली रह्यो

~आचार्य प्रभा~acharya Prabha

रातभरी नमिठो हुरी चली रह्यो
बेदनाको रापले ब्यथा बली रह्यो ।

संघर्षको चौबाटो जत्ती हिंडे पनि
आँफैलाई भाग्यले सधैं छली रह्यो । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : विमोचन

~कृष्ण बजगाईं~Krishna Bajgai

कार्यालय जान सुरु गरेको केही दिन पछि नै हाकिम साहेबलाई भर्याङ चढ्न गाह्रो लाग्न थाल्यो । माथिल्लो तलामा रहेको आफ्नो कोठामा पुग्न साँघुरो त्यो पनि घुमाउरो भर्याङ फन्फनी घुम्दै चढ्नु पर्दथ्यो । कोठामा पुगे पछि भेट्न आउने हरेकलाई आफ्नो साहसिक भर्याङ यात्राको बर्णन सुनाउने गर्नु हुन्थ्यो । नसुनाउनु पनि किन उहाँ आफै पनि सफलताको खुड्किलो चढ्दै त्यत्रो ठूलो पदमा पुग्नु भएको होईन । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नयाँ सुट

~कृष्ण बजगाईं~Krishna Bajgai

पियनले नयाँ टाई लगाएर आएपछि कार्यालयमा तुरुन्तै खासखुस सुरु भईहाल्यो- “पियनले टाई त्यो पनि नयाँ !” त्यो कुरो सेलाउन नपाउँदै खरदारले पियनको टाईसँग मिल्ने नयाँ सर्ट लगाएको देख्दा कुरो उनी तिर बढ्यो । लौ, गर्मीमा स्टोरकिपरलाई नयाँ कोटमा देख्दा बाँकी कर्मचारीहरु आश्चर्यचकित भए । झन् कोटसँग ठ्याक्कै मिल्ने कपडाको पेण्टमा लेखापाललाई देख्दा कुराले अर्कै मोड लियो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment