साझको बेला हाबा मन्द मन्द थियो
उन्को केश खेल्दै हाबा बुलन्द थियो
मादक हेराइ पोखियो सुस्त सुस्त
आहा!त्यो क्षण कती आनन्द थियो
मधुर मुस्कान सजियो ओठभरी
लागथ्यो हासोमा पनि छन्द थियो
प्रकृतिको अनुपम स्रीजना कस्तो
उड्यो मन फर्कन बाटो बन्द थियो
नजिक के बढेथे उनी बाटो लगिन
हाबामा अझै नि उन्को सुगन्ध थियो
2008-06-23
(स्रोत : नेपाली गजल गुगल ग्रुप )

