~उज्ज्वल जी.सी.~
न तिमी नजिक आउन सकें
न मजाले माया लाउन सकें ।
धेरैबेर नै कुरेँ चौतारीमा
न तिम्रो आभास पाउन सकें । Continue reading
~उज्ज्वल जी.सी.~
न तिमी नजिक आउन सकें
न मजाले माया लाउन सकें ।
धेरैबेर नै कुरेँ चौतारीमा
न तिम्रो आभास पाउन सकें । Continue reading
~एकलव्य~
आँफ्नै पार्टीको विचार र व्यवहारमा मर्न मार्न कसम खाएका आफ्ना प्राइभेट सेनाको सुरक्षित घेरामा एउटा मुठीलाई उर्ध्वगामी आकाशतर्फ जोडदार रूपमा प्रहार गर्दै शक्तिखोर कामरेडले आदेश भावमा भन्नुभो, नागरिक सर्वोच्चता लागि छापामारले बिद्रोहको नेतृत्व गर्नुपर्छ । Continue reading
वैजन्तीलाई मेलै डायनोसरको कथा सुनाएको थिएँ । वातावरण नमिलेर पृथ्वीबाट डायनोसर लोप भए जस्तो मेरो दशवर्षे जागीरकालमा म पनि लोप हुने अवस्था आएकोले अस्तित्व रक्षाको लागि विदेश पलायन भएको रहस्य बताएको थिएँ ।
वैजन्ती मप्रति ज्यादै कृतज्ञता र सन्निकटता देखाउँछे । थाह छैन, किन हो ? उसले एकदिन फोन गरेर भनी – ‘म पनि एक्लै छु घुम्न आउनुस् न ।’ आशय के हो- मैले कुन अर्थमा बुझ्छु, अरुले कुन अर्थमा बुझ्छन्, उसले कुन अर्थमा भनेकी हो ? त्यो आफ्नो ठाउँमा छ ! Continue reading
५ रूप्पे को २ मुठा , ५ रूप्पे को दुइ मुठा! उ आफ्नै सुरमा ब्यस्त हुन्छ कामना गर्दैहुन्छ कोहि आयोस र उसको धनिया किनिदेओस . सडकमा कालो धुवा फाल्दै बस माइक्रो बस दौडिदै छन् . बेला बेला मा उसको सुपो माथिको धनीयाको मुठाहरुमा साना साना कागज टुक्राहरु उड्दै आउछन उसले हरेक पटक टिप्दै फाल्दै गर्छ . यत्तिकै मा उसकै उमेरको बच्चाको गुड्दै गरेको साइकलले उसको सुपो माथिको धनियाका मुठोहरुलाई छेउबाटै कुल्चेर जान्छ .उ चै धमिलो स्मृतिमा तैरिन थाल्छ . Continue reading
~ठरकि दादा~
हर्के आफूलाई ज्यादै भाग्यमानी ठान्थ्यो । सानै छँदा उसका बाले उसलाई ७ सा’लाँ कसरी प्रजातन्त्र आएर जनताको राज चल्न सुरु भएको हो भन्ने बताएका थिए र उ सधैं आफुलाई स्वतन्त्र नागरिक सम्झन्थ्यो ।
त्यसपछि उ जवान भयो र ४६ सालतिर फेरि आन्दोलनका कुरा चल्यो । गाउँको स्कूलमा ३ कक्षे पढ्दा पढ्दै खन-जोत नगरे अगेनामा आगो नबल्ने स्थिति आएकोले उसले अरु पढ्न पनि पाएको थिएन । गाउँका केही ठालुहरुलाई सोध्दा ‘७ सालको प्रजातन्त्र त नक्कली हो, अब चाही असली प्रजातन्त्र आउँछ’ Continue reading
त्यो किताब लेख्न सजिलो थिएन ।
किताब भित्र सम्पूर्ण नेपालीको भावना समेटिनु पर्थ्यो । यसले नया नेपाललार्इ संबोधन गर्नुका साथै वास्तविक परिवर्तनको आभाष दिलाउन सक्नु पर्थ्यो । प्रगतिशील राष्ट्रले अबलम्बन गर्नु पर्ने स्पष्ट दिशानिर्देश र उसले हिड्ने नया गोरेटोको खाका कोर्नु पर्थ्यो अनि समतामुलक न्यायप्रणालीको हँसिलो अनुहार प्रतिबिम्बित गर्नुपर्थ्यो किताबले ।
Continue reading
केही दिनअघि तर धेरै दिनपछि शाम्भवीको फोन आयो ।
” शार्दूल म बेलाबेलामा अतीतका ती फाँटमा त्यसैत्यसै डुल्न पुग्छु । हामीले टेकेका ती डोब टेक्दै हिड्छु अनि त्यहाँ त्यही तिमीलाई देख्छु । त्यही भएर आज पनि फोन गरेकी अर्थात तिमीलाई सम्झेर ।”
मैले भने- “शाम्भवी तिमी र ममा यही फरक अझै बाँकी छ । तिमी बेलाबेलामा सम्झन्छौ तर म कहिल्यै विस्रन्न । कहिल्यै नविसे्रपछि सायद सम्झीहरनु नै पर्दैन !” केहीबेर हाँसोमा परिणत भएर हाम्रो सम्वाद सकिन्छ । Continue reading
– १ –
बिदेश, बिदेश, बिदेश याने कि मनी, मनी, मनी !!! पन्जाब होसियारपुरका पाजीहरु पछी बिदेश हात खुट्टा नै फ्याकेर दौडने मा हामी नेपाली हरु दोस्रो मा पर्दछौ क्यारे । पढेर १८० कै डिग्री लेका हुन कि ० डिग्री सम्म का सब लाई बिदेश नै प्यारो, भलै घर को भैंसी बेचेर बिदेश भेडा चराउन नै किन नपरोस , भलै घर को दुधे बच्चा छोडेर बिदेश मा बेबी सिटिङ नै किन गर्न नपरोस , भलै घर का बुढा आमा बाबु छोडेर बिदेश मा सिनियर को सेवा गर्न किन नपरोस झर्नु पर्यो डलर !! Continue reading
Beside a quietly gurgling mountain stream
High upon a green crested hill I sit,
An open book of poems
Resting upon my knees,
An azure blue sky above,
And God’s little acre spread out below me. Continue reading
यसरी,
कट्मिरा कथकहरु
हरियो झारको
आगो तापेर बसिरहेछन
अनि,
भन्छन।।।
हामी पंचाग्नी तापिरहेछौ !! Continue reading
विदेशी दातृसस्थाले आवश्यक रकम संगै दानमा दिएको ऐना आएदेखि त्यस कार्यालयका कर्मचारीहरु असहज महसुस गर्न थाले । कार्यालय भवनको मूल ढोकाबाट भित्र छिर्ने बित्तिकै देखिने ठूलो पूर्णकदको ऐनाले हरेकलाई आकर्षित गर्दथ्यो । सुन्दर कलात्मक बुट्टाको प्रेmम भएको ऐना आफैमा पनि उत्तिकै आकर्षक देखिन्थ्यो । ऐना छेउ भएर जति नै पटक Continue reading
खाडी मुलुक यूएईको अबुधावीबाट म मेरो प्यारो देश नेपाल दोश्रो पटक फर्कदै थिए । छोटो विदा भएको हुनाले साथीभाइहरुलाई नेपाल फर्कदैछु भन्ने शन्देश पनि दिन सकिन । भर्खरै नेपाली एयरलाईन्स फ्लाई एति साचालन भएको थियो नेपालकै एयरलाईन्समा सिधा काठमाण्डौ जान पाएकोमा यो पटक भने मन चङ्गा जस्तै उडेको थियो तर कता कता भित्र डरले ढ्याङग्रो पनि ठटाएको थियो कारण पःलाई एतिको पुलाईट कैयौ पटक क्यान्सिल भएर यात्रुहरु बिचल्लीमा परेको समाचार म आफैले लेखेको थिए र यात्रुहरुको पिडाहरु सुनेको थिए । खाडी मुलुक यूएईको अबुधावीबाट म मेरो प्यारो देश नेपाल दोश्रो पटक फर्कदै थिए । Continue reading
यो,
सत्य हो !!
जसरी
म जन्मन्छु
त्यसरी नै यी ढुंगाहरु जन्मेका हुन !!
कसैले मानोस् या खण्डन गरोस्
मलाई बहुलाहा नै किन नभनोस् ??? Continue reading
हामीबीच सम्बन्धको एस्तो जाल बुन माया ,
नसकियोस नाप्ना अनी नसकियोस छुन माया !
बिश्बाशका दीप कतै निभ्ना गये मबाट
अन्धेरिमा ज्योति छर्नु भै तिमी जुन माया !! Continue reading
एक जना साथीले पठाएको एसएमएसले म नमस्तक भए। उसले प्रयोग गरेको शब्दहरूमा मैले “हो र?” भन्नै सकिन । कलेजो नै घाँटीमा आएर अड्के झै भयो, सपना या बिपना के हो ? आफैलाई चिमोटेर जान्न चाहे पनि । अचम्म कान्सिरी तात्तिए आँखी भौं उचालिए। २१डिग्रीको एसी को तापक्रमभित्र पनि म पसिना पसिना भएछु । मेरो अनुहार कालो निलो भएर अँध्यारिएछ। अल्छीले हाइ हाइ काढ्दै काम गर्ने मलाई त्यस बेला ११० भोल्टको झड्का लगेको थियो दिमागमा। Continue reading
म स्थापित सपनाकार भैसकेको थिएँ
आफुले चाहेजस्तै सपना देख्थेँ
मुर्कट्टा भूतहरुलाई बोलाउँथे
सबैभन्दा डरलाग्दा राक्षसहरुलाई
मेरो निम्तो पुगेकै हुन्थ्यो
र म सपनीमा सँधै महाभारतभन्दा भयङ्कर Continue reading
ओ पिता !
जतिबेला तिम्ले मेरी आमासँग बिहे रच्यौ
र सुहागरातको उन्मादमा लत्पत्तियौ
तेतीबेला नै यौटा भयानक षडयन्त्रको बीऊ छर्यौ
-म बिरुद्ध ।
तिम्रो लिङ्गबाट स्खलित भएर
म तिम्रो जुत्ताको पिँधमा चिप्कीन पुगेँ
कि त्यो तिम्रो जब्बर र खस्रो मनभित्र
मेरो स्थान तय गरिसकेका रहेछौ । Continue reading
दैत्यिक उन्मुक्तीको तलासमा
क्रान्तिरुपी विगुल सल्काउँदै गर्दा
मेरा उत्तेजित धमनीहरु खल्बलीए ।
पिचासे मनहरुलाई –
सांसारिक अलौकीकता पाच्य भएन ।
तरङ्गीत आश्या नगरी उत्ताउलो बन्दै गए ।
भ्यागुते उफ्राईहरु निश्क्रीय पारिए।
साङ्गठनीक यथार्थवाद ओइलाए ।
सुर्यास्त पछिको चन्द्रे राजा ! Continue reading
सानै देखि उपन्यास,कथा र कबिताका किताबहरु पढ्ने बानी रह्यो ।नीला आँखा हुने मान्छेहरु धोकेवाज हुने र उनीहरुको भर पर्न नहुने भनेर त्यसबेला पढिएका कथाहरु मध्येका एक कथामा पढेको सम्झना आउँछ | जीवन यहाँसम्म आइपुग्दा हजारौ कथा पढियो होला । कतिले मन छोएर गएका छन् भने कयौंले अमिट छाप छोड्न सफल भएकाछन,मस्तिष्कमा । त्यो नीलो आँखायुक्त पात्र भएको कथाको बस्तुस्थिती मैले बिर्से तर निला आँखा भएका मान्छे बिस्वासका पात्र हुँदैनन् भन्ने कुरा चै काँडाले चिथारेर लागेको चोटको नमेटिने गरी बसेको दाग झैँ बसेको छ मेरो मानसपटलमा । Continue reading
~मीना बज्राचार्य~
गौतम कक्षा पाँचमा पढ्थे। गौतम चार वर्षको हुँदा उनको बुबा बित्नु भएको थियो। गौतमलाई उनकी आमा शान्तिले दुःख गरी हुर्काएकी थिइन्। गौतमले पनि आमाको दुःख राम्ररी थाहा पाएका थिए। त्यसैले गौतम स्कूलमा धेरै मेहेनेत गरेर पढ्थे।
गौतम पढ्ने स्कूलका साथीहरु जहिले पनि मिठा मिठा खाजा घरबाट ल्याउँथे। तर गौतमले भने सँधैं मकै भट्मास त कहिले गुन्द्रुक र रोटी लान्थे। त्यसैले साथीहरुले उनलाई ए गुन्द्रुके त कसैले ए मकैभट्मासे भनेर गिज्याएर Continue reading
‘माघ फागुन मैनातिर त यी छो¥याट्टी पनि छाउ होलिन्जसी छन् ।’
‘अँ भन्या, मेरो ब्या हँुदा यिनी नान्नानी थिन् । कति छिट्टै ठूली भ्याकि, तरmनीजसी धेक्किन लाग्याकी छन् ।’
‘क्या माइस रयाछौ, यत्ति पनि जान्दाइन ? छाउ हुन्या बेलामा चेलीहरु यसैअरी छट्टी बड्डा छन् । चेली पनि अैल, ते¥ह पुगीकन चौध लागिसकी । छाउ हुने बेला भैगयो ।’ Continue reading
~अभ्युदय खनाल~
प्रेम को जवाफ प्रेमले हृन्छ भने आउँछु
यो ओठलाई त्यो ओठले छुन्छ भने आउँछु
नसकँुला खोल्न म मनका सारा कुरा
मनको कुरो मनले सुन्छ भने आउँछु
यो ओठलाई त्यो ओठले छुन्छ भने आउँछु Continue reading
~इश्वर चाम्लीङ्ग~
हिजो राती गोली चल्दा लुक्न भने मलाई बर्ुइकलमा
आमा तिमी कहाँ लुक्यौ,
बाबा तिमी कहाँ लुक्यौ,
आउन अब विहान भयो एक्लै छु है मत घरमा Continue reading
मचाकाजीलाई आफूपछि आफ्नो देशको माया लाग्छ । उसलाई आफ्नो देशको माया मनमा बोकेर विश्वका शक्तिसम्पन्न भनिने देश घुम्न मन लाग्यो । ती देशहरूको विकास र उन्नति हेर्न मन लाग्यो । केही न केही सिकेर आफ्नो देशमा पनि अनुशरण गर्न सकियोस् भन्ने उसको इच्छा । Continue reading
केही दिन अगाडि क्युवा र फलोरिडा हुंदै आएको समुद्री आँधीले डी.सी. वरिपरि पनि प्रभाव पार्ने जानकारी पाएपछि संकटको अवस्थामा नेपालमा भए खाना पकाउने ग्याँस र मट्टितेलको जोहो गर्नै पर्थ्यो । यहाँ चाहिँ साथीहरुको सल्लाह अनुसार पसलबाट टिसुपेपर, सलाई, मैनबत्ती र दुध ल्याएर यसो बस्न मात्रै पाएको थिइन लौ फोनको घन्टी बज्या बज्यै गर्न थाल्यो । Continue reading
~होमशंकर बास्तोला~
एक अधबैंसे मान्छे पुस्तक लिएर बजारमा बेच्न लाग्यो । बजारको एक छेउमा बसेर ऊ कराएर पुस्तकको प्रचार गर्न थाल्यो –‘पुस्तक किन्नुहोस्, ज्ञान बढाउनुहोस् । यो ठूलो विद्धानले लेखेको र चर्चित पुस्तक हो ।’
–‘किन्नोस ! किन्नोस !! यो पुस्तक जसले किन्छ ऊ पढेर विद्धान हुन्छ ।’ ऊ जति कराए पनि ग्राहक नआएकाले चिन्तित थियो । Continue reading
~बिशाल गुरुङ~
एउटा मान्छे ज्यादै दुखी हुदै गुरुलाई सोध्यो म मेरो जीवनको दुख्ख देखि ज्यादै दुखी छु यसबाट छुटकारा पाउन चाहन्छु । दया गरिकन मलाई मद्दत गर्नुहोस ।
गुरुले मुस्कुराउदै भन्यो यो गिलासमा एक मुठी नुन राखेर पिउनु । त्यो व्यक्तिले त्यसै गर्यो । मुख बिगार्दै उसले भन्यो गुरु यो साह्रै नुनिलो छ मैले पिउन सकिन क्षमा गर्नुहोस । Continue reading
~मनोज गजुरेल~
आखिर लेखक बन्ने सूत्र पत्ता लागेरै छाड्यो । कुनै जमाना यस्तो थियो–कवि बन्नका लागि साहित्यिक चेतना चाहिन्थ्यो । लेखक हुनका लागि बौद्धिक खुराक आवश्यक पर्दथ्यो । माना–पाथीका ठाउँमा ढक र तराजु आए जस्तै लेखनको क्षेत्रमा जमाना बदलिएको छ । गिदीमा घोडाको लिदी भए पनि चोर्ने कला छ भने, कत्रा कत्रा मै हँुं भन्ने लेखकहरू पनि थला पर्न सक्छन् । तिनीहरूकै रचना आफ्नो नाममा छपाएर तपार्इंले आफ्नो गलामा पाँच तोला सुनको पदक झुण्डाउन सक्नुहुन्छ । Continue reading
तपाईँ लौ आजै मसँग अहिले भेट दिनुहोस्
कुरा केही आफ्ना सहजसितले भन्न दिनुहोस्
गरौँला भेटैमा कतिपय कुरा गोप्य मनका
बसौँ आजै चाँडै मन युगल साट्दै सुमनका ।।
भए जेजे बिर्सौँ सब कठिन यात्रा विगतका
भुलौ सारा हाम्रा मन कुमन बन्ने अवधिका
दुबैले बोलेका विषय सब फिर्ता लिन जुटौँ
बसौँ चाँडै झट्टै अब समय आफै पनि लिऔँ ।। Continue reading
~महेश्वर चापागाईं~
म जागिर पनि खान्न, स्कुल कलेज पनि पढाउदिन,ब्यापार ब्यवसाय पनि गर्दिन ।
के गर्छस त, हामीले खाई नखाई गरेर तलाई एमएसम्म पढायौं, अब केहि त गर्नुपर्यो म दूध बेच्दा बेच्दा थाकिसके, तेरी आमा घाँस बोक्दा बोक्दा रोगी भै सकी तैंले यति धेरै पढेर नि केहि गरिनस भने त हाम्रो दु:खको दिन जाला जस्तो छैन । बाबाले भन्नुभयो । Continue reading