आज फेरी दुनियाँलाई अर्कै नयाँ रहर चल्यो
बाल बच्चा घर्मै छोडि पोइल जाने लहर चल्यो
अरबको घाममा जल्दै सङ्गालेको पसिना थोपा
उम्लिएर पराइ घरमा बसाइ सर्ने लहर चल्यो
कहिले सम्म कुर्दै बस्ने पर्देशिको बाटो हेरी
कति देख्छु मर्द यहाँ मेरो इखमा शहर जल्यो
हात् समाइ मस्कि हिद्छन् रमायेर जोडी यहा
घुटु घुटु थुक निल्दै जिन्दगीको प्रहर धल्यो
2008-06-16
(स्रोत : नेपाली गजल गुगल ग्रुप )

