लघुकथा : फूल र बच्चा

~विनय कसजू~Binay Kasaju

“यी गुलाफका सुन्दर फूलहरु बगैँचामा आफ्नै बोटमा भएको भए राम्रो हुन्थ्यो । किन फूलदानमा सजाउनु भएको होला ?”
“तपाईँको कुरा ठिकै हो । तर मलाई यी गुलाफका फूलहरु साह्रै मनपर्छन् । यसैले दिनदिनै मालीले मेरो टेबुलमा राख्छ । मैले कुन रंगको गुलाफ रुचाउँछु भन्ने हाम्रो मालीलाई थाहा छ ।” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : नारी

~गीता अमात्य~

मध्यमवर्गीय परिवारमा जन्मेकी लक्ष्मी सानैदेखि निक्कै होशियार थिइन । बच्चैदेखि होशियार तथा सबको भलो चाहने लक्ष्मी गाउँघरमा सबैका प्यारी थिइन । सानै उमेरदेखि सबैलाई मद्धत गर्ने उनको बानी थियो । घरमा आमा बुबाकी प्यारी लक्ष्मी गाउँघरमा जन्मेकोले सानै उमेरमा उनको विवाह भयो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : टाइम्स स्क्वायरमा मुसा

~शैलेन्द्र साकार~Shailendra Sakar

टाइम्स स्क्वायरमा सदाझैं भीड छ
न्युयोर्क सदाझैं साँझपख व्यूझेको छ
कालो भव्य सडकको छेऊ
एविसी समाचारको आकाश छुने भवन र
विल्डिङको तल पेटी छेऊ
कतैबाट छानिएर आएको चियाको छोक्रा र
केही दूध पिएर बसिरहेको मुसा
यत्रो ठूलो शहरमा एक्लो छ
न्युयोर्क दर्शनार्थीहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यत्रतत्र मन

~गजेन्द्र बुढाथोकी~Gajendra Budhathoki

अक्षर र खबर लत भएछ
मन खबरमय छ
तर खबर फरकफरक छ
कलम सबल छ
अब झन त पलपल डर छ
जगत भयमय छ
बल र छल जयजय छ
नडर अब सबल बन
मन अटल छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : टोपी

~अज्ञात~

काठमाडौं, २ जेठ

मैले बुझेको टोपी गिरिजाले छोड्न नहुने,
प्रचण्डले छुन नहुने, झलनाथले लाएनि हुने, नलाएनि हुने,
सूर्यबहादुरले लाउँनै पर्ने र
शेरबहादुरले सिधा नलगाउने चीज हो टोपी।
सामन्तको सान, बुर्जुवाको वैकल्पिक र सर्वहाराको छुवाछुतमा छ टोपी
दौरसुरुवालको पर्यायवाची सर्ट्पैन्ट्को समलिगीँ र Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

संस्मरण : इनरहार्बरको नयाँवर्ष

~युवराज नयाँघरे~Yubaraj Nayaghare

अबको केही घन्टापछि सुरु हुनेछ अर्को नयाँ वर्ष ! अर्थात् नयाँ वर्ष सन् २००८। हामी त्यहाँ महान् समयको उल्लास-उत्सवमा मिसिन पुगेथ्यौँ, डाउन टाउन। मेरील्यान्ड राज्यको मुख्य सहर बाल्टिमोर। यसै त सधँै हिस्सी पर्दो र गगनचुम्बी महलको सौन्दर्यले मोहनी लाउने बाल्टिमोर यतिखेर थियो, झिलीमिली उज्यालोले झकीझकाउ। साताभर िसास न बास भएर काम गर्ने अमेरकिीहरू नयाँ वर्षलाई छातीभर िथन्काउने चटारोमा देखिन्थे झन् व्यस्त। Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : नहुने बेलामा

~शिव प्रकाश~SHiva Prakash

बन्द हुनु पर्ने
सधैं खुल्ला छ,
खुल्ला हुनु पर्ने
सधैं बन्द छ ।

बन्द छ नेपाल सधैं
खुल्ला छ सि‌‌हदरवार,
बन्द छ जनअधिकार सधैं
खुल्ला छ देश बेच्ने कारोबार । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : सेतो भात

~गजेन्द्र बोहरा~Gajendra Bohora

‘ए सेतु तेरो गाईले काँबाट बाच्छा पाउँछ भन् तो ?’

मैले सेतुलाई सधै यही सोधेर हैरान पार्थेँ।

अनि कहिलेकाहीं त उसले रिसाएर आफ्नो च्यातिएको मैलो फ्रक उल्टाउँदै भन्थी ‘यी ह्याँबाट …… देखिस् ?’
Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : द्रौपदीहरु

~चन्द्र सिंग गुरुङ~

एउटा दुर्भाग्य
जो नचाहँदा–नचाहँदै पनि
समयको पांग्रामुनि जेल्लिएर आईपुग्छ र
आफुसँग लगेर
असंख्य अबला द्रौपदीहरुलाई
विशाल र भब्य दरबारहरुमा,
अँध्यारो गल्ली–गल्छेंडीहरुमा र
सडकको पेटीहरुमा
कौरवहरुको माँझमा उभ्याईदिन्छ ।
जहाँ असंख्य दुशासनहरु
नारी अस्मिताको साडी तान्ने ताकमा छन् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य : मानवअधिकारको नयाँ घोषणापत्र

~अज्ञात~

व्यङ्ग्यमा कल्पना अर्को पनि गर्न सकिन्छ। जस्तो, माओवादीको सङ्गठनको नाम आग्नेय अस्त्रको नाममा पनि राखिन सकिन्छ। जस्तो स्थायी समितिको नाम तोप समिति, लङ्ग रेन्ज राइफल भनेर केन्द्रीय समितिलाई भन्न पाइन्छ। गाउँ समितिको नाम कट्टा समिति आदि। ओवादी नेता तथा संस्कृति मन्त्री गोपाल किराँतीले मानवअधिकारको नयाँ धारणा प्रस्तुत गरे –मानवअधिकार रक्षाका लगि प्रत्येक नागरिकलाई बन्दुक दिनु पर्छ।

धारणाको विस्तारित आलेख सार्वजनिक भएको छैन– यसमा कति धारा उपधारा हुने हो? मेरो के मान्यता छ भने उनको यस धारणालाई मानवअधिकारको माओवादी घोषणापत्र मान्नुपर्छ। Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

पत्र-साहित्य : युद्ध भूमिबाट एउटा चिठी

~डा. अरुणा उप्रेती~Dr Aruna Upreti

मेरी आमा,

मलाई एउटा गोली लागेको छ। टाउकोमा लागेको यस गोलीले मलाई अन्तिम यात्रातिर लगिरहेछ र म हातमा रहेको कागजमा औंलाको कलम बनाएर रगतको मसीले यो पत्र लेख्दै छु। मलाई थाहा छैन, मैले लेखेको यो पत्र तिमीसम्म पुग्छ कि पुग्दैन। मलाई यो पनि थाहा छैन आमा मेरो मृत शरीर Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कविता : भोक, भोग र सम्भोग

~शिव प्रकाश~SHiva Prakash

भोक नियम हो
भोग नियत हो
सम्भोग निदान हो
र, सम्भोग वरदान पनि हो ।

भोका छन् सबै प्राणी
तर मान्छे –
सबैभ‌दा भोको छ
त्यसैले मान्छे –
मासु पनि खा‌न्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमात्मा

~सुमन बैद्य~

दीपखोपीको पर्दा
गर्‍हुँगो
खुल्दा पग्लँदो
मनको ढुंगो
प्रेमरसमा आवर्तित छ
जीवनज्योति बांगोटिंगो
निर्झर आत्माबीच बाटिँदा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : संवाद

~दुतेन्द्र चाम्लिङ~Dutendra Chamling

पत्रपत्रिका भन्नुहोस् या भन्नुहोस् टेलिभिजन
रेडियो भन्नुहोस् या भन्नुहोस् अरु कुनै सामाजिक सञ्जाल
जताततै उठिरहेको छ झिल्का
तर निभाईरहेछ कोही
जो आगोको मात्रै होइन उज्यालोको पनि विपक्षमा छ

आगो,
त्यो, मानिसको सबैभन्दा पुरानो र बृहत भाषा हो
मानिसले पत्ता लगाएको
जसद्वारा उसले गर्यो प्रकृतिसँग संवाद
र, भयो संसार उसको लागि यति सुन्दर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बृद्धाश्रम

~दुतेन्द्र चाम्लिङ~Dutendra Chamling

संसारकै सबैभन्दा ठुलो बृद्धाश्रम
मेरो देशमा छ

बृद्धाश्रम –
जसको उत्तरआधुनिक तिर्थस्थलहरु छन् –
भारत
चीन
बेलायत
अमेरिका Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : टाढा गई बसेपछी

~निर्मला अवस्थी~Nirmala Awasthi_1

सबै कुरा बिर्स्यौ अरे टाढा गई बसेपछी
आफ्नी काली संझन्नौ रे गोरीसंग फँसेपछी।।

सुन्छु तिम्रो घरजम पनि उतै हुने भयो
छाड्न मन लागेन रे पिरतीले कसेपछी।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : विभाजित आकास

~अनिल श्रेष्ठ~Anil Shrestha

‘ ……..बुबा, जीवनमा दुईचार साँवा अक्षर पढाइदिनु भयो । आमाको अभावमा आमाको माया दिनुभयो । दुई हात पाखुरामा काम गरेर खान सक्ने बल हालिदिनु भयो । एउटा बुबाको धर्म यहाँभन्दा बढी अरु सायद के हुन सक्थ्यो होला र ……….. !’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो ब्वाइफ्रेन्ड र म

~मधुसूदन पौडेल~Madusudan Poudel

‘उनी मेरी बहिनी– विनिता। पद्मकन्या क्याम्पसमा आईए पढ्दैछिन्।’

मदन दाइले अपरिचित साथी ल्याउनु भएको थियो, घरमा। बिहानीको क्लास सकेर घरमा पुग्दा दुवै जना खाना खाएर कौशीमा घाम ताप्दै थिए। बिहान सखारै क्याम्पस हिड्नुअघि मैले नै दाल तरकारी पकाएर छाडेकी थिएँ। दाइलाई खाना पकाउन त्यति आउदैन, अल्छी लाग्दो हो। साथी घरमा आएको मौकामा भने भात पकाएर ख्वाउनु भएछ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : ढुंगे मन पग्लिएन ….

~दोषबिहिन टुहुरी~

ढुंगे मन पग्लिएन सकिएन सम्झाउन लाई
हार भयो मेरो आज जिन्दगीमा हार भयो

सपना त देखाको थिन भनेकै थे मेरो ब्यथा
कसैले कै सुनायो कि बुझिनौ तिम्ले कथा
बगरको घर हो मेरो छाल सगै भत्की जान्छ
हिमालको हिउ झैँ मेरा सपना सबै पग्ली जान्छ
हार भयो मेरो आज जिन्दगीमा हार भयो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : महाभारत

~मदन दुलाल~

मान्छे कर्म गर्दैनन्
लाक्ष गृह बनाउछन
सुशासनको गद्धि ताक्छन
पाए त अन्याय र अत्यचार बडाँउथे
पितामह भीष्मको छाति टेकी

कपटको जुवाले
पछारिन्छन धर्मराजहरू
मान्छेले छोड्दैनन्
बाटो अधर्मको
भिमसेनको बाहुबल
मान्छे मान्दैनन्
डुक्रिन्छन उनीहरू
ब्रिकोदर भन्दा
बलिस्ट भन्दै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : मलाई त घाउ छोप्ने बहाना हो हाँसो

~दिनेश अधिकारी~Dinesh Adhikari

मलाई त घाउ छोप्ने बहाना हो हाँसो
दुनियाँको आँखा तर त्यही हाँसोमा बस्यो
खुसी जस्तो देखिन्छु म पीर लुकाउन
हेर्नेको मन् तर त्यही सतहमा खस्यो !

के ले रोक्छ केले छेक्छ अझै भन्न सकिन म
अघि बढ्ने ठाउँ छैन पछि हट्न सक्तिन म Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : साझा यो फूलबारी

~डा. तारानाथ शर्मा~Taranath Sharma, Nepali Literary Icon (7).JPG

कालो अत्यन्त कालो अतिशय धमिलो राजनीति नराम्रो
आयो छायो निराशा मुलुकभरिको चेत खुस्केर हाम्रो
हामी नेपालका छौ सकल जनता एकतामा बसेका
कोही छैनौँ अरुको श्रम र पसिना लुट्न पेटी कसेका

योद्धा शूरा र आँटी अघि असल थिए न्यायका लागि मर्थे
पुर्खाको देनलाई शिरउपर गरी नीतिको राज्य गर्थे
साझा यो फूलबारी सकल जनको हो भनी पृथ्वी भन्थे
चोखो आदर्श मानी युवकयुवती राष्ट्र्का भक्त बन्थे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म, प्रेमिका अनि कारागार

~बिबश बिप्र~Bi pra

भो|
भइसक्यो-
मेरो अस्तित्वको उद्घाटन-यो कारागारभित्र

फलामको गेटमा लागेको खिया
मेरो कामकथामा लालमोहर ठोक्दैछ

मैले माया भेटेको छैन-आकासको
तिम्रो चुनावी उपहारको बट्टा पनि -बिनाआकासको
मैले पिउने चुरोटको धुँवा पनि कोठा भरिमात्रको Continue reading →

Posted in कविता | Tagged , | Leave a comment

कविता : बिर्सन नसकिने पलहरू

~माेहन राज खनाल~

विर्सन नसकेका पलहरू
तिम्राे मेराे जिन्दगी
सुख र दुःख साथमा
विर्सन नसकेका पलहरू ।

फूलकाे वासना मग्मगाउँदा
सुखकाे अनुभव आनन्द
मधुमुस्कान काे उज्यालाे
विर्सन नसकेका पल हरू Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मैसाप हजुर अचेल पिउन थाल्नु भएछ

~भूपेन्द्र महत~Bhupendra Mahat_1

मैसाप हजुर अचेल पिउन थाल्नु भएछ
ओईलाएको फुल जस्तै जिउन थाल्नु भएछ

चिसो सिरेटोमा पनि उदाङग चल्ने अङ्ग
अचेल गर्मिमा पनि छोप्न थाल्नु भएछ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा: भाई फूटेपछि

~शेखर ढुंगेल~Shekhar Dhungel

एउटा गाउँमा धेरै धनी जमिन्दारको सुन्दर परिवार थियो । .जमिन्दारले आफूसँगभएको हिरा, मोति र सुनका गहना आफ्ना तीन छोराहरु जेठो, माइलो र कान्छोको जिम्मा दिएका थिए ।
एक दिन अचानक जमिन्दारको देहबसान भयो । तीन दाजुभाईमा सम्पत्ति बा“डफा“डको कुरोमा झगडा सुरु भयो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

छन्द कविता : हुरीले सतायो

~डा. लेख निरौला~Dr Lekh Niraula

(भुजंगप्रयात)

कतै यो हुरीले घरै लान्छ जस्तो
उडायो कि छानो मनै हान्छ कस्तो
डराएर आफू कुनामा छु काँप्दै
सबै झ्यालढोका थुनेरै सराप्दै ।।

धुलो मित्र पैले घरैभित्र आए
कुना कन्दरासम्म आफैँ रमाए
जहाँ दृष्टि नै पर्न सक्दैन जस्तो
त्यहीँ मौन बन्दै बसेरै बिताए ।। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

सामाजिक कथा : बिधवा

~कृष्ण के.सी.~Krishna KC

हिजो जस्तै लाग्छ म उसको आड भरोसा र विश्वासमा उसको पछिपछि उसका पाइलाहरूका डोबहरूमा आफ्ना डोब मिलाउदै यो घर भित्र हुलिएकि थिए l यौवनताका सबै खुसीहरू उसको अंगालोमा नतमस्तक भएर सुम्पिएकि थिए l जुनबेला उसको भर्भराउदो जवानीको रापले तातिएर उम्लिएको थियो l आज त्यही मान्छे मलाई देखाएका सपनाहरू; मलाई बाडेका आश्वासनहरू अनि मलाई दिएका भरोसाहरूलाई बिर्सिएर चिसाम्मै भएर पल्टिएको छ l उसले नाबिर्सोस मेरा भरोसालाई आगामी भेटसम्म र साचेर मैलाई बुझावस भनेर आँशुसँगै पठाएका मेरा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बिश्वास गर्र्नू होला

~लक्ष्मण गगन~

भूमि अनि माटोको कण कणमा बिश्वास गर्र्नू होला
हरेक घामको नया किरणमा बिश्वास गर्र्नू होला

साना साना पलले पनि धेरैै धेरैै सिकाउन सक्छन
समयको हरेक क्षण क्षणमा बिश्वास गर्र्नू होला Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : नयाँ घर

~केशु बिरही~Keshu Birahi_new

नयाँ घर वन्ने कुरा सुने पछि केटाकटीहरु खुशीले गद्गद् भए । मन हँसीलो खुशीलो भयो । सवैजना रमाए । अचेतन मन भित्र एउटा आसा पाले । आहा ! नयाँ घर वने पछि हामीहरुले पनि एउटा एउटा कोठा पाउनेछौ । त्यति मात्र होइन उनीहरु नयाँ घरको नयाँ कोठालाई कसरी सजाउने । टि।भी कता राख्ने । पलङ कता राख्दा ठीक होला Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : अरुनिम्ति रुन पाए, जाती हुन्थ्यो कति

~डा ज्योतिपुञ्ज सुरेश~Jyotipunja Suresh

अरुनिम्ति रुन पाए, जाती हुन्थ्यो कति।
घाऊ तिनै धुन पाए, जाती हुन्थ्यो कति।

हिरामोती बहुमुल्य,फलामैको भाउ छैन,
पित्तलैमा सुन पाए, जाती हुन्थ्यो कति। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : आदर्श नायक

~सङ्गीत आयाम ~Sangeet Aayam

ऊ गाउँको एउटा आदर्श नायक थियो । उसका कुराहरुलाई गाउँलेले अकाट्य तर्कको रुपमा प्रस्तुत गर्दथे र उसँग नजिक हुने सौभाग्य प्राप्त गर्न कतिपय मानिसहरुको ठूलो आकाङ्क्षा रहन्थ्यो । उसको व्यवहार र क्रियाकलापलाई नक्कल गर्ने प्रवृत्ति एकदमै बढेर गएको थियो । ऊ अत्यधिक लोकपिय हुनाको साथै एउटा नेतामा हुनुपर्ने वर्तमान समय सुहाउँदो गुणहरु पनि प्रशस्त मात्रामा फेला पार्न सकिन्थ्यो । यी सब कारणहरुले गर्दा नै ऊ एउटा आदर्श नायक भएको थियो र यसमा ऊ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment