छन्द कविता : छोरी

~डा. लेख निरौला~Dr Lekh Niraula

छोरी मेरी अमर वयकी ज्योति हुन् सिर्जनाकी
प्यारी यस्ती हृदय तलकी प्राणझैँ कल्पनाकी
चिन्ता मेरो झटपट सबै जादुझैँ दूर गर्छिन्
नौलो आशा किरण मनकी मूल भै बग्न थाल्छिन् ।।

हेर्दा हेर्दै सुजन सुखकी मूल भै उम्रिइन्छिन्
नौरंगीका छविसित उनै रूपमा मस्किइन्छिन्
खानी नै हुन् सुहृद सुखकी स्नेहकी स्निग्ध धारा
छर्छिन् बास्ना घरभरि सधैँ दिव्य लावण्य सारा ।। Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : विदा

~अनिल यक्खा~

विहानै देखि मलाई कस्तो कस्तो लागिरहेको थियो । हिजो नै सम्पूर्ण सामानहरु तयारी गरिसक्नु भएको थियो । र हामी विहानै शहरतिर प्रस्थान गर्ने क्रममा थियौँ । निकै समय बित्दा पनि आस्था आइन । मेरो आँखाले उनको आगमन चाहिरहेको थियो । त्यहि हाँसो, त्यहि मृगनयनी आँखा, त्यहि उत्ताउलो स्वभाव । तर अहँ अझै उनी आइनन् । मनमा वेचैनी बढ्न थाल्यो । सोचेँ के उनी मलाई मेरो विदाईमा हात हल्लाउन नि आउदिन त ? अहँ, उनी त्यति साह्रो मलाई चाँडै माया मार्ने त होइन । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्रान्ति मर्दैन

~अनिल श्रेष्ठ~Anil Shrestha

‘तपाईंको नाम ?’
‘क्रान्ति ।’
उसले मलाई जिस्किएरै भन्यो कि साँच्चिकै उसको नाम क्रान्ति थियो, मैले फेरि दोस्रो पटक उसको नाम कहिल्यै सोधिनँ । यो जेलभित्र कहिल्यै पनि कसैलाई दोहो¥याएर उसको नाम सोधिदैन । यहाँ आउने धेरै कैदीहरु व्यवस्था विरोधीहरु हुन्छन् । पञ्चायतका विरोधीहरु । त्यसैले धेरै त उनीहरुका झुट्टा मुद्धाहरु हुन्छन् । राजाका मान्छेहरुलाई आफ्नो विरोधी थान्को लाउने ठाउँ भएको छ यो जेल । सजिलो छ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कोरा सपनाहरु

~दलबहादुर गुरुङ~Dal Bahadur Gurung_Db Gurung

हो ! मैले अन्तिममा कलेज त्याग्ने निर्णय गरें । सहरको प्रतिष्ठित कलेज मैले त्यसरी त्याग्न पर्ला भनेर सोंचेको पनि थिएन । कलेज छोडेपछि म अहिले गाउँमा छु । खेतीकिसानी गरेर बसेको छु । मेरो दुर्गम गाउँमा नगदेवाली उत्पादन गरेर जीविकोपार्जन गरेको छु । परिवारका साथमा छु । खुसी छु । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गङ्गा विसर्जन

~उदास विनायक~Prem Khadka 'Udas Binayal'

पूरा गाउँ शोकमग्न छ । यसो भनौ पूरा देश नै शोकमग्न छ ।

कुमाऊँ गढवालतिर कामको खोजीमा गएका चार पाँचजना ठिटाहरू विपद्पछिको आज आठौं दिन घर फर्किए भन्ने सुन्ने बित्तिकै बलबीरे आफ्नो छोरा धनेको हालखबर बुझ्न एकाविहानै गाउँतिर लाग्यो । चुरोटको Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोवाद : मनसँग भलाकुसारी

~विष्णु शर्मा~ Bishnu Sharma

आज मनिषाको मन पिरोलिएको छ । उसको अनुहारले त्यही झल्को दिइरहेको छ । उसको मनस्थिति बुझ्न मलाई कठिन हुदैन । ऊ मेरी जिगरी दोस्त हो । मन भन्छे किन मलाई मान्छेहरु तनसँग जोडेर खलबलाउन खोज्छन् ? मलाई किन स्वतन्त्र हुन दिदैनन ? म त हेका स्वासमा हरेक जीवमा व्याप्त छु । मेरो किन दुरुपयोग गर्न खोजछन् । पवित्रतामा किन संक्रमण गर्न खोज्छन् ? उसका प्रश्नले मलाई घोच्न थाल्छन् । उसो त म ज्ञानी विद्धान हैन मसम्झाउँदा सम्झाउँदा हम्मे हम्मे परेको छ । पटक्कै बुझेको हैन । हार नखाई बुझाउँने कोशिश गर्दैर्छु ।। आफूले Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

लघुकथा : ममीको मिन्सट्रेसन

~जीवन ‘पीडित’ दहाल~Jiwan Dahal 'Pidit'

राजधानी काठमाण्डौको शंखरापुर नगरपालिका वडा नं. १४ को एउटा एउटी बालिका देखिइन्, बुढीआमैका साथमा, बेलुकीको तीन बज्न लागेका बेला ।
यस बेला बालिका घरैमा ! भनेर मलाई अलि आश्चर्य लाग्यो अनि मैले बालिकाको छेउमा गएर सोधे–‘तिम्रो नाउँ के हो नानु ?’
‘आकंक्षा थापा’–बालिकाले उत्तर दिइन । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्वाल परेको चाल्नो….

~सुरेश प्रसाद अर्याल “कान्छो”~Suresh Prasad Aryal 'Kanchho'

बजुले पटक-पटक त्यो खुटि तिर हेरिन् तर खुटि खाली थियो।आँखालाई पटुकीको टुप्पोले पोछेर फेरि ठम्याउने प्रयास गरिन तर खुटि वास्तवमै खाली थियो।
“कता फालीस् त नाती केटा त्यो प्वाल परेको चाल्नो?”
उन्ले आगनमा खेल्दै गरेको नातीलाई सोधिन। Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : गोठालो

~गंगाराम ढकाल~Gangaram Dhakal

सेतु ए सेतु आउ निस्क बन जाउ । सवै गइसके, डाँडो पनि काटीसके होलान् ढाकाराम चिल्याउछन् । ल ल निस्के दाई म पनि तपाईलाई नै कुरी राखेको थिए । गोठमा बाँधीराखेका गाईका बाच्छा बाच्छीहरुलाई घाँस हाल्दै हातमा नाम्लो लिएर निस्कन्छन सेतु । दुवै जना गाँउ देखि माथी फलाटे भन्ने डाँडामा गाईको गोठ गरी बसेका थिए । वन जंगलको नजिक पारेर गोठ बनाउने, Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यो कुन प्रेम ?

~पुरुशोत्तम भण्डारी~Purushottam Bhandari

एक जमानामा मलाई मालभोग केरा नभई नहुने ! जहाँसुकै बाट पनि मालभोग केरा ल्याउनै पर्ने ! मेरी आफ्नै हजुरआमाले मलाई सिकाए अनुसार , मालभोग केरा र गाईको दुध खान पाए जिन्दगिभरि पेट सम्बन्धि रोग लाग्दैन ! त्यसैले म जहाँ गए पनि मालभोग केरा भेट्ने बित्तिक्कै किनिहाल्थें ! मालभोग केरा प्रति यत्ति धेरै प्रेम बसेको थियो कि जुनसुकै मौसम मा पनि म चाहिं Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : त्यसै आज नाँसिदैछ तिम्रो नगरी

~निराजन प्रभात लुइटेल~Nirajan Luitel

त्यसै आज नाँसिदैछ तिम्रो नगरी !
भित्र भित्र भाँसिदैछ तिम्रो नगरी !!

बलत्कार हत्या हिंसा जाबो खेल नै !
त्यसैले त माँसिदैछ तिम्रो नगरी!!
Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : केही पाउन जीवनमा, मैले धेरै गुमाएँछु

~शिव प्रकाश~SHiva Prakash

केही पाउन जीवनमा, मैले धेरै गुमाएँछु
जिन्दगीको जोडघटाउमा, थोरै कमाएँछु

बेहिसाब चल्यो जिन्दगी, हिसाब गरिन
हिसाब गर्दा घाटा, मैले धेरै कमाएँछु Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : प्रजातन्त्र

~अनन्तगोपाल रिसाल~Ananta Gopal Risal

बाटै बन्द भयो छ दूर घर त्यो, पैरो गयो भीरमा

पानी बन्द भयो, हिमाल मूल छन्, आली फुट्यो तीरमा १

बुद्धु भै जन संठले धन लूटे, त्यै बुद्धको देशमा

रुमौका रे, अब मिल्छ हैरु भनी पसे, भागेर बेदेशमा ॥१॥ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : बौलाहा मास्टर

~राजु स्याङ्तान~Raju Syangtan_1

“माफ गर्नुहोला सर, स्कुलमा तपाईको गतिबिधिका कारण तपाईलाई स्कुलबाट निकाल्न हामी बाध्य भयौं,” अफिस पस्नै लाग्ने बेला स्कुलका प्रधानाध्यापकले उसलाई ढोका मै रोकी बिदाइ पत्र पो थमाई दियो ।

उ केही नबोली फनक्क फर्केर स्कुलको प्राङगन बाट लुरुलुरु बाहिरिदै थियो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : राजधानी सडक

~रमेश गिरी ‘आशा’~Ramesh Giri Asha

‘पिर्के तँलाई भोक लाग्या छैन ?’
पिर्केले टाउको हल्लायो । उसलाई भोक लागेको थियो ।
हर्केले भन्यो– ‘हेर पिर्के, भा’ पैसा सिद्धिगो आजलाई यस्तै दुःख सुख बिताउँ, भोलि त्यो दाह्रीवाला ड्राइभरलाई भनेर खलासी तीर जानुपर्छ बुझिस् ।’
‘को दाह्रिवाला ड्राइभर ?’ पिर्के बोल्यो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अँधेरीे रातको एउटा कथा

~मातृका पोखरेल~Matrika Pokhrel

दसैंमा काठमाडौंबाट बाहिरिनेहरूको ताँती सँगसँगै म पनि कटारी पुगेको थिएँ त्यसबेला । कटारीसम्म बस पुगेको पनि त्यसै वर्षदेखि हो । त्यो भन्दा पहिले पूर्व पश्चिम राजमार्गको मिर्चैयामा ओर्लेर हामी हिँडेर कटारी पुग्थ्यौँ । कटारीबाट हिडेर मेरो गाउँसम्म पुग्न भारी नबोक्नेहरूका लागि पनि करिब डेढ दिन लाग्थ्यो । मिर्चैया कटारीको मोटर बाटो सञ्चालन हुनु भन्दा केही पहिलेदेखि नै सिराहाको बन्दीपुरबाट चिसापानीको बाटो कमला नदी हुदै दुधौली निस्केर कटारीसम्म सामान ओसार्ने केही ट्रकहरू पनि चल्थे । हिड्न अल्छी गर्ने वा धेरै सामान भएका मानिसहरू तिनै ट्रकमा चढेर कटारी जान्थे Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : तप्प-तप्प जलबिन्दु चुहाएर के निस्कियौ

~प्रकट पंगेनी ‘शिवा’~Prakat Pageni Shiva

तप्प-तप्प जलबिन्दु चुहाएर के निस्कियौ
स्नीग्ध कञ्चन कोमल अहा ! नुहाएर के निस्कियौ

भाग्यमानी रै’छ साबुन फिँजैफिँज भै बरालियो
जुन साबुनलाई अङ्ग-अङ्ग छुहाएर के निस्कियौ Continue reading

Posted in गजल | Tagged | Leave a comment

Essay : Contemporary Nepali Literature: A Bird’s Eye View

~Mukul Dahal~Mukul Dahal

Nepali short story has achieved its present state of development in shorter time than other genres. This area of literature has already been enriched by a number of classic world-class short stories. The contribution of the figures such as Guru Prasad Mainali, Pushkar Samser Rana, Posan Pande, Indra Bahadur Rai, Biseswor Prasad Koirala, Bhimnidhi Tiwari, Bhawani Bhikshu, Continue reading

Posted in Essay | Tagged | Leave a comment

गजल : संगीहरुको हुलमा हुदा!!!

~आस्था दाहाल~

संगीहरुको हुलमा हुदा मलाई उसले डाकेपछि ।
के गरु म रातो गुलाफ मेरै सामु राखेपछि ।

उम्काउनलाई प्रयास मैले नगरेको होइन,
कति गरु अस्वीकार गर्दा गर्दै थाकेपछि । Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : माया अन्तै साटिछ बैगुनीले।

~गोबिन्द रसिक~

मायाअन्तै साटिछ बैगुनीले।
बिनासित्तै ढाटिछ बैगुनीले।

ओहिलीई झरेछ किन भन्थेरु
फेदैमा पो काटिछ बैगुनीले। Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : नलेखिएको इतिहास

~संजय आचार्य~

परु्यारलाग्दो भजनहरुमा रुमल्लिएको इतिहास
गरीबहरुका श्रम र पसिनाहरुमा डुबे पिन
यसभित्र अर्कै धून बजेको छ
क्रुर स्वार्थी र धुर्तहरुलाई पुरुषार्थी देखांउदा
अिन
महल भित्रका खुशीहरु
हाम्रा इतिहासका पानाहरुमा छरपष्ट भएर पोखिरुदा
अतीत माथि नै अन्याय भएको छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अमेरिकन ड्रिम

~बासु ढकाल~Basu Dhakal

हाय!
हाय मेरो अमेरिकन ड्रिम
साउनमा आँखा फुटेको म गोरु
जताततै हरियै हरियो देख्छु।

म जिन्दगी हाड घोटेर Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : परदेशमा साइला दाइको नामै फेरिएछ

~अम्बिका गिरी~

परदेशमा साइला दाइको नामै फेरिएछ
सुख सँग बस्थे यता उता कामै फेरिएछ

सधैं जसो चिसो हुने कस्तो ठाउँ होला
मनोरम यो दृष्य हेर्ने उता घामै फेरिएछ Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : यहाँ कोही घात गरी

~भुपेन्द्र महत~Bhupendra Mahat_1

लडाएर हाँस्छन यहाँ कोही घात गरी
गिजलेर फाल्छन कोही बासी भात सरी

जीवनको ओसमा पनि घाम पोत्छु भन्थे
फर्किएर अतित आज बगे रात भरी Continue reading

Posted in गजल | Tagged | Leave a comment

मैथिली गजल : जोरजुलुमसँ जे ने झुकए से भाले लगए पिअरगर यौ

~धीरेन्द्र प्रेमर्षि~Dhirendra Premarshi

जोरजुलुमसँ जे ने झुकए से भाले लगए पिअरगर यौ
इन्द्रधनुषी एहि दुनियामे लाले लगए पिअरगर यौ

ठोरे जँ सीयल रहतै तँ गुदुर–बुदुर की हेतै कपार!
एहन मुर्दा शान्तिसँ तँ बबाले लगए पिअरगर यौ Continue reading

Posted in मैथिली गजल | Tagged | Leave a comment

गजल : गजल चैँ लेखौँ साथी

~धीरेन्द्र प्रेमर्षि~Dhirendra Premarshi

संविधान नभए नि गजल चैँ लेखौँ साथी
गुन्गुनाई त्यै गजल माथ्लो सिढी टेकौँ साथी

स्वप्न मात्र देख्दा पनि आँखा तिर्मिराइदिने
अविवेकी सूर्यलाई हत्केलैले छेकौँ साथी Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : मन मेरो तिम्ले तानेर गयौ

~गोबिन्द रसिक~

मन मेरो तिम्ले तानेर गयौ,
नपाउने माया जानेर गयौ।

आकाशका तारा हुन्छन टाढा,
उडी उडी छुने ठानेर गयौ। Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : देशभभक्ती छ भने मुटुमा शिर चढाउन सक्नुपर्छ

~श्याम लामा~

देशभभक्ती छ भने मुटुमा शिर चढाउन सक्नुपर्छ
ज्यु ज्यान प्राण माटोको खातिर चढाउन सक्नुपर्छ

गर्छौ किन स्यालको रजाइ बाघको छालामा
उठेर आफ्नो स्वार्थबाट पिर चढाउन सक्नुपर्छ Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : पछि लाग्दा भाग्ने, छाया जस्तो चाला

~मबि सिंह~Mabi Singh 'Sirish'

पछि लाग्दा भाग्ने, छाया जस्तो चाला !
भाग्दा पछि लाग्ने, छाया जस्तो चाला !

आफ्ना जन कंहा गए खै म लड्दा ?
उठ्दा मात्र जाग्ने, छाया जस्तो चाला ! Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : मिलनभन्दा अचेल,बिछोड गजबको।

~डा ज्योतिपुञ्ज सुरेश~Jyotipunja Suresh

मिलनभन्दा अचेल,बिछोड गजबको।
जिन्दगानी घटाऊ,कि जोड गजबको।

छुट्या पनि होइन,मिल्या पनि होइन,
कहाँ जाने हजुर, यो मोड गजबको। Continue reading

Posted in गजल | Tagged | 2 Comments

गजल : न त वार भो, न त पार भो।

~डा सुरेश ज्योतिपुञ्ज~Jyotipunja Suresh

न त वार भो, न त पार भो।
न त जीत भो, न त हार भो।

कहाँ सुनायेँ,कथा जीवन,
न त पुरा भो, न त सार भो। Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : न त कबिता,न त गीत हो, गजल

~आचार्य प्रभा~acharya Prabha

न त कबिता,न त गीत हो, गजल
न त मायाहो,न त प्रीत हो, गजल।

सम्झे झर्ना झैँ, हुन्छ शितल ,गजल
सोँच्न सकेमा ,मीठो शीत हो, गजल। Continue reading

Posted in गजल | Tagged | Leave a comment