‘दाइ नमस्कार,सञ्चै हुनुहुन्छ’ अपरिचित जस्ती तर परिचित जस्तीपनि ती वहिनी दश औला जोडेर मेरो सामु खडा थिईन्।मेरा आँखाले उनलाई घोचिरहे। सिउदोमा रातो सिन्दूर, नाक कान गहनाले झाटिएका रातो किनारा भरेको सारीमा रातै व्लाउज ।
मैले असमन्जसमा परेरै नमस्कार फर्काएँ।सैनिक अभिलेखालयमा अचानक भेटिएकी ती वहिनीलाई मुस्किलले ठम्याएर सोधे’गायत्री हौ?’ ‘हजुर दाइ म त्यहि गायत्री हूँ जसले हजुरको प्रेरणा सल्लाह र साहश पाएर आज वैधव्यको भारी बिसाएर साध्वी जीवन जिउन आँट गर्न सकेकी छ।’ भावात्मक आवेगमा मेरा नयनहरूमा हर्षाश्रु टिलपिलाए। तिनको साथमा एक युवक र बूढीआमा पनि थिए।युवक युयुत्सु थियो मेरो साथी ययाती को भाइ हामीहरु चमेना गृहतिर गयौँ। बाँकी पढ्नुहोस्