मेरो जस्तै तिम्रो मन, चोर्न जानिएको भए !
लाख तरिकाले माया, गर्न पाईएको भए !
या त फूल स्पर्श गर्छौ, नत्र सुकुमार टुक्रा
मेरो मुटु राख्ने ठांउ, कांडा छानिएको भए !
संधै यौटै थरि खाना, जीब्रो पड्काएरै खाएं
अरु स्वाद थाहा हुन्थ्यो, कुनै चाखिएको भए !
एक अर्कालाई हेर्दै रात बिताएका थियौं
एकै दिशातर्फ संगै, पाउ चालिएको भए ?
2010-06-02
(स्रोत : नेपाली गजल गुगल ग्रुप )

