सुन्दैछु सेसेलुङ फक्ताङलुङ सगै हासिरहने मेरो लिम्बुवान
यालाङ केलाङ र हाक्पारेको तालमा हासिरहने मेरो लिम्बुवान
सुन्दैछु
सुन्दैछु प्रबासबाट धेरै भयो हासेको छैन।
बिहानी झुल्के घाममा सुमधुर स्वरमा सेलोक गर्दै
नाज्दै गाउने न्याउली चरिले,सुन्दैछु गाउनै छाडयो रे।
धन्य छ लिम्बुवान
सुन्दैछु धेरै सुनेको छु,
च्याब्रुङ र पालामको तालमा नाच्ने तिम्रा छोरा छोरी
खोइ आधुनिक च्याब्रुङ र पालामको तालमा नाच्न थाल्यो रे, Continue reading →
मैले कतै पत्रिकामा पढेको थिएँ,। विज्ञानको प्रयोगशालामा वंशाणुको अध्ययन गर्ने क्रममा मुसाका वंशहरूको पुच्छर काटिंदै गयो। काट्ने क्रममा बाइसौं पुस्ताको मुसामा पुच्छर पलाएर आयो। यहाँ भन्नुको अर्थ सामन्तवादी संस्कृति संस्कारको जति विरोध गरे पनि आफूलाई साम्यवादको वर्कोले छोपेर सामन्ती संस्कारलाई हुर्काउने साम्यवादी दादाहरूको दादागिरी समय–समयमा देखिंदो रहेछ। पंचायती संविधान हेर्दा राजनीतिक भावनाले प्रेरित भएका दलहरूमाथि मात्र प्रतिबन्ध थियो। अन्य संघसंस्थालाई प्रतिबन्ध थिएन। मुसाको पुच्छर पलाए जस्तै पंचायती अमिलो डकार आज गन्हाइरहेछ। जसले मार्क्स, लेनिन, माओको आदर्श मान्छु भन्दै राज्यसत्ता बन्दुकको नालबाट पल्टिन्छ भन्दै तेह्र/चौध हजारको रगतले धर्ती लछ्प्पै भिजाउनेहरू होनाहार कम्युनिष्टका आंकुरा भाँचेर धर्ती उजाड पार्नेहरू मार्क्स, लेनिनको मुखमा जुत्ता हान्दै व्याभिचारको कुरूपतालाई सुधारको ढाकछोपे नाटकले कस्तो खालको रस पैदा गर्ने हो। त्यो भन्न गाह्रो छ। Continue reading →
पहिले पहिले
जमिनमा वनस्पतिहरु मात्रै बस्थे
जीव–जनावरहरु सबै पानीमा बस्थे ।
एकदिन भयो आकाशवाणी,
समून्द्रमा चारैतिर फैलियो अफवा–
“हिमालमा डढेंलो लाग्यो ।”
आगो नदीको बाटो हुँदै समून्द्र आईपुग्ने डरले
हिउँ माछाहरु हिउँ छेडेर भाग्न थाले
जीवनमा सूर्य नदेखेका पिंधका माछाहरु Continue reading →
बालक रोइरहेको थियो, भोकले । “खानेकुरो केही छैन ?” उसले सोध्यो, “छैन…” पत्नीको सपाट स्वर भित्रसम्म धस्सियो । उसले एउटा सुस्केरा हाल्यो, “उफ्” । वरिपरि उसले आँखा फैलायो । फुङ्ग उडेको भित्ता देख्यो र देख्यो व्याप्त इश्वरको उकुसमुकुसता मात्र, घरमा बेच्न लायक कुनै चीज पनि त छैन…”, एउटा चीसो उच्छ्वास चुहियो उसको ओठबाट । Continue reading →
नारी सृष्टिको मूहान हो, एउटि सृष्टि गरेर विश्राम लिएकि महिला मञ्चमा उभिएर भाँषण छाँट्दै थिईन् । परबाट सुनिरहेको मलाई पनि त्यहाँ गालीको रँग पोतिदै थियो । त्यो कालो रँग पोतिएपश्चात् म आफूलाई सम्हाल्न सकिन त्यहि मञ्चमा गएर म पनि चिच्याउँ भने उनी र म मा फरक नै के रह्यो र ? त्यसैले कापीको मञ्चमा डटपेनको माइक बनाउनु नै मैले उचित ठाने, उनको प्रतिश्पर्धी बनेर ।
कुकुरहरुले पनि कस्तो गन्हाउने महिना भन्छ रे जाडो महिनालाई अर्थात् मंपुमाफा (बुभ्mनु भएन मंसीर पुस माघ फागुन) लाई । जाडोले कुच्चिएर सुत्ने बेला चाक र थुतुनो जोडिन्छ, फुस्स फुस्स पाड्दा नाकमै ठोकिन्छ, अनि किन नभनोस् त गन्हाउने महिना ?
कुन चाहिँ फिल्ममा हो भारतीय नायक सलमान खानले कोही नभएको मौका पारेर आरामले पुईंँक्क पाडेको बखत ऐश्वर्याले देख्दा लाजले पानी पानी भएको थियो । अतः पाड्ने बेला निर्धक्क सँग (अंग्रेजीमा कन्फिडेन्ट्ली भन्छ क्यारे) पाड्नु पर्छ ताकि कसैले शंकै गर्न नसकोस् । Continue reading →
भूकम्पको अवधिले अवसान पायो
सन्त्रासजन्य क्षणमा मृदु हास आयो
बेचैन त्रास अब शून्य सबै बिलायो
जागेर बन्छ अब देश सबेर आयो ।।
भूकम्पका छ दिन ती अलि त्रासपूर्ण
विध्वंश वा क्षतिहरू करुणार्द्रपूर्ण
जेजे भए कुदिन चक्र चिराचिरामा
बिर्सेर जाग्छ अब देश नयाँ सिरामा ।। Continue reading →
हाम्रो मातृभूमी नेपालमा भर्खरै गएको भुकम्पले नेपाल आमाका धेरै सन्तानको अवसान भएको, धेरै घाईते भएका, कती हराईरहेका र अझै धेरैका घर-गोठ-श्रीसम्पत्ती भात्किएकोले हरेक नेपाली मन रोईरहेको छ । चाहे नेपालमा होस य परदेशमा , नेपाली संधै नेपाली रहन्छ । यो देश दुखेको बेला, हाम्रो परिवार रोएको बेला हामीले हर-सक्दो मद्दत गर्ने र सकेको दिएर दुखेको मनलाई हलुका बनाउने कोशीशरत रहनुपर्छ र छौं पनि ।
#PrayforNepal
सम्पूर्ण मृत्युवरण गर्नु भएका आत्माहरुको चिर शान्तीको प्रार्थना गर्दछौं ।
नेपाल बनाउन र चह्राएका घाऊमा मलहम लगाउन हामी कस्सीएर लाग्ने छौं ।
वि.सं. २०६० सालमा, मुलुक सप्पै प्रकारले आन्दोलनमा भएको सर्न्दर्भमा, माओवादी सशस्त्र जनयुद्ध, संसदीय दलहरूको अहिंसात्मक शान्तिपुर्ण आन्दोलन, आदिवासी जनजाति, महिला, मधेशी, कर्णालीको सामाजिक न्यायको आन्दोलनको वखतमा । पुनरसंरचनाको लागि यो चरणलाई साथ, सहयोग, समावेश हुनेगरी कला, साहित्य, सिद्धान्तमा पुनरसंरचना गर्नेगरी अगाडि बढेको छ ।
बि.सं. २०६० सालमा विशेष रङ्गवाद नै २०६२/६३ को सफल जनआन्दोलनपछि सामान्य रङ्गवाद र संविधानसभाको प्रथम बैठक जेष्ठ १५, २०६५ ले राजतन्त्रको अन्तको घोषणा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा मुलुक प्रवेश गरेपछि सामान्य बहुरङ्गवाद बनायौं । बहुरङ्गवादलाई पाँचवटा बिसौनीमा राखेर हेर्नुपर्ने हुन्छ । Continue reading →
उनीहरु आजभोलि घण्टौं फेसबुकमा कुरा गरी बस्छन् । बाटोमा हिड्दा, गाडी चलाउंदा पनि फोनबाट मीठामीठा बार्तालाप गरिरहन्छन् । दुबैलाई यस्ता क्रियाकलापहरु नसा जस्तो भईसक्यो । कुनै पनि कुराहरु उनीहरु बीच हुन्छ । अचेल सरुलाई धेरै पछि फेरि फूलहरु मन पर्न थालेकोछ । उनलाई सबैभन्दा मन पर्ने उपहार फूल हो । लोग्नेसंगको सम्बन्ध बिच्छेद पछि उनलाई फूल मन पर्न छाडेको थियो तर आजभोलि फेरि फूलसंग माया प्रिती गांस्न थालेकी छिन् । उनले फेसबुकमा फोटो राख्न Continue reading →
उसले एक गरिव परिवारमा जन्म लियो । होस सम्हाले देखी भोक त चिन्यो तर उसले गरिवीकै कारणले भने कहिल्यै भोको रहनु परेको थिएन । किनकी उसका बाबाआमाले दिनरात एक गरेरै भएपनि कहिल्यै भोको राखेनन । जसरी जिउन पर्ने हो त्यो वातवरण सकेसम्म पुराइदिएका थिए । साधरण परिवारमा साधरण हिसावले नै जिवकोपार्जन गर्दै आयो । साच्ची नै भन्नु पर्दा ३ Continue reading →
दया, ममता र माया रत्तिभर पनि छैन
जति बुक्काए पनि संतोष लिंदै लिन्न
फ्वां फ्वां गर्दै उर्लदै आउंछ छाल सरी
अबोध निःसाय निमोठदै निल्छ काल सरी Continue reading →
जिन्दगी एक यात्रा हो कहाँबाट शुरु भइ कहाँ पुगेर अन्त हुन्छ कसैलाई थाहा हुन्न जति घुम्ति पार गर्यो उतिनै कठिनाई झेल्नुपर्छ, कति बेला कुन ठाउँमा यात्रा बिहिन हुने हो कस्लाई के थाहा र ? सायद यस्तै होला दैवको लीला ।
“उफ ! कस्तो थकाई लागेको, पानी पिउन पर्यो “- लौ ! पानी पनि सकिएको रहेछ आधारात भैसक्यो यतिबेला Continue reading →
क. तथाकथित भूमण्डलीयकरणको अस्वीकार ।
ख. समग्रगतवादी र्सार्वभौमिक सत्यको अस्वीकार ।
ग. स्व-स्वायत्तता र आत्मनिर्णयको अधिकारको दाबी ।
घ. बहुलवादी नेपाली साहित्यमा नया” अस्तित्वको दाबी ।
ङ. नेपाली साहित्यमा समग्र राष्ट्रिय साहित्यको समान मान्यताको दाबी ।
च. उत्तर आधुनिक साहित्य निर्माणमा पुर्बीय चिन्तनको सैद्धान्तिक खोज ।
छ. सत्ता शक्ति निर्मित इतिहासको अस्वीकार ।
केही वर्ष-२०६० पुष, साहित्यिक चक्रव्युह)देखि ‘उत्तरवर्ती सोच’ नेपाली साहित्यमा विकास भइरहेको छ । नेपाली साहित्यको केन्द्रबाट टाढा पर पान्थरबाट आरम्भ भउको यो लेखनले अघि सारेका हुन् माथिका बु”दाहरू । आज यहा” म सारांशमा उत्तरवर्ती सोच-लेखन) को व्याख्या गर्न लागिरहेको छु ।
केही साल अघिदेखि नेपाली साहित्यमा एक प्रकारले वैचारिक नवीनताको संखघोष प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भएको प्रतित हुन्छ । कति त साहित्यिक अभियानकै रुपमा आएका छन् । कवि, लेखकहरूको नवीन सिर्जनात्मकताले नया” लेखकीय विमर्षरू जन्मि”दै गएका छन् । हिजोको परम्परित लेखनले आजको नेपाली समाजको विशालता बोक्न सक्दैन । जातीय समालोचनामा कलम चलाइरहेका थाम्सुहाङ पुष्प सुब्बाझैं नेपाली साहित्य एकल जातिवादमा वा एकल जातीय एकाधिकारमा जकडिएको छ । नेपाली समाज विविधताले युक्त रहेकाले एकल पुरातन साहित्यमा विविध संस्कृति र संस्कारका नेपाली पाठकले आत्मसम्मानका साथ आफ्नो जीवनलाई पढ्न र छाम्न पाएको अनुभूति गरेका छैनन् ।
भाषा संस्कृतिमा लागिपरेका आयामेली कवि वैरागी काइ”लाले भनेझैं नेपाली समाज इन्द्रेणी संस्कृतिले बनेको समाज हो । विविधतायुक्त समाजका लागि नेपाली साहित्यमा नया” लेखनको उपस्थिति हुनु पर्दछ । यहा” पाश्चातेली मृत्यु लहरको प्रसङ्गमा परम्परागत एकल जातीय पाठको मृत्यु भइसकेको प्रसङ्ग हो । अब नया” पाठको जन्मको व्याख्या हुनु पर्दछ । यस प्रसङ्गमा सृजनशील अराजक कवि हाङयुग अज्ञातले परम्परावादी लेखकको मृत्यु भइसकेको कुरा गरेजस्तै नेपाली साहित्यमा एक पक्षीय निश्चित पाठका लेखक, केन्द्रिकृत लेखनका लेखक, एक कोणीय लेखन, स्तुतीवादी लेखक तथा सत्ताशक्तिका लेखकको मृत्यु भइसक्यो । रो”ला बार्थको लेखकको मृत्युको सर्न्दर्भ नेपाली साहित्यको सर्न्दर्भमा नया” ढङ्गको विश्लेषण हो । उनले लेखकको मृत्युमा शक्तिशाली पाठकको जन्म गराएका थिए । यहा” पनि परम्परित लेखकको मृत्युमा आम पाठकको जन्मको प्रसङ्ग पुनर्व्याख्या र पुनःविश्लेषण हो ।
नेपाली समाजको बुहलतामा नेपाली पाठकहरूको बहुलता छ । यसको अर्थ विभिन्न पृष्ठभूमिबाट उठेका धेरै लेखक छन् र त्यस्ता पाठक पनि । यस्तो अपेक्षित साहित्य (पाठ) नै अबको नया” लेखन हो । इटालेली सङ्केत विज्ञानी अम्बर्र्टो इकोले भनेजस्तो दर्ुइ भागमा विभक्त पाठकमात्र आज छैनन् । उनले पाठलाई खुला पाठ (Open text) र बन्द पाठ (Close text) मा विभक्त गरेर पाठकलाई दुइ भागमा बा”डेका छन् । यो नेपाली बहुलवादीय साहित्यका आम पाठकहरूको सर्न्दर्भको लागि पनि सन्दर्भित हो । यस्तै इतर पाठकका निम्ति नेपाली साहित्यमा उत्तरवर्ती सोच समूहले आफ्ना बु”दाहरूको ब्याख्या गर्दै आएको छ । यो बहुलवादी नेपाली पाठकको अनुपस्थितिको उपस्थिति पनि हो ।
गड्यौला पनि बा”च्न नै चाहन्छ । उसलाई उसकै जीवन प्यारो लाग्छ । बा”च्छु – लाई बा”च्न दिनु पर्दछ । स्व-अस्तित्वको कुरा गहन हो । अस्तित्वको अभिलक्षण पीडा र विसङ्गत जीवनमा खोजिन्छ । आफू स्वतन्त्र र र्सार्वभौम हर्ेन चाहनेहरू स्वयंबोधताको पक्षमा उजागर गरिरहेका छन् । म को थिए” – कहा” छु – अब कता – को चिन्तन भइरहेको छ । आज प्रत्येक स्थानियताले त्यही म को चिन्तन गरिरहेको छ ।
वर्तमान नेपालको राजनैतिक सर्न्दर्भकै कुरा गरौं न, जनआन्दोलन ०६२/६३ ऐतिहासिक सफलतापछि देश संघीय प्रणालीमा जा”दैछ । बहुदलीय नेपाली समाजमा यसले स्वअस्तित्वको रक्षा तथा स्व-स्वायत्तता र आत्मनिर्णयको अधिकार सङ्घात्मक राज्यव्यवस्थामा सुनिश्चित हुने तर्क आइरहेका छ । यो बुहलवादीय नेपाली समाजमा शक्तिको होराइजेन्टल अवस्था हो । अर्थात् यहा”सम्मको आर्टिकल स्पको विसङ्घटन । यसले समाज अस्तित्वको उचाई मापन गर्दछ ।
नेपाली समाज भाषिक विविधताले पनि युक्त छ । समग्र क्षेत्रीय, स्थानीय र सिमान्तकृत भाषा तथा साहित्यलाई राज्यले समानताको मान्यता दिन कन्जुस्याईं गर्यो । अब भाषाहरू के चाहन्छन् । संस्कृतिहरू के माग्दैछन् । बुझनु पर्ने भएको छ । सम्पुर्णनेपालीत्वको समष्टिगतता नै सबै नेपालीको वैभव हो । कसैलाई काखा र कसैलाई पाखाको स्थितिलाई त्यागेर सबै राष्ट्रिय भाषी नेपाली कवि-लेखकलाई उत्तिकै महत्वका साथ सम्मान दिनु पर्दछ । आदिवासी जनजाति उत्पीडितलाई विविध क्ष्ँेत्रमा तथाकथित रुपले सीमान्ततिर घचेटिएका छन् । राज्यको एक देश, एक भेषा, एक संस्कृति, एक जातिको नीति र सिद्धान्तकारले आफू सु-संस्कृत र सभ्य जातिका रुपमा प्रस्तुत गरेका छन् र अन्य जाति, भाषा, धर्म, संस्कार र संस्कृतिलाई असक्षम र असभ्य जातिका रुपमा । वास्तवमा यहा”का रैथाने उत्पीडित र उपेक्षित जातिहरू उत्तिकै सक्षम, बाठा, ज्ञानी र सबल तथा सभ्य र सुसंस्कृत छन् । यस्ता सिमान्तकृत जातिले समान मान्यताको दाबी गर्नु पर्दछ ।
नेपाली साहित्य नेपालका सबै नेपालीको पाठशाला बन्न सकेन । जनजाति, आदिवासी तथा सिमान्तकृतका लागि परम्परावादी साहित्यले ऐनाको काम गर्न सकेन । यहा” अनेक भाषाभाषी छन् तर एक भाषा बाहेक अन्य भाषा, लिपि र साहित्यको महत्व गरिएन । साहित्यलाई समाजको ऐना हो भनिन्छ । विद्यमान नेपाली साहित्यमा नेपाली समाजको बहुलवादी संरचना प्रतिबिम्बित नहु”दा नेपाली साहित्य सम्पुर्ण नेपाली राष्ट्रिय साहित्य बन्ने सकेन । अबको साहित्य सम्पुर्ण नेपालीले आफ्नो जीवन अ”टेको अनुभूत गरेको हुनु पर्दछ ।
बहुमतले अल्पमतलाई सधैं निलिबसेको हुन्छ । अन्तराष्ट्रीय स्तरमा भूमण्डलीयकरण नया” मुखुण्डो भिरेर विश्व एक ग्रामको नारा लिएर आइरहेको छ । यसले बहुसङ्ख्यकको भाषा, धर्म, संस्कृतिले अल्पसङ्ख्यका भाषा, धर्म, संस्कृतिको पहिचान नष्ट गर्दै अस्तित्व नै समाप्त पार्ने कुटिल चाल खेलिरहेको छ । परम्पराको पहिचान समूलरुपमा मेटेर ठूलोभित्र सबै सानालाई सम्मिलन गराउ”दा कदापि राष्ट्रियता भन्ने कुरो दरिलो बन्दैन । यसको सट्टा समान सहभागितात्मक र समतामूलक उपस्थिति भएमा राष्ट्रियता, राष्ट्रिय अखण्डता र राष्ट्रिय गौरव कायम भइरहन्छ । तर्सथ यस्तो तथाकथित भूमण्डलीकरणको अस्वीकार हुन्छ ।
हामीलाई यत्रो जाति, जनजातिले निर्मित समाज छ । ती प्रत्येक जातिको धर्म छ, संस्कार छ, परम्परा र जीवन पद्धति छ र धर्मदर्शन छन् तर एउटा धर्म दर्शनले अन्य धर्मदर्शनलाई महत्व नै दिएनौं । ती नेपालका अन्यभित्र के दर्शन छ समम सोचेनौं । बोरु धमाधम पश्चिमा दर्शनतिर हाम फाल्यौं । उनीहरूले जे जे भने गरे हामीले आ”खा चिम्लेर अनुसरण गर्यौं । त्यसैर आज पश्चिमा दर्शनको पछौटे मात्र भएर निरिहता प्रकट गर्नु परिरहेछ । विश्व साहित्यमा आफ्नो सिद्धान्त जन्माउन सकेनौं । पश्चिमा भन्दा भिन्न आफ्नो दर्शन हाम्रा हातमा आज छैनन् । हामीस”ग धर्म दर्शन छन्, मुन्धुम छन् । अनुभवका चाङ छन् तर त्यसलाई सिद्धान्तिकरण गर्नै सकेनौं । पश्चिमाहरूले सानो अनुभवलाई सिद्धान्तिकरण गरिरहेका हुन्छन् । हामी चाहि” अनुभव मात्रै गर्दै हुन्छौं । त्यसैर अब नया” सिद्धान्त बनाउने मेकानिजम सिकौं र हाम्रो बहुदलीय समाज र विविध मुन्धुम, धर्म दर्शन तथा स्थानीय अनुभवहरूबाट उत्तरआधुनिक साहित्य निर्माणमा पुर्बीय चिन्तनको सैद्धान्तिक खोज गरौं । यसैबाट उत्तरआधुनिक स्व-पहिचानिक पुर्बीय पाठको निर्माण गरौं ।
सिङ्गो जिल्ला त एउटा टोल पो !
नयाँ पुलको अर्को नाम रहेछ, सल्ल्यान । राप्ती अञ्चलको सल्ल्यान जिल्लामा थिएनौँ—गण्डकीको एउटा टोलमा यतिखेर थियौँ हामी । पोखराबाट सँगै आएको नागबेली बाटो लर्कियो बाग्लुङतिर । हो, त्यहीँबाट बाटो छुट्टिँदो रहेछ ।
पुग्नु थियो घान्द्रुक ।
एक हुल साथीहरुको तामझाम यस्तो थियो, मानौँ ती सगरमाथा उक्लँदैछन् । Continue reading →
माओवादी युद्धको चरमसीमा सेलाए सि फक्ताङलुङ् अर्थात् कुम्भकर्ण हिमालको परिसर नियाल्ने वैदेशिक यात्रुहरु फ्याट्टफुट्ट रुपमा यता पनि देखा पर्न लागेका छन् । निकै वर्षदेखि ग्राभेल जीवन भोगेको वसन्तपुर–जिरी खिम्तीको यो हिमाली कच्ची सडक पछ्याएर आउने कुइरेहरु यो जिरी खिम्तीबजारमा अनौठा जन्तुझैं रमिते बन्छन् । जो आफैं रमिते हेर्न आएका हुन्छन् । Continue reading →
केटाकेटी हुदा लाग्थ्यो यि विदेशीहरु यस्तो उकालोमा लठ्ठी टेकेर यत्रो झोला बोकेर किन हिडेका होलान ? हामिले खेल्ने गरेको चियाबारीमा किन घुमेका होलान ?आहिले थाहा हुदैछ यात्राको महत्व ,फिरन्ते हुनको स्वाद ।
सूर्य उदाउ“दाको सुन्दर दृष्य, लहरै सेता अविछिन्न हिमचुचुराहरु, पूर्वाञ्चलका १६ जिल्ला र त्यसका शहरी क्षेत्र, भारतको दार्जिलिङ, सिक्किम, कालिङपोङ, सिलिगुढीसमेतलाई हेरेर मनमोहकता स्पर्स गर्न सकिने कुरा जानकारीमा रहेपनि पाँचथरको लिम्बा गाविसको अधिकाश भुभाग र थप तिन जिल्लाको सिमानामा रहेको मिक्लाजोङ पुग्ने अवसर पाएको थिईन । महाभारत पर्वत श्रृखलामा पर्ने धार्मिक, सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक महत्व वोकेको पर्यटकिय क्षेत्र ‘मिक्लाजोङ’ पुग्ने अवसर नेपाल पत्रकार महासंघ पाँचथर शाखाले युनिसेफले जिल्लामा सञ्चालन गरेको डकाव कार्यक्रमको अभिलेखिकरण का लागि सञ्चालन गरेको कार्यक्रमले दिलायो ।जुन नविसर्ने गरी सम्झनाको कलिभरमा अटो ग्राफ बनेर बसेको छ ।
यात्रा रहेछ जीन्दगी …. भन्ने गित त्यसै लेखीएको ,होईन गाईएको होइन लाग्ने गरिरहदा लिम्बा गाविसमा अभिलेखिकरण कार्यक्रम को लागि सम्पन्न गर्नुपर्ने अन्तक्र्रिया कार्यक्रम चल्दैगर्दा स्थानिय सामाजिक कार्यकर्ता तथा मिक्लाजुङ पर्यटकिय क्षेत्र विकास समितीका सदस्य सुविन्द्र तामाङ सँग मिक्लाजोङ पहाडको यात्रा तय गर्ने सल्लाहा भयो । सोहि सल्लाह जीवनको एउटा नविनतम यात्राका लागि कोसेढुङ्गा बन्न सफल बन्यो । सो क्षेत्रको लागि नयाँ भएतापनि पत्रकारीता का कारणले चाडैँ वनेको सामिप्यताले हामिलाई मिक्लाजोङ सम्म को यात्रामा साथ दिने साथिहरु पनि भेटिए । सुर्याेदयको दृष्य अत्यान्त राम्रो देखिने गन्तव्यको रुपमा पछिल्लो समयमा पुर्वाञ्चलमा चर्चित वन्दै गएको मिक्लाजोङवाट सुर्योदयको दृष्य हेर्ने रहरमा रमाउदा रमाउदै कार्यक्रम सक्दा साझको ४ बझिसकेको थियो ।
कार्यक्रम स्थलवाट सोहि रात वास वस्नकालागि मिक्लाजोङ आधार क्षेत्र लेकगाँउ भन्ने ठाँउमा पुग्नै पर्ने रहेछ नत्र सुर्योदय हेर्न नपुगिने । रात भएर केभो मन आत्मिय छन् यस्तै यस्तै लागेर सिरेटो मस्त रातमा यात्रालाई आफ्नो बनाउने रहर गरियो । सर केहि खानु पर्छ नत्र पुगिदैन हाम्रो यात्राका सहकर्मीहरु ले भने । केहि भित्र त चाउचाउ र त्यो ठाँउमा पाउने सिक्खीमे (रक्सी) पो रहेछ । प्रेसर लो ले रक्सि खान छोडेको एक महिना भइसकको थियो रक्सि नखाई रातको समयमा उकालो चढ्न नसकीने कुरा चलेपछि विखलवन्दमा परियो । सुविन्द्र जि तथा लेकगाँउकै हाम्रो यात्रका सहयात्रि हस्त किसोर राई र कृष्णभानु राईको जवरजस्तिका कारण आधा क्वाटर जति सिखिमे खाएर निस्कियौ । यतिका अलमलले पाँच बझिसकेको थियो । साझ छिप्पिदै थियो,तन विस्तार विस्तार तात्दै गयो । मन गुलाफ बनेर मगमगाए जस्तो थियो अनुभुत्तिको तहमा ।तातो जोश लिएर उकालो लाग्न थाल्यौ । त्यहि वेला तिमिलाई सम्झिरहे ,सम्झिए तिमी अर्थात प्रियतामा । यो यात्रामा तिमि भएकी भए कति मज्जा हुन्थ्यो होला ? आखाँ भरि तिम्रै तश्विर झल झली आहिरहयो ।
कार्तिकको पहिलो साता चिसोले मटु छुन खोजेपनि मनको तातो धकेल्नि खोजीरहेको थियो । केहि वेरमै टर्ज र मोवाईको उज्यालोमा उकालोमा चार जना हिडिरहयौँ । मोटरसाईकलमा पछाडि स्थानिय दुई युवा घनश्याम घिमीरे र रामु वाँस्कोटा आहिरहेको सुचना पाइरहेका थियौँ । निक्कै उकालीएपछि सडकै सडक हिड्नु पर्ने रहेछ । एक हप्ताको लागि पाँचथर जिल्लाको दक्षिणी क्षेत्र हिडेकाले मेरो झोला निक्कै गरुङ थियो ।एककिसिमको सुमधुर जोश पैदा भएर हिडिरहयौ हिडिरहयौ ।थोरै वोल्यौ धेरै हिड्यो,बिशेषता भन्दा फरक भईएछ यसपाली ।नबोली हिडिरहदा तिम्रो याद आहिरयो आहिरयो…. ।रातको गन्तव्यको आधावाटो पार गरेका रहेछौ सुवेन्द्र जीले भन्नुभो सर मे १ ठ (मेची अञ्चलको एक नम्बर ठर्रा ) हालौन । नाम सुन्दा निक्कै हास उठ्यो । झोलामा बोकेको उहि सिक्खीमे चुसेर यात्रामा लाग्यौँ । दिनभरको धावा थकानले सिमा काट्दै थियो ।वोतलवाटै घट घट रक्सी खाईयो कलेजोको विरुद्धमा ,सुर्योदयको उत्कट चाहानमा ।वदलवाट रक्सिखादा कोक्याएको घाटि लिएर उकालीयौ कार्ययोजनको मार्गमा ।
करिव नौ वजे लेक गाँउ पुगियो ।लेकगाँउ कस्तो छ अध्यारोमा के ठम्याइन्छर ? अगाडि जता जता हिड्छन् उतै उतै सुमु सुमु । घनश्यमा जि र रामु भाई पनि आहिपुगे । अध्यारोमा खासै ठम्याउन नसकेको लेक गाँउमा मिक्लाजोङलाई मध्यनजर गरेर होमस्टे वनाइएको रहेछ । हाम्रो वासको व्यवस्था हस्तकिसोर दाईमा रहेछ । सुविन्द्र जी र कृष्णभानु दाईले लोकल कुखुरा खोजेर ल्याउनु भयो बेजोडको आतिथ्यता थियो त्यहाँ ।
अव थत्तेरीका (कुखुरालाई साथिहरुले भन्ने नाम) र झैकट्टे (लोकल रक्सिलाई साथिहरुले भन्ने नाम) सँग जम्नु पर्छ भन्दै साथिभाई तयारीमा लागे म भने तिमीलाई फोन गर्न थाले । रक्सि खाने होईन्नी मान्छे घटेर ४२ केजी भईसक्यो ,कता जाने भनेर कता पुग्छ तिमीले यसै भनेकी थियो खै मन कहाँ मन्छर ? आखिर मान्छेको मन न हो ।म त्यतै हराएछु …
कुखुराको तिते र ग्रेभी बनाएर साथिहरुले वोलाउनु भयो ।विशिष्ठ पाउनलाई मात्र दिनलाई राखेको स्थानिय चुथ्रोको फलवाट वनेको रक्सि कोमा (हजुरआमालाई राई भाषामा कोमा भनिन्छ )ले अगाडि राखिदिनु भयो ।बटुकामा चुथ्रोको रक्सि ,अगाडि कुखुराको मासु साझ विस्तार जम्न थाल्यो । म त हेर्दा हेर्दै जडाह पो हुन थाले । चुथ्रोको रक्सित वावा सवै झ्याप ।घनश्याम जी पिउदाँ पिउदै भन्ने गित गाइरहनु भएको थियो । साथ हस्त र भानु दाईले दिईरहेका थिए । मोवाईलवाटै मादकता भरिएको भाव फेसवुकमा पोष्ट गरिरहयौ ।कमेन्ट र लाइकको केहि मतलव भएन त्यति वेला । फरी तिमीले फोन गर्न थाल्यो मत उहि भिजेको विरालोन भए ।डाक्टर नखानु भनेकै छ ,स्वास्थ्यले पनि कहाँ साथ दिएको होर तर त्यो प्यारो आत्मिय आत्थ्यितालाई कसरी नर्कान सक्थे होलार ? पिउदा पिउदै निक्कै धेरै मातिएछ ,रातपनि निक्कै वितेछ सम्भु राईको कैले रमाइलो हुन्छ भेटघाट हुदामा ….भन्ने गित धेरै पल्ट दोहोराईयो । ।करिव १२ बजे ओच्छ्यान लाग्यौ विहान दुइ वजे उठेर सुर्योदय जाने तालिका वनाएर ।
एकै चोटि सवैको मोवाईलमा अर्लराम कराएपछि हामिले निन्द्रालाइ धकेल्यौँ ।टाउको भारी थियो । लेकको चिसोले मुटुलाई खेलाईरहेको थियो । रक्सिले पिल्साएको घाटि वलिरहेको जस्तो लाग्दै गयो ।तिमीले भनेकै होनी नखानु भनेर खाईहालीयो ओफ मनमा यस्तै तर्कना आए । मनैवाट आएको अभिलासालाई कस्ले छेक्छर ?प्यारो निद्रा त्यागेर जर्याक्क जुरुक उठेर उकालीयौ । झैकट्टेले दुखाएको टाउको ,खहरीएको तन लिएर पाँच जना सुनसान उकालो लागिरहयौँ ,लागिरहयौँ , अनेकन घुर्मिला डाँडा पार गरिरहयौँ । विहानिकोयात्रा को गति तिव्र भयो घामको पहिलो झुल्को हेर्ने चाहाना झनै । पशिना तप तप चुहिरहयो ,सायद चुथ्रोको रक्सि पनि वगिरहेको हुनु पर्छ । खुट्टा वाउडिन खोजे तर सुर्योदयको दृष्य उम्किने डरले हाम्रो यात्राले निरन्तरता पाईरहयो । पोलेको छाति ,दुखेका टाउको न पानी न खाजा सपनाको वाटोमा परिकल्पनाको छाँया सजाउदै हिडिरयौ चुप चाप ।चुप चाप हिड्नुको मज्जा फेरी अर्को पल्ट भोगियो तिमी सँगको पहिलो भेटमै बनेको यात्रा पनि त यस्तनैत थियो । तिमीले मलाई हेरेर लजाउथ्यौ ,म लजाउथे अनि चुपचाप चुपचाप … वर्षाको समय वाटो जंगलै जंगल थियो सितले पेन्ट भिज्यो,अल्लोेले ठाँउ ठाँउमा पोल्यो र पनि हामि हिडिरहयौ । तिर्खालागेर अत्यान्त गारो भयो दुर्भाग्य पानी खान पाइएन ।सुख्खै निम्स खाएर उकालो हिड्नुको नमज्जा बेसरी भोगियो यस पल्ट ।
हाम्रो पदपर्दशक हस्तकिसोर दाई वाहेक स्थानिय भएतापनि अरु साथिहरुले सुर्योदयको अवलोकन गर्न पाएका रहेन्न छन् । सुविन्द्र जिहरुले केहि पल्ट प्रयास गरेपनि मौसमले साथ नदिएको रहेछ ।धार्मिक महत्व वोकेको मिक्लाजोङलाई प्रार्थना गरिरहयौँ मौमस राम्रो होस भनेर यस्तै मौका न रहेछ भगवानलाई सम्झने अरु वेला त उहि गुच्चा न हो । मिक्लाजोङ डाँडा ,जति हिड्यो उति टाढा यता त प्रचलित गितनै रहेछ । एक डाँडा काट्यो अर्को डाँडा आहिहाल्ने ।तन थाके पनि मन कहाँ थाकेको थियो र ? बल्ल साढे चार वजे मिक्लाजोङ पुग्यौँ । पुर्वीय क्षितिमा सुनौला किरणहरु मस्त सँग लुकामारि खेल्दै थिए तर सुर्योदय हेर्नकालगि भनेर वनाइएको भ्युटावरलाईत अग्ला अग्ला रुखले छेकेको रहेछ । फसाद सुरु भयो ।
हामि पुरै सुर्योदय हेर्नका साथै तश्विर कैद गर्ने चाहाना वोकेर त्यहा पुगेका थियौ ।झनै मेरो पत्रकारीताको क्षेत्रले । फिदिमवाट विरैलै पत्रकार पुग्ने ठाँउ भएकाले बेग्लै किसिमको अनुभुत्तिले राज नगरेको होइन । हाम्रो चाहानालाई अग्ला अग्ला रुखले छेकेका थिए । हामि विकल्पको खोजीमा लाग्यो ।हामि हार्ने सुरमा छदै थिएनाँै । एउटा अग्लो रुखको हागा फाडेर रुखवाट सुर्योदय हेर्ने योजना वन्यो । सुविन्द्र जीले रुखका हागा काटेर नयाँ भ्युटावर वनाउनु भयो दुखको कुरा म कम रुख चड्न वानी नभएकोले निक्कै गारो भएको थियो । साथिहरुले तानेर ,जवरजस्त रुखमा चडियो । २५ सय मिटरको उचाई भएकाले चिसो अत्याधिक थियो । मसँग त टोपि पनि थिएन । पाँच जना एकै रुखका विभिन्न हाँगामा वसेर सुर्योदयको प्रतिक्षा गरिरहयौ पुर्वीय क्षितिज निहाल्दै ,आकास प्रष्ट थियो । यति अग्लो रुखमा पहिलो पल्ट चढेको गर्व म सँग थियो घरमा फोन गरे दिदिले निन्द्रमै उठाउनु भयो रुख चढेको कुरा कहाँ सुनाउन पाईयोर ?अग्गो पहाडको रुखवाट फेरी तिमीलाई सम्झिए ।भाग्यमानिलाई वधाई छ जहिले घुम्न एक्लैत जाने होनी बैमानी अल्लि ढर्रा पार्दै तिमीले यस्तै भनेकी थियौ । म पनि कस्तो मान्छे है कहिले सँगै घुम्न गएको होईन सिवालय मन्दिर वाहेक ।
सुर्योदयको प्रतिक्षामा हामि वस्न थाल्यौ अह सुर्योदय भएकै होईन । पखाईको पिडा त्यहि वेला भोगियो वेसरी ।कलेज जादा विहान तिमीलाई दस मिनेट पर्खदा कति गारो हुन्थ्यो अहिले त झन दश मिनेट कहाँ होर ? प्रेमीकाको पर्खाईमा उद्देलित भएर वसेको प्रेमी झै घामको पहिलो झुल्कोको प्रतिक्षामा वसिरहयौँ । चिसोका कारण हात ठि¥यायो । जिउ लग लग काम्न थाल्यो । रुखको हागा समाएको हात चिसाले वाउडिन खोजीरहयो ,खुटा सहि ठाँउमा टेकिएको होईन ।जाडोले कम्पन दिईरहयो सुर्योदय भएको होइन ।रुखपनि उस्तै आफ्ठ्र्यो सम्झदा अहिले पो डर लाग्छ । हामि पुर्वी आकासमा फैलीएको रातो रेश्मी हेरीरहयौ हेरीरहयौ । चिसोले वेसरी च्यापेपछि पटक पटक झैकट्ट,मे१ठ नसम्झेको होईन तर सम्झेजति ,चाहेजति कहाँ हुन्छर तिमीले यसै भनेकी थियौ ।निक्कै समयको प्रतिक्षा पछि सुर्योदय भयो तर हामिले हेरेको ठाँउमा होइन ,त्यहा भन्दा निक्कैतल वाट ,जहाँवाट पहाडमा सुर्योदयको छाया लागिरहेको थियो । अत्यान्त सुन्दर,भव्य मनमोहक किसीमले सुर्योदय हुदो रहेछ । मैले त सोचे भन्दा फरक देखे आहाँ ….हेर्ने ,क्यामेरामा कैद गर्ने र रुखमा अडिने प्रयास हाम्रो जारी रहिरहयो ।सुर्यले विभिन्न चरण पार गरेको अत्यान्त आर्कषक दृष्यले मोहित भएका हाम्रो मुखवाट वाओ वाओ वाओ आवाज आहिरहयो ,आहिरहयो .. दुखको विचवाट तिम्रो अङ्गालोको सुमधुर भान भईरहको थियो मलाई । स्थानिय भएर पनि पहिलो पल्ट सुर्योदय भोगिरहेका रामु,सुविन्द्र र धनश्याम जि अत्यान्त हर्षित देखिन्थे । सुर्योदयले आकार लिन केहि समय लाग्दो रहेछ । राम्रो थोरै हुन्छ,सुन्दरताको समय कम हुन्छ यस्तै भोग्यौ हामिले । हामिलाई त कता कता संसारकै सवैभन्दा महत्वपुर्ण चिज पाएजस्तो भयो ,तिमीलाई घर भित्र्याएको जस्तो अनुभुक्ति गरे । साच्चै सुन्दर र आर्कषक सुर्योदयको दृष्य देख्न पाईने रहेछ मिक्लाजोङवाट । घनश्याम जि र मैले रुखकै टुप्पावाट फेसवुकममा स्टाटस भर्यौ ,लग्गत्तै तिम्रो कमेन्ट आयो ल ल वधाई छ बैमानी हे हे हे । केहि आत्मिय साथिहरुलाई फोन गरेर सुर्योदय हेरेको खवर बाढ्यौ । भावनमा अति वगिरहे ,मुटुको चाल सँगै । उता घरवाट फोन आयो आज सुर्य पश्चिमवाटै उदाउनु पर्ने हो ,यति विहानै फानेमा गफ भयो ममिले भन्दै हुनुहुन्थ्यो ।
रुख त चढियो ओर्लन कति गारो हुदो रहेछ वाफरे ।रुखवाट ओर्लिएर रुखका पातहरु भेला गरेर केहि समय आगो ताप्यौ । भ्युटावरवाट देखिने पुर्वका जिल्लाहरु र छिमेकी भारतका क्षेत्रहरु अवलोक गर्यौ ।मन हावसरी वगिरहेको थियो । नधोएको चेहेर मन्द मन्द मुस्कान छरिरहेको जस्तो लग्थ्यो । मैले केहि विस्कुट बोकोको थिए खायौ । उकालो हिड्दै सुकेको मुख झन सुकिरहयो । हामि मिक्लाजोङवाट देखिने दृष्य अवलोकन गरेपछि अन्य धार्मिक सम्पदाको अवलोकनमा लाग्यौ । मिक्लाजोङ अत्यान्त वृहद,सम्पदाको खानी ,थप विकास गर्न सके अत्यान्त आर्कषक पर्यटकिय गन्तव्य रहेछ । केहि भौतिक विकासको अपेक्षा रहयो हाम्रो । मिक्लाजोङ डाडाँ एक फन्को लगाएर प्राकृतिक सुन्दरता,धार्मिक सम्पदा अवलोकन गर्दै ओरालीयौ विशाल जंगलको विचवाट लेकगाँउ तिर । फेरी आउछौ है भन्दै मिक्लाजोङलाई विदा मागेर ।प्रिय मिक्लाजोङको मन्द मुस्कानको विदाई साच्चै भव्य थियो ,उसको मुस्कान तिम्रो जस्तै थियो ।साच्चै प्यारो ,साँच्चै आत्मिय ।
टप्प !
टप्प !!
सियो खसे आवाज हुने सून्यतामा यो आवाज उनको आँखाबाट खसेको आँसुको थियो। आज आइतबार, विदाको दिन, बितेका दिनहरुको एल्बमको पाना पल्टाइरहँदा फिलिपको आँखाबाट त्यसरी आँसु बगिरहेको थियो।
आँसुले एल्बममा रहेको माछापुच्छ्रे हिमाललाई पृष्टभूमि बनाएर हाँसिरहेकी एक युवतीको तस्बिर पूरै भिजिसकेको थियो। सुरेखा- फिलिपकी पत्नी थिइन्। भिजेको तस्बिरलाई पुछ्दै फिलिप फेरि अतितमा डुब्यो । —- — — —— Continue reading →
पत्रकारहरुको एक टोलीले त्यस गाउँको अध्ययन भ्रमण ग¥यो । जस्ता पाताको टिलिक्क टल्कने छानोको रहर बोकेका गाउँलेहरु छोरी जन्मदा औधी खुशी हुन्छन् भन्ने समाचारले सर्वत्र सनसनी फैलिएको थियो ।
बुद्धिजीवीहरुले बहसको विषय पाए । गैर–सरकारी संस्थाहरु आकिर्षित भए । तारे होटलहरुमा गोष्ठी र सेमिनार चले । Continue reading →