विधिले घात गर्यो र रोए
नियतीले खुशी हर्यो र रोए
बतासको त्यो एकै झोंकामा
सिउँदोको फुल झर्यो र रोए
डुवाएर आज माझधारसा एक्लै
डुंगा र माझी तर्यो र रोए
न बाँच्न सके न त मर्न नै
मुटुमा शूल पर्यो र रोए
त्यस्तो बज्रपात अरु सव के हुन्थ्यो
मर्नेको देवता मर्यौ र रोए
रजनी राई
गोगने-९ भोजपुर
एम.एड. प्रथम वर्ष सुकुना
(स्रोत : Ekabita.blogspot.com)

