फुल छ मेरो हातमा तिमि जुन खोज्छेऊ
माया छ ममता छ खालि सुन खोज्छेऊ
उत्साहको सागरमा सुन्दर चाहा बुन्दा
बिरहमा आशु बग्ने तिमि धुन खोज्छेऊ
अर्थ खोइ समपर्ण्र्ाााव गहिराइमा
बिना अर्थ बगाउन किन खुन खोज्छेऊ
भएजति दिन सक्छु नभएको के गरौ
म सगै नभएको अनेक गुन खोज्छेऊ
हुने कुरा भइहाल्छ नहुने किन सोच्नु
जगाएर रहर क्षितिज छुन खोज्छेऊ
(स्रोत : Rajbanskota.wordpress.com)

