हेर्दै,
परागकणहरु बाँचेको !!
भर्दै,
टोकरी स्वेत–जीवनको !!
…समानता
उहि भ्रुणहरु
उस्तै बिकासक्रम
अनुमानीत
कर्मकलम पनि
एकै … अनुहारका !! Continue reading
हेर्दै,
परागकणहरु बाँचेको !!
भर्दै,
टोकरी स्वेत–जीवनको !!
…समानता
उहि भ्रुणहरु
उस्तै बिकासक्रम
अनुमानीत
कर्मकलम पनि
एकै … अनुहारका !! Continue reading
नेपाल आमा,
सास्टाङ्ग दण्डवत!
फोन मा हिजै कुरा त भा’को हो, तिम्रा धेरै कुरा स्पट बुझ्न सकिन कुरा गर्दा गर्दै तिम्रो बिजुली प्रसाद छोरो सुत्यो कि दुर संचार प्रसाद यो फोन नम्बर मा फोन गर्न निशेध गरिएको छ भनी लाइन काटियो ।तिमी निरास होउली भनेर यो चिट्ठी लेख्दै छु ।हुलाकी छोरा ले नहराइ हडताल नगरि बेलै मा पुर्याइ देला भन्ने आसा राखेको छु । Continue reading
“मोन्टेनेग्रोे” युगोस्लाभियाको एउटा राज्य । खण्डित भइसकेको र हुने क्रमको देशको एउटा सानो ठाँउ । सर्बियन र अल्बेनियनको बस्ती रहेको यो सानो ठाँउ युरोपकै सुन्दर सामुदि«क किनार “सी बिच” को सुचीमा पर्छ । हो, मैले तिमीलाई पहिलो पटक भेटेको पनि यहिं हो ।
तिमीलाई भन्नै सक्तिन म, कति रोमान्चित भए‘ तिमीसँगको पहिलो भेटमा । ‘पहिलो’ शब्द यसै पनि रोमान्चक हुने गर्छ । जहाँ पनि पहिलो राम्रो हुने गर्छ । दुई क्लासमा ‘पहिलो’ हुँदा हजुरबुबाले मेरो बुबालाई दिएको ‘चार आना’को ढ्याक बुबाले जीवनमा पाएको पहिलो ढ्याक भन्दै आजसम्म हामीलाई सुनाउनुहुन्छ । त्यसैले होला पहिलोको सबैमा रहर बढेको । सामान्य जनजीवनदेखि लिएर अन्तराष्ट्रिय स्तरमा नै पहिलोको चर्चा निकै हुने गर्छ । Continue reading
अधिक सोचको बिफल परिणाम
नचाउदैछन आँखाभित्र हत्केलाहरुले !
निस्सासिएर ओच्छ्यानमै
चेतना-शुन्य हुँदैछु !!
हुन्नन अरुहरु
र,
जो कोहीहरु
सन्तुलन गुम्ने डरले Continue reading
प्रगाढ मित्रताको आयतनमा फैलदो प्रेमको तलाउभित्र उद्वेलित तृष्णाका तरङ्गहरु यदाकता छछल्किन खोज्थे । सागर आफैं तिर्खाए जस्तो तिर्खाएका उनीहरुमा एकअर्काभित्र डुवुल्की मार्ने चाहना उर्ले पनि सीमिति थिए एक आपसमा । र सीमित रहे वर्षौसम्म । मित्रता र भेटघाट भने निरन्तर थियो। Continue reading
परिभुत नगर प्रिय
तिम्रो पासण हृदय भित्र एक पटक त राखी हेर,
परिपवल हृदय भित्र कता कता चर्की दिन्छ
परिपेवल तड्पे झै, तरंगित आत्माहरुमा सल्बलाइदिन्छ
तिम्रो मनको परिमार्ग भित्र पुग्न सकिन
तिम्रो मनको परिबोध बुझ्न सकिन।।।।।।।।।।। Continue reading
~सञ्जय बिष्ट~
‘‘पर्दैन, होस् त्यस्तो काम,’’ आमाले भनेकी थिइन् उसलाई।
‘‘विचारालाई साह्रै दु:र्ख भयो, हामीले हेर्न सकेनौँ…’’ वर्ष दिनअघि एकैचोटि राम्रो ओहोदामा पुगेकी बहिनीले पनि थपेकी थिई।
हुन पनि राम्रै ओहोदामा पुगेपछि अवकाश ग्रहण गर्ने बाबुको पेन्सन थियो। त्योभन्दा राम्रो ओहोदामा पुगेकी आमाको नोकरी अझै सात-आठ वर्षै थियो। तुलनात्मक दृष्टिकोणमा अझ माथि पुगेकी बहिनीको पनि घरदेखि टाढ़िने छॉंटकॉंट देखिँदैन्थ्यो। त्यसलै उसलाई उसका कतिजना साथीहरूझैँ घुमिहिँड़्दा हुन्थ्यो। Continue reading
जुत्ता मानिसहरुले जुत्ता कहिल्यै देखि लगायन थाले, कुनै पक्का तिथि मिति थाहा छैन। इन्टरनेट सर्च गर्या भए भेटिन्थ्यो होला, तर खोजिएन। तर परापूर्वकालमा खराउकै नाममा भएपनि जुत्ता लगाउने चलन चाहिँ पक्कै थियो। रामायणमा बनवास, राम अनि भरतको प्रसङ्गबाट थाहै पाउनु भयो होला। जुत्ता थरि थरिका हुन्छन् मेरो मतलब बन्ने सामाग्री र डिजाइन (जीनिस) को आधारमा। लेडिज जुत्ताको कुरै नगरौं। यसको एउटा अर्को महात्म्य नै बन्छ। Continue reading
एकादेशमा एउटा जङ्गल थियो । त्यस जंगलमा थरी थरीका रुख – बुट्यान थिए । नजिकै बाट मनमती खोला बग्थि । जङल नजिकै एउटा सानो टपरी गाउ थियो । टपरीगाउमा एउटा सानो चिट्ठीक्क परेको घर थियो जहाँ माया नामकी केटी बस्थी । माया टुहुरी थिई तर गाँउलेहरु को मायाले उस्ले टुहुरी महशुस गरेकी थिईन आफूलाई । उ हाँसी खुशी बाँचेकी थिई । Continue reading
~श्याम लामा~
कसैको बास प्रबास नहोस्
कहिल्यै जिबन हतास नहोस्
साग र सिस्नु ढिडो आठो बेश
अर्काको देशमा लाश नहोस् Continue reading
~इन्दु फोम्बो~
म,
भित्रको खेदा? लाई
पढ्न खोज्दा एक्कसी
यात्राहरुमा आफु उभिन्छु।
र, त
मेरो जवानीलाई च्यापेर
छिन्नभिन्न भएको
ठुलो हलचलमा तारेपु झैं
कुलिङ्देनलाई उडि दिन्छु।
जब द्धन्द युद्धमा
स्वासको त्रि्रता संगै
दौडिन्छु अलिकसिक ‘म’ को खोजीमा। Continue reading
(मन्दाक्रान्ता)
आशा नै हो मनुज सुखको चेतना सत्य बीज
आशा नै हो सुख सयलको भावनाजन्य बीज
आशा नै हो सकल मनको कर्म माधुर्य भक्ति
आशाले नै हृदय तलमा राख्छ आरोग्य शक्ति ।।
हुन्छन् पीडा जति पनि यहाँ आशले हर्न सक्छन्
सारंगीका सरस रवले त्रास नै मर्न सक्छन्
होलान् पक्कै फरकपनका त्रास सन्त्रास सारा
आशाले नै सहजसितले गर्न सक्छन् सहारा ।। Continue reading
~मनोज दाहाल~
कथामा चार पात्र छन्- वाइके, उसकी पत्नी, फलानो र उसकी पनि पत्नी। कथामा फलानोकी पत्नीको भूमिका गौण छ। मुख्य भूमिका वाइके, उसकी पत्नी र फलानोको छ। वाइके र उसकी पत्नीबीचको नौ वर्ष लामो वैवाहिक जीवन फलानोकै कारण कसरी तहसनहस भयो? कथा यसरी सुरु हुन्छ :
२०६८ असार १५। Continue reading
हातमा समाई उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो
सारीको सप्को माथि सार्नुको मज्जा बेग्लै थियो
वारिबाट पारिसम्म छोटो बाटो भए पनि
आलेटाले गर्दै बेला टार्नुको मज्जा बेग्लै थियो Continue reading
तिम्रो मन्द मुस्कानमा
प्यारै प्यार को हार देखे |
त्यही प्यार भित्र आज
धारिलो ति तिर पाए ||
गुलबी ति अधरमा
फुलै फुल को रस भेटे्र्र
त्येहि रस भित्र आज
बिसयुक्त पान पाये || Continue reading
~गणेश कार्की~
उ हास्यो. पेट मिची-मिची हास्यो । उ हासेको देखेर वरिपरिका अरु पनि हास्न थाले । उ धेरै जनासंग केहि बेर हासिरह्यो । Continue reading
~मेदिनी पाइअस~
(१)
जति जे भन
पुतली न हो तिमी
गुलाव माक्तै
चहारीरहन्छौ र
छाडीरहन्छौ त्यसै ।
(२)
ओ ….सोल्टिनी ज्यू
तिमी नै भन त लौ
तिम्रो त्यो ज्यान
रिकुटेलाई हो या
खास सोल्टी ज्यूलाई ?
(३)
तिमी छौ र त
मेरो नि जीवन छ ,
यै छातीनिर
तिमी धड्किरहन्छौ
म सास फेरिरन्छु ।
(४)
तोङ्वा भन्दा नी
झनै रसिलो छ है
तिम्रो मायां त
जति चुस्यो उति नै
मात लागिरहने ।
(५)
तिमीलाई म
न जून भन्न सक्छु
न त तारा नै
नदिंउ त उपमा
मन मान्दै मान्दैन ।
(असोज ३० गते २०६६ )
(स्रोत : Dobato)
~Arun Budhathoki~
Is like a silhouette
Of year?s first spring?s greedy shower,
The waiting place spurned by unhealthy driver
Splashes, the light of darkness dissolves
In the thick purging drops of sympathy,
Rain?s flower bloom from the falling cries
And sighs of the white cloud over the angelic hill Continue reading
~कृष्ण प्र. पाण्डे~
तिमीले ठान्दो हौ बहस गर्दैछु
म बाटो मिलनको सहज गर्दैछु
छ भन कसलाई छुटिने आतूरि
म राम्रो , नराम्रो अलग गर्दैछु Continue reading
~कृष्ण प्र. पाण्डे~
गरुँ तिम्रो बयान चाहाना भयो
फेरि पनि गजल बहाना भयो
लोभ लाग्दो बदन छ सामू मेरो
ओंठ,आँखा, कमर निशाना भयो Continue reading
~कृष्ण प्र. पाण्डे~
हाय बन्दैछ जिन्दगी अफाप तिमी बिना
तिम्रो साथसाथै धेरै अभाव तिमी बिना
माया हुन्छ रे ! मुटुमा साटौँला एक दिन
माया बन्दैन त्यो मेरो अगाध तिमी बिना Continue reading
सपना त थियो राजसी मेरो
मुखमा छुटेन साब जि मेरो
पत्थर बालुवा हातहातै बिक्छ
को किन्छ अनमोल जिन्दगी मेरो Continue reading
अब राम्रा लाग्दैनन् परिका कुरा
उनी बिना रुझेका झरिका कुरा
एक्लो हुँदा यहाँ म छ जीवन कठिन्
उस्तै होलान् बिजोडी चरिका कुरा Continue reading
हल्लिनु भूइँचालोको धर्म हो-
ऊ सधैं जड भएर पनि हल्लिन्छ ।
हल्लिन कुनै चेतन हुन जरुरी छैन भूइँचालोलाई,
ऊ जीवित नभएरै पनि हल्लिन्छ ।
हल्लिन बाँच्नै पर्ने बाध्यता छैन भूइँचालोलाई,
ऊ सासै नभएर पनि हल्लिन्छ ।
भूइँचालो त यमदूतजस्तै छ-
उ कुनै साइत जुराएर आउँदैन ।
दिन, बार, समय र ठाउँको
उ कुनै निम्तो दिएर आउँदैन ।
थाहै नदिई सुटुक्क, Continue reading
भावनामा डुब्दै जादा निक्कै हराएछु
किन किन आफैदेखि आफै डराएछु
खासखुसमा गर्नु पर्ने वात अचम्मको
सबैले सुने क्यारे बेसरी कराएछु Continue reading
के हो शान्ती?
कहा छ शान्ती?
यो त एउटा सुन्यता हो
मुर्दा शरिर भित्र मात्र
अटाउने यो शान्ती । Continue reading
कथाकार दिवाकर नेपालीज्यू मानिसभित्र अतृप्त चाहनाको शृखला कसरी खडा हुँदोरहेछ र कसरी भत्कदो रहेछ अनि फेरि कसरी उठ्दो रहेछ भन्ने कुराको प्रत्यक्ष उदाहरण हामीबीच भएको एउटा घटनाबाट म यहाँ उदधृत गर्न गइरहेको छु । यो घटनाको नायकनायिका हामी दुवै हौँ तर तपाई यस घटनाको पहिलो चरणसम्म तपाई विज्ञ हुनुहुन्छ भने दोस्रो चरणप्रति पुरै अनभिज्ञ । आज यो कथाको माध्यमबाट त्यस घटनालाई मेरो कथालयको स्क्रीनमा लग इन गर्न गइरहेको छु । Continue reading
विवेक प्रयोग गरी
निश्चित समय र
नियमभित्र
बस
नत्र तिमी
तरल हुनेछौ।
पुनर्व्याख्या नगर धेरै
निन्दा र प्रशंसा पनि
नगर Continue reading