म माग्ने भए मागिन मैले तिम्रो दरबार
एक सुकी देऊ धर्म होला नगर तिरस्कार
बर्षौदेखि भोको छु म सकिन पेट भर्न
असक्त भइ प्राण धान्न भारी बोक्न सकिन
मरेर लान्नन् धनका थुप्रा कि लान्छौ दरवार
एक सुकी देऊ धर्म होला नगर तिरस्कार
पेटीमा सुत्ने रहर मेरो धनीले सहेन
यति धेरै मान्छेका हुलमा मान्छे भेटिन
तिम्रो त बरै सुनैंको घर सुनैको दरवार
एक सुकी देऊ धर्म होला नगर तिरस्कार
March 8, 2014
(स्रोत : रचनाकारको ब्लगबाट सभार )

