कविता : चैतन्य बोधको नाट्यशाला

~रमेश कंडेल~Ramesh Kandel_1

मैले देखेका सपनाहरु
उछिट्टियर सडक भरी पोखिदै गर्दा
त्यहि संगाल्न कहीले यता उता
भौतारिरहेको यो मन
दासताबाट छलाङ्ग मार्न नसकेर
क्षितिज पारी अस्ताउनै लागेछ/

तर पनि

विश्वासको पूल तयार गर्दै
दुर्बोधी उकालो चढ्न
सामाल तुमल जोड जाम गर्दैछु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रभु मलाई देउ

~बिक्रम श्रेष्ठ “सागर”~Bikram Shrestha 'Sagar'

***प्रभु मलाई देउ***

ज्ञान सुखको प्रभु मलाई देउ,
सबमा प्रेम म बाँड्न सकूँ।
यो वरदान प्रभु मलाई देउ,
नित्य ध्यान म गर्न सकूँ।

डमरुवाला हे भोले बाबा,
जगतका हौ तिमि नै बडा।
देव का देव तिमि महादेव ,
प्रभु नै हौ जगतका पिता। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित निती कथा : लुगा

~खलील गिब्रान~Khalil Gibran
अनु : डा. दीपक कुमार खड्का

एकदिन समुन्द्र तटमा सौन्दर्य र कुरूपताको भेट भयो । उनीहरूले भने, “नुहाऔं न है?”

त्यसपछि उनीहरू लुगा फुकालेर पानीमा पसे । केहीबेर पछि कुरूपता पानीबाट निस्किई, तटमा आई, र सोन्दर्यको लुगा लगाएर हिडी । Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

मैथली कविता : आन्हर केँ शहर मे

~विनीत ठाकुर~Binit Thakur

ऐना केँ कि मोल आन्हर केँ शहर मे ।
भेल उन्टा मुँह सुन्टा अपने नजरि मे ।
ज्ञानक शुरमा लगाकऽ जे बजबैय गाल ।
व्यवहार में देखल ओकरो उहे ताल ।। Continue reading →

Posted in मैथिली कविता | Tagged | Leave a comment

कथा : कथाकारको कथा – ए, को होस तँ ?

~कृष्ण थापा ‘कृष्णपक्ष’~Krishna Thapa - Krishnapakshya

भरिलो यौवन झैं समय अब नयाँ बर्षका दिवसहरु माथि टेकेर पाइला चाल्न थालिसकेको थियो । पृथ्वी युगौं देखि जो अनवरत घुमिरहेथ्यो, एउटा रित एउटा नियम, सुर्य परिक्रमाको एउटा अर्को अध्याय उसले पनि पल्टाई सकेको थियो ।

ब्लग, टुइट या फेसबुक । डिजिटल भित्ता भरि उसरी नै छाएका थिए अंग्रेजी नयाँ बर्षका यी कामनाहरु – तस्विर, शव्द र चलचित्र बनेर । त्यही बर्ष थियो जो एक बर्ष अगाडी नयाँ थियो, यसरी नै आएको, अनेकौं कामनाहरु बोकेर , गुज्रिएर गयो । अब सम्झनामा मात्र रहनेछ । अगाडी घमाइलो सूर्य जस्तो उज्याला नयाँ दिनहरु थिए । जसको आगमनको खुसीमा समय एउटा उत्सव मनार्इ रहेको थियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : यो देश एउटा चिहान घर हो

~तेजविक्रम कार्की~Tej Bikram Karki

यो देश एउटा चिहान घर हो
र हामी मरेका लाशहरु
यहाँ जुनको उज्यालो मध्य रातमा खस्छ
सडक पेटीमा सुत्ने भोका नानीहरुको अनुहारमा
र सहरका घरहरुको भित्तामा चम्कन्छ
तिनका मलिन अनुहार लिएर
यहि सहरमा हामी निसंकोच निदाइरहेका हुन्छौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ऐंजेरुहरु….

~रहन राई~Rahan rai

ऐंजेरुले आहत चित्तोद्यानहरु
इन्द्रिय मार्गसम्म कुरुप फैलिंदा
सत्व-भूमि वैषम्य हुँदैछ दिनदिन,
नव चिन्तनहरु
अस्वस्थ पुरातन चिन्तनको
सङ्क्रमित अवचेतनामा वशीकृत भै
लोलुप, प्रशक्तीसंगै
रंगिन दुनियाँको मोहान्ध बन्दैछन्,
मानौ अब,
सम्यक खोज कसैबाट हुँदैन बरु,
चेत-बिद्वेषको हरेक धार र लहरहरुमा उभिएका छन् चिन्तक। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : उपहार

~रमेश कंडेल~Ramesh Kandel_1

सामुन्द्रीक छालहरुमा
घोर लघुताभाषले खुम्चिएको म
स्मृतिको पानामा टोटलिन्छु
र
चिमोटिन्छु, दुख्छु, पोलिन्छु
प्रेम गर्नु र प्रेमको कविता लेख्नु उस्तै लाग्छन
दुरुहपथमा चल्नु भन्दा कठिन
यथार्थबोधको अचेटाईले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : चिल, चल्ला र चारो

~राम प्रसाद प्रसाईं~Ram Prasad Prasain

खरिदेहरु
स्टिलको ब्राण्डेड घडी भिर्छन्
घैलाडुबातिर गोरूहाट नलाग्ने देखेपछि
बिरिङ खोलाको कटान नरोकिएर के भो र?
युराल दशगजापारिबाट २,४ नामहरू निर्यात गर्छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Story : Story of Love

~Unknown~

A woman came out of her house and saw 3 old men with long white beards sitting in her front yard. She did not recognize them. She said “I don’t think I know you, but you must be hungry. Please come in and have something to eat.”

“Is the man of the house home?”, they asked. “No”, she said. “He’s out.” “Then we cannot come in”, they replied. Continue reading →

Posted in Story | Tagged | Leave a comment

व्यङ्ग्य : यसपाली म मन्त्री नहुने भएँ !

~डा. खगेन्द्रप्रसाद लुइटेल~Dr. Khagendra Prasad Luitel

यसपाली म राजीखुसी मन्त्री नहुने टुङ्गोमा पुगें । यस्तो कमाउदार पोथी छोड्ने कुरो सुन्दा तपाईंलाई आश्चर्य लाग्ला । आश्चर्य नमान्नुस् कुरा साँचो हो । मेरो जन्मकुण्डलीबारे अलिकति थाहा पाए’सि मेरा कुरामा तपाईंलाई पूरै विश्वास लाग्नेछ । म राणाकालको जमदार, अलिपछिको हल्दार । सात सालमा प्रजातन्त्र ल्याउन सक्रिय सेनानी । पन्ध्र सालमा चुनाव लडेको नेता । सत्र सालमा वक्तव्य दिई दीपावलीसमेत गरेको र समयको मागअनुसार जनताको सेवा गर्न त्यतै लागेको राष्ट्रसेवक । गाउँ फर्कका बेला व्यापक सामाजिक सेवा गरी सात पुस्ता तार्न पुग्ने कुम्ल्याएर सहर पसेको समाजसेवी । चुनावी नाटक मञ्चन गर्न बीचबीचमा सरकारी टिकटमा यताउति उडेको अभिनेता । अलिपछि त्यो पनि छोडेर प्रतिनिधि पठाई बुथ ढड्याकढुडुक पारी चुनाव जितेर पटकपटक मन्त्री भएको मान्छे ! Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : युद्ध र म

~गिरिराज बाँस्कोटा~Giriraj Banskota

म एउटा युद्धमा छु
रहरले होमीएको होईन
कथाले यहाँ सम्म ल्याईदियो

हार्ने मन छैन्
जित्नेपनी खासैै चाहाना छैन्
सायद यस्तै दोधार दोधार भएर बाँच्छ जीवन
चुम्ने भनिएका फूलहरु
छाम्दै जादा तिक्ष्ण काडा भएका छन्
त्यहि भएर आशुले लिपिएका हरफहरु
पिडावोधले थिचिएका अनुच्छेदहरु
घोक्नका निम्ति मैदानमा आहिपुगेको छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : अनाम युद्ध

~रमेश पौडेल~

कोमल भावनाको सुललित अभिव्यक्ति एउटा सुन्दर गीत हुन्छ
लतिका हो गीत संगीतको लहरामा लहरिदैं जाँदा उससँग प्रीत हुन्छ
प्राय: अघोषित अनाम युद्ध चलिरहने यो धराधाममा- Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : आँखा जुदाइ नदेखे झै, गर्दा खेरी मजै बेग्लै

~सुमित “प्यासी”~

आँखा जुदाइ नदेखे झै, गर्दा खेरी मजै बेग्लै ।
लजाएर तिमी नजिक, सर्दा खेरी मजै बेग्लै ।।

मैले तिमीलाई जिस्क्याउदा, लजाउदै बोल्छौ तिमी
ओठ टोकी तिमीले कुरा, गर्दा खेरी मजै बेग्लै।
लजाएर तिमी नजिक, सर्दा खेरी मजै बेग्लै ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

नाटक : तिमी मेरी हौ

~भावना परिष्किृत सुनुवार~ Bhawana Parishkrit Sunuwar

स्थानः सर्भेन्ट क्वाटरभित्र रोगी ड्राइभर केदार खाटमा पल्टिरहेका छन् । उनकी छोरी मानसी अस्पताल लैजाने तरखरमा छिन् ।

भाग १
——–
……………..ऐया ……….
मानसीः बाबा रोगसँग यसरी जिद्धि गर्नु ठीक हुँदैन । अनि फेरि तपाईले यसरी हरेश खाुनभयो भने हाम्रो के हाल होला ?
हाम्रो लागि भए पनि तपाईले उपचारको लागि अस्पताल जानै पर्छ । Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

लेख : बाल-कथाहरूमा जनावर पात्रहरूको प्रयोगबारे केही कुरा

~शान्त दास मानन्धर~Shanta Das Manandhar

बालसाहित्यमा लाग्नुभएका हाम्रा धेरैजसो साथीहरूले आफ्ना बालकथाहरूमा जनावर पात्रहरूको प्रयोग गर्ने गर्नुहुन्छ । कथामा जनावर पात्रहरूको प्रयोग बौद्ध साहित्यमा जातक कथाहरूमा भएको पाइन्छ र त्यसरी नै पञ्चतन्त्रका कथाहरूमा पनि जनावर र मानिस पात्रहरूको एक साथ प्रयोग भएका छन् । नीतिकथाहरूमा जस्तै इसप नीतिकथामा पनि पशुपंक्षी पात्रहरूको प्रयोग गरिएको छ । हाम्रा भाइबहिनीहरू पशुपंक्षी पात्रहरू भएको कथा सुन्न मन पराउनुहुन्छ । कवितामा पशुपंक्षी पात्र राखेर तिनमा Continue reading →

Posted in लेख | Tagged | Leave a comment

कथा : रुपाको जिन्दगी

~जानकी ‘जानु’~Januka BK 'Janu'

मौसमसँग बदलिएको ऋतु, बसन्तसँग फक्रिएको फूल, कल-कलाउँदो जवानी जिन्दगीको खेल बन्छ । यसरी नै रुपा पनि आफ्नो कल-कलाउँदो जवानी मरुभुमिमा फूले जस्तो भईन, रुपाको जिम्मेवारीमा चार बहिनिहरु परेका थिए । बिचरी आमा भोको पेट पटुकी कसी छोरीहरुको मुखमा आहारा पुर्‍याउँथिन तर रुपाकी आमालाई दिन-दिन मुटुको रोगले शिथिल पारिसकेको थियो त घर व्यवहार रुपाको काँधमा पर्‍यो । झरी-बादल न भनी आमा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : बिछोड

~हस्त गौतम मृदुल~Hasta Gautam Mridul

चटक्कै माया मारेर मलाइ, बिदेश गैदियौ।
बिर्सेर हाम्रो आत्मिय बन्धन, निष्ठुरी भैदियौ।

कहिलै पनि लेखेनौ चिठी, सम्dmेर मलाइ।
न मारी देउ वैशको फुल, त्रृष्णामा जलाइ।।
बगाउ कति प्रीतिमा जली आँशुको गण्डकी। Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : नाशवान चोला

~बिक्रम श्रेष्ठ “सागर”~Bikram Shrestha 'Sagar'

*** नाशवान चोला***

नाशवान यो मानव चोला,
देहको के भरोशा।
अजीब सृष्टि छ तिम्रो रचना,
रहेछ एक मुठी श्वासको आशा ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भुइँचालो : कविको आँखामा

~नाकिमा~Nakima_1

भुइँचालो आयो
र पैसा गन्दागन्दै
पाँचौं तलाबाट हाम्फाल्यो ठेकेदार

भुइँचालो आयो
र बीचैमा मन्त्र छाडेर
चौरतिर दौडिए पण्डित बाजे

भुइँचालो आयो
र शपथ लिँदालिँदै भाग्नु भो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश

~शेखर ढुङ्गेल~Shekhar Dhungel

मेरो देश मेरो आत्मा
जहाँ म जाउ सधैं हुन्छ साथमा

शीतलताको विशाल हिमाल मेरै देशमा
कोमलताको उर्वर तराई मेरै देशमा

सभ्यताको पहिलो किरण उदायो मेरै देशमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : बिस्केट जात्रा

~जयदेश श्रेष्ठ~Jayadesh Shrestha

बिस्केट जात्राको विशेष चहल पहल बाटो ठेलम ठेल भीडमा साना नानीहरू आमा बुबालाई हावा भरिएको बेलुन किनिदिन मरिहत्ते गरिरहेका छ । भैया प्रति बेलुन २५ मा बेचिरहेका छन । ओ भैया जात्रा सुरु भयो ? कहाँ हो जात्रा हुने ठाउ ? भैयालाई जात्राको के सरोकार लकडी उठाते है ढयाङ्ग ढयाङ्ग बाजा बजाते है, क्या के जात्रा । जात्रा प्रति ब्यङ्ग गदै बेलुन बेच्नमा ब्यस्त थियो ऊ समय समयमा विभिन्न Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : भूकम्प गाथा

~चूडा निर्भीक~Chuda Nirveek - 2

हा ! भूकम्प गयो यहाँ दिनमहाँ, उड्यो धुलो वेसरी ,
हल्लायो जमिनै , पहाड समतल् , मानौँ भुसुन्ना सरी ।
मान्छे जो घरमै थिए मरिगए , ढल्दा ति आफ्नै धन ,
दौडे बाहिर वा ढलेन घर ती , वाँच्यो उहीँ जीवन ।।१।।

हाहाकार भयो जहाँ सबदिशा, गाऊँ र वस्ती परे ,
मान्छेमात्र कहाँ मरेर दुनिया, पन्छी पशू ती मरे ।
खाध्यान्नै पुरियो उसै भवनमा, ईट्टा र माटो मुनि ,
बाँच्नेले पनि के गरेर रहला , ध्वस्तै छ बाटो पनि ।।२।। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : कस्तो गल्ती,भयो मेरो,झर्किएर,गइदियौ

~आचार्य प्रभा ~acharya Prabha

कस्तो गल्ती,भयो मेरो,झर्किएर,गइदियौ
अझ रिस,पोखाएर ,चर्किएर, गइदियौ ।

मीठो बोली,निकालेर,सँधै कुरा,गर्ने मान्छे
बिष घोली,मैलो पानी,छर्किएर, गइदियौ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : चुकाऔ अभिभारा

~बिक्रम श्रेष्ठ “सागर”~Bikram Shrestha 'Sagar'

***चुकाऔ अभिभारा***

प्रभुकै रजले सिंचिएको ,
सकल सृष्टि यो जग सारा।
मनन गरौ यो ब्रम्ह ज्ञान,
सन्तति एक हौ चुकाऔ अभिभारा।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : अव्यक्त प्रेमको क्षितिजवाट

~गिरिराज बाँस्कोटा~Giriraj Banskota

रहरका धापिला श्रृखलाविचमा सम्झनाको पिपल सुसाउछ मनभरि ।हटाद सम्बन्ध रहरका धापिला श्रृखलाविचमा सम्झनाको पिपल सुसाउछ मनभरि ।हटाद सम्बन्धको लक्ष्य ,मन भरि तन भरि सजाएर । विहानिको तन्द्रामा बेसरी नायिका उभ्याएर ।कल्पनाको रगमञ्च प्रेमिलताको धरातल चुम्ने रहर बेसरी मगमगाउछ उनको सहरमा । उनि अर्थात कोही.. Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

गीत : रुनु न हाँस्नु भयो जीवन

~शेखर ढुङ्गेल~Shekhar Dhungel

रुनु न हाँस्नु भयो जीवन
मझदारमा अल्झेर
न अघि न पछि जान सकेँ
नियतीमा फसेर
रुनु न हाँस्नु

चियायो बिहानीले सधैं मलाई
नयाँ भाग्य ल्याएन
गिज्याइ रह्यो जून मलाई Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : भुल भुलैया

~बिक्रम श्रेष्ठ “सागर”~Bikram Shrestha 'Sagar'

****भुल भुलैया ****

रंग बिरंगी भुल भुलैया ,
खेल हो बश यो मनको।
भ्रमको पर्दा हटाई प्रभु,
सत्यमा म बाच्न सकूँ।

दुखमा कोहि नहुदा देख्दछु,
प्रभु नै एक सहारा।
नौका माझी बिनाको देख्छु,
प्रभु नै एक किनारा। . Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : हेर्ने भए त्यहाँ छ मायाको सार हेर

~डा. टीकाराम भण्डारी~

हेर्ने भए त्यहाँ छ मायाको सार हेर
सन्तानसँग आमाको सरोकार हेर

आकास छुन हलुका हुन पर्दैन
हावामा उडेको जहाजको भार हेर Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मूर्तता, नाचीज र बिप्र – एक समकालीन खोज |

~बक्ररेखा~

मूर्तता – १

एउटा
माटोले भरिएको गमलामा
विर्यदान गर्नुस
र
हरेक दिन बिहान
एक लोहोटा पानी सेचन गर्नुस |
भोलिपल्ट
त्यो
एकाएक फूलको
रुपमा मुस्काउनेछ | Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्युको ढङ्ग

~बसन्तकुमार बस्नेत~Basanta Kumar Basnet

सहिदले भन्यो
मर्नुको पनि एउटा ढंग हुन्छ

थिएन
मेरो जिवनको शब्दकोशमा
उसको मृत्युको शब्दार्थ
र थिएन,
एसको अमरताको गन्तब्य
खोई ऊ भन्दै थियो
मर्नेको पनि र्सबश्रेष्ठ तरिका हुन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : केही गरौ

~कर्ण नाल्बो~

लालसागर वरिपरी बसेनी घर फर्कने मन छ ।
पराई देशमा नबस्नु हृदयले भन्छ ।।

कति बसौ पिडालाई बैशाकी बनाई यो ठाउमा । Continue reading →

Posted in कविता | Tagged | Leave a comment