~डा. टीकाराम भण्डारी~
हेर्ने भए त्यहाँ छ मायाको सार हेर
सन्तानसँग आमाको सरोकार हेर
आकास छुन हलुका हुन पर्दैन
हावामा उडेको जहाजको भार हेर
समय सापेक्ष बदलिरहनु पर्छ
बदलिरहन्छन् पानीको धार हेर
संसार भरैभरमा अडिएको छ
ढुङ्गालाई माटोको आधार हेर
कहाँ रेटिएका छन् र बिचारहरू
युगसित हारेको छ तरबार हेर
2011-03-01
(स्रोत : नेपाली गजल गुगल ग्रुप )
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.