उठ्यो रिमाइ फेवा ताल मा छाल साँझ पख !
हान्यो रिमाइ माझी दाई ले जाल साँझ पख !!
त्यही जाल मा जेलिएर निस्किन मत्स्य गन्द !
भेटे रिमाइ जाल भित्र माल साँझ पख !! Continue reading
उठ्यो रिमाइ फेवा ताल मा छाल साँझ पख !
हान्यो रिमाइ माझी दाई ले जाल साँझ पख !!
त्यही जाल मा जेलिएर निस्किन मत्स्य गन्द !
भेटे रिमाइ जाल भित्र माल साँझ पख !! Continue reading
~मदन दुलाल~
बार्है मास
जि.एन.एच को धाक दिएर
कति ढाँट्न सकेको दुनियाँ?
बिर्स्यौ कि के हो?
चा वा सुम को ढोल पिटेर
दिक्षिण रक्ताम्मे पारेको
अत्यचार र दमन पनि छ है
तिम्रो ईतिहासमा र
शरणार्थीको पगरि पनि त गुथेको छौ । Continue reading
एक हुल मानिसहरु आए
नियाले भत्किएको, चर्किएको घर
जोखिम, अयोग्य खातामा लेखे
झिके ड्याम्म लगाए रातो स्टिकर
जिन्दगीभरको उनीहरुको कमाई
भुईँचालोले स्वाहा पार्यो, छाती चरचर
आँखाभरी आँसु पार्दै दम्पतीले टुलुटुलु
हेरिरहे घर, अनि त्यो रातो स्टिकर Continue reading
~सुसन शर्मा~
अनायास अपरिचित नम्बरबाट ‘ब्ल्यांक म्यासेज’ आएको थियो । नम्बर यस्तो थियो कि, बिर्सन चाहेर पनि नसकिने । ब्ल्यांक म्यासेजको रिप्लाई भने, ‘हु आर यु रु एन्ड ह्वेयर आर यु फ्रम रु’ लेखेर पठाएँ । उत्तर आउला जस्तो लागेको थिएन, तर आयो ‘आइएम सरी, रंग नम्बर ।’ खाली समय थियो, Continue reading
हाँस्यब्यङ्गयकार गुरु मनोज गजुरेल फेसबूकलाई ‘बेवकुफबूक’ भन्नुहुन्छ । यसलाई तपाईँ ‘सामाजिक सञ्जाल’ भन्नुहुन्छ । अरुहरुले यसलाई केटी पट्याउने वा केटो लठ्याउने प्रेमजाल भन्लान् । कोही कोही यसलाई विज्ञापन गर्न सकिने गतिलो थलो मान्लान् । कसैका लागि यो भात/पानी विर्सिने ठाऊँ बन्ला ।
कसैले यसलाई जुवा/तास, जाँड/रक्सीकै नशाजस्तै ठान्लान्/मान्लान् । धेरैलाई यो ‘म्यारिज ब्यूरो’ होला । जसले जे नाम दिए पनि मैले चाँही फेसबूकलाई एउटा विशेष नाम दिएको छु । यो नाम चित्त नबुझे दावी/विरोध हाल्नु होला । Continue reading
बर्षा शिसीर साथै, खुल्दो बसन्त तिम्रै ।
संसार आज तिम्रो, चर्चा दिगन्त तिम्रै ॥
बिर्सेर मार्ग ज्ञानी, प्यासी एकै नजर् को ,
झूकेर पाउ पुज्छन्, योगी महन्त तिम्रै । Continue reading
~कविता पौडेल~
मेरो किराना पसलको पारी पट्टी भाँडा पसल थियो । त्यहाँ बिक्री हुने भाँडाकुँडाहरू त्यसै घरमा भएको कारखानामा बनाइन्थे । गिल्टीका भाँडा बनाउँदाको टाङटुङ-टाङटुङले जतिखेर पनि कान खान्थ्यो । भाँडा पसलेको जेठो छोरा बी.ए. मा पढ्दै थियो, माइलो आई.ए.मा । कान्छो छोरा भने सानै थियो । भाँडा पसलेको परिवारले आवश्यक सामानहरू हाम्रै पसलबाट किन्थ्यो । Continue reading
१८ अप्रिल २०११
ओहो फेरी सन्ग्लास छुटेछ! हुत्तिएर घरभित्र पसेँ, कालो ढ्याब्रे चस्मा समातेँ र एकै श्वासमा बाहिर हुत्तिएँ। घुम्घामको दिन मेरालागी सँधै हतारोको लतारो हुन्छ। अरुको नुनपानी जो खाएकोछु, आफु मात्र नभएर अन्नदाता चिपोरा जसलाई म भन्छु र मेरा सबैसाथिहरु (खासगरी साहित्यकार कृष्णपक्ष निकै रस मानेर हाँस्नुहुन्छ)लाईपनी ठिकठाक पार्नै पर्यो। उत्तरी इजरायलको एक असाध्यै रमणिय स्थलको केहीदिने भ्रमणको योजना मुताबिक हामी तम्तयार थियौँ। Continue reading
तिमी पाना भरी मेरै बारेमा लेख्छौ
दिन भरी मलाई नै सम्झीरहन्छौ
कति राती झस्केर तिमि उठ्छौ
विध्वंसकारी, विनाशकारी
महाविपद् नाम दिइयो
ज्यानमारा, सुखमारा
प्रलयकारी भनि चिनीयो Continue reading
” बौलाही !” तत्कालको अवस्थाले जुराई दिएको मेरो नाम l प्रिय अप्रिय जे भए पनि मलाई राखिएको नामसँग मेरो कुनै गुनासो छैन l बिहानको झिसमिसे देखि यो शहर ननिदाउदासम्म मलाई यही नामले पुकार्छ l बडो गजब छ यो शहर l सम्साझै उज्यालोको लागि बत्ती बाल्छ तर आफू भने बत्ती मुनिको अँध्यारो भएर बस्न रुचाउछ l म बोल्न चाहन्न यो शहरसँग र पनि तारन्तार बोलाइरहन्छ यही नामले l मैले रात बिताउने पाटि पौवाका भित्ताहरूमा ठोक्किएर मेरै कानैमा आएर मलाई गिज्याउछ मेरै उपनामले l Continue reading
“कतारमा हरेक बर्ष तीन सयको हाराहारीमा नेपाली कामदारको मृत्यु ।”
धनवीरले आफू सुत्ने क्याम्पको कोठाको भित्तोमा यस्तै ‘हेडलाईन’ भएको एउटा अग्रेजी पत्रिकाको ‘कटिङ्ग’ टाँसेको छ । त्यसै पत्रिकाको एक छेउमा एउटी श्वेत सुन्दरी मुस्कुराएकी छे ।
ऊ अंग्रेजी पटक्कै बुभ्दैनथ्यो बर्षदिन अघिसम्म । आजकल अंग्रेजीमै सानोतिनो कुरा Continue reading
सपनाहरुको घोषणा पत्र लिएर
तिमीले मझेरी टेके पछि
आज मेरो आँगनीमा गणतन्त्र आएको छ
र यो गणतन्त्र भनेको तिमीले लगाएको सुकिलो लुगा रहेछ !
तिमीलाई थाहा छ कि छैन ?
तिमीले कुल्चि आएको यो धुले सडकमा
बर्षौ देखिको मेरो पुर्खाको पसिना लुकेको छ
यसैले किन किन हिजोआज तिमीले मेरै छाती,
कुल्चेर आए जस्तो लाग्छ Continue reading
जीवन-जगतको तमसुक लेख्दैछु, भूलचूक लिनेदिने
कुरूप सौन्दर्यको अन्तररुप लेख्दैछु, भूलचूक लिनेदिने
दुरुह-मार्गी यात्रा भीरबाट थालेर,समथल गन्तव्यमा
अमूर्त बोधताले दु:खसुख लेख्दैछु भूलचूक लिनेदिने Continue reading
प्रेम भएको हो ÷होईन ? त्यो पनि थाहा छैन ।उनको र मेरो सम्बन्ध अलमलको बिचवाट बगिरहेछ ,बगिरहेछ । प्रत्येक साझ विहान भेट हुन्छ ,हरेक बिषयहरु,हरेक सन्दर्भहरु ,हरेक भोगाईहरु सहजै साटासाट हन्छन् ।सँगै वस्न ,छुन ,एउटै खान केहिले छेकेको छैन् ।चल्छौ ,खेल्छौ,रम्छौ हास्छौ तर पनि हाम्रो सम्बन्ध अलमलमा हिडिरहेको छ ।उ सथि हो कि प्रेमीका ? Continue reading
मनिषाले डिभोर्सको पेपरमा दस्तखत गर्दै गरिन । पेपरसहित कैले को कैले को नातेदारहरुलाई फकाउन पठाइरहेको छ महेशले पनि लगातार । चारपटक च्यातिसकी डिभोर्स पेपर मनिषाले । तर पनि महेशले कोशिस छाडेको छैन । महेशसित अर्को विकल्पै पनि छैन । कान्छी सुस्मिता आइसकी । कान्छी आएपछि जेठी, न निल्नु न ओकल्नु ! Continue reading
उपत्यकामा भैरवका सयौँ मूर्तिहरू पाइन्छन् । कुनै सशरीर त कुनै टाउको मात्रै भएका । कान्तिपुरको मुख्य भित्री सहरी क्षेत्र वंधः अर्थात् इन्द्रचोकमा अवस्थित हाथु द्यः, आजु द्यः अर्थात् आकाश भैरवसँग परिचित नहुने सहरवासी कमै होलान् । आकाश भैरवको दक्षिणतिर पनि दुईवटा बडेमानका भैरवका मूर्ति छन् । एउटा श्वेत भैरव, जसको अनुहार इन्द्रजात्रामा मात्र हेर्न पाइन्छ त्यस मूर्तिमा भैरवको टाउको मात्र रहेको छ । अर्को काल भैरव, जुन मूर्ति सशरीर उभिएको छ । Continue reading
नमस्कार !
कोही अपरिचित व्यक्तिले किरणतर्फ हात फर्काउँदै अभिवादन गर् यो । किरण अकमक्क पर् यो । पछाडि फर्केर हेर् यो सायद अरु कसैलाई नमस्कार गरेको होला ! तर पछाडि कोही थिएन । औपचारिकताका लागि नमस्कार फर्कायो । हाँस्दै हात मिलायो अनि सोध्यो- “हाम्रो भेट कतै भएको थियो र माफ गर्नुहोला मैले त ठम्याउन सकिनँ । यहाँको नाम जान्न सक्छु होला ”
“मेरो नाम दीपक हो म माथिल्लो टोलमा बस्छु ।” अनि सोध्यो- “तपाईं डाक्टर साहेब होइन ?” Continue reading
झुठा कुरा गुनेरै, फूर्सद भएन !
संधै उल्टा बुझेरै, फूर्सद भएन !
माला बुन्ने रहर, रहरै भैरह्यो
फूलहरु चुडेरै, फूर्सद भएन ! Continue reading
एक दिन एक जना स्वास्नीमान्छे घरको ढोका ढकढक्याएर अनुरोध गर्दै थिइन् । काम खोज्दै हिँडेकी कुनै काम गर्न पाइन्थ्यो कि ? स्वास्नीमान्छेको प्रश्न अन्त्य हुन पाएको थिएन । कुन्नि के सम्झेर हो घरको लक्ष्मी जङ्गी हालिन् । यस्तो बैँसैमा घर घर काम खोजी हिँड्ने स्वास्नी मान्छेहरुको चाला अर्कै हुुन्छ, खुरुक्क यहाँबाट गई हाल्नु । स्वास्नीमान्छे प्रतिक्रिया विहीन बाटो लागिन । बैँसै भएर पनि त्यो स्वास्नीमान्छेको गालामा सुःखका रङहरू पोतिएका थिएनन् । दुब्लो अनुहार, क्लान्त देह र दुःखै दुःखका रेखाहरूले बुनिएको रेखा चित्रमा बनाइएको एउटा सुन्दर अनुहारको आकृति थियो । Continue reading
दुखी दुखी हास्नु पर्ने कस्तो बिडम्बना!
झुकी झुकी बाच्नु पर्ने कस्तो बिडम्बना!
भुवा सरि उड्न खोज्ने मनलाई पनि
रुकी रुकी बाध्नु पर्ने कस्तो बिडम्बना!! Continue reading
पात्रहरू हामीले भेटेका, देखेका र सुनेका थरीथरीका हुन्छन् । हाम्रा कथाका पात्रहरू जिउँदा भए भने कथा पनि जिउँदो हुन्छ । त्यसैले पात्रहरू हामीले देखेकै भेटेकै भए भने कथा राम्रो र स्वाभाविक हुन्छ र सिङ्गो कथा प्रभावकारी हुन्छ । जस्तो देखियो त्यस्तै राख्नु भने राम्रो हुँदैन ।
हामीले कथा लेखिरहेको भनेको फोटो खिँचिरहेका हैनौँ, हैन र – हामी त साहित्य लेख्न खोजिरहेका छौँ । साहित्यले समाजमा परिवर्तनको माग गरिरहेको हुन्छ । साहित्यमा के हुन्छ – राम्रो कुराको Continue reading
छ्याकटे परेको त्यो कालोपत्रे सडक आज फेरी त्रस्त देखिन्थ्यो । सडक छेउको बुढो सुकेको ठुटे रुख भने अप्रत्यासित शान्त थियो । सडकको व्याकुलता देखेर नजिकै भुइमा फालिइएको ईँटाको टुक्राले नसोधी रहन सकेन । “दाइ आज तिमी किन उदाश मात्र हैन निकै डराएका पनि देखिन्छौ ”
सडकले निश्वास सहित घामले पग्लिँदै गरेका अलकत्रातिर हेर्दै भन्यो “जति जोगी आए कानै चिरीएका । ” Continue reading
म टाकटुक च्यातिनु चाहन्छु नहुनु- को बोधताबाट
म टाकटुक टुकि्रनु चाहन्छु भेलिनु-को बोधताबाट
यो अलिकति आफैँप्रतिको विरोध
म मूला जिन्दगी पनि बाँच्न सकिन
यो अलिकति अरुप्रतिको प्रतिरोध
अरुहरु पनि बाँचेनन् मूला जिन्दगी !
र, बाँचे मुला-हिजा जिन्दगी !
यो अलिकति युगप्रतिको आक्रोश
जसले मान्छेलाई हिज नै मारेर आएको छ मृत्तसागरको छेउ-
अनि त म बग्छु अमेजन उकालो -उकालै -उ कालो
कालो रङ्गमा-
माथि जिगमिषा हिउँझरीमा लेकालीफूल भएर फुल्छ ! Continue reading
कसैबाट क्षणिकका लागि अंगालिएर त्यागिनु भन्दा अर्को पीडा शायदै होला । त्यसो त कसैबाट त्यागिएर पनि मेरो अर्को पुर्ण जीवन छ । अभावको कुनै नामो निशान छैन । शिवाय-सलिम । इन्टरनेटमा भेटिने झुण्डका झुण्ड मित्र,सम्हाली नसक्नु कृत्रिम/अकृत्रिम आत्मियता । तर यस बीच सलिम छैन । सट्टामा छ सुमन ।तर पर्खाइ छ-सलिमकै । Continue reading
तिमी आयौ जिन्दगीमा गजल लेख्न थाले
खै तिमीलाई सपनीमा अचेल देख्न थाले।।
हाँसेका ति खित्का टिपि संगित रच्ने रहर मेरो
तिम्रै नामको ”मतला” ले, केही गजल लेख्न थाले ।। Continue reading
त्यो बतासको एउटा गीत चोरेर
मैले लेखेको एउटा कविता
अक्षरहरुको विच
कालो भएर उभिएको छ
मन्दिरबाट कुनै चोरले भेटी चोरेपछि
गरिबको चुल्हो बलेर अघाएको पेट जस्तै मेरो कविता
मन्दिरमै चढाएर बगेको दुधको सेतो रङ्ग चोरेर
त्यतै कतै छेउको नालिमा धमिलिएको छ
घोषणा पत्रहरुको कालो अक्षर चुहिएर
टल्किरहेको आमाको अनुहारको आभा चोरेर Continue reading
विपत्तीले यतिबेला
फाटेर गह्रा
चिरा परेको छ
झरेर पैह्रो
बाँध थुनिएको छ
र आफै गर्लम्म ढलेको छ Continue reading
~दिनेश ‘रवी’~
अधिकारको जमाना छ। अधिकार नखोज्दा धिक्कारीनु पर्छ। कुरो उही बोल्नेको पिठो बिक्ने हो। नबोल्नेको त बासमती चामल पनि बिक्दैन। अब आएर पुरुष अधिकारको कुरो जोडतोडले उठेको छ। नऊठोस पनि किन र? जसरी उडुस अधिकारले थलामै बसेर गलामै चुस्ने ग्यारेन्टीको माग उठायो त्यसरी नै पुरुष अधिकारले वारीपारी नारा जुलुस घन्कायो। Continue reading
~Samadarshi Kainla~
A brook A brook means Ultromotivity !
it means a whole decession- flowing to make pantisocrasy
it is likely that an intellectual turmoil of aqua. A brook means
more than transubstantiation-
even the transubstantiation is looking a vivid !
Beneath the twinkling stars, a brook sings the entity of restless…. Continue reading
धेरै साधु भए यहाँ बुद्दका आखा फुटाउनेहरु
बाटो छेकी हास्छन आमाको काख लुटाउनेहरु
दु:खका दिन सुखमा साटछु भन्दै कती आए यहाँ
मखमलको डस्ना देखाइ भुसमा सुताउनेहरु Continue reading
अब उप्रान्त म ‘म’ नै बाँच्छु-
म ‘बग्छु, र ‘बाँच्छु’ ‘अमेजन नदी’
खोला जीवन हो सम्झेर बग्नु बाँच्नु हो
नबग्नु मर्नुको निधोले
तिमी बग्न नसक्नु ईतिहासमा तिम्रो दु:खद मृत्यु
त्यो स्थावर हलुको मृत्युलाई ईतिहासले थुक्नेछ
छि: थु:, छि: थु: को जीवनसँग भोली, भोली र
भोलिको उरुङ्खातहरुसित
उँधैउँधो कुदेका ए अ-अमेजनहरु! Continue reading