नारायण अधिकारीका २ हाइकु

~नारायण अधिकारी~Narayan Adhikari

।।१।।
जाडोले जम्यो
तिमी आयौ छेउमा
बरफ पग्ल्यो ।
Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

गजल : मेरो खुसीले जीबनसाथी, बर खोजीन बाबा

~कुमार के.सी.~

मेरो खुसीले जीबनसाथी, बर खोजीन बाबा
झुपडीमै दिनुभो महल, घर खोजीन बाबा!

जो सग लगन जुर्यो उसैको पछी रुदै आए
बिबस म उहँको नाम, थर खोजीन बाबा! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : एउटी नगरवधुको डायरी

~विवश पोखरेल~Biwash Pokharel

प्रत्येक साँझसँगै सुरू हुन्छ
मेरो जीवनको दिनचर्या
जब सहर बल्छ/म निभ्छु
जब झलमल्ल रात फुल्छ
म ओइलिन्छु
मोलमोलाइको बजारमा
जोसँग जे छ, त्यही बेच्ने त हो
किन्नेहरू किन्छन् त म के गरूँ ?

यो नगरमा–
सधैं बेइमानहरूको स्वागतार्थ
अधिकांश इमान्दारहरू
माला लिएर ठिङ्ग उभिएको देख्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मधुपर्क मधुजस्तै

~कलानिधि दाहाल~Kalanidhi Dahal

तप्तपी मधुका थोपा तप्तपाएर तप्तप
मधुपर्क तिमी बन्छौ चेतना ज्वारको तप ।
बीसौँ हजार यात्रीका मुटुका धुक्धुकी भयौ
सिर्जना प्यारकास्तम्भ तिमी अनन्त अग्लियौ ।।

मौसमी तालमा कैयौँ छाल उच्छाल देखिए
उफ्रिए कति उन्माद मादकै साथ भेटिए ।
सबै मौसममा उस्तै कुस्ती खेली निरन्तर
विजयश्री तिमी पैरी रहेका छौ सधैँभर ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : उनलाई चोकमा देखेँ

~बादल सुरेश~Suresh Badal

जब उनलाई पहिलोचोटि
चोकमा देखेँ,
त्यसपछि त कस्सम
हरेक थोकमा देखेँ।
उनी खित्का छोडेर हाँसिदिँदा
जोकमा देखेँ,
उनी आँसु बगाई रोइदिँदा
शोकमा देखेँ। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्द

~इज्मा पोखरेल~Izma Pokharel

सधैजसो आज पनि
विहान सखारै उठेर
आफ्ना केही भावनाहरु
सुन्दर अक्षरमा सजाएर
म डायरी लेख्न खोज्छु,
तब लयो मष्तिस्क
खाली खाली भेट्छु ।
हिजो अस्ति जस्तै,
शब्दहरुको आहोरदोहोर
अह, पटक्कै छैन ,
कलममा मसी त छ नि
तर पटक्कै लेख्दैन । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

केस्रा : अभागी

~कृष मगर~

दुनियाँ नै यस्तै रैछ,घात दिने
उन्ले जस्तै मायाँ मैले,पनि किने Continue reading →

Posted in केस्रा | Tagged | Leave a comment

कविता : सुगाहरू

~हिरामणि दुःखी~Hiramani Dukhi

मेरो बगैँचामा
बग्रेल्ती उड्छन् सुगाहरू
सुगाहरू
जोडजोडले बेसुर कराउँछन्
मात्र कराउँछन्
बुझ्दैनन् भाषा मान्छेको
त्यसैले त सुगा हुन्
सुगा हुन् र त आफैँ बोल्दैनन् ।

दोहोरो कुरा गर्न जान्दैनन् सुगाहरू
मात्र बर्बराउँछन् सुगाहरू–
‘सीताराम कहो पट्टु’
आयातित अक्सिजनमा हुर्किएका
रैथाने सुगाहरू । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : माया हजुर

~चन्द्र पुन मगर~

गरौ कुरा मनको आज
राखे पाप हुन्छ हजुर।

तिमिले मलाई माया दिए
मन स्वर्ग पुग्छ हजुर।

अप्पसर जस्तो रुप तिम्रो
साच्चै तिमी परी हजुर। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : बिगुल

~सन्तोष स्पन्दन~Santosh Kafle 'Spandan'

भो नबजाऊ बाँसुरी र बिनायोका धुनहरु
अब मन चोर्ने झन्कार
चिसो हावा बयली खेलेर
ममताको आवाज सुसेल्ने धुनहरु
पर्दैन ,तिम्रो सुसेली भन्दा क्रान्तिको बिगुल बज्नु पर्छ |
भोको पेट
प्यासी घाँटी र नाङ्गो आंग लिएर मर्माहत पीडाका Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : अनन्त स्वप्न क्षितिजबाट

~स्वप्निल नीरव~swpanil nirav_1

‘मान्छे जति सुकै आदर्शवान किन नहोस मौका मिल्ने बित्तिकै त्यो आदर्शको पहाड पग्लिएर तराई बन्दो रै’छ/ त्यसको प्रमाण तिमी हौ प्रगती/’

अनु बारम्बार यसै भन्छे/ म दुनियाँबाट एक्लिएर,अलग्गिएर पग्लिएर तराई बनेको पहाडलाई ठम्याउने प्रयत्न गर्छु/ तर खै मनका अन्तर कुन्तर कतै आदर्शहरु थिए जस्तो लाग्दैन/ यदि हुँदो हो त त्यसको चिन्ह धुमिल धुमिल भएपनि अझैसम्म त कायमै रहनु पर्ने/ त फेरि अनु आदर्शका कुरा किन गर्छे? उनलाई किन लाग्छ कि,म आदर्शवान थिए, जुन अहिले पग्लिएको छ/ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : छोरीप्रति

~नरेन्द्र पराशर~Narendra Guragain 'Parasar'

उमङ्ग-मनको चन्न्चल मुसकान
पर्छ दमनमा किन ?
लाल रँङको पावन-पल्लव
मर्छ सहरमा किन ?

स्वतन्त्रताको पङ्ख उडेको
आकाश-मनको पारावार
छेउछाउमै शिकारी बस्छन्
म्रिग-नयन ती चङ्ख पार् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मिलन हुन रोक थियो

~कृष्ण के.सी.~Krishna KC

मिल्ने ठाउ धेरै थिए, मिलन हुन रोक थियो
चियो चर्चो बडो हुन्थ्यो, हाम्रो मिल्ने चोक थियो

आश गरे आशे हरु, मन भाची आउलान् भन्दै
मुसो बिरालो खेल खेल्यौ, योत हाम्रो जोक थियो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : संसारको रित

~आचार्य प्रभा~ acharya Prabha

जुनकिरी अँध्यारोमा जग्मगाउँदै उडिरहेथ्यो। झ्याउँकिरी आफ्नो एकनास आवाज छरेर छेउछाउमै उडिरहेको थियो। जुनकिरीलाई आफूले अन्धकारमा ज्योति छरेकोमा खुबै अभिमान थियो भने झ्याउँकिरीलाई पनि त्यो सुनसान जंगलमा आफ्नो आवाज घन्किएकोमा घमण्ड थियो ।
यी दु्ईका Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बन्दी बुबालाई पत्र

~अनिल श्रेष्ठ~Anil Shrestha

बिहानैदेखि आकास धमिलो छ । वाथको एउटा रोगीको राम्ररी खुल्न नसकिरहेको ओँठको हाँसोजस्तो यो बिहान । रातभरिको अनिँदोले मुर्झाइरहेको अनुहारमा खेलिरहेको कालोपोतोजस्तो घुर्मैलो छायाँ । जेलका सेन्ट्री बसेका पर्खालहरुलाई छोएर भागिरहेको कुहिरो । क्षणभरमै दर्रर्र दर्कन्छ पानी । र, फेरि क्षणभरमै थामिन्छ आकास । जेलका पर्खालहरुले मात्र होइन, Continue reading →

Posted in नेपाली कथा | Tagged , | Leave a comment

​कविता : चार जात, छत्तिस वर्ण

~गौरी प्रधान~Gauri Pradhan

बाइसी-चौबिसी
राज्यहरुमा बाँडिएका
भूगोलका टुक्राहरुलाई
आफ्ना बल, बुद्धी र बदलाले
जोड्दै ठुलो बनाउनेलाई
हिजोकै भाषामा
बडामहाराजाको
तक्मा त दिन सकिने भो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा तिमी

~मञ्जु थापा~Manju Thapa

म तिम्रो छेउमा बसेकी छु
आँखा चिम्लिएर ओछ्यानमा सुतेको
तिम्रो अनुहार हेर्दै
रुग्ण शरीर तर तिम्रो तेजिलो मुहार
यसले मलाई विगतमा कुदाउँछ
कुनै समय थियो
तिमी जल्दोबल्दो शरीर र साहसकी धनी
अन्याय र अत्याचारका विरुद्ध
महिला अधिकारको पक्षमा कुर्लदै
गाउँगाउँ वस्तीवस्तीमा पुग्थ्यौ
असहाय महिलाहरूको भरोसा र आड थियौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : नशा तिम्रो गफको लाग्यो

~कृष्ण वस्ती~Krishna Wasti_1

पाखुरीको सिरानीमा निदरीको झप्को लाग्यो।
मदिराको कहाँ हो र? नशा तिम्रो गफको लाग्यो ।।

एकैछिनको खुसी छोडी टाढा कतै जानै लाग्दा।
अलिकति भिजेका ती परेलीको सप्को लाग्यो ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : विडम्बना

~सुषमा मानन्धर~Shushma Manandhar

जीवन दाइ खानाका साह्रै शौकिन । थोरै भए पनि मीठै खानुपर्ने । नूनतेल मसलाको स्वाद जिब्रोमा टवाक्क नलागेसम्म उनलाई खाएको झैँ लाग्दैन । अरुले पकाएका खानामा सयौँ मीनमेख निकाल्ने उनी साधारण खाना खाँदा जिब्रै लाटो भयो भन्छन् । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : म बिक्रीमा छु

~राधेश्याम लेकाली~Radheshyam Lekali

मेरो जोस, जाँगर र रहरहरू बिक्रीमा छन्
मेरो आँखा, कान र मुख सबै बिक्रीमा छन्
छौ कोही किनेर मेरा खुट्टाहरूले हिंड्न चाहनेहरू
आऊ यी पनि बिक्रीमा छन्
सबै सोकेसमा सजिएको सामानझैँ बिक्रीमा छन् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : फुर्सदमा

~प्रशान्त खरेल~Prashant Kharel

तिमि वादल तिमि पानि परिदेउन है फुर्सदमा
तिमि फूल तिमि सुवास् छरिदेउन है फुर्सदमा

सजिएकि जून बनि गगनमा आहा तिमि
धर्तिमा छु तिम्रो प्रेमि झरिदेउन है फुर्सदमा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : पाए हुन्थ्यो

~हरिहर अर्याल~

परेवाको जिन्दगानी बाँच्न पाए हुन्थ्यो
शान्तिसँग आफनै गुँडमा हाँस्न पाए हुन्थ्यो
चारा खोज्न आफ्नै गाउँ डुल्न पाए हुन्थ्यो
आफनै भाका माक् माक् घुर् घुरन पाए हुन्थ्यो ।।

प्रियसी भइ बचरालाई पाल्न पाए हुन्थ्यो
अपहण झै झगडा फाल्न पाए हुन्थ्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो सपना, आमाको प्रश्न

~कृष्ण कटेल~Krishna Kattel

तिम्रा बम बारुद र गोलीका छर्राहरुले
मेरो पसिना मोलिएको घरको छाती छेड्दै गर्दा
कुनै दुश्मनी बेगर तिम्रा लात्तिले मलाइ बेहोस बनाउँदा,
सबै तितरबितर थिए तिम्रो त्यो सफलतामा
तर, प्रत्यक्षदर्शी थियो
नजिकै ठिङ्ग उभिरहेको बुढो सिमलको रुख,
उसले हेरिरह्यो तिम्रो महान कार्यलाइ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

राधिका अधिकारीका दुई मुक्तक

~राधिका अधिकारी~Radhika Adhikari

(एक)
हिजो आज खै किन हो आकाश सुन्य लाग्छ
शितलता बोकि हिड्ने वतास सुन्य लाग्छ
छाती भित्र दुख्छ घाउ असजिलो गरि- Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

बालकथा : राक्षसको कथा

~अल्पबिराम~AlpaBiram

हिजो आज मेरो पाँच वर्षको नाति मसँग सुत्न मन पराउन थालेको छ । मेरो नाति आफ्नो आमालाई मम्मी र मलाई आमा भनेर सम्बोधन गर्छ । छोरा बुहारी नाति भएर पनि मेरो श्रीमानको देहावसान पछि मलाई एक खालको एकाकीपनको खल्लो अनुभूति हुन थालेको थियो । नाति मसँग सुत्न थालेदेखि मैले पनि छुट्टै खालको आनन्दानुभूति गर्न थालेकी छु । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

गीत : न आँशुमा न हासो

~नरेश रोकाहा~Naresh Rokaha

न आँशुमा न हासोमा अल्झे यहाँ
न जालमा न पासोमा अल्झे यहाँ

रुवायो नि मलाई आज मायाले लौ
छली गयो जलाई आज मायाले लौ
न खोजीमा न चासोमा अल्झे यहाँ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : उनी हाँस्नु पर्ने बहाना थिएनन्

~सरोज अनुराग~Saroj Anurag

उनी हाँस्नु पर्ने बहाना थिएनन् l
कुनै घाउ मेरा ससाना थिएनन् l

चल्यो तीर उनको र लाग्यो दिलैमा
कहाँ ती नजरमा निशाना थिएनन् !? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : तोपकाजी

~बिनोद खड्का~Binod Khadka

उसलाई टोलका अरु मान्छेहरुसंग निकै चित्त दुखेको थियो । उ जब बेरोजगार थियो जब उसका साथमा दूई पैसा हुदैन थियो कसैले पनि उसलाई एक कप चिया पनि ख्वाउदैनथे । उसलाई यस्तो पनि लाग्थ्यो कि उसका सही कुरा पनि कसैले सुन्दा पनि सुन्दैन थिए । राम्रै कामका लागी उधारो वा श्रृण मागे पनि मान्छेहरु उसलाई ठग भन्दा हुन जस्तो लाग्थ्यो उसलाई । बाउले दिएको स्कुल फि र गाउलेको कुखुरा हाँस चोरेर जम्मा गरेको पैशाले जसोतसो अलिअलि पिउन र अलिअलि खेल्नलाई धान्थ्यो ।

Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : काठमाडौँमा झरि पर्दाको क्षण..अनि प्रेम

~हरी भुसाल ‘स्याटलाइट’~Hari Bhusal 'satellite'

टिनको छानो मुन्तिर मपनि छेउमा उभियँ ! पानि परिरहेको थियो,मैले RainCoat हाल्न बिर्सेको थियँ! बाइकलाइ नेपाल यातायात को बस रोकिने बसस्टपनिर बाहिरै पार्किङ गर्नुको कुनै बिकल्प थियन ! बिस्तारै बर्सिरहेका पानिका थोपाहरु मोटरसाइकलको सिटबाट झरेर साइलेन्सरमा पुग्दा एकैछिन अगिसम्मको तातोपनले होला Vapor मा परिणत भैरहेका थिय !म केहि पर बसेर यस्तै यस्तै हेरिरहेको थिय़ँ ! दुइजना स्कुले या कलेजमा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सामाजिक कथा : बाबा ! भाई त मर्यो !

~कृष्ण के.सी.~Krishna KC

“ल काली छानी छानी लगा l ” पटपट पड्किने प्लाष्टिकको खोल सहितका तीन थान साडी आफ्नो काखमा देखेपछि आमा झन् बेस्सरी रुन थाल्नुभयो l म हेरेको हेरै भए l भाइ र बहिनी ओछ्यानमा निदाइसकेका थिए l बाबाले बजारबाट ल्याएको सामान एक एक गरी निकाल्दै थनकाउदै गर्नुभएको थियो l बिगतका बुधबारे बजारबाट Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : झरीमा रुझेको यादहरु

~पोस्तक श्रेष्ठ~Postak Shrestha

अलि सञ्चो नभएर आज घरमै बसेकोछु। एक्लैछु। श्रीमती काममा गएकीछिन् र बच्चाहरु छिमेकी नेपाली साथीको घरमा खेल्न गएकाछन्।आज मौसम त्यति सफा छैन। कालो बादल पश्चिमतिरबाट ढाक्दै ल्याएको झ्यालबाट देखिन्छ। कुनै पनि बेला पानी दर्कन सक्छ। मिन्नेसोटाको मौसम, कुनै भर छैन। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : द्वन्द्वको घाऊ

~हिरामणि दुःखी~Hiramani Dukhi

सबल स्कुलबाट घर आउँदै थियो । दुईजना युवाहरू उसको आँगन छेउको तगारो लगाउँदै बाटो लागे । उनीहरूले घाँटीमा क्यामेरा झुण्ड्याएर पिठ्युँमा झोला भिरेका थिए । एक सूरमा हिँड्दै गरेका युवाहरूलाई देखेपछि सबल सतर्क भयो । उनीहरूको अनुहार केही नियास्रो देखिन्थ्यो । सबल पैयुँको रुखमा छेलिएर आँगनको डिलबाट उक्लँदै घरमा पस्यो । पिँढीमा बसेकी हजुरआमाले थाप्लाको रुमाल झिकेर आँशु पुछ्दै गरेको दृष्यले ऊ मलिन भयो । सँधै स्कुलबाट घर आएपछि आँगनबाटै ‘हजुरआमा काँ’हुनुहुन्च’ भन्दै भित्र पस्ने सबललाई आज त्यो अस्वाभाविक दृष्यले मनभित्र चिसो बतास चलायो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment