उनी हाँस्नु पर्ने बहाना थिएनन् l
कुनै घाउ मेरा ससाना थिएनन् l
चल्यो तीर उनको र लाग्यो दिलैमा
कहाँ ती नजरमा निशाना थिएनन् !?
उजाडेछ मेरो बगैँचा कसैले
यहाँ शत्रु पक्कै बिराना थिएनन् l
झ-यो कोपिलामै म बिर्सूँ कसोरी ?
ममा याद उनका पुराना थिएनन् l
उनी बास छोडी हिँडेको छ हल्ला
नशामा सुतेका जमाना थिएनन् l
बहर ए मुतकारिब
29 नोभेम्बर 20।।, इण्डिया l
(स्रोत : Shabdahar )

