गजल : ख़ाली मेरो हात थियो

~इन्दिरा क्षेत्री~

नाम तिम्रै काम तिम्रै,ख़ाली मेरो हात थियो।
लाग्थ्यो अब यही हाम्रो,नयाँ सुरूवात थियो।।

तिम्ले साथ नदे’को भा,हुन्न थ्यो लक्ष्य नजिक।
तिम्रो मिठो बोली भित्र,हौसलाकै बात थियो।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

ऋषि शर्मा ‘सुदामा’का २ मुक्तक

~ऋषि शर्मा ‘सुदामा’~

१
कसैलाई हिक्क हिक्क भएछ
कसैलाई हाँस्न ठिक्क भएछ
देखेर आफ्नो परिबेशको चित्र
सुदामा साह्रै दिक्क भएछ । Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गज़ल : घाईते मनलाई के दिन्छ्यौ

~किरण टि लिम्बू ~Kiran T. Limbu

घाईते मनलाई के दिन्छ्यौ पीडा दुख्दैन उन्दा झीरमा पनि ,
रुझेको मनलाई के दिन्छ्यौ आँसु रुँदिन अब पीरमा पनि ||

खुसीमा मात्रै के दिन्छ्यौ हाँसो हाँसेर रमाउ आँसुमा पनि ,
बागमा मात्रै नरमाउ तिमी फूलहरु फुल्छन भीरमा पनि || Continue reading →

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : मरुभूमिको सडकमा एक रात

~रमेश कंडेल~Ramesh Kandel_1

रातको नौ बजिसकेको थियो। सडकहरु सुनसान झै थिए। मेरो फोन जुमानले उठाइरहेको थिएन। म भित्र शंका उपशंकाले डेरा जमाउन थाल्दै थियो। हतार हतार मेरा पाईलाहरु नाइफ स्क्वायर देखी होर्लान्जसम्मको सडक नाप्न आतुर भइरहेथे। बेला बेला सडक खाली भएको मौका Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : आमा

~रवीन्द्र मिश्र~Rabindra Mishra

आमा
तिमीले पत्कर बालेरे जगाइदिएको मेरो ज्योतिमा
म आज सुर्य खोजिरहेछु
ता कि भोलि कुनै आमालाई पत्कर सोहोर्नु नपरोस्

आमा
तिमीले फोक्सै सुकुन्जेल फुकेर बालेको दाउरामा
म आज उर्जा खोजिरहेछु
ता कि भोलि कुनै आमालाई ढुँग्रो फुक्न नपरोस्
दिनभरी बारीमा मकै रोपेर
बदाम गोडेर, साग टिपेर
गलित शरीरले विरामी हुँदा नि
एक गाँस तातो पकाएको
मैले बिर्सिएको छैन, आमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

आयुष ‘सम्मोहन’का ३ सिजो

~आयुष चौधरी ‘सम्मोहन’~Ayush Chaudhari 'Sammohan'_1

१
माया लाग्छ मलाई आफ्नै नेपालको ।
संसारको उच्च गौरब हाम्रै सगरमाथा ।
पहिचान परिचय छवि हाम्रा ढलेका छन् । Continue reading →

Posted in सिजो | Tagged | Leave a comment

कविता : …र पनि माफ गर

~स्वप्निल नीरव~swpanil nirav_1

प्रिय
सक्छौ माफ गर
सक्दैनौर पनि माफ गर!
हुन सक्छौ
तिमी
कोमल मैन हौ
सुवासित फूल हौ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : लजाउदा कति राम्री

~बिमल गिरी~Bimal Giri

लजाउदा कतिराम्री नबिसाई हेरिरहु 
मनभरी लुकाएर अङ्गालोमा बेरिरहु 

रहर लाग्दा अङ्गहरु असिमित खुशी
आराधना गर्छु सधैं एकान्तमा बसी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

मुक्तक : जब हितैषी साथमा हुन्छ

~छवि ज्ञवाली~Chhabi Gyawali

सुगन्ध कहीं फूलमा र कहीं पातमा हुन्छ
दिनको छटपटी बिर्से मधुमास रातमा हुन्छ
भोको, काकाकूल, प्यासी र बेहोसी मान्छे पनि Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

लघुकथा : श्रवण कुमार

~भिम प्रसाद घिमिरे~Bhim Prasad Ghimire

यस्तो कहिल्यै भएको थिएन । कहाँ खोज्ने ? कसलाई भन्ने ? पत्याउने होइनन् । बरु मलाइ सबैले बौलाहा भन्लान् । तर, समाधान त चाहिएकै हो । धेरैपल्ट मैले त्यो वर्ड फाइल खोलें । हेरें, बन्द गरे । टेम्पररी फोल्डरमा पनि त्यही नामका स्क्रयाप फाइल खोली हेरें । अहं छैन । कता गयो गयो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गरीबको कथा

~बिनय कसजू~Binay Kasaju

एक जना राजकुमारलाई कथा सुन्ने निक्कै शोख रहेछ । ऊ राती कथा नसुनिकन निदाउनै नसक्ने रहेछ । दरबारमा कथा सुनाउनकै लागि नोकर-चाकरहरु पनि रहेछन् ।

एक दिन एक जना नोकरलाई राजकुमारबाट कथा सुन्न मन लागेछ । उसले राजकुमारलाई भनेछ ‘आज सरकारबाटै एउटा कथा सुन्न पाए म कति भाग्यमानी हुने थिएँ ।’ नोकरको चिप्लो कुरा सुनेर राजकुमार पनि फुरुंग परेछ र कथा भन्न थालेछ – Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सिरक फेर्ने सपना

~दीपक घिमिरे~Deepak Ghimire

जाडोले मुटु नै काँप्न थालेको छ । सायद माघको महिनामा पानी परेर होला यो पटक अलि धेरै जाडो मान्दैछु । अगेनामा हालेको दाउरा पनि निभ्न थालिसकेछन् । रातको नौ बजिसकेपछि अब अगेनामा खरानी हेरेर बस्नुको औचित्य रहेन । सुत्नका लागि बिस्तरा भएको कोठातिर लागें । बाहिर सिमसिम पानी परिरहेको छ । अलि–अलि हावा पनि छ त्यसैले होला मुटु नै छुने जाडोको अनुभूति भएको थियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : त्यो निलो आकाश भैदिए तिमी

~एस्पी कोइराला~S.P. Koirala

त्यो निलो आकाश भैदिए तिमी
जुनेली रात बनेर आउँथे म
अध्यारो ठाँउमा बसेकी भए
चाँदनी बनिझ्यालबाट च्याउँथे म

बगैचा यदि भैदिए तिमी , मालीको भेषमा आउँथे म घुम्न Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

Story : The Myth Of Three Words

~K. Anish Pokharel~

Abhaya finally got rid of his uneasy dream. It was already nine in the morning. This seemed unusual; but that day he had reasons for oversleeping. However, he was not sure what may have caused it, but his countenance spoke of his not-so-good night’s rest. Continue reading →

Posted in Story | Tagged | Leave a comment

नेपाली भजन : भोलानाथ

~बिक्रम श्रेष्ठ “सागर”~Bikram Shrestha 'Sagar'

तिमी नै भोला तिमी नै नाथ ।
सबमा तिमी छौ तिमी नै सबमा ।।
यो जग सारा तिम्रैवशमा ।
तिमी नै भोला तिमी नै नाथ ।।

पावन पारस प्रभुको राग ।
गाऊन सकूँ म दिन र रात ।।
दयाको सागर प्रभुको द्वार ।
जो कोही आउँछ पाउँछ पार ।। Continue reading →

Posted in नेपाली भजन | Tagged | Leave a comment

बाल गीत : लेकका हामी केटाकेटी

~रामेश श्रेष्ठ~Ramesh Shrestha

लेकका हामी केटाकेटी
कुईरो भित्र स्कुल छ
चौँरीलाई चराउँदै दिन बित्छ
पढ्नु र लेख्नु मुस्किल छ Continue reading →

Posted in बाल गीत | Tagged | Leave a comment

कथा : जुलिया अनि म

~इन्दिरा चोङ्बाङ~Indira Chongbang

आज बिहान ५ बजे मोर्निङ् वल्क गएर र्फकंदा भर्खर ६:३० बजेछ । आज शनिबार, तेसैले जुलियाको अनुपस्थितिमा मेरो मनमा किन किन अशान्ति बढिरहेको छ । म कोठामा सुतिरहेको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : घामदेखी डराएन सत्य

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~Yogendra Raj Sharma 'Prakar Antar'

चौतारीमा साईकल अड्याउँछ
र एकैछिन सियाँलले जिउ भिजाउँछ ।
जुवाडेहरुको छेउ बसेर
आखाँ तन्काई तन्काई सत्यले हेर्दैन;
खेल्नु त परै जाओस् ।
‘कुन रङ बोल्ने ?’
वास्तवमै सत्यले तासको रङ चिन्दैन,
सत्य बेकम्मा भएर बस्दैन ।
यत्ति थाहा छ;
परिश्रमको रङ रातो हुन्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : झिकेर

~राजेन्द्र थापा~Rajendra Thapa

संविधानबाट संवि झिकेर बचेको धान लगेर सुदुरमा खुवाईयोस्
कानुनबाट का झिकेर बचेको नुन कर्णालीमा पुर्‍याइयोस्
नयाँ संविधान कस्तो बन्छ थाछैन , त्यसैले संविधान बन्नु अधिनै Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

प्रकाश क्षणिकका केहि मुक्तकहरु

~प्रकाश क्षणिक~Prakash Kshyanik

हेर ममा घाउ नै घाउको खाटा छ साथी
भित्र मनभरी ठूलै ज्वारभाटा छ साथी
यो जिन्दगी पनि खै के जिन्दगी भन्नु ?
बाचेको छु तर पलपल घाटा छ साथी । Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : तिम्रो मेरो प्रेम कथा

~इन्दिरा क्षेत्री~

तिम्रो मेरो प्रेम कथा,लेख्नु थियो प्रिय।
पुराना ती ईतिहास,मेट्नु थियो प्रिय ।।

मेरो दु:ख र सु:खमा,साथ दिन्छौ भने।
तिम्रो मायाँको संघार,टेक्नु थियो प्रिय ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : म आत्महत्या गर्दिनँ

~जयन्ता पोखरेल~

बोक्न मन छ !
छातीमा आकाश अड्याउनु कसरी ?
खस्दै छ मुट्ठीबाट हतास
बगिरहन्छ आँखाबाट सम्झनाको मीठो तरेली
मुर्दा बनाउनु कसरी ?
थोरै प्राप्तिको चहकिलो आभास ।

लतपतिएर माटोसँग हुर्कंदै छन् मुटुका टुक्राहरु
नाबालक अनुहारको भाग्यमा
टुहुरोपनाको आफ्नै फोटो देखेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : के हो त कविता ?

~पेशल आचार्य~Peshal Acharya

वकिल साहेब
फिराद, प्रतिउत्तर वा
मिलापत्रमध्ये
के हो त कविता ?

इन्स्पेक्टर साहेब
अभियुक्त
तहकिकात
र अभियोगमध्ये
के हो त कविता ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म कस्तो मान्छे

~सत्य नारायण रावत~

मान्छेहरु को भिड बाट एक्लिएको मान्छे !
दैब ले भाग्य लेख्दा ठगिए को मान्छे !!
हेमन्त को फुलहरुले सजिएको मान्छे !!!
म त अर्कै दुनिया को मान्छे !!!

आगो को ताप संग चिसाएको मान्छे !
बरफ को डल्लो संग तातिएको मान्छे !!
बतासको बेग संग आडिएको मान्छे !!!
म त अर्कै दुनिया को मान्छे !!! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : खडेरी लागेको मन र असार

~गणेश खड्का “प्रतिक्षा”~Ganesh Khadka

हरियो भन्नु सालको पात पहेंलो बेसार
यता नि पानी उता नि पानी लागेछ असार ।
पानीलाई पर्‍यो लै रिमिझिमी रुझ्यौ कि रुझिनौ
आँखाको चालले बोलाएँ मैले बुझ्यौ कि बुझिनौ ।

प्रिय सखा डल्ली,

असारको यो झम्के झरी सँगै सुमधुर सम्झना तिमीलाई । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : तारा टिप्न भनि हिडे बाटो भुलिएछ

~गिरिराज बाँस्कोटा~Giriraj Banskota

तारा टिप्न भनि हिडे बाटो भुलिएछ
आफैले टेकिएको माटो भुलिएछ

काडा छाडि अलि अलि रस पाए पछि
आशुसग मिसिएको टाटो भुलिएछ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : विश्लेषण

~रमा गौतम ‘आश्मा’~Rama Gautam 'Aasma'

आदरणिय दिदी बहिनीहरु!

आज म यहाँहरुको अघि यसरी ऊभिन पाउदा भाव विह्वल भएको छु। तपाई दिदीबहिनी मात्र होइन तपाईहरु आमा हो । आमा सृष्टीको मुहान हो र ममताको खानी हो।‘। उ बोल्दै थियो। ‘आजको युग भनेको सभ्यताको युग हो। सभ्यताको शुरुवात हो नारी । ऊठ्नुस , Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : भन त मोदी दाइ

~प्रेम वली~

हेर त मोदी दाइ
बिग्रिएका तिम्रा भाइ
कोही सिल्ली जस्ता
कोही बिल्ली जस्ता
कोही चुसी फाल्ने
चुरोटका खिल्ली जस्ता
न लेख्छन््
न लेख्न दिन्छन्् Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

अनूदित कथा : अभिशप्त रात

~सातोमी तोन~Satomi Ton
अनुवादः विजय चालिसे

उमेर तीस काटिसकेको भए पनि अझै अविवाहित नै थिई ऊ ! यतिबेला वायाँ कोल्टे पल्टेर रातो प्रकाश फालिरहेको ढकनीदार बत्तीदानीमा बलेको बत्तीको उज्यालोमा पत्रिका पढिरहेकी थिई । रात निकै चिसो र उराठलाग्दो थियो । हावाको चालचुल थिएन । आधा रात नहुँदै राती अबेरसम्म सडकमा ओहोरदोहोर गर्ने मानिसको स्वर पनि बिस्तारै कम हुँदै गइसकेको थियो । Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

बाल कथा : निमाले यति भेट्यो

~बिजय चालिसे~Vijay Chalise

शोलुखुम्बु भन्दा केही पर चिटिक्क परेको एउटा गाउँमा निमाको घर थियो । घर सगरमाथा जाने बाटैमा पथ्र्यो । त्यसैले निमाका बाबु मिङ्माले होटेल थाप्नु भएको थियो । होटेलमा आमा डोलन र दिदी पासाङ बाबालाई सघाउँथे । सानो भए पनि निमा विहानबेलुका र विदाको दिन भेडा चराएर आमाबालाई सघाउने गथ्र्यो । दिउँसो ऊ दिदीसँगै नजिकैको पाठशालामा पढ्नजान्थ्यो । संसारकै सबैभन्दा अग्लो Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : एउटी चेलीको आत्म व्यथा

~गजेन्द्र गजुर~Gajendra Gajur

* एउटी चेलीको आत्म व्यथा *

सोचेको थिए आराम र विलासी,
यहाँ कोठामा बसेछु, चढन पाए हुन्थो फासी,
घृणा र देह व्यापार,
म माथी नै सबै अत्याचार,
जर्बजस्ती गर्छ छन मै माथी,
बाध्य छु काट्न दिन र राति,
आफ्नै गाउको सोझो दाई,
यहा बेची गर्यो गर्न नहुने अन्याय, Continue reading →

Posted in कविता | Tagged | 1 Comment

मैथिली कविता : वृद्ध–वृद्धा

~विनीत ठाकुर~Binit Thakur

वृद्ध–वृद्धा थिक घरक बडेÞरी छथि समाजमे देव समान ।
सदा ओ सोचथि सभक हिक करथि जन–जनकेँ कल्याण ।।
कौवा कुचरऽसँ पहिने उठिकऽ गावथि नित भोर पराती ।
टोल परोशक निन्नकेँ तोरैत जगावथि बेटा, पोती, नाती ।।

पोछैत पसिना जुवानीमे केलनि नहि ओ रौदक परवाह । Continue reading →

Posted in मैथिली कविता | Tagged | Leave a comment