~ऋषि शर्मा ‘सुदामा’~
१
कसैलाई हिक्क हिक्क भएछ
कसैलाई हाँस्न ठिक्क भएछ
देखेर आफ्नो परिबेशको चित्र
सुदामा साह्रै दिक्क भएछ ।
२
शत्रु उहि छ मित्र उहि छ
बाहिर खान्छ जसले भित्र उहि छ
चोइटिएर देश आधा भए पनि
धन्य देशको नक्सा चित्र उहि छ।
ऋषि शर्मा “सुदामा”
पुरनधारा ७ दाङ्ग
(स्रोत : Sahitya Batika)
